‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

काठमाडौँ । दसैँ मनाउन आफ्नो घर जानुहुने हुन्डाई ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सेवा सञ्चालन गरेको छ।

यो सेवा असोज ११  देखि १४ बिहान १०:०० बजे देखि बेलुका ६:०० बजेसम्म मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित देशका ११ प्रमुख स्थानहरू हेटौँडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र  तनहुँलगायत देशका महत्त्वपूर्ण राजमार्गमा गाडीको निःशुल्क २६-पोइन्ट चेकअप सुविधा उपलब्ध गराउनेछ।

यस अवसरमा कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी चार्जरहरू पनि उपलब्ध हुनेछन्।

सन् २०१४ देखि “हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम” अभियान चलाउँदै हुन्डाई विक्री पछिको प्रतिबद्धता र समर्पण भएको कम्पनीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

×