विश्वको पहिलो झ्याल विहीन हवाइजहाज

 विश्वको पहिलो झ्याल विहीन हवाइजहाज उड्ने तयारीमा छ । विश्वमा प्रविधि बजारको होडबाजीले गर्दा नयाँ–नयाँ आविश्कार भैरहेको कुरा विज्ञहरु बताउँछन् । जहाजमा झ्याल नभएपनि बाहिरको दृश्य यात्रुले देख्न पाउनेछन् । यसमा जडित बिशेष पर्दाको सहायताले बाहिरको दृश्य यात्रुलाई देखाइ दिने बताएका छन् ।

यो झ्यालविहीन जहाजका यात्रुले आकाश तथा धर्तीको दृश्यलाई आप्mनै स्क्रिनको साहायताले देख्नेछन् । यात्रुले आफ्नो रुची अनुसार स्क्रिनलाई बदल्ने वा इन्टरनेटमा सर्च गरेर स्क्रिनमा देखिएको ठाउँको पहिचान समेत गर्न सक्नेछन् । जहाज निर्माता सेन्टर फर प्रोसेस इनोभेसन सिपिआइका वैज्ञानिकहरुले यसलाई ‘द विन्डोलेस क्याबिन विथ द भ्यू’ नाम दिएको बेलायती समाचार संस्था गार्जियनले प्रकाशन गरेको छ ।