भर्जिन ग्यालाक्टीक दुर्घटना

अन्तरीक्षमा मानव पर्यटन लैजानको लागि विकास गर्दै गरेको भर्जिन ग्यालाक्टीक परिक्षण गर्दा दुर्घटना भएको छ । करीव ४५ हजारको उचाइमा पुगेर जेट पावर इन्जिन यानबाट स्पेश प्लेन छुट्टिएको दुई मिनेटमा नै दुर्घटना भएको हो ।

‘यस किसिमको घट्ना परिकल्पनाभन्दा बाहिर भएको र अर्को परिक्षणमा दुर्घटना नदोहोरीने स्पेशसिपटुका मोजाभ एयर एण्ड पोर्टका कार्यकारी निर्देशक स्टुआर्ट विटले बताएका छन् । दुर्घटना भएको स्पेश प्लेन क्यालिफोर्नियाको मोजाभ एयर एण्ड पोर्टबाट प्रक्षेपण गरिएको थियो ।

दुर्घटनामा परी एक जना पाइलटको ज्यान गएको र एक जना घाइते भएका छन् । भर्जिन ग्रुपका फाउण्डरले भने, परिक्षणको पूर्व सवैकुरा ठिक भएको तर एक्कासी दुर्घटना भएकोले हामी स्तव्ध छौं । यस घटनाको विषयमा खोज तथा अनुसन्धान भइरहेको छ ।