नविल नाष्ट पुरस्कारबाट चार अनुसन्धानकर्ता सम्मानित

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले चार जना अनुसन्धान कर्ताहरुलाई नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको ३३ औं वाषिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी ओलीले वितरण गरेका हुन् ।

सम्मनित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. शिवप्रसाद धौभडेल, प्रा.डा. संगिता राजभण्डारी, डा. दीपकराज सिंह तथा डा. दुर्गाप्रसाद सापकोटालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरिएको हो ।
उक्त पुरस्कारको राशि प्रति व्यक्ति एक लाख २५ हजार रुपैंयाँ रहेको थियो । नास्टको बार्षिकोत्सवका अवसरमा २१ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । पुरस्कारका लागि छनौट राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा गरिएको थियो ।