मन्त्रीदेखि सभासद्सम्मलाई प्रविधि सम्बन्धी तालिम

 

काठमाण्डू। ज्ञान तथा प्रविधि सम्बन्धी जानकारी दिने उदेश्यले मन्त्री तथा सभासदहरुलाई  यस सन्र्दभमा  तालिम दिइने भएको छ ।

बसुन्धरामा रहेको साउथ वेष्टन स्टेट कलेजको स्थापना दिवसको अवसरमा आयोजित छैटौं साउथ वेष्टन इष्टेट साइन्स फेयरको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले यस्तो बताउनुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले नेपालका हरेक विकास क्षेत्रमा ‘साइन्स ल्याव’को आवश्यकता रहेको समेत औल्याउनुभयो । हरेक क्षेत्रमा हुनु पर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,खुमलटारमा मात्र सिमित रहेको र यस्लाई समेत पाँचै विकास क्षेत्रमा पु¥याउनुपर्ने थापाको कथनथियो ।

अर्थतन्त्रको विकासमा विज्ञान तथा प्रविधिको उल्लेख्य भूमिका हुनेभए पनि यस क्षेत्रप्रति खासै ध्यान जान नसकेकोमा मन्त्री थापाले दुखेसो पोखे । उक्त साइन्स फेयरमा विभिन्न स्कूल÷कलेजका गरी ४० वटा स्टल रहेका छन ।

अहिलेको नाकाबन्दीलाई लक्षित गर्दै स्वदेशी बस्तुहरुद्धारा निर्मित विज्ञान तथा प्रविधि सम्बन्धी बस्तुहरु प्रर्दशनीमा राखिएको साउथ वेष्टन स्टेज कलेजका सह प्रचार्य हरिसिंङ केसीले जानकारी दिनुभयो । प्रर्दशनीमा साउथवेष्टन कलेज, त्रिनिटि कलेज, नेपाल मोडल स्कूल, फ्लोरेसेन्ट स्कूल सहित अमेरिकन दुतावासको समेत स्टल रहेको छ । प्रर्दशनी आज र भोली गरी दुई दिन चल्ने छ । 

प्रर्दशनीमा २० हजार भन्दा वढिले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।