हिमालयन डि साइन्टीयाले विज्ञान प्रदर्शनी गरयो

काठमाडौं । ‘हिमालयन क्लव अफ डि साइन्टीया’ले विज्ञानको क्षेत्रमा अभीरूची राख्नेहरूलाई मध्यनजर गर्दै गत कात्र्तिक २८ र २९ गते विज्ञान प्रदर्शनी ग¥यो । उक्त कार्यक्रम ‘२१ औं शताव्दीमा ज्ञान, कला र कौसलको प्रर्दशनी भएन भने समाजको विकास हुन सक्दैन भन्ने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

‘हिमालयन साइन्स फेयर २०१४’ नाम दिइएकोे प्रर्दशनी हिमालयन ह्वाइट हाउस कलेज तीनकुनेमा आयोजना भएको थियो । प्रर्दशनीमा १०० भन्दा वढि विज्ञान तथा प्रविधि केन्द्रित स्टल र दश हजार भन्दा वढिको संख्याले अवलोकन गरेको थियो ।
उक्त प्रदर्शनीले प्लस टु मा अध्ययनरत विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो हुने साइन्स फेरका संयोजक रमित श्रेष्ठले रिभोसाइन्सलाई जानकारी गराए । प्रर्दशनीमा लागी परेका’ श्रेष्ठ बताउँछन् “यो प्रर्दशनीको लागि हिमालयन ह्वाइट हाउस कलेज अन्र्तगतको विद्यार्थीको समूह हिमालयन क्लव डि साइन्टियाको आयोजनामा भएको चौथो विज्ञान प्रर्दशनी हो ।”

हिमालयन ह्वाइट हाउस अफ डि साइन्टीया सन् २००६मा विद्यार्थीहरूको सृर्जनशीलता विकास गर्ने अभिप्रायले गठित संस्था हो । यसले हिमालयन ह्वाइट हाउस कलेज अन्र्तगत रहेर सदा विद्यार्थीहरूको हितमा काम गर्दै आएको छ । यस क्लवको प्रमुख उद्देश्य नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्याथीहरूले गरेका कामहरूलाई प्रर्दशनी गराउने रहेको क्लवका अध्यक्ष प्रमिन जोशी बताए ।

क्लवको आयोजनामा विगतमा पनि प्रथम भ्याली वाइड इन्टर कलेज साइन्स प्रर्दशनी, २००९को आयोजना, इन्टर क्विज प्रतियोगीता, रक्तदान कार्यक्रम, चेस प्रतियोगिता, मिस ग्रिन अर्थ जस्ता कार्यक्रमहरु गरेको कुरा क्लवका अध्यक्ष जाशीले जानकारी गराए ।

रमित श्रेष्ठ, संयोजक


विज्ञान प्रर्दशनी गर्नुको उद्देश्य के हो ? 

हिमालयन क्लव डि साइन्टियाले आयोजना गरेको यो चौथो विज्ञान प्रर्दशनी हो । नेपालमा विज्ञान र प्रविधिको क्षेत्रको प्रर्वद्धनका प्रर्दशनीले विशेष भूमिका खेल्नेछ ।

हिमालयन क्लव डि साइन्टिया कस्तो क्लव हो ?
हिमालयन क्लव डि साइन्टिया हिमालयन कलेजका विद्यार्थीहरूले निर्माण गरको क्लव हो, यो नविनतम कार्य गर्नमा अग्रसर छ । यसले विज्ञान तथा प्रविधिको प्रर्वद्वन गर्ने गर्दछ ।

साइन्स फेयरले विज्ञानको विकास कसरी हुन्छ ?
साइन्स फेयर मात्रले विज्ञानको विकास नभए पनि यसले विद्यार्थीको सिप र कौशललाई उजागर गर्न मद्दत मिल्नेछ ।