मेडिकल सोसाइटीद्वारा निःशुल्क स्वास्थ्य परिक्षण

काठमाडौं । मेडिकल सोसाइटीद्वारा द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमा आश्रय लिइरहेका चालिसभन्दा बढी शारीरिक रुपमा अशक्त भएकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।

गत शनिबार युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५ चिकित्सक, १० नर्स र ३ फिजियोथेरापिष्टको टोलीले निःशुल्क स्वास्थ्य परिक्षण गरेको जनाएको छ ।

संस्थामा बालबालिका देखि ७८ बर्षका बृद्ध आश्रय लिइरहेका छन् ।

सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै कपडा, पौष्टिक आहार बितरण गरेको अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।

डा.रमनका अनुसार खानेपानीको समस्याले देखिएको छ । केही बालबालिकामा कुपोषण समस्या र केहीमा मानसिक समस्या पनि देखिएको छ ।

संस्था आश्रय लिईरहेका सबैको शारीरिक अवस्था कमजोर देखिएको डा. रमनको भनाइ छ । भविष्यमा थप स्वास्थ्य सेवा दिने योजना रहेको रमनले बताए ।

सडकमा अलपत्र परेका, अनाथ, असाहय तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापा बताए । थापा आफै पनि शारीरिक रुपमा अशक्त छन् ।