/बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भेटीयो

बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भेटीयो

अमेरिकी अन्तरिक्ष  अनुसन्धान केन्द्र नासाको एक अन्तरिक्ष  यानले बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भएको पत्ता  लगाएको छ । उक्त बरफ यदी फैलने हो भने वासिङ्टन डि सि बराबरको क्षेत्रफल ओगट्ने पनि नासाले जनाएको छ ।झट्ट सम्झदा सुर्यको त्यती नजिकको बुध ग्रह्मा बरफ फेला पर्नु एक    अनौठो र आश्चर्यजनक तथ्य भएको नासाले जनाएको छ ।

फेला नपर्नु पर्ने ठाउँमा बरफ फेला पर्नु एकदमै आश्चर्यजनक तथ्य भएको अनुसन्धानकर्ताको ठहर छ । उसो त बुध ग्रहको ढल्काइ लगभग ० डिग्री नै छ यानकी १ डिग्री भन्दा कम नै छ ।  त्यसैले पनि उक्त ग्रहको ध्रुबिय क्षत्रमा अबस्थितत विभिन्न स्थानहरुमा कहिल्यै पनि सुर्यको प्रकाश पर्दैन ।  बैज्ञानिकहरुका अनुसार बुध ग्रहको ध्रुबिय क्षेत्रमा सुर्यको प्रकास नपरेका  भागहरुमा नै बरफ फेला परेको हो । सन् १९९१ मा  Arecibo radio telescope नामक telescope ले बुध ग्रहको ध्रुबिय क्षेत्रवरपर चम्किलो प्रकासका धब्बा  देखिएको थियो । उक्त परिक्षण पश्चात नासाले बुध ग्रह तर्फ आफ्नो spacecraft  पठाएको थियो । उक्त spacecraft ले बुध ग्रहको ध्रुबियक्षेत्रका छायाँ परेका भू-भाग को तस्बिर पठायो । बृहत अनुसन्धान पश्चात बैज्ञानिक हरु उक्त भू-भागमा बरफ रहेको निश्कर्षमा पुगे ।



बुध ग्रहको दक्षिणी र उत्तरी ध्रुबमा फेला परेको उक्त भारि परिमाणको बरफ को माथिल्लो सतह कुनै तत्वले ढाकेको छ । उक्त बरफ जमेको स्थान निकै चिसो रहेको छ । मेसेन्जर नामक नासको spacecraft ले neutron spectroscopy प्रयोग गरेर उक्त बरफमा हाइड्रोजनको concerntration मात्रा जांच गर्दा पानीको अणुमा पाइने बराबरको हाइड्रोजन परमाणु भेटिएको थियो । ‘बुध ग्रहको उक्त अन्धकार क्षेत्रमा कसैले पनि यो भन्दा अघि चासो नदिएको ले पनि अहिले महत्वपूर्ण अनुसन्धानको बिषय भएको छ ।’, अनुसन्धानमा संलग्न बैज्ञानिक Gregory Neumannले बताए । बरफको माथिल्लो भागलाई ढाक्ने उक्त कालो पदार्थ कुनै जैविक पदार्थद्वारा निर्माण भएको अनुसन्धानमा संलग्न  अर्का बैज्ञानिक David Paige ले बताए । बुध ग्रहमा बरफ भेटिनुले  बुध मा जीवको  अस्तित्वको बारेमा अनुसन्धान गर्नको लागि नयाँ बिषय बनेको छ । आगामी  दिनमा बैज्ञानिकहरुले बृहत अनुसन्धान गरि यस बारेमा थप जानकारी दिने पनि नासाले बताएको  छ ।