रायमाझीद्वारा विश्वलाई इन्सेफ्लाइटीस्को जानकारी

काठमाडौं । अंगे्रजी महिनाको फेव्रुवरी २२ तरीकका दिन विश्व इन्सेफ्लाइटिस दिन मनाइन्छ, त्यहि अवसरमा नेपालका एक चिकित्सकद्वारा प्राणधातक रोग इन्सेफ्लाइटस् विरुद्ध विश्वव्यापी अभियानमा प्रवचन दिने भएका छन् ।

नेशनल एकेडेमी अफ् मेडिकल साइन्स, काठमाडौंका प्राध्यापक डा. अजित रायमाझी, विश्वव्यापी इन्टनेट सेमिनारमा प्रत्यक्ष रुपमा सहभागी हुँदैछन् । उनले इन्टरनेट मार्फत प्रर्वचन दिनेछ । इन्टरनेटको पहुँचको आधारमा जो कसैले सेमिनार इन्टरनेटमा लाइभ हेर्न सक्नेछ । सेमिनारको उद्देश्य भनेको प्राण घातक रोगका बारेमा थप अनुसन्धान गर्ने र रोगका बारेका थप जानकारी गराउने उद्देश्यले आयोजना गरेका हुन । त्यस्तै उपचार पद्धतिका बारेमा पनि सूसुचित गराउदै समस्या समाधानतिर उन्मुख गराउने हो ।

करीब २० वर्ष अनुभव भएको रायमाझीले इन्टरनेट सेमिनार मार्फत् विश्वका अन्य मुलुको डाक्टरहरुले समेत जापानिज इन्सेफ्लाइटीसका बारेमा थप जानकारी हासील गराउने आयोजक बताएको छ । रायमाझी भन्छन्, ‘जापनीज इन्सेफ्लाइटीसले दक्षिण एसियामा ५० हजारका हाराहरमिा प्रभावित भएका छन् ।’

इन्सेफ्लाइटिसबाट विश्वमा करीव ५ लाख मानिस प्रतिवर्ष संक्रमित हुन्छन् । काठमाडौंमै आधाभन्दाबढी मानिसलाई यो अवस्थाको अनविज्ञ छन् । केहिले मानिसलाई यो रोगका बारेका थाहा समेत नभएको समेत जानकारीमा आएको छ । संक्रमणको अवस्था अनुुसार १० देखि ३० प्रतिशतको हाराहारीमा मानिसको मृत्यु हुन्छ ।

यसरी इन्टरनेटको माध्यमबाट विश्वका अन्य मुलुकमा रोगका बारेमा व्यापक गर्नको लागि सेमिनार आयोजना गरेका च्यारीटीका कार्यकारी निर्देशक डा. आभा इस्टनभेवले बताइन् । भन्छिन्, ‘यस विश्वका अन्य मुलुमा रोग र त्यसको निधान गर्नको लागि थप सहयोग पुग्नेछ ।’

प्रत्यक्ष इन्टरनेट प्रसारका सुविधा फागुण १० गते बेलुकीको साँढे चार बजे धधध।धयचमिभलअभउजबष्तिष्कमबथ।यचन हेर्न सक्ने आयोजक संस्थाले जनाएको छ ।