‘एस्ट्रोनोमी ओलम्पियाडमा’ नेपाली विद्यार्थी छानिदै

काठमाडौं । नेपालमा दोस्रो खगोल विज्ञान ‘एस्ट्रोनोमी ओलम्पियाड’को प्रारम्भीक छनोट प्रक्रिया हुने भएको छ । चैत्रमा संञ्चालन हुने छनोट परीक्षाका लागि देशभरीका विज्ञान संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन सक्ने नेपाल खगोलिय समाज(नासो)ले जनाएको छ । 

गत वर्ष पाँच विद्यार्थी रोमानियाको ओलम्पियाडमा सहभागी गराएको थियो । यसवर्ष अंग्रेजी महिनाको अगस्टमा इन्डोनेसियामा हुँदैछ ।