नेपालीले अष्ट्रेलीयन ‘भी मोटो’ रोज्दै

अमृता अर्याल


काठमाडौं । पछिल्लो समयमा नेपालमा विभिन्न ब्राण्डका स्कुटरहरु भित्रिने क्रम बढेको छ । नेपालीहरुको रोजाइलाई ध्यानमा राख्दै कम्पनीहरुले बढी सेवा दिने खालका स्कुटरहरु भित्र्याउन थालेका हुन् । यसैक्रममा नेपालको लागि आधिकारीक बिक्रेता अष्ट अटोले विद्युतीय माध्यमबाट चल्ने ‘भी मोटो’ स्कुटरको चारओटा नमुना सार्वजनीक गरे लगतै नेपालीहरुले ‘भी मोटो’ नै रोज्न थालेका छन् । अन्य स्कुटरमा भन्दा यो बढी सुविधायूक्त भएको कारण उनिहरुले ‘भी मोटो’ नै रोजेका हुन् ।

एशिया र युरोपको लगभग २७ मुलुकमा ब्रिकी वितरण हुँदै आएको ‘भी मोटो’ स्कुटरको सार्वजनीक गरे लगतै ७ ओटा ‘भी मोटो’ स्कुटर बिक्री भैसकेको अष्ट अटोले जनाएको छ । बिगत १ वर्ष देखि ग्राहकलाई सेवा प्रदान गर्दै आएको अष्ट अटोले ‘ओरेभा’ र ‘भी मोटो’ गरी दुईओटा कम्पनिको स्कुटरहरु बिक्री गर्दै आएको छ । युरोपियन डिजाइन र जर्मन इन्जिनियरीङ् युक्त ‘भी मोटो’ स्कुटर एशिया र युरोपका धेरै देशमा बिक्री वितरण हुँदै आएको लोक प्रिय ब्राण्ड हो । अन्य स्कुटर भन्दा ‘भी मोटो’ स्कुटर बढी सुविधायूक्त रहेको ग्राहकहरु बताउँछन् । लामो यात्राको लागि पनि राम्रो भएतापनि विषेश गरी उपत्यकाको लागि बढी उपयूक्त हुने कुरा बिक्रेताले जनाएको छ ।

यो स्कुटर बिजुलीबाट चल्ने हुँदा निकै किफायती एवं पावरफूल हुने अष्ट अटोका म्यानेजिङ् डाइरेक्टर सुरेन्द्र मानन्धरले बताए । साथै उनले मुल्य पनि पेट्रोल इन्जिनयूक्त स्कुटरकै हाराहारीमा रहेको जानकारी दिए । ‘भी मोटो’ स्कुटरका चार मोडलहरु मध्ये बी मोडल सवैभन्दा सस्तो मोडल हो । जसको मुल्य १ लाख २४ हजार रुपैँया रहेको छ । यस्तै भी–५ को मूल्य १ लाख ४६ हजार र भी ९० एस र भी एक्स–९० एसको मूल्य रु २ लाख २५ हजार रहेको छ ।

एसिड व्याट्री लगायतका सुबिधाहरु भएको यस स्कुटर निकै आकर्षक डिजाइनको छ । ब्रेक, ट्युवलेसटायर, मेन्टिनेन्स गर्न नपर्ने यस ‘भी मोटो’ स्कुटरमा ९० एस र भीएक्स ९० एस दुई हजार वाट ब्याट्री क्षमता रहेको छ । भी–५ मोडल ८ सय वाट र बी मोडल ५ सय वाट क्षमता भएको ब्याट्रीयूक्त यस स्कुटर अघिल्ला दुई मोडल ६५ किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्छन् । यस स्कटर एकपटक चार्ज गरेपछि ९० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । चार्ज गर्दा धेरै बिजुली पनि खर्च हुँदैन भने पेट्रोल खर्च पनि लाग्दैन । भी – ५ सय ५२ किलोमिटर प्रतिघण्टा कुद्न सक्छ भने एकपटक चार्ज गरेपछि ६० किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्छ । एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्मको चिन्ता लिनु नपर्ने भएकाले ग्राहकले यस्तो सुविधा बुझि सकेपछि अन्य स्कुटर भन्दा भी मोटो नै रोज्ने अष्ट अटोको विश्वास रहेको छ । अष्ट अटोका अनुसार स्कुटरको मोटर, चार्जर र कन्ट्रोलरमा दुई वर्षको वारेन्टी छ भने ब्याट्रीमा एक वर्षको वारेन्टी रहेको छ ।

यसैगरी आगामी दिनहरुमा बिभिन्न सामान ढुवानी कम्पनीलाई लक्षित गरी बनाइएको ‘डेलीभरी स्कुटर’ तीन पाङग्रे स्कुटर र चारपाङग्रे इलेक्ट्रिक सवारी पनि छिट्टै नेपालमा बिक्री सुरु गरिने नेपालका लागि आधिकारीक बिक्रेता अष्ट अटोले बताएको छ । ग्राहकले नेपाली बजारमा भी मोटो इलेक्ट्रिक स्कुटर रु १ लाख २४ हजारमा खरिद गर्न सक्छन् ।