वाई फाई भन्दा छिटो लाई फाई ?


अहिलेसम्म हामीले प्रयोग गर्दै आएको वाई–फाईमा कुनै डाटा ट्रान्सफर र डाउनलोड गर्नु प¥यो भने धेरै नै समय लाग्छ । अव यो समस्याबाट चाँडै नै तपाइ मुक्त हुँदै हुनुहुन्छ । किनकी वाई–फाई भन्दा १०० गुणा छिटो लाई–फाई प्रविधिको विकास भएको छ ।
यसको उत्पादन छिमेकी मूलुक भारतमा भएको हो । भारतका विशेषज्ञहरुले यसै हप्ता यसको सफल परिक्षण समेत गरेका छन् । लाई–फाईमा तपाई वाई–फाईमा भन्दा १०० गुणा छिटो इन्टरनेट चलाउन सक्नु हुन्छ । यसको रफ्तार एक गीगाबाइट प्रति सेकेन्ड सम्म हुनसक्ने समाचारमा जनाइएको छ । भारतको स्टार्टअप कम्पनीका सह संस्थापक तथा मुख्य कार्यकारी अधिकारी दीपक सोलङ्गीका अनुसार यसले कल ड्रप जस्ता समस्याका लागि रामबाण नै सावित हुने बताएका छन् । कम्पनीका अनुसार लाई–फाईको प्रयोग गर्नका लागि मोबाइलमा एक अलग्गै डिभाईसको जरुरत पर्दछ । भविष्यमा वाई–फाई र ब्यूटुथ जस्तै मोबाइलमा छुट्टै सफ्टवयरद्धारा लाई–फाईको प्रयोग गर्न सकिने बताइएको छ ।