वातावरण ओलम्पियाडका उत्कृष्ठ १० प्रतिस्पर्धी छनौट

आगामी जुनमा काठमाडौंमा हुने वातावरण ओलम्पियाडका लागि उत्कृष्ठ दश प्रस्तोताहरु छनौट भएका छन् । वायु प्रदुषणका विभिन्न शीर्षकमा बैज्ञानिक लेख लेखेर बुझाएका विज्ञान शंकायका स्नातकोत्तर तहका विद्यार्थीहरु मध्येबाट उत्कृष्ठ दश जना छनौट गरिएको हो ।

 छनौट हुनेमा अंकित अर्याल, राजु चौहान, रिशब नकर्मी, बिज्ञ ज्ञावाली, मनिषा पोखरेल, प्रगती बज्राचार्य, सृजना सिटिखु, रञ्जिता थापा, अभिनय श्रेष्ठ तथा स्वतान्त्र भण्डारी छन् । प्रतिस्पर्धामा उत्कृष्ट २० सहभागी मध्येबाट उनीहरु छनौट भएका हुन् ।

१० प्रतिस्पर्धीको लेख पुस्तकको रुपमासमेत प्रकाशन गरिने आयोजकले जनाएको छ । पहिलो चरणका १० उत्कृष्ठलाई दोस्रो चरणमा उच्च माध्यमिक विद्यालय(+२)मा अध्ययनरत करिव १ हजार विद्यार्थीमाझ आफ्ना प्रस्तुती राख्न लगाएर स्नातकोत्तर तहका विद्यार्थी मध्येबाट पहिलो, दोस्रो र तेस्रो छनौट गरिनेछ भने सहभागी +२ अध्ययनरत विद्यार्थी मध्येबाट प्रस्तुत विषयवस्तुमा केन्द्रीत रहेर सोधिएका एक सय प्रश्नमा सवैभन्दा बढी प्रश्नको सही जवाफ दिने उत्कृष्ठ तीन जना छनौट गरिनेछ ।

 उत्कृष्ठहरुलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्रबाट सम्मान गरिने आयोजकले जनाएको छ । वायु प्रदुषणका विषयमा जनचेतना जगाउन नेपाल साइन्स ओलम्पियाड र इन्ष्टिच्यूट फर एडभान्स सस्टेनाविलिटी स्टडिज(आइएएसएसले यो कार्यक्रम गर्न लागेका हुन् ।