एसएलसी परिक्षा दिएका विद्यार्थीलाई सहुलीयत दरमा सिमकार्ड

अमृता अर्याल
काठमाडौं । नेपाल टेलिकले एसएलसी परीक्षा शहभागी भएका विद्यार्थीहरुलाई सहुलियत दरमा सिमकार्ड उपलब्ध गराउने भएको छ । टेलिकमले मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानु दिन बढेका कारण वि.सं.२०७१ सालको एसएलसील परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई यहि चैत्र १३ गतेदेखि सहुलियत दरमा सिमकार्ड बिक्री आरम्भ गरेको हो ।

मोबाइल सेवा मार्फत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सहुलियत दरमा सेवा उपलब्ध गराएको नेपाल टेलिकमले जनाएको छ । यो योजना अनुसार उपलब्ध गराइने सिमकार्ड खरिद गर्न विद्यार्थीहरुले रु.१००।– भुक्तानी गर्नुपर्नेछ । उक्त सिमकार्ड खरिद गर्दा रु.१०० बराबरको टक भ्याल्युर १०० मेगावाइट बराबरको डाटा सेवा समेत सोही रकमबाट उपलब्ध हुनेछ । टेलिकमको भनाई छ ।

नेपाल टेलिकमका अनुसार यस योजना अन्तर्गत सिमकार्ड खरिद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि विद्यार्थी स्वयं वा निजको अभिभावकको नागरिकताको प्रतिलिपी तथा नेपाल सरकारबाट जारी गरिएका परिचय पत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । नेपाल टेलिकमले देश भरका विद्यार्थीहरुलाई सहुलियत दरमा सिमकार्ड उपलब्ध गराउने उद्देश्यले मुलुक भर यो योजना लागू गरेको छ ।

सहुलीयत दरमा सिमकार्ड उपलब्ध गराउने योजनाको लागि कम्पनीका सम्पूर्ण निर्देशनालय अन्तर्गतका ग्राहक सेवा केन्द्रहरु तथा कम्पनीसँग आवद्ध निजी क्षेत्रका विक्रेताहरु मार्पmत समेत बिक्री वितरणको व्यवस्था मिलाइएको छ । यो योजनाको समया अवधी २०७१ चैत्र १३ गतेदेखि २०७१ चैत्र मसान्तसम्म कायम रहने छ ।