भैंसीको दूध मानिसको लागि घातक विष

-बाबुलाल भण्डारी

हालै अमेरिकाको वासिङ्गटनमा मेडिकल प्य्राक्टिस गर्दै आएका चर्चित वालरोग विशेषज्ञ डा. रसेल वुनाइलाई सार्बजनिक कार्यक्रममा  पत्रकारले सोधे, अहिले अमेरिकी बालबालिकाको प्रचलित खानालाई बढी स्वस्थकर बनाउन कुनै एउटा मात्रै परिवर्तन गर्न पाए के गर्ने ? उनको स्पष्ट उत्तर आयो “नो मिल्क” अथवा वस्तु भाउको दूध रोक्नुस् । गाईको दूध आमाको दूधभन्दा धेरै नै गरीष्ठ हुन्छ । यसमा ३ देखि ४ गुणा बढि प्रोटिन र ५ देखि ७ गुणा सम्म खनिज तत्व हुन्छन् जवकि अत्यावश्यक फैटी एसिड चिन्ताजनक रूपले कम हुन्छ । लिनोलेनिक एसिड पनि झण्डै दशांस र अझ स्किम्ड दूधकै सवालमा त यो न कै बराबर मात्र हुन्छ । दूधको यो घटक संयोग मानव शरीर अनुकूल होइन ।

  ठूला ठूला विज्ञहरू संलग्न डेरी एजुकेशन वोर्डले गार्ई, भैंसीको दूध मानिसको लागि घातक विष हो  भनेर घोषणा गरिसकेको छ ।

संयुक्त राष्ट्र संघिय निकाय पूmड सेइफ्टी अथोरिटीले गाईलाई दिइने हर्मोनको सूइ विरुद्ध सर्व सम्मतीले प्रस्ताव नै पारित गरेको छ । १९९९ मा विशेषज्ञ चिकित्सकहरू, वैज्ञानिकहरू र मानव अधिकार कर्मीहरूको आग्रहमा फेडरल ट्रेड कमिशनले दूधलाई फेडरल पूmड गाइडलाइनबाट हटाएर अनिवार्यको ठाउँमा ऐच्छिक वस्तु घोषणा गर्दे यू.एस.डि.ए.लाई पव्लिकमा गलत सन्देश जाने भएकोले दूधेजुंघा (मिल्कस्ट्यास) को विज्ञापन प्रशारण नगर्न आग्रह गरेको. छ ।

त्यसैले अष्टे«लिया,क्यानडा, जापान, नर्वे न्यूजिलैण्ड, स्विट्जरलंैण्ड सहित यूरोपियन युनियनले सम्वद्ध २९ वटै देशमा गाईलाई दिइने ग्रोथ हर्मोन वि.जि.एच आयात र यस्तो दूधको बिक्री वितरणमा प्रतिवन्ध लगाईसकेका छन् । अहिले अरु विभिन्न देशहरू पनि यहि दिशामा अग्रसर देखिन्छन् ।

नामूद चाइल्ड केयर अथोरिटी डा. रोवर्ट स्पोकले बच्चाहरूलाई दूधको खोंटोबाट हरहालतमा बचाउनु पर्ने सुझाव दिन्छन् । हामीले बढी तारिफ गर्ने गरेको गाईको दूधको प्रोटिनमा ८०% भन्दा वढी भाग क्यासिन हो र धेरैलाई थाह नहुन सक्तछ काठका फर्निचरलाई जोडेर राख्ने व्यापारिक गम, गुंद, वा खोंटो जे भनौ त्यस्को प्रमुख कच्चा पदार्थ यही हो । यस्तो खोंटो हाम्रो पाचन मार्गको भित्तामा टाँसिएर एउटा बाक्लो तह बनाउँछ र भिटामिन र पोषक तत्व अवशोषण मै वाधा गर्दछ । अब अनुमान गरौं– यस्ले कति नोक्सान पु¥याउँला ।

धेरै वैज्ञानिकहरूले दूध खपत र मुटुको रोगको विचमा बलियो सम्बन्धको पुष्टी गरेका छन् । उदाहरणको लागि दूध खपत कम हुने दक्षिण यूरोपेली मुलुकहरूको दाँजोमा बढी दूध खपत हुने उत्तरी युरोेपका देशहरूमा देखिएको झण्डै दोव्वर मुटुका रोगहरूको प्रामाणिक तथ्याङ्क हेर्नु नै पर्याप्त छ । क्यान्सर सम्बन्धमा २० बढी किताव लेखिसकेका र क्यान्सर प्रिभेन्सन कोएलिसनका अध्यक्ष डा. सामुएल इप्सटिन (एम.डि)ले गाईको दूधमा हुने ग्रोथ हर्मोन (वि.जि.एच)ले सर्टचेन फेटी एशिडलाई घटाउने र लोङ्गचेन फेटी एशिडलाई बढाएर यहि नै अन्तत मुटुका रोगहरूको कारण बन्ने बताउँछन् ।

अमेरिकाको फ्लोरिडाका अनुसन्धानकर्ता डा. रोवर्ट केड (एम् डि.) ले बच्चाहरूमा एकाग्रता नहुने, अटिजम र स्किट्सोफ्रेनिया जस्तो स्नायविक समस्याहरू खासमा दूधमा पाइने क्यासोमर्फिन भन्ने प्रोटिनबाटै निस्कने निष्कर्ष निकालेका छन् । दूध वर्जित गर्दै देखि यसमा चमत्कारीक सुधार आउने अरु धेरैको पनि दावी छ । इजरायल जोर्नल अफ मेडिकल साइन्सेजको १९८३ को एउटा रिर्पोटमा दूग्ध पदार्थ दम, एलर्जी, अनियमित निद्रा र माइग्रेनको कारण बन्ने उल्लेख छ । दूग्ध पदार्थ उपभोग विरुद्धमा डेअरी एजुकेशन बोर्ड मार्फत ससक्त आन्दोलनको नेतृत्व गरिरहेका अत्यन्त प्रसिद्ध चिकित्सक डा. रोवर्ट कोहेनले न्यूयोर्क सहरमा दमको कारणले वालमृत्युका घटनामा भएको ५२% को बृद्धिमा दूधलाई मूख्य कारणी ठहर गरेका छन् । अझ दम कहिले काँही मुटुका रोगको रूपमा निदान हुन सक्ने भएकोले यो आंकडा अझ धेरै हुन सक्ने तर्फ उनको संकेत छ ।

बच्चाहरूको आकश्मिक मृत्युका घटनामा कैयौं पटक कन्जेस्टिभ हार्ट फेइलियर भनेर मानिएता पनि यो खासमा गाईको दूध प्रतिको हाइपर सेन्सिटिभिटी हुन सक्ने वताइन्छ । दम रोगको एउटा ठूलो प्रतिशत खाद्य एलर्जीबाट र खासमा दूधकै कारणले हुने मानिन्छ । दूधले शरीरमा हिस्टामिन वढाउने, ज्यादा धेरै म्युकस वा कफ निर्माण गर्ने र पिनास र रुघा खोकीका समस्या चर्काइदिने हामी सबैका अनुभव छन् ।

दूधका कारणले पेटमा अम्लियता, वायु, मुटु पोल्ने, अपच र पखालाका घटना अब धेरैलाई नौलो लाग्दैनन् । त्यति मात्र नभएर पेटमा संक्रमण, शुल, रक्तश्राव, कुपोषण, क्रोन रोग मात्र नभएर अमेरिकन अशोसिएशन अफ पिडियाट्रिक्सले दूधलाई बच्चाहरूमा हुने फलाम तत्वको कमी र अनिमिया (रक्ताल्पता) सम्मको पहिलो कारणको रूपमा मानेको छ ।  उता ४०–६०५ जति कानका संक्रमण र टन्सिल समस्याहरू दूधबाटै सिर्जित हुने मानिन्छ । कतिपय अध्ययनमा दूध र भट्टमासका उत्पादनबाट बाँझो पन, गर्भ खेरजाने र जातकमा जन्मजात दोषहरूको समेत सम्भावना देखाइएको छ ।

अनि जव दूधलाई ठूलो तापक्रम दिएर पाश्चराइज गरिन्छ, यस्ले दूधमा भएका उपयोगी व्याक्टिरिया, इन्जाइम र एण्टी अक्सिडेन्ट गूणहरू समाप्त पार्छ । अर्कोतिर यसले दूधमा थुप्रै हानी कारक तत्व बढाइदिने र ग्रोथ हर्मोनमा ७०% सम्मको बृद्धि ल्याउने आंकडा भेटिन्छन् । त्यसमाथि दूधको प्रोटिन संरचना नै फेरिने समेतका कारणले यस्तो दूध पचाउन झनै कठिन हुने र दूध प्रतिको एलर्जी प्रतिक्रिया पनि अझ बढ्ने स्थिति बन्दछ । अझ दूधलाई होमोजेनाइज पनि गर्ने हो भने देखिन् त पाश्चराइजेशन प्रकृयाबाट कदाचित् केही उपयोगी तत्व वचेका रहेछन् भने पनि ति सबै सिद्धिन जान्छन् र दूध संभवत माथिल्लो कोटीको हानी कारक पेय वस्तुमा रूपान्तरित भई सक्छ । डेअरी इजुकेशन बोर्डका कार्यकारी निर्देशक एवं दूधमा केन्द्रित रहेर अत्यन्तै गहिरो अध्ययन गरी मिल्क ए–टू–जेड् तयार गर्ने डा. रोवर्ट कोहेनले प्रश्न गर्दछन् , यति सबै भइसके पछि दूधलाई अझै पनि स्वस्थ र प्राकृतिक पेय भनिरहन मिल्ला र ?

प्रश्न यहाँ दूधको मात्र होइन । हो, पाश्चराइज र होमोजेनाइज नगरेको (र मिल्क) अथवा अग्र्यानिक दूधलाई फर्मेन्ट वा कल्चर गरेर चिनी नमिसाई तयार हुने दूध, केफिर, सोर मिल्क वा सोरक्रिममा अम्लिय प्रभाव प्रवल नहुने र एलर्जी प्रतिक्रिया पनि थोर वहुत कम हुने विश्वास गर्न सकिन्छ । दहीमा प्रोबायोटिक गूण हुनेकुरा पनि सबैले मानेकै छन् तर दूधलाई हानीकारक बनाउने क्यासिन भन्ने प्रोटिन तत्व र ग्रोथ हर्मोन जस्ता आधारभूत कुरा चिज र आइसक्रिम लगायतका धेरै दुग्ध पदार्थमा अझ घनिभूत भएका हुन्छन् र यिनीहरूले पनि लाभ कम र हानीनै बढी गर्छन् ।केही अघि न्यूयोर्क टाइम्सले गाईको दूधले एलर्जी प्रतिक्रिया हुनेहरूलाई भेंडा वा वाख्राको दूध उपयोगी हुन सक्ने आशयको समाचार सामाग्री प्रकाशमा ल्याएको हो ।

भेंडा बाख्राको दूधमा गाईको दूधमा जस्तो क्यासिनको सघनता नहुने दावी पनि बारम्बार सुनिंदै आएको छ । यी कुराहरू आफैमा भ्रमोत्पादक छन् । बरु अध्ययनले के पुष्टी गरेका छन् भने यि दुबैमा ८७ देखि ९८% सम्म समानता भेटिन्छन् र यि पनि कम हानीकारक छैनन् ।

विशेषज्ञहरू भन्दछन् – तपाई पनि सम्भव भए १ महिना र नभए कम्तीमा दुइहप्ता “मिल्क होलिडेइ” मनाउनु होस वा दूध परहेज गरेर विचार त गरि हेर्नुस् । धेरै सम्भव छ, तपाईका दम, पिनास, रुघाखोंकी, इन्फेक्सन लगायतका तमाम ठूला साना रोगहरूमा समेत उल्लेख्य सुधार आइ सक्नेछ । टाइम्स अफ इण्डियाको स्तम्भकार र पेशाले आफै पनि एउटा एलोपेथिक चिकित्सक डा. शान्ति रग्वानीले एकपटक लेखिन् ‘दुग्ध पदार्थ र डेरीको नियती भोली छिटै त्यस्तै बन्दैछ जस्तो आज सूर्र्तीजन्य पदार्थ र टोवाको इण्डष्ट्रीहरूको छ । बरु त्यो शुभ दिन छिटो आउन जरुरी छ ताकि अज्ञानताकै कारणले निर्वोध वालवालिकाहरू दुस्प्रभावको चपेटामा नआउन् । संसारभर अव यो चेतना बाइल्ड फायर बनिसकेको छ । बरु संसारकै अग्रणी मुलुक अङ्कलशाम र नेपाल सरकारको बुद्धि पो कहिले फिर्ने हो कुन्नी ?
Read more at http://www.betrawati.com/508/#trTI6Trk9er3xJ3M.99

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *