नेपालमा थप तीन जना कोरना संक्रमित, स्थानीय मानिसमा पहिलो पटक कोरना संक्रमण भएको पुष्टी

सुदुरपश्चिममा नयाँ तीन जना कोरना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसहित नेपालमा कोरना (कोभिड-१९) संक्रमित हुने नौं जना पुगेको छ ।

पहिलो पटक नेपाल भित्र अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आधिकारीक फेसबुक पेजअनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन ।

यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीको ३४ वर्षीय महिला नवौं संक्रमित भएको जनाएका छन् ।