सार्क शिखर सम्मेलनमा भूउपग्रहको विकास र प्रक्षेपण गर्ने प्रस्ताव पारित

अमृता अर्याल

काठमाडौं– सार्क शिखर सम्मेलनको १८ औं संस्करणमा सदस्य राष्ट्रहरुले विज्ञानमा सम्झौता गर्ने सम्बन्धी खाकालाई पारित गरेका छन् । मंसिर १० गते काठमाडौमा उद्घाटन भएको सार्क शिखर सम्मेलनमा प्रधानमन्त्रि सुशिल कोइरलाले सम्पूर्ण देशका मन्त्री तथा पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।

अनुभवी साझेदारीका माध्यमबाट सामाजिक आर्थिक विकास र जनकल्याणमा अन्तरीक्ष प्रविधिलाई प्रगोग गर्न क्षमता विकासका लागि नेताहरु सहमत भएका छन् । यसै सन्दर्भमा उनीहरुले सार्क राष्ट्रहरुकै लागि समर्पित रहने गरी भूउपग्रहको विकास र प्रक्षेपण गर्ने भारतको प्रस्तावलाई स्वागत गरेका हुन् ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले विज्ञान र प्रविधिको विकास अति आवश्यकीय विषय भएको र यसको विकासका लागि सार्क राष्ट्रहरुले सोच्नुपर्ने बताउनु भयो । मोदीले ऊर्जाको विषयलाई पनि विषेश जोड दिनु भएको थियो ।

नेताहरुले दक्षिण एसियाको प्रजातान्त्रिकरणमा भएको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दक्षिण एसियाली जनताको साझा आकांक्षा शान्ति, स्थायित्व प्रजातन्त्र र विकासलाई थप प्रर्वद्धन र संस्थागत गर्ने वचनबद्धता जनाएका छन् । यसरी नै विकास हुँदै गए विज्ञानको धेरै विकास हुन सक्ने भन्दै विज्ञान विषयमा सदस्य राष्ट्रका साझा रुचि र मुद्दामा सार्क क्षेत्रभित्र सहयोग र सहकार्यको आवश्यकता भएको कुरामा सहमत भएका छन् ।

नेताहरुले विश्वमा विज्ञानको अझ बढि विकास गर्न प्रतिफल दिने नीतिहरु, कार्यक्रमहरु, आयोजना र क्रियाकलाप विकसित गर्न आवश्यक भएको ठह¥याउँदै काउन्सिल अफ मिनिस्र्टस, क्षेत्रगत मन्त्रीस्तरीय अरु अंग र संस्था लगायत सार्कका सबै अंगहरुलाई निर्देशन दिएका छन् ।

केही सार्क राष्ट्रहरुलाई जलवायु परिवर्तनले पु¥याएको जोखिमलाई समेत मध्यनजर गरि प्राकृतिक विपद उद्धारसम्बन्धि सार्क सम्झौता पर्यावरण संरक्षण सहकार्य सम्बन्धि सार्क सन्धि र जलवायु परिवर्तन सम्बन्धि थिम्पु घोषणाको प्रभावकारी कार्यन्वयन गर्न सम्बद्ध निकाय संयन्त्रहरुलाई निर्देश गरेका छन् । यसले विज्ञानको क्षेत्रलाई बढि असर गर्ने हँुदा उनीहरुले सार्क पर्यावरण तथा विपद व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।

नेताहरुले १९ औ सार्क सम्मेलन आयोजना गर्ने इस्लामिक गणतन्त्र पाकिस्तान सरकारको प्रस्तावलाई स्वागत गरेका छन् ।
अठारौं सार्क शिखर सम्मेलन काठमाडौंमा बिहीबार समापन भएको थियो । प्रधानमन्त्रि शुसिल कोइराला गठबन्धन सरकारले दुईदिने सार्क सम्मेलन सम्पन्न गर्न सराहनीय भुमिका निर्वाह गरेको थियो ।