एक दिन पछि स¥र्यो क्यान इन्फोटेक

 

काठमाडौं । यही माघ १४ गते देखि १९ गतेसम्म आयोजना हुने भनिएको कम्युटर एसोसियसन अफ नेपाल (क्यान) इन्फोटेक मेला एक दिन पछाडि सरेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने यस क्यान इन्फोटेक संष्करणको नाम क्यान इन्फोटेक २०१६ इन एसोसियनसन अफ हुवावे रहेको आयोजकले जानकारी दिएको छ ।

इन्फोटेकको शिर्ष प्रायोजन सुबिसु केवलनेट र एसोसियट प्रायोजन हुवावेले गर्न लागेको इन्जिनियर ढकालले जानकारी दिनुभयो ।
महासंघको रुपमा मान्यताप्राप्त गरेपछि आयोजना भएको पहिलो सूचना प्रविधि मेला भएका कारण मात्र होइन, निरन्तर आयोजना भइरहेको सूचनाप्रविधि मेलाको यो २१ औं संस्करण हो ।

हरेक बर्ष आयोजना हुँदै आएको यस्तो मेलाले सूचना र प्रविधिको विकासमा ‘शून्य भिजन’मा रहेको सरकार र सरोकारवाला निकायलाई झकझक्याउने काम गर्ने महासंघका अध्यक्ष इन्जिनियर विनोद ढकाल बताँउछन ।

कूल १ सय ८० वटा स्टल रहने उक्त प्रर्दशनीमा मुख्य प्रर्दशनी हलभित्र ४९ वटा,हल बाहिर ३ वटा ब्रान्डिङ प्रर्दशनी कक्षहरु रहनेछन भने ट्रसमा १०४ वटा र ओपन स्पेशमा १४ वटा स्टल रहने जनाइएको छ ।