एस्ट्रोनोमी ओलम्पियाडको लोगो सार्वजनिक

छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९को औपचारिक लोगो

काठमाडौं । ‘छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९’ का लागि लोगो सार्वजनिक भएकोे छ । नेपाल एस्ट्रोनोमीकल सोसाइटी(नासो)ले मसिंर १४ गते सम्म लोगो प्रतिस्पर्धाको आयोजना गरि छनोट गरेकाे जनाएको छ ।

प्रतियोगितामा ८३ जनाको लोगोको डिजाइन प्राप्त  भएकोमा, त्यसमध्यबाट कम्पूटर इन्जिनियर रेमन बालाको लोगो उत्कृष्ट भएको नासोका अध्यक्ष सुरेश भट्टराईले रिभोसाइन्सलाई बताए ।

अध्यक्ष भट्टराईका अनुसार इ. बालाले लोगो प्रतिस्पर्धामा विजयी भए वापत पांच हजार नगत तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड विद्यार्थीहरु सहभागी तथा जनचेतनाका लागि सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता गर्दै आएको नासोले जनाएको छ । यसपाली उत्कृष्ट इ. वालाको लोगो छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९को औपचारिक लोगो हुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धी छनोटका लागि राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड आयोजना गर्दै आएको अध्यक्ष भट्टाईले बताए ।
उनका अनुसार गत कार्तिकमा चीनमा सम्पन्न १२औं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडमा पाँचजना विद्यार्थी सहभागी भएका थिए ।