हिमालयन बैंक र बैकल्पिक उर्जा केन्द्र बीच सम्झौता

काठमाडौं ।नेपाल सरकार,बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र तथा हिमालयन बैंक बीच सहरी क्षेत्रमा घरायसी तथा व्यवसायिक प्रायोजनका लागि सौर्य उर्जा प्रणाली जडान गर्न बैंकले सरल र सुलभ रुपमा कर्जा उपलव्ध गराउनेबारे सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकले सहरी क्षेत्रमा ५ सयदेखि १५ सयबाट सम्मको सौर्य उर्जा प्रणाली जडान गर्दा प्रतिपरिवार घरका लागि लागतको ९० प्रतिशत तथा वढीमा ७ लाख सम्मको कर्जा उपलव्ध गराइने जनाइएको छ । 

कर्जाको व्याजदर घरायसीतर्फ २ दशमलव २५ प्रतिशत र व्यवसायिकतर्फ ४ दशमलव ५ प्रतिशत सहुलियत दरको हुने बैंकले जनाएको छ ।
५०० वाटभन्दा माथि क्षमताको सौर्य उर्जा प्रणाली जडान गर्दा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले एकमुष्ठ १५ हजार अनुदान समेत उपलव्ध गराउने जनाइएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सम्झौतामा हस्ताक्षर गरेका हुन ।