नगरकोटबाट यस्तो देखियो सूर्यग्रहण

तस्वीर मनिषा द्धा

बुधबार बिहान लागेको खन्डग्रास सूर्य ग्रहण हेर्न नगरकोटमा एकाविहानै सर्वसाधरणहरुको  भीड लागेको थियो ।

नेपाल एस्ट्रोनोमी सोसाइटीले यो सूर्यग्रहणलाई हेर्ने व्यवस्था मिलाएको थियो ।

 काठमाडौंको आकाशमा सूर्य उदाएदेखि विहान सात बजेर २ मिनेटसम्म यस्लाई हेर्न सकिएको नेपाल एस्ट्रोनोमी सोसाइटीले जनाएको छ ।

सोसाइटीका सुरेश भट्टराईका अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिएकोथियो ।

नेपाल एस्ट्रनोमी सोसाइटीले सूर्यग्रहणलाई नगरकोटबाट अवलोकन÷अनुसन्धान गर्ने सकिने व्यवस्था गरेको हो। उक्त अवसरमा खिचिएको दृश्य यस प्रकारको देखिएको थियो ।