काठमाण्डुमा वैज्ञानिक कुम्भमेला

काठमाण्डु । विज्ञान तथा प्रविधिप्रज्ञा प्रतिष्ठान‚नास्टले सातौं राष्ट्रिय विज्ञान तथा प्रविधिसम्मेलनको आयोजना गरेको छ । आज सकिने सम्मेलनमा छिमेकी मुलुक चीन‚ भारत¸ बंगलादेश‚ जर्मनी र रसियालगायत विश्वका १६ देशका वैज्ञानिकहरुको सहभागी रहेको नास्टले जनाएको छ। विज्ञान प्रविधिको क्षेत्रमा सरकारले प्रयाप्त लगानी गर्न नसकिएका भनिएको बेला यो सम्मेलनको छुट्टै महत्व भएको नेपाली वैज्ञानिकहरुको छ।

‘विकासशील राष्ट्रको सूचिमा उकास्न विज्ञान‚ प्रविधि तथा आविष्कार’ भन्ने मूलनारा सहित सातौं सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा नास्टका उपकुलपति केपी शर्माओलीले गरेका थिए । सो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपीशर्भाओलीले भने‚ ‘गत वर्ष संविधान जारी भएलगतै आर्थीक सम्वृदीका लागि हामी प्रयासरत छौं । त्यो सम्वृदि हासिल गर्न हामी विज्ञान प्रविधिको उपयोग तथा विकासको दिसामा अगाडि बढ्ने छौं ।’

प्रत्येक चार वर्षमा आयोजना हुने वैज्ञानिकहरुको सम्मेलनमा विश्वभरका एक हजार वैज्ञानिक तथा प्राविधिकहरु भेला भएका थिए । सम्मेलनमा साधारण तथा प्राविधिक गरि ६० वटा सत्रहरु हुनेछन् ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले गरेको ६ सय ८ वटा कार्यपत्रहरुको लिखित तथा मौखिक प्रस्तुति‚ तथा छलफल गरिने नास्टले जानाएको छ। सरलीकृत रुपमा विज्ञान भनेको विभिन्न मानिससँग अन्तरकृया गर्ने‚ आफ्ना अनुभव अरुसँग बाड्ने तथा लिन भएकोले कालान्तरमा यस्ता कुम्भमेला आयोजनाले देशलाई नै फाइदा पुग्ने नास्टका उपकुलपति जीवराज पोखरेल बताउँछन्।

उनी भन्नछन् ‘आफ्ना कुराहरु अरुलाई बाढ्ने अरुका कुराहरुले सिक्ने त्यो चाँही मानब वा देशबासीको कल्याणको लागि प्रवाह गर्ने नै यसको फाइदा हो ।’

कुम्भमेलामा चाइनीज एकाडेमी अफ् साइन्सेजका अध्यक्ष प्राध्यापक डक्टर बाइ चुन्ली र भारतका जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका वैज्ञानिक भारत रत्नलगायत अन्यमुलुकका वैज्ञानिकहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । ‘नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा कस्ता कदम चाल्नु पर्दछ’ भन्ने प्रश्नमा रिभोसाइन्स मासिकसँग कुरा गर्दै वैज्ञानिक प्राध्यापक डक्टर बाइ चुन्ली भने‚  ‘चीन र नेपाल भनेको नजिकको छिमेकी मुलुक हो। हामी दुई देशबीचमा विज्ञान प्रविधिको क्षेत्रमा लामो सहकार्य हुन जरुरत पर्दछ । त्यस्तै जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नु पर्दछ । साथै विदेशमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काइ वैज्ञानिक क्षेत्रमा काम गर्दा विकास हुने देखिन्छ ।

राष्ट्रको सम्बृध्दी उकास्ने यस्ता वैज्ञानिक कुम्भमेलाले देशकै शीर उचोराख्ने भएकोले छिमेकी मुलुकहरु सरह विज्ञान प्रविधिको क्षेत्रमा सरकारले लगानी गर्न सके देशले फड्को मार्ने नेपाली वैज्ञानिकहरुको छ।