युनिग्लोवमा रिभोसाइन्स

प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुका कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको विकास नहुनुको कारण र भविष्यमा के बन्न चाहनुहुन्छ जस्ता विषयलाई समेटेर रिभोसाइन्सले युनिग्लोव कलेज, कमलादीका केही प्रतिनीधि विद्यार्थीहरूसँग गरीएको कुराकानी ः


अमिता खड्का
विज्ञान विषय जीवनोपयोगी विषय हो । विज्ञान विषयमा हाम्रो वातावरणमा पाईने विभिन्न वस्तुहरुको अध्ययन गर्न पाईन्छ । त्यसैले मैले विज्ञान विषय नै पढेकी हुँ । युनिग्लोव कलेजमा धेरै सुविधाहरु छन् । शिक्षकहरु पनि अनुभवि हुनुहुन्छ साथै वातावरण अत्यन्तै राम्रो भएको कारण मैले अध्ययनको लागि यही कलेज छानेको हुँ ।

यहाँ आएर अध्ययन गरेपछि शिक्षकहरुको पढाउने शैली अत्यन्तै राम्रो लागेको छ । उहाँहरुले पढ्ने विषय वस्तुको जानकारी पहिला नै गराउनु हुन्छ । हामीलाई चाहिने कुराहरु स्लाईड बनाएर ल्याउनु हुन्छ र हामीलाई प्रोजेक्टरद्वारा देखाएर सिकाउनु हुन्छ ।
पहिला यस कलेजको बारेमा जति सुनेकी थिए सुने भन्दा राम्रो पाए । यहाँ इ–लाईब्रेरीको पनि व्यवस्था छ जसकारण हामीले घरमा बसी–बसी आफुलाई चाहीने विषय वस्तुहरु अध्ययन गर्न सक्छौं । ल्याव, लाईवेरी पनि राम्रो छ । ल्यावमा प्रत्येक विद्यार्थीले छुट्टाछुट्टै प्राक्टीकल गर्ने अवसर पाईन्छ ।

महत्वपूर्ण कुरा के भने विज्ञानको बारेमा जती चेतना दिनु पर्ने हो त्यो हामीलाई दिइएको छैन । हाम्रा अभिभावकहरु पनि यो विषयमा अनविज्ञ भएको कारण नेपालमा विज्ञान प्रविधिको विकास हुन सकिराखेको अवस्था छैन । अन्ततः मैले विज्ञान पढेर डक्टर बन्ने लक्ष्य लिएकी छु ।


 

रितु दाहाल
विज्ञान विषय अध्ययन गर्ने इच्छा सानै देखिको थियो । मेरो काकाहरु पनि इन्जिनियर हुनुहुन्थ्यो । जसले गर्दा सानै देखि म उहाँबाट प्रभावित भएकी थिए । विज्ञान पढ्नको लागि धेरै कलेजहरु चारें । मेरो पहिलाका शिक्षकहरुले पनि यहाँ पढ्दा राम्रो हुन्छ भन्नु भयो । सुरुमा युनिग्लोव कलेज हेर्न भनी आएको थिए तर यहाँको लाईवेरी, ल्याव, वातावरण हेरेर प्रभावित भएर यही अध्ययन गर्दै छु । यहाँका शिक्षकहरुको पढाउने शैली पनि राम्रौ लागेको छ । उहाँहरुले आफैं मेहनत गरेर स्लाईडहरु बनाएर प्रोजेक्टरद्वारा हामीलाई देखाउनु हुन्छ । जसले गर्दा हामीलाई पढ्न धेरै सजिलो हुन्छ । ल्यावहरुमा पनि राम्रोसँग सिकाउने कोसिस गर्नु हुन्छ ।

मेरो भविष्यमा कम्प्यूटर इन्जिनीयर बन्ने लक्ष्य छ । कम्प्यूटर विज्ञानको क्षेत्रमा छिट्टै प्रगति होला जस्तो त मलाई लाग्दैन तर पनि म आफैंले विकास गर्न सक्छु जस्तो लाग्छ । विज्ञान तथा प्रविधिको विकासकालागि गाउँ–गाउँसम्म पनि कम्प्यूटर पु¥याउनु पर्छ । किनकी राजधानी काठमाडौं मात्र केन्द्रित भएर विज्ञान तथा प्रविधिको विकास सम्भव छैन ।


 

अञ्जिला राना
मेरो लक्ष्य कम्प्यूटर इन्जिनीयर बन्ने हो । यसको लागि विज्ञान विषय पढ्दा राम्रो हुने भएकाले मैले विज्ञान पढेकी हुँ । मेरो दीदी, दाईहरु ग्लोवलमा पढ्नु हुन्छ । युनिग्लोव पनि ग्लोवलको एसोसिएट भएकाले म पहिलो पटक नै यहि कलेज हेर्न आएकी थिए । यहाँको वातावरण देखि ल्याव, लाईवेरी सवै कुरा राम्रो लाग्यो । त्यसैले यही पढें ।

यहाँका शिक्षकहरु मिलनसार, सहयोगी तथा दक्ष हुनुहुन्छ । लाग्छ, उहाँहरुले मलाई मेरो लक्ष्यको नजिक पु¥याउन राम्रो भूमिका खेल्नु हुनेछ । म नेपालमा नै बसेर काम गर्ने इच्छा छ । यहाँ प्लस टु उर्तिण भएपछि प्राय विद्यार्थीहरुको विदेश पढ्न जान्छन् । एक, दुई जना वाहेक अरु फर्किँदैनन् र फकेर्केका थोरै जनशक्ति प्रयाप्त हुँदैन । जसकारण नेपालमा विज्ञान प्रविधिको विकास हुन नसकेको जस्तो लाग्छ ।


 

अर्जुनप्रसाद जैसवाल
मेरो बाल्यकालदेखि नै विज्ञानको क्षेत्रमा रुची थियो । डाक्टर बन्ने लक्ष्य साकार पार्नको निमित्त विज्ञान विषय राम्रो हुने हुनाले विज्ञान पढेको हुँ । म गाउँमा जन्मिएको हुँ । जहाँ औषधि र डाक्टरको अभावमा दैनिक कयौं मानिसहरुले आफ्नो ज्यान गुमाउन परिराखेको अवस्था छ । त्यसैले म डाक्टर बनेर उनीहरुको सेवा गर्न चाहन्छु ।

मेरा दाई, दिदिहरुलाई यूनिग्लोवको बारेमा राम्रो जानकारी भएकोले मैले यहाँ पढेको हो । उहाँहरुले मलाई यहाँको सेवा, सुविधा तथा वातावरण अनि यहाँका शिक्षकहरुको वारेमा वताउनु भएको थियो । यहाँ आएपछि पहिले सुनेको भन्दा नि राम्रो लाग्यो । अझ भन्नु पर्दा यहाँको इ–लाईवेरी सिस्टम मन प¥यो । नेपालमा विज्ञान प्रविधि घिमा गतिमा विकास भइरहेको जस्तो लाग्छ तरपनि सरकारले विज्ञान प्रविधिको विकासको लागि वजेट छुट्याउन सकेको खण्डमा विज्ञान र प्रविधिको विकास सम्भव छ ।


 

आयुष ढकाल
बुबा इन्जिनियर भएकाले म सानैदेखि उहाँसँग प्रभावित थिए । विद्यालयस्तरमा पनि अन्य विषयमा भन्दा विज्ञानमा राम्रो नम्बर ल्याउन सफल हुन्थें । त्यसैले विज्ञान तिर रुची बढ्यो । युनिग्लोव कलेजमा अध्ययन गर्न आए । यहाँ आएर अध्ययन गर्दा मलाई अतिनै खुशी लागेको छ । यहाँको इ–लाइब्रेरी, ल्याव र शिक्षकहरुको पढाउने शैली अत्यन्त राम्रो छ । यूनिग्लोव कलेजले इन्जिनियरीङ अध्ययन गर्ने विद्यार्थीहरुकोलागि सहयोग हुने किमिसमका कोर्सलाई पनि प्राथमिकता दिदै आइरहेको छ । अन्य कलेजले थेउरीलाई बढी प्राथमीकता दिन्छ भन्ने सुनेको छु तर यहाँ ‘थेउरी र प्राक्टिकल’लाई फोकस गरिने हुँदा मैले यूनिग्लोव पढेको हुँ ।

सरकारले हाम्रोे ज्ञानलाई पनि रोजगार मुखी बनाउन सक्नुपर्छ साथै सम्बन्धित निकाय अर्थात सरकारले विज्ञान शिक्षालाई विशेष प्राथमिकता दिनु पर्छ । अनि मात्र देशले विकासको फड्को मार्न सक्छ ।


 

डिसर्ज अर्याल
मेरो सानै देखिको लक्ष्य पाईलट बन्ने थियो । सानामा धेरै एरोप्लेन बनाएर खेल्थें भने धेरै एयरपोर्ट तिर पनि गई राख्थें । पाइलट बन्नको लागि विज्ञान पढ्नु पर्ने हुनाले म विज्ञान पढ्न आएको हुँ । मलाई यो कलेज खुलेको छ भन्ने कुरा थाहा थिएन तर कलेजले आयोजना गरेको सेमिनारबाट थाहा पाए । पछि मेरो ड्याडीको पनि रुचि युनिग्लोब यस कलेजमा पढ्न आएको हुँ । यूनिग्लोवसँग भएको जति पनि सुविधाहरु छन् ती अन्यत्रभन्दा राम्रा छन् र यहाँका शिक्षकहरुको पढाउने शैली पनि अन्यत्रको भन्दा आधुनिक किसिमको भएको मैले महशुस गरेको छु ।

सरकारले राजनीतिक क्षेत्रमा जति रुची देखाइर लगानी गर्छ त्यति विज्ञानको क्षेत्रमा गर्न सकिराखेको अवस्था छैन । अरु देशमा कोर्सहरु वर्षेनी परिवर्तन भईराखेको हुन्छ भने नेपालमा पुरानै कोर्स पुरानै सैलीमा पढाईने हुँदा पनि हामी पछाडी परीरहेका छौं । विज्ञानको क्षेत्रमा पनि सरकारले सोच्ने र लगानीको वातावरण बनाउन सक्ने हो र नयाँ प्रविधि भित्र्याउन सकेको खण्डमा नेपालमा विज्ञान प्रविधिको विकास सम्भव हुन्छ ।


 

आकास मिश्र
विज्ञान विषय पढेर अन्य क्षेत्रमा पनि जान सकिन्छ । त्यसैले पनि मैले विज्ञान पढेको हुँ । एस्.एल्.सी. दिएपछि लामो विदा थियो । यस समयमा मैले धेरै कलेजहरु चाहारें, त्यसमध्ये युनीग्लोव कलेज अरु भन्दा फरक पाए ।

पहिला त शिक्षकहरुले भने जस्तो सुविधा छैन होला जस्तो लागेको थियो । तर यहाँ धेरै सुविधाहरु रहेछन् । शिक्षकहरु पनि अनुभवी हुनुहुँदो रहेछ । विद्यार्थी सिट सीमित भएकाले शिक्षकले राम्रोसँग पढाउनु हुन्छ र हामी विद्यार्थीले ध्यानदिएर पढ्न पाउँछौ । ल्यावमा पनि प्रत्येक विद्यार्थीले छुट्टाछुट्टै प्राक्टिकल गर्न पाईन्छ ।

विज्ञान र प्रविधिको क्षेत्रमा सरकारले केहि हदसम्म विकास त गरका छ तर धेरै सुस्त भएको छ भने सरकारले रोजगारलाई पनि ध्यान दिनु पर्छ । शिक्षित मानिसहरु विदेश गएर अध्ययन अनुभव लिएर आएर स्वदेशमा काम गर्ने वातावरण वनाउन सकेमा राम्रो हुन्छ ।