
काठमाडौँ, चैत्र २७ । मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन, अनुसन्धान तथा प्राज्ञिक सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगरमा आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस समझदारीले तीन विश्वविद्यालयबीच शैक्षिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धानमा सहकार्य, प्राध्यापकहरूको साझा उपयोग, शैक्षिक स्रोत तथा प्रविधिको आदानप्रदानमार्फत अध्ययन–अनुसन्धानलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाएको छ।

Leave a Reply