विश्वकै अत्याधुनिक उड्ने कारको निर्माण

विश्वकै उन्नत उड्ने कार अस्ट्रियामा निर्माण भएको छ । यो उड्न र गुड्न मिल्ने कार हो । अस्ट्रियाको भाएनामा भएको एक उच्च प्रदर्शनीमा राखिएको यस कारकोे डिजाइन र सफल परिक्षण स्लोभाकिया कम्पनीले गरेको थियोे ।

दुईजना चड्न मिल्ने यसकारलाई एरोमोवील ३ को नाम दिइएको छ । विश्वमा प्रविधि विकासको पछिल्लो मोड्लको एक उच्च प्रविधियुक्त कार छोटो समयमा आकाशमा उड्ने निर्माण कम्पनीको दावी छ । यसले प्रतिघण्टा १ सय ६०को रफ्तारमा उड्ने छ । अगाडिबाट हेर्दा कारजस्तो लागेपनि यसको पछाडि पट्टिको भागबाट अवलोकन गर्दा सानो प्लेन जस्तो देखिन्छ । ५० देखि २५० मिटरको रन वे मार्फत यसले टेक अप गर्नेछ ।

सडकमा गुड्दा यसका दुई पखेटा चरा झै लुकाउने छ र उड्न चाहेको बेला कारमा जडित एक बटमको सहायताले कारमा जडित पङ्खा सजिलै बाहिर निस्कने छ । निर्माण कर्ताहरुले भनेका छन्, यो सानो प्लेन नै हो, यसलाई प्रयोग गर्नको लागि पाइलटको जस्तो ज्ञान हुन आवश्यक हुन्छ । यसलाई साधारण मानिसको पहुचमा कहिलेसम्म पुग्छ भन्ने एकिन नभएता पनि यस किसिमको अटोमोवाइल अहिले परिक्षणको अवस्थामा नै सिमित भएको निर्माण कम्पनीका भेडाकोज बताउँछन् ।