
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोर्टबीच विशेष छुट सुविधा प्रदान गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार, एनआईएमबीका डेबिट/क्रेडिट कार्डधारक तथा स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले गोकर्ण फरेष्ट रिसोर्टमा उपलब्ध फुड एण्ड बेभरेज तथा स्पा सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यको उद्देश्य ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ। एनआईएमबीले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै यस्ता छुट योजना तथा सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ।
हाल बैंकले देशभर २७५ शाखा, २६४ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

Leave a Reply