भोली सूर्यग्रहण,नगरकोटबाट अवलोकन गर्न सकिने

  बुधबार (भोली) बिहान  खन्डग्रास सूर्य ग्रहण  लाग्ने खगोलविद्हरुले  बताएका छन् ।यसलाई काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिने बताइएको छ ।

  खगोलविद्हरुका अनुसार   बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने छ । 

सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ । 

यसैबीच नेपाल एस्ट्रनोमी सोसाइटीले भोलीको सूर्यग्रहणलाई नगरकोटबाट अवलोकन÷अनुसन्धान गर्ने सकिने व्यवस्था गरेको सोसाइटीका सुरेश भट्टराईले जानकारी दिएकाछन ।