मेरो रोजाई जैविकप्रविधि– डा. निरञ्जन पराजुली

राम्रो प्रतिभा भएका यूवाहरुले आफ्नो प्रतिभा देखाउन नपाई विरक्तिनु पर्ने ? म स्वदेशमै केही गर्छु, यही माटोमा मर्छु भन्न पनि नपाउने ? एकातिर ठूलो ठूलो स्वरमा हामी भन्छौं प्रतिभा पलायन रोक्नुपर्दछ । तर अर्काेतिर तीनै प्रतिभालाई टिक्न बस्न दिदैनौं र पलायन हुन वाध्य बनाउछौं । त्यस्तै मध्येका एक हुन डा निरञ्जन पराजुली ।

दक्षिण कोरियावाट वायोकेमेष्ट्रीमा विद्यावारिधी र अमेरिकावाट पोष्टडक्टरेट गरेका पराजुलीको प्रतिभाबाट काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा डा सुरेशराज शर्मा समेत प्रभावित नभई रहन सकेनन् । दुर्भाग्य, त्यही विश्वविद्यालयमा ६८ साल चैत्रमा सहप्राध्यापक पदमा अन्र्तवार्ता लिइवरी अघिल्लो दिन ल “जागिर पक्का भयो” भनियो । तर भोलिपल्टै तत्कालिन डीन डा पन्ना थापाको फोन आँउछ “सरि पराजुलीजी, तपाईलाई हामीले नियुक्त गर्न सकेनौं ।”

त्रिविले ६९ असोज १ गते गोरखापत्रमा सार्वजानिक सूचना निकाली प्रध्यापक÷सह प्राध्यापक सहित ४९ पदमा दरखस्त आवह्न गर्यो । त्यही दिन अधिवक्ता दिपेन्द्र झाले मुद्धा हाले समावेशी भएन भन्दै । संयोग कस्तो भने मुद्धा हाल्ने झा, फैसला गर्ने गिरीशचन्द्र लाल । त्यही दिन परेको मुद्धा, त्यही दिनै रोक्का भयो । नेपालको कानुनी इतिहासमा सभ्भवत त्यही दिन मुद्धा दर्ता भईवरी त्यसको भोलीपल्टै रोक्का आदेश भएको मुद्धा यही नै होला । वाह्य तवरबाट पदपुर्ती भएको भए सभ्भवत पराजुली जस्ता प्रतिभाहरुले स्थान पाँउदा हुन ।

जन्म, शिक्षा, दिक्षा
२०२९ साल भदौमा पिता गोविन्द प्रसाद पराजुली र माता दुर्गा पराजुलीको कोखबाट जन्मेका हुन उनी । पितापूर्खा काठमाडौको रैथाने । कोटेश्वर मेनरोडमा अवस्थित घरमा जन्मिएर हुर्किएका पराजुली आफ्नो बालापनको धुमिल विगत सम्झन्छन । कोटेश्वरकै ‘सरकारी स्कूल कोटेश्वर माध्यमिक विद्यालय’मा सात कक्षामा पढेको याद अझै ताजा छ’ । आठ कक्षादेखि एसएलसीसम्म स्कूले शिक्षा विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट पार लगाए । ०४६ सालमा आइएस्सी अध्ययन गर्न त्रिचन्द्र कलेजमा भर्ना भएर कलेज जाने पहिलो दिनै उनको पिताजीको देहबसान भयो । पिताको निधनका कारण आइएस्सीको पढाई तनावमै बित्यो । ०४९ सालमा आइएस्सी उत्र्तीण भए । त्यसवेलाका विद्यार्थीलाइ आइएस्सी उत्र्तीण हुन झण्डै तीन वर्ष लाग्यो । कारण थियो– ४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तन ।
विएस्सी पार गरे ०५१ सालमा त्रिचन्द्रबाटै । मास्र्टसमा उनको रोजाई केमेष्ट्री बन्न पुग्यो । केमेष्ट्रीलाई रुचाउनुको कारण मध्ये एक थिए मामा प्राडा छविलाल गजुरेल । जो त्यस समयमा नाम चलेका रसायनशास्त्रका प्राध्यापक थिए । सायद मामाकै प्रेरणा र सिकाइको प्रतिफल हुनुपर्दछ एमएस्सी दुबै वर्षमा टप गर्न सफल भए पराजुली । ०५४ सालमा एमएस्सीको गोल्डमेडलिष्ट हुन उनी ।

जागिरे यात्रा
बजारमा नबिक्ने कुरै थिएन, ५४ सालको त्रिविको गोल्डमेडलिष्ट जो थिए उनी । काठमाडौं विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धा अन्तर्गत लेक्चररको माग गरेको थियो । नाम निस्कियो । त्यसैवर्ष चैत्र ४ गते उक्त विश्विद्यालयमा लेक्चररको रुपमा नियुक्त भए उनी ।

अध्ययनका लागि कोरिया
काठमाडौं विश्वविद्यालयमा साढे दुई वर्ष पढाएपछि दक्षिण कोरियामा विद्यावारिधी गर्ने अफर आयो । त्यहाँको ‘सनमुन विश्वविद्यालय’ तिर लम्कियो उनको पाइला । बेतलवी विदामा गएका उनले चार वर्ष लगाएर २०६१ मा वायोकेमेष्ट्रीमा विद्यावारिधी हासिल गरे । उनको विद्यावारिधिको विषय थियो ‘एन्टिबायटिक’ । नेपालको पढाइमा वायोटेक्नोलोजी, माइक्रोवायोलोजी व्याकराउण्ड नभएकाले कोरियामा एकवर्ष संघर्ष प¥र्यो उनलाइ । नेपालको शिक्षाको कुनै व्याकराउण्ड त्यता म्याच भएन,मेहनत दोव्वर पारे र चारवर्षमा विद्यावारिधी सकाए । पिएचडी गराउने प्रोफेसर थिए– सङ जे कोयङ ।

काठमाडौं विश्वविद्यालयमा जे देखियो/भोगियो
वि. सं. २०६१ मा दक्षिण कोरियावाट विद्यावारिधी गरेर स्वदेश फर्किए पछि काठमाडौं विश्वविद्यालयमै पढाउन थाले उनले । लेक्चररवाट असिसेन्ट प्रोफेसरमा बढुवा भए । त्यस समय काठमाडौं विश्वविद्यालयको उपकूलपति सुरेशराज शर्मा थिए । बायोटेक्नोलोजी डिर्पाटमेन्ट खोलिएको थियो । म त्यसकै कोर्सहरु पढाउथे ।

त्यहाँ एक जना भारतीयलाई ८० हजार तलव दिएर हेड अफ डिर्पाटमेन्ट बनाइएको थियो । जुन पराजुलीलाइ पटक्कै चित्त बुझेको थिएन । ‘उनलाई वायोटेक्नोलोजीको धेरै ज्ञान नै थिएन । उताका रिटार्यड थिए । हामी नै सक्षम छौं भने हामीलाई भन्दा वढि तलव दिएर किन ल्याउनु प¥र्यो भनी मैले विरोध गरे’ पराजुली भन्छन– ‘मेरो विरोधलाई प्रशासनले रुचाएन।’ उनले काठमाडौं विश्वविद्यालयको कमी कमजोरी र सुधारका पक्षहरुवारे भावनाहरु कान्तिपुरमा लेख पनि लेखे । ‘त्यस पछाडि प्रशासनको त म तारो बन्न पुगे’ पराजुली भन्छन– ‘ त्यसबेला डा सीताराम अधिकारी रजिष्टार थिए ।’

पोष्टडककालागि कोरियादेखि अमेरिकासम्म
मलाई जर्मनी, अमेरिका र कोरियाबाट पोष्टडकको अफर आइरहेको थियो । पोष्टडक गर्न म पुन दक्षिण कोरियानै गए । इवा वुमन युनिभर्सिटीवाट पोष्टडक गरे । तीन वर्षे पोष्टडक पछि म त्यहाँ रिर्सच प्रोफेसर भए । २००९को अन्त्यमा पोष्टडककै लागि अमेरिका गए । ‘इन्जाइम इन्जिनियरिङमा’ पोट्रिनको स्टक्चर कसरी बदल्न सकिन्छ भन्ने विषयमा नर्थ क्यारालेना स्टेट यूनिभर्सिटीमा २ वर्ष पोष्टडक गरे ।

केयुले दिएको धोखा
२०१२ को सुरुमा पराजुली नेपाल फर्किए । पहिला काम गरेको विश्वविद्यालय केयू गए । उपकुलपति सुरेशराज शर्मालाई भेटे । शर्माले प्रसंसा नै गरे, स्वदेश फर्किएकोमा । ‘उपकुलपतिले बायोटेक्नोलोजी डिमार्टमेन्टमा काम गर्नुस । तपाईको एक्सपर्टिज विश्वविद्यालयलाई आवश्यक छ भन्नुभयो’ पराजुलीले केयुले गरेको प्राज्ञिक बेइमानीलाई सम्झिए– २०६८ चैत्रमा साइन्सका तत्कालीन डीन पन्ना थापा, वायोटेक्नोलोजी विभागका विभागीय प्रमुख डा टिका बहादुर कार्कीले अन्र्तर्वाता लिनुभयो । सहप्रध्यापकमा नियुक्त गरिने, सोमवार देखि क्लास लिन भन्नुभयो । तर अन्र्तवार्ताको भोलीपल्ट डीनले तपाईलाई नियुक्त गर्न सकिएन सरि भन्नुभयो । बुझ्दै जाँदा राजनीतिक दवाव परेको रहेछ । नेपालमा पढेर मात्र नहुने रहेछ । राजनीतिक पृष्ठभूमी पनि चाहिने रहेछ ।’ मेरो नियुक्ती रोक्नुको पछाडि केही व्यक्तिको ‘इगो’ कारण थियो ।

निष्ट फाउन्डेसनसँगको सहकार्य
यसपछि उनले निष्ट फाउण्डेसनका अध्यक्ष डा माधव वराललाई भेटे । ‘उहाँले बायोटेक्नोलोजी कार्यक्रम खोलौ न त भन्ने प्रस्ताव राख्नुभयो’ पराजुली भन्छन ‘उहाँ र म त्रिविमा गएर कुराकानी ग¥यौं । त्रिविले त्यसबेला एमएस्सी वायोटेक्नोलोजी कार्यक्रम सम्बन्धनका लागि निवेदन आह्वान गरेको थियो । त्रिविकै वायोटेक्नोलोजी विभागले भने नीजि क्षेत्रलाई सम्बन्धन दिनै हुन्न भनेर चर्काे विरोध गरिरहेको थियो । विरोधका बाबजुद पनि डिन, रजिष्टार, रेक्टर सबैलाई कन्भिस गराएर सम्बन्धन लिन सफल भएको पराजुली बताउछन । त्रिविले धरानमा रहेको सुनसरी टेक्निकल र निष्टको नेशनल कलेज, नयाँबजार लाई सम्बन्ध दिएको थियो, २४ सिटको । त्रिविमा पनि जम्मा २४ सिट मात्र थियो ।

त्रिविले २ लाखमा एमएस्सी वायोटेक्नोलोजी पढाइरहेको छ । हामीले पनि गत वर्षसम्म दुइलाखमा नै वायोटेक्नोलोजी विषय पढाइरहेका छौं । विद्यार्थीको रुची यो क्षेत्रमा बढोस भनेर हामीले यसो ग¥र्यौ । कुराकानीकै क्रममा उनी भन्दछन ‘वायोटेक्नोलोजीको क्षेत्र रोजगार खोज्ने क्षेत्र नभई आफैं रोजगारी श्रृजना गर्ने क्षेत्र बन्नुपर्दछ । चार पाँच जना मान्छे मिलेर आफैं रोजगारीको काम गर्न सकिन्छ । जस्तो डिजिज डायग्नोसिसमा आफैं ल्याव खोल्न सकिन्छ । टिस्युकल्चरमा काम गर्न सकिन्छ । हामी रेडिमेट जागिर खोज्छौं । यही नै हाम्रो कमजोरी हो ।’

एकातिर सरकारले यस्तो काम गर भनी क्षेत्र नछुट्याउने, न त विद्यार्थीहरु नै यो क्षेत्रमा अनुसन्धान गरी अगाडि वढ्छु भन्ने सोच्ने, न त शिक्षणसंस्थाहरुले नै प्रमोट गरेका छन । बेरोजगारीका ठूला तीन कारण यीनै ठान्छन उनी । ‘वायोटेक्नोलोजी पढेर जागिर खोज्ने होइन कि आफैं रोजगारी श्रृजना गर्ने हुनुपर्दछ’ अनुसनधानको गहिराइ बुझ्न आग्रह गर्छन उनी । विद्यार्थीहरुलाई कसरी अनुसन्धानमा अभस्त्य बनाउन सकिन्छ भनेर फुर्सदको समयमा पनि उनी चिन्तन/मनन गरिरहेका हुन्छन ।

वायोटेक्नोलोजी नेपालमा
विश्वमा वायोटेक्नोलोजीको प्रयोग तिब्र रुपमा भइरहे पनि नेपालमा यसले गति लिन सकेको छैन । ५ दसको लामो अवधीमा पनि नेपालले वायोटेक्नोलोजीमा सफलता प्राप्त गर्न नसक्नुको कारण खोज्नु र यसलाइ आर्थिक विकासको अभिन्न अङ्गको रुपमा विकास गर्नु अनिवार्य भइसकेको छ । वायोटेक्नोलोजीको विविधता भित्र देसको आर्थिक विकासमा सहयोग पुराउन सक्ने क्षेत्रमध्ये फार्मास्युटिकल वायोटेक्नोलोजी एक हो । जसअन्तर्गत देसभित्रै खपत र निर्यात हुनेगरी वृहत औषधी उद्योग खोल्न सकिन्छ । नेपालमा विश्वमा पाइने करिव १० प्रतिशत मेडिसिनल वनस्पति पाइने अनुमान गरिएपनि तिनको जेनेटिक लेभलमा अध्ययन अनुसन्धान हुन सकेको छैन । नत साधारण किसिमबाटै औषधिको उत्पादन हुनसकेको छ । आज विश्वमा सबैभन्दा प्रचलित औषधीहरु मध्ये ४० प्रतिशत लिभिङ अर्गा्निज्मबाट उत्पादन गरिन्छ, जसको व्यापार २५ विलियन अमेरिकी डलर छ । ति लिभिङ अर्गा्निज्मको प्रमुख स्रोत पानी वा माटोमा पाइने वाक्टेरिया हुन । त्यसैले नेपालका पनि विभिन्न भु(भागमा पाइने पानी वा माटोबाट वाक्टेरिया निकालेर त्यसबाट हाल बजारमा पाइने जेन्टामाइसिन, नियोमाइसिन, भ्याङ्कोमाइसिन जस्ता एन्टिवायोटिक्स उत्पादन गर्न सकिन्छ ।

दक्षिण कोरिया र नेपालको विज्ञान
लामो समयसम्म कोरियामा रहँदा उनको आँखाले देखे÷भोगेको अनुभवले भन्दछ इलोक्टोनिक्स पछि उनीहरुले इम्पोट गर्ने भनेको एन्टिवायटिक्स नै हो । उनीहरु एन्टिवायटिक्समा लिडर नै भइसकेका छन । एन्टिवायटिक्सको न्यू प्रडक्सन,न्यू जनेरेसन,न्यू प्याटेन्ट यूएस मै हुन्छ । त्यस्लाई गरिव देशमा बेच्ने काम दक्षिण कोरियाले गर्दै आएको छ ।

टियुमा यस्तो दुर्गति
२०६९ साल असोज १ गते टियूकै इतिहासमा पहिलोपटक सह प्रध्यापक,प्रध्यापकहरुको आह्वान गर्यो । त्रिविकै इतिहासमा दिपेन्द्र झाले जानी बुझेरै टियूको विज्ञापन समावेशी भएन भनि रिट हाल्नुभयो । त्यसको भोलीपल्टै इस्टे अर्डर जारी भयो न्यायधिस गिरीशचन्द्र लाल बाट । अहिलेसम्म पेन्डिङमा नै छ त्यो केस । टियुमा फ्याकल्टी बन्ने बाटो नै बन्द भइगयो ।

नेपालमा अनुसन्धानका समस्या
अमेरिका, जापानलगायतका मुलुकले कुल गाहस्र्थ्य उत्पादनको करिब ३ प्रतिशत अनुसन्धानमा खर्च गर्छन् तर नेपालले भने कुल बजेटको ०.३ प्रतिशतमात्र लगानी गरेको छ विज्ञानमा । विश्वविधालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम अत्यन्तै कमजोर छ। लाइफ साइन्समा प्रयोग हुने सामग्री युरोप र अमेरिकामा भन्दा २–३ गुणा महंगो पर्छ नेपालमा। त्यसको कारण पनि अपेक्षाअनुसार विज्ञानका क्षेत्रमा काम हुनसकेको छैन। केही समयपहिले नाष्टले ’डीएनए सिक्वइन्सर’ खरिद गरेको छ। यसबाट पक्कै पनि अनुसन्धानको गुणस्तरमा सुधार हुने देखिन्छ। तर यसको नियमित सञ्चालनमा भने ढुक्क हुन नसकिने देखिन्छ। त्यसबाहेक त्रिविले अब इन्स्टिच्युुट अफ लाइफ साइन्स खोलेर त्यस अन्तरगत स्नातक र स्नातकोत्तर तहमा क्यान्सर बायोलोजी, बायोफिजिक्स, बायोलोजिकल केमेस्ट्रि, मलिक्युलर बायोलोजी, बायोटेक्नोलोजी, बायोमटेरियल साइन्सजस्ता विषयमा पढाइ सुरु गर्नु आवश्यक देखिन्छ। त्यसो गरिए विज्ञान शिक्षामा आधुनीकरण गर्दै गुणस्तर सुधार्न सकिन्छ।

नेपालमा विज्ञानका क्षेत्रको थप सुधार गर्न त्रिविमा केन्द्रीय उपकरण प्रयोगशाला खुल्नु आवश्यक छ। त्यसमा एनएमआर, एल्सि–मास, जिसि–मास, सेम, टेम, डिएनए सिक्वइन्सर, सेन्थेसाइजरजस्ता उपकरण हुनुपर्छ। विज्ञान अनुसन्धानमा विद्यमान अन्य समस्यामा सम्बन्धित निकायबीच सहकार्य र समन्वयको अभाव, सरकारको नीतिगत अस्पष्टता र काममा दोहोरोपन रहेका छन्। यिनमा सुधार गर्न पनि सम्बन्धित निकायले पहल गर्नुपर्छ।

विवाह बन्धन
समाजशास्त्री डा माधवी भट्ट उनको जीवनसंगिनी हुन । २०५९ सालमा वैवाहिक बन्धनमा वाधिएका उनीहरुका दुइ छोरा छन। डा भट्ट पत्रकारीता र समाजशास्त्र क्षेत्रको, डा निरञ्जन पराजुली परे विज्ञान तथा प्रविधिको अनुसन्धानमा दत्तचित्त भएर लाग्ने । यही कारण दुबैको जीवनको रथ दौडिरहेको छ ।

जीवन दर्शन
कोरिया र अमेरिकाबाट मान्छेहरु कर्ममा दत्तचित्त भएर लाग्दा सफलता प्राप्त गरेकाछन । उनीहरुलाई त्यसैले सन्तृष्ठी दिएको छ । नेपालीहरु पनि मेहनत नगर्ने होइनन् तर हाम्रो श्रम, पसिना र विवेक गलत ठाँउमा प्रयोग भइरहेको छ । निरन्तर मेहनत गर्ने,काम गर्ने बानी बसाल्ने हो भने परिणाम आफैं पछि लागेर आउछ ।
निष्ट कलेजसँगको सहकार्यमा उनले ट्वास,एडिवि, र नाष्टबाट आर्थिक सहयोग जुटाइरहेका छन अनुसन्धान गर्न । प्राइभेट कलेजमा समेत अनुसन्धान गर्न सहयोग जुटाउन सकिएको छ भने ठूलो स्थानमा बसेर काम गर्ने हो भने नेपालमा पनि अनुसन्धानका कामहरु गर्न सकिन्छ भन्ने उनको ठम्याई छ ।

धर्मप्रतिको धारणा
धर्म छोड्न नसक्नुका विविध कारण छन । यो इश्वरले गरेको भन्ने मान्दिन । म आफूलाई धर्मनिरपेक्ष मान्छु । प्रकृतिको नियम मान्छु, त्यस विषयमा ग्रिक सभ्यता देखि तर सर्वाेच्च शक्ति भन्ने मान्दिन । यो अझै पनि रहस्य कै कुरा हो ।

प्रस्तुतिः हरि गजुरेल