एस्ट्रोनोमी ओलम्पियाडका लागि पाँच विद्यार्थी छनोट

काठमाडौं । नेपाल एस्ट्रोनोमीकल सोसाइटीले ओलम्पियाडको लागि विद्यार्थी छनोट प्रक्रिया पुरा गरेको छ । दुई चरणमा सम्पन्न सो छनोट प्रक्रियामा पाँच विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी गराइने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले रिभोसाइन्सलाई जानकारी दिए ।

अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि छनोटमा वाल्मीकी शिक्षा सदन चितवनका आशिस पौडेल, सेन्ट सेभिएर्स कलेज काठमाडौंका विवेक कुमार पण्डित, सैपाल एकेडेमी काठमाडौंका रजित चौलागाईँ, चेल्सी इन्टरनेशनल एकेडेमी काठमाडौंका सन्देश चापागाईँ र पेन्टागन इन्टरनेशनल कलेजकी शिल्पा भण्डारीलाई छनोटमा परेका छन् ।

सोसाइटीका अनुसार विजयी टोलीले साउन १० देखि १९ गतेसम्म हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनेछन् । उल्लेखित विद्यार्थीहरु मध्ये कोही कारणवस उपस्थीत हुन नसकेमा प्रतिक्षा सूचिमा रहेका विद्यार्थीहरुलाई मौका दिने एस्ट्रोनोमी ओलम्पियाडले जनाएको छ ।