व्यक्तित्व – रिभोसाइन्स डटकम

स्वदेशी च्याउविज्ञ डा. महेश अधिकारी
बाहुनले च्याउ खानुहुँदैन भन्ने मान्यताको सेरोफेरोमा हुर्किएका महेशकुमार अधिकारी । तर, उनी च्याउको अध्ययन अनुसन्धानमा दत्तचित्त भई लागि परे । अधिकारीले च्याउको अध्ययन अनुसन्धानमा चार दशकभन्दा बढी समय व्यतित गरिसकेका छन । यतिमात्रै होइन, च्याउको अध्ययन अनुसन्धानमै विद्यावारिधि गरे । यसपटक हामीले च्याउमा समर्पित तिनै विद्धत अध्येयताको व्यक्तित्वका अनुभव पस्कने जमर्काे गरेका छौं ।

जन्म
१० मे १९५१ अर्थात विं स २००८ सालमा नारायणी अञ्चलको रौतहटमाजन्मिएका हुन अधिकारी, कृष्ण विलास उपाध्याय र आमा गिरीजा देवी उपाध्यायका माइला पुत्रका रुपमा । जेठा दाजु पाइलट, जो ०४२ सालमा गोदावरी भन्दा पश्चिममा एयर क्र्यासमा परेर विते । र, भाइ कम्यूटर इन्जिनियरको रुपमा अमेरिकामा कार्यरत छन । जो विगत २० वर्ष देखि अमेरिकामै छन ।

शिक्षा, दिक्षा
शिक्षित परिवारमा जन्मिएर हुर्किएका अधिकारीका पिता सरकारी जागिरे,नेपाल बैंकमा म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो । पिताको जागिर जता जता सरुवा हुन्छ उतै उतै पुगे अधिकारी अध्ययनका सिलसिलामा । भन्छन त्यसैले मेरो स्कूले शिक्षा उति राम्रो रहेन । २०१० सालदेखिको कुरा सम्झन्छन उनी झापा, जनकपुर, वुटवल हुँदै काठमाडौं आएको । वीरगञ्ज ३ कक्षासम्म वुटवलमा ५ कक्षासम्म पढियो । २०१५ अर्थात सात वर्षको हुँदा काठमाडौं प्रवेश गरे । काठमाडौं छिरेपछि बनस्थली विद्याआश्रम हालको सिद्धार्थ बनस्थलीमा अध्ययन गर्न थाले । यहाँ वोर्डर्स गरिएको थियो ।

इन्द्रले समुन्द्रको छालबाट बज्र बनाए । र, त्यही बज्रबाट बृत्रासुर मारिए । तिनै बृत्रासुरको रगतको थोपाबाट धर्तीमा पहिलोपटक च्याउ उम्रिएको मिथक पढ्न पाइन्छ । बृत्तासुरको रगतबाट च्याउ उम्रेको कथाकै कारण बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ हिन्दूधर्मावलम्बीबीच चर्चित छ ।

धुमिल हुँदै गरेको आफ्नो बालापनको ‘रिल’ घुमाउदैछन उनी यतिखेर नख्खुदोबाटो आसपासमै रहेको आफ्नो निवासमा । सम्झन्छन त्यसपछाडि जुद्धोदय हाइस्कूलमा अध्ययनका लागि भर्ना भइयो । कक्षा ८ देखि त्यहाँ अध्ययन गरियो । एसएलसी पनि त्यही बाट उत्र्तीण भए । ०२२ सालमा उनले एसएलसी उत्र्तीण गरेका हुन । अलिकति खिन्नता प्रकट गर्दै भने एसएलसी त्यति राम्रो भएन,तेश्रो डिभिजनमा । तर,अहिलेको जस्तो समय थिएन त्यो । तेश्रो श्रेणीले पनि ठूलो भ्यालु राख्दथ्यो । जीवनका सम्पूर्ण उर्जा अध्ययन÷अनुसन्धानमा खर्चेका उनलाई आफ्ना स्कूले जीवनका साथीहरु अहिले कहाँ होलान त ? ‘याद छैन । त्यस समय सँगै पढेका मध्य डा मधु घिमिरेलाई केही समय अगाडि भेटिएको थियो ।’उनले सुनाए ।

जहाँ इच्छा,त्यहाँ उपाय…
जिन्दगीको रित सरल रेखामा हिड्दैन । हो एसएलसीमा प्राप्त गरेको तेश्रो श्रेणीको अंकले उनको जीवनको गोरेटो मोडियो । मनको भित्री कुनामा विज्ञान प्रतिको अगाध प्रेम भए पनि उनी नचाहेरै सरस्वती कलेजमा भर्ना भए । तीन महिना पढियो । पढाईमा उति साह्रो मन नलागेको देखेपछि एक दिन बुवाले सोध्नुभएछ ‘तेरो इच्छा के छ,त के पढ्न चाहन्छस ? ’

हो,जिन्दगीमा केही यस्ता प्रश्नहरु हुन्छन,जस्ले जिन्दगीको बाटो बदलिदिन्छ । उनका लागि पिताको यही एउटा प्रश्न जिन्दगी बदलिदिने सुत्र बनेर आयो । पिताजीसँग उनले साइन्स पढ्ने इच्छा जाहेर गरे । पिताले तुरुन्तै सुझाए ‘ तैले चिनेका शिक्षकहरु को छन त ?’ त्रिचन्द्र कलेजमा चिनेका शिक्षक थिए मित्रनाथ देवकोटा (जो महाकवि लक्ष्मी प्रसाद देवकोटाका भाई ) उनैको नाम लिए । जस्को कारण अधिकारीको जिन्दगीले ‘यूटर्न’ लियो । एसएलसीमा तेश्रो श्रेणी भए पनि उनी विज्ञान पढ्न पाउने भए । गुरु देवकोटाको शर्त थियो फिजिक्स पढ्न नपाइने । यसपछाडि उनी आइएस्सी जोग्राफी लिएर पढ्न । मनको नेटवर्क पढ्न थालेको विषयसँग मिलेपछि के चाहियो ? गान्धी डिभिजनबाट उक्लिए एक स्टेप माथि । विएस्सी त्रिचन्द्रमा भर्ना भए । तन,मन लगाएर पढ्न थाले । दोश्रो श्रेणीमा उत्र्तीण भए पनि ।

धोखाधडी
बिहानभर कलेज पढ्नु,दिनभर मरुहिटीमा रहेको स्कूलमा पढाउनु । उनको दिनाचर्या बनिसकेको थियो । मनमा लाग्थ्यो दाल, भात, डुकु खाएर मात्र जिन्दगी चल्दैन । अगाडि वढ्नुपर्दछ,केही गर्नुपर्दछ,केही बन्नुपर्दछ । उनका लागि यो दिव्य मन्त्र जस्तै थियो । अवसरको खोजीमा थिए । नभन्दै अध्ययनका लागि कोलम्बो प्लान अन्र्तगत आवेदन दिए शिक्षा मन्त्रालय मार्फत । खै, कहाँबाट सुइको पाएर हो,त्यही स्कूलको सेकेण्ड हेड मास्र्टसले शिक्षा मन्त्रालयमा निवेदन गर्दा यो मेरो शिक्षक हो भनेर रोक्न लगाए । यस्ता धोखेबाजहरुको स्कूलमा पढाइरहन चाहेनन् उनले । राजीनामा बुझाएर बाटो लागे । हनुमानको परम भक्त अधिकारीलाई एउटा भनाईमा खुबै विश्वाश पनि लाग्छ ‘तँ आँट म पु¥याउछु ।’ फेरि प्रयास गरे एमएस्सीमा पनि जुलोजीको लागि आवेदन गरे । फेरि जिन्दगीले अर्काे धोखा दियो,नाम निस्कियो बोटनीमा । अर्थात मनको भित्री इच्छा जुलोजी पढ्ने भए पनि उनी बोटनीका विद्यार्थी बन्न पुगे एमएस्सी तहमा ।

अधिकारीलाई लाग्छ,यो दुँनियामा सबैभन्दा सजिलोसँग मिल्ने चिज भनेकै आश्वासन र अर्ति हो । क्याम्पस चिफले पढ्दै गर्नु मिलेपछाडि तानिदिऊला भन्ने आश्वासन त दिए । तर तिन चार महिनासम्म केही पार लागेन । बोटनी नै पढियो । फष्ट इयरको परीक्षा दिदादिदै ‘ढुसी’को पेपर विग्रियो । यसै त निराश भइसकेका उनले परीक्षा नदिने निर्णय साथीहरुलाई सुनाए यो कुरा शैलेस सरको कानमा पुगेछ । शैलेस सरले कार्यकक्षमै बोलाएर सम्झाए परीक्षा दिन नछाड । फेरि पनि नसोचेको नतिजा निस्कियो, प्रथम श्रेणीमा । सुनाए त्यसपछाडि अध्ययनलाई निरन्तरता दिइयो, क्याम्पस थर्ड भएर २०२९ सालमा एमएस्सीलाई पार लगाए ।

जागिरे यात्रा
मरुहिटीको स्कूलमा यस अगाडि नपढाएका होइनन् तर एमएस्सी उत्र्तीण गरेसँगै उनको जागिरे जीवनको यात्रा जनकपुरमा रहेको एउटा क्याम्पसबाट सुरु भयो । त्यस्को एक वर्ष पछाडिको कुरा,दाजुको विवाहको सिलसिलामा काठमाडौं आएका थिए । कसैले सुझायो,बनस्पति विभागमा एउटा पद खाली छ दरखस्त आवेदन हाल । जनकपुरमा रहेको रारा क्याम्पसमा पढाइरहेका उनले एक सिटमा दुई जनाको एप्लाइ गरे एउटा आफ्नै,अर्काे लोकेन्द्रराज शर्माको । संयोग दुबै जनाको नाम निस्कियो । यही सुझावले उनको जिन्दगीको नक्सा बदलियो । उनी वनस्पति विभाग मातहतमा जागिर खान आइपुगे । सुनाए साथीलाई नेपालगञ्जमा खाली स्थानमा पठाइयो । म चाहिँ साँखु माथि मणीचुरमा त्यहाँको प्रमुख भएर २०३१ सालमा प्रवेश गरे ।

मणिचुर उद्यानमा ६ वर्ष
त्यहाँ जडिवुटी उद्यान थियो । किताबी ज्ञानले मात्र केही लछार पाटो लगाएन । न त वनस्पति, न त बन्यजन्तु चिनिने । अवस्था कस्तो आयो कि यो कुन प्रजाति हो, यो विरुवा के हो भन्ने ज्ञान पिउनबाट सिक्न प¥र्यो । यसरी बनस्पतिहरु छुट्याउनमै ६ महिना लाग्यो । बनस्पति पहिचान गरेसँगै ‘साइन्टिफिक नलेजहरु’ दिन थाले ।

उनी यसरी बनस्पतिमा आकर्षित हुनुका पछाडि प्रेरणाका स्रोत रहेछन गुरु शैलेसचन्द्र सिंङ । सुनाए शैलेस सरले च्याउ पढाउने,उनकै प्रभावले एमएस्सी पढ्दा देखि नै च्याउमा मेरो रुची औधी वढ्दै गएको हो । यस्को अलवा उनको हातमा थियो,इग्ल्याण्डबाट निस्किएको च्याउ सम्बन्धी सानो किताब । जुन पुस्तकलाई आज पनि उनी गुरु ठान्छन । त्यही किताबबाट च्याउका जाती प्रजातीहरु छुटाउन थाले । यस पछाडि उनका लेख रचनाहरु प्रकाशन हुन थाल्यो । पहिलो लेख ‘मणिचुर एक परिचय’ ३१ सालमा गोरखापत्रमा प्रकाशन भयो । दोश्रो लेख थियो ‘च्याउ एक चर्चा ।’ त्यो दुईवटा साइन्टिफिक लेख पढेर त्यसबेलाका निर्देशक समर बहादुर मल्ल दंग परेछन । साथीहरुसँग मल्ल भन्थे रे ‘नेपालमा पनि साइन्टिफिक कुराहरु हुँदा रहेछन ।’

खाँदा च्याउ, सुत्दा च्याउ
यसपछाडि उनको खोजी हुनथाल्यो । महानिर्देशकले कार्यकक्षमै बोलाएर उनको तारिफ गर्दै भने जडिवुटीको एउटा किताब लेख्नुछ त्यस्को जिम्मा लिनुहोस । यस अगाडि सोही विभागमा तारकेशरीले लेख्नुभएको, महानिर्देशकलाई चित्त बुझेन । सोही जिम्मा उनैले पाए । काम फत्ते गरे पनि । अध्ययन÷अनुसन्धानमा उनी यतिसम्म दत्तचित्त भएर लागेका थिए,लैनचौरमा घर भए पनि उनी त्यता जादैन थिए । शनिवार÷विदाका दिन केही नभनि जंगल पस्दथे । च्याउमा रुची भएको हुँदा च्याउ बटुल्ने,आफैंलाई टे«ण्ड गर्दै गए । यसरी ६ वर्ष त्यहाँ जागिर खाए । नेपालमा कसैले खेति गर्ने नसकेको च्याउ खेति गर्न सुरु गरे । जुन च्याउको विउ आनन्द विलासले ल्याएका थिए ।

सम्झन्छन मणिचुरमा अटोक्लेप,इन्कोभेटर केही सामाग्री थिएन । तर उनीसँग काम गर्न दृढ इच्छाशक्ति थियो । त्यसैले महानिर्देशक खुशी भएर दिएको स्टिलको दराजमा सामान्य बाकस राखेर १५ दिनमा उक्त बिउबाट च्याउ उत्पादन गरे । नेपालमा प्रथम पटक च्याउको उत्पादन गर्ने जस उनैलाई जान्छ । यतिमात्र होइन, एक हेक्टर जमिनमा ३८० केजी उत्पादन गर्ने अर्थात सबैभन्दा वढि उत्पादन गरी रेर्कड तोड्ने पनि उनै हुन ।

गोदावरीमा रहँदा
६ वर्ष मणिचुरमा बिताए पछि ३६ सालमा गोदावरी तानिए । राष्ट्रिय वनस्पति प्रयोशशाला, माइकोलोजी सेक्सनको प्रमुखको रुपमा । यहाँ रहँदा पनि च्याउकै अध्ययन ÷अनुसन्धानमा होमिए । नेपालमा रहेका ६ हजार प्रजातीका च्याउ र ढुसी सम्बन्धी बस्तुहरु रहेकामा ३ सय २७ नयाँ प्रजाति उनैले पत्ता लगाए । सम्झन्छन ‘नेपालमा जडिवुटी उद्यान खोलेको चाहिँ राणाहरुले हो । त्यसैको कन्सेप्टमा जडिवुटी उद्यानहरु खोलिएका हुन । यि सबै उद्यानहरुमा च्याउको खेती गर्ने काम उनीबाटै भयो । अधिकारी सम्झन्छन ‘मणिचुरमा प्रमुख हुँदा होस वा गोदावरी शिवपुरी मैले नै हेर्दथे । पछाडि हेटौडा गए मकवानपुर दामन टिष्टुङ आफैले हेर्दथे । यहीबीचमा एयरगटको खेती भयो । पछि धेरै निस्कियो विभागले केमिकल निकाल्न नसकेर त्यो बन्द भयो ।’

सम्प्रदायिकताले खिन्नता
दिनरात/घाम पानी केही नभनी च्याउको अध्ययन÷अनुसन्धानमा लागिरहेका अधिकारी पिएचडी गर्न चाहन्थे । तर त्यहाँका ‘टाउकाहरुमा’ कस्तो सम्म साम्प्रदायिकता थियो भने,यस्ले विद्यावारिधि ग¥र्यो भने हामीलाई पछाडि पार्दछ र यो अगाडि बढ्छ भन्ने सामन्ती सोच राख्दथे । हो,त्यही कारण सबै काम पनि दिने खुशी हुने तर पिएचडी हुनबाट रोकेर राखे । त्यस समयको घटनाक्रम सम्झदै भन्छन ‘उनीहरुले सम्प्रदायिक भावना देखाए । सन् १९८० मा नेपालमा प्रोफेसर ‘द ब्रमेज’ नेपाल आएका थिए । यि तिनै प्रोफेसर हुन ( फाइटोजियोग्राफीका ज्ञाता हुन,हामी उनकै सिद्धान्तको फ्लो गर्दछौ ।) जस्ले नेपालमा ४० जनालाई पिएचडी गराइसकेका थिए । अनुसन्धानमा दत्तचित्त महेशको काम देखेर उनी दंग परे । त्यो समय अहिलेको जस्तो हात हातमा मोबाइल थिएन । त्यस्को दुई वर्ष पछाडि छात्रवृत्तिमा अध्ययन गर्नका लागि पाँच/पाँच पटकसम्म पत्र पठायो । तर विभागका हाकिमहरुले सबै पत्र लुकाइदिने ।संयोगवश १९८६ मा उनको हातमा उनीहरुले पठाएको पत्र हात प¥र्यो । उनले जवाफ फर्काए ‘म दुई वर्ष भित्रमा मेरो थेसिस पठाउछु ।’

आफू माथि भएको ज्यादति र अत्याचारको बारेमा उनले फ्रेन्च दुताबासलाई जानकारी गराए । पछि फ्रेन्च एम्बेसीबाट त्यहाँका हाकिमहरुलाई फोन गए पछि उनीहरुले उल्टै थार्कएछन किन दुतावास गइस र उजुरी गरिस भन्दै । उनीहरुले नै १९९२ मा एउटा सेमिनारमा बोलायो । एक महिना त्यहाँ काम गरे । फर्किएर आँए ।

श्रीमतिको ‘सान’, पिचडीको ज्ञान
आफू माथि भएको अन्यायको बारेमा श्रीमतिसँग सल्लाह गरे । श्रीमतिको सल्लाह थियो जागिर गए जान्छ पिएचडी गर्नुहोस, आट्नुहोस । पछि कन्सलटेन्टसँग सल्लाह गरी पिएचडीका लागि फ्रान्स हानिए । ‘वायोडाइफरसिटी अफ बेसिमाइसिटिज’ विषयमा थेसिस प्रस्तुत गरे । पाँचजना विदेशी गुरुहरु अगाडि राखेर दुई घण्टा सम्म प्रस्तुति दिए ।उनको प्रस्तुति देखेर द व्रमिज खुशी भए । किनकी ब्रमिजको रुचीको क्षेत्र थियो फाइटोजियोग्राफी । त्यो बेलामा पव्लिक प्रिजन्टेसन हुन्थ्यो । पाँच जना गुरुहरु अगाडि राखेर दिएको उनको प्रस्तुतिबाट विदेशी गुरुहरु खुशी भए । गुरुको श्रीमति वोटनिस्टिज थिए । इन्जिनियर भएर पनि वोटनीमा पिएचडी गरेका हुन उनले । उनीहरुले प्रंशशा पनि गरे ‘अहिलेसम्म आएका विदेशी स्कलरहरु मध्य सबैभन्दा राम्रो फ्रेञ्च बोल्न सक्ने भन्दै ।’ जुन उपाधी हासिल गर्ने उनी नेपालमै पहिलो थिए,आफ्नै घर परिवारमा पनि पहिलो थिए नै । यसरी इन्टरनेशनल थेसिस पूरा गरि फर्किएर आए नामका अगाडि डाक्टरका उपाधी झुण्डाएर । अर्थात च्याउ विषयमा पहिलो विद्यावारिधि गरी उनी डा महेश अधिकारी बनेर स्वदेश फर्किए ।

स्वदेश त फर्किए तर जागिरमा लफडा कायमै थियो । विदा स्वीकृत भएको रहेनछ । ६ महिना अड्किएर बसेको विदा बल्लतल्ल स्वीकृत गराए र त्यहीको प्रमुख भए र पछाडि आठ बर्ष चलाए । यसरी चारैतिर हण्डर र ठक्कर खादै सेकेण्ड क्लासमा प्रमोसन १४ वर्ष पछाडि त्यस्को दश वर्ष पछाडि फस्ट क्लास भए । अर्थात पहिला उपवैज्ञानिक र वैज्ञानिक भन्ने चलन जो थियो । पछि समायोजन भयो । वैज्ञानिक अधिकृत हुँदै गर्दा वायोडाइभरसिटी सेक्सनमा ताने त्यसको एक वर्षमा डिडिजी भए ।

आफू माथि भएको ज्यादति र अत्याचारको बारेमा उनले फ्रेन्च दुताबासलाई जानकारी गराए । पछि फ्रेन्च एम्बेसीबाट त्यहाँका हाकिमहरुलाई फोन गए पछि उनीहरुले उल्टै थार्कएछन किन दुतावास गइस र उजुरी गरिस भन्दै ।

काम गर्दै थिए । ३५/३६ साल तिरको कुरा । तिनताक एउटा अभियान नै चलेको थियो, सिसौ रोप्ने । एउटा सिसौ रोपौं, छोरीको रुपमा विवाह गरौं भन्ने क्रममा भरमार सिसौ लगाइयो । तर लगाइएको सिसौ केही वर्ष पछाडि टुप्पाबाट मर्न थाले । तर,के भएको हो अनुसन्धान गर्न सकिएन । वन विभागले सुशिल रञ्जन वराललाई खटायो यो विषयमा अध्ययन गर्न । उनको केही सिप चलेन । त्यहाँका हाकिमले मेरा हाकिमसँग कुरा गरेछन ‘महेशलाई सिसौ किन मर्दछन भन्ने विषयमा अध्ययन गर्न लगाउनुप¥र्यो । तर मेरो हाकिमले मानेनन ।’ उनले सुनाए अन्तत त्यहाँका हाकिम र म दुबै जना आएर कुरा गर्यौं । त्यसपछाडि हाकिम राजी भए । हामीले सबै ठाँउमा सर्भे ग¥र्यौ । रातो च्याउ, ढुसी च्याउ अर्थात हिन्दिमा कन्चट च्याउ भनिन्छ । जुन रुखको फेदमा उम्रन्छ । रुखमा जाने दुइवटा नली हुन्छ जाइलम र फ्लोअम । जाइलममा पुगेर त्यहाँ रेशाहरु भित्र बनाँउछ र त्यो नली बन्द हुन्छ र माथि देखि मर्दै आँउछ । उनको अनुसन्धानले पत्ता लगाएको कुरा यही हो ।तर यस्को निदानका लागि केही हुन सकेन त्यताका हाकिमलाई नै मन्त्रालयमा तानिदिए पछि यो विषय यत्तिकै हरायो । नेपालमा हुने यस्तै हो ।

बाहुनले च्याउ खाओस न…
कुराकानीको आखिरी क्षणमा हाम्रो जिज्ञासा रह्यो बाहुनले च्याउ खाओस न स्वाद पाओस किन भनिएको ? अर्थात बाहुनले च्याउ खानु हुदैन किन भनिएको होला ? यस्को एउटा कहानी रहेछ ‘बृत्रासुर नाम गरेका एकजना अत्यन्त बलवान राक्षस थिए । बृत्रासुर जन्मले बाहुन र कर्मले राक्षस थिए । बृत्रासुरले कठीन तपश्यापछि ब्रह्माबाट बरदान पाए । बरदानका कारण उनी कसैले पनि शस्त्रबाट हराउन नसक्ने बने । त्यसपछि स्वर्गलोकमा इन्द्रसँग युद्ध भयो । बृत्रासुर युद्धमा बिजयी बने । इन्द्र इन्द्रासनबाट लखेटिए । इन्द्र चतुर थिए । कहाँ इन्द्रासन गुमाउने ! इन्द्रले अवसरको खोजीका निम्ति बृत्रासुरसँग मित लगाए । समय बित्दै गयो । इन्द्रले एकपटक मित (बृत्रासुर) लाई समुद्र किनारमा रंगरौस गर्न अनुरोध गरे । दुबैले समुद्र किनारमा खुब रमाइलो गरे । त्यसपछि इन्द्रले समुद्रको छालबाट बज्र बनाए । र, त्यही बज्रबाट बृत्रासुर मारिए । तिनै बृत्रासुरको रगतको थोपाबाट धर्तीमा पहिलोपटक च्याउ उम्रिएको मिथक पढ्न पाइन्छ । बृत्तासुरको रगतबाट च्याउ उम्रेको कथाकै कारण बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ हिन्दूधर्मावलम्बीबीच चर्चित छ ।

अब अर्काे प्रश्न उठ्छ, योगी व्रह्माण्डले किन नखाने ? हाम्रो शरिर पञ्चतत्वले बनेको छ । पृथ्वी, जल, तेज, वायू, अकाश, शरिर भित्र पाँचवटा वायू हुन्छ । च्याउ खाँदा विभिन्न रसायनिक परिवर्तन गराइदिन्छ त्यही कारण च्याउ खाँदा तिनको योगमा व्यवधान गर्ने हुँदा नखाओस भनिएको छ । यद्यपि आयूर्वेदविज्ञानले समेत परालमा उम्रिएको च्याउ खान उपयुक्त छ भनेको छ । च्याउमा प्रोटिनको मात्रा धेरै कम हुने हुँदा जुनसुकै रोगीले खान हुने चिज हो ।

जिन्दगीमा केही यस्ता प्रश्नहरु हुन्छन,जस्ले जिन्दगीको बाटो बदलिदिन्छ । उनका लागि पिताको यही एउटा प्रश्न जिन्दगी बदलिदिने सुत्र बनेर आयो । पिताजीसँग उनले साइन्स पढ्ने इच्छा जाहेर गरे ।

वनस्पति विभागबाट रिटार्यड
६६ सालमा म वनस्पति विभागबाट रिटयर्ड भएका अधिकारी ६७ सालमा प्राकृतिक विज्ञान संग्रालयमा कोषमा काम गर्न पुगे । १५ सय जति च्याउ पहिचान त्यहाँ राखिदिए । त्यसपछाडि कृषि अन्र्तगतको प्याथोलोजी सेक्सनमा ६ सय प्रजाति पहिचान गरेर राखिदिएको छ । अहिले ह्वाइट हाउसका विद्यार्थीहरुलाई पढाइरहेका छन । एमएस्सी वायोटेकका विद्यार्थीहरुलाई पढाउदै आएको छन । यि विद्धतका नाममा विदेशीहरुले च्याउको प्रजाति नै नामकरण गरेका छन । सिलस अधिकारी भनेर विदेशीले नामकरण गरेको छ । साथै नेपाल सरकारले च्याउको ८ वटा प्रजातीका टिकट समेत प्रकाशन गरिसकेको छ । भन्छन ‘च्याउका वाह्र प्रकारले खान हुने वा नहुने भन्ने गरिन्छ । तर यि कुनै पनि अवधारणाले काम गर्दैन । आर्यूवेदले पनि परालमा उम्रेको च्याउ मात्र खाओस भन्ने कुरा उल्लेख छ ।’ उनको अनुसन्धानको निश्कर्ष हो जम्मा ३ सय ४७ प्रजातिको च्याउ उनी आफैले पत्ता लगाए । ति मध्य सबैभन्दा धेरै विषालु एमोनिटा हो । एक सय वटा प्रजातिका च्याउहरु विषालु प्रकारका छन ।

विवाह
भनिन्छ नि,एउटा सफल पुरुषको पछाडि उस्को जीवनसंगिनीको सबैभन्दा ठूलो हात हुन्छ । घगडान साहित्यकार वासुदेब लुइटेलकी सुपुत्री कमला शर्मासँग लगनगाँठो कसेका हुन अधिकारीले । उनीहरुका एक सुपुत्र छन जो नेपालमै कम्युटर इन्जिनियरको रुपमा कार्यरत छन । जिन्दगीमा उनले जति सफलता हात पारेका छन ति सबै सफलताका पछाडि उनै कमलाको महत्वपूर्ण हात छ । जीवनमा केही गुमाए भन्ने लाग्दैन । गुमाएका भन्दा पाएका कुरा धेरै छ भन्ने ठान्छन उनी । मात्र यति हो, घर परिवारको गुनासो रहन्छ परिवारलाई समय दिएन । तर अध्ययन र अनुसन्धानमा लाग्नेहरुका लागि एउटा हुटहुटी हुँदो रहेछ काम पहिलो,घरपरिवार दोश्रो ।

भावी योजना
उनी ठान्छन मलाई केही गर्न नसकोस भनेर जडिबुटी उद्यानमा मलाई मिल्काएका मान्छे हुँ म । यहाँ काम गर्नका लागि स्थान होइन,इच्छाशक्ति प्रमुख कुरा हो । जहाँ लगेर मिल्काए पनि मैले आफ्नो काम छोड्दिन । इच्छाशक्ति प्रवल भएको खण्डमा गर्न नसक्ने कुरा केही हुँदो रहेनछ । यो उनको जीवनको सबैभन्दा ठूलो निचोड हो । अहिलेसम्म विभिन्न सातवटा पुस्तक प्रकाशन गरिसकेका अधिकारी छिट्टै नै ढुसीबारे पुस्तक प्रकाशन गर्ने तयारीमा छन ।

अनुसन्धानकर्ताको बिगबिगी
दश बजे कार्यलयमा हाजिर लगाउन जाने र चार बजे कार्यलयबाट टाप कस्ने वैज्ञानिक भनाउदाहरुका लागि चूनौती हुन अधिकारी जस्ता वैज्ञानिकहरु । यस्ता प्रतिभाको राज्यले कदर नगर्दा मन विरक्त बन्छ नै । तै पनि उनी नाष्ट जस्ता संस्थाहरुको काम प्रति सन्तृष्ठ पनि छैनन् । र भन्छन पनि ‘ जस्ले जीवनभरमा २४७ भन्दा वढि प्रजातिको च्याउ खोजे । तिनकै खोजमा जीवन बिताए । तै पनि हामीजस्तालाई नाष्टले चासो राख्दैन भने हामी पनि जी हजुर गर्दै नाष्टमा जानुपर्नै कारण के छ र ?

धर्मकर्म
अन्तमा हाम्रो आखिरी जिज्ञासा थियो धर्मकर्मको बारेमा जान्नु । प्रश्न भुँइमा खस्न नपाउदै हनुमान र दुर्गाको यि अनन्य भक्तका मुखराबिन्दबाट कुरा निस्कियो हरेक विहान घरमा घण्टौ लगाएर पूजा पाठ पनि गर्दछु । बुवाको प्रभावले धर्मकर्ममा लागेको बताउने अधिकारी कुमारीको समेत अनन्य भक्त रहेछन ।

प्रस्तुतिः हरि गजुरेल
(डा मुकेश कुमार चालिसेको सहयोगमा रिभोसाइन्स वर्ष ६ अंक २ मा प्रकाशित सामग्री)

The post स्वदेशी च्याउविज्ञ डा. महेश अधिकारी first appeared on

जुझारू ‘रामचन्द्र कँडेल’
रसायनशास्त्रमा स्नातककोत्तर गरेका कयौं साथीभाई अमेरिका गए तर आफू गैएन, कारणः पिताको एकै वाक्य काफी थियो, “तेरो दाईले छोडेर गए, त पनि जान्छन् ?”

चितवन जिल्लाको मेघौली-जितपुरमा जन्मेका हुन रामचन्द्र कँडेल । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागबाट ‘नेचुरल प्रडक्ट’मा विद्यावारिधि(पीएचडी) गर्दैछन् । पीएचडीकालागि कोरियन विश्वविद्यालय कोरिया, आइसिसिबिएस (कराची विश्वविद्यालय) र युर्निभर्सिटी अफ् अप्लाइट साइन्स जर्मनीसँगको सहकार्यमा उनको सोध पुरा हुने विश्वास छ ।

शैक्षिक उन्नतिसँगै स्वदेशमै केही गर्ने अभिप्रायले इन्जिनियरिङ शिक्षण संस्थामा लगानी गरेका छन उनले। ललितपुरको चाकुपाटमा युनिभर्सल साइन्स कलेज सञ्चालनमा छन् । त्यो उस्तै उमेर समुहको साथीहरूको सम्भव भएको उनी ठान्छन्। भन्छन् उतिबेला सही निर्णय गरेकै कारणले जीवनमा खुशीको रंग थपेको छ। यसले थप सामाजिक दायित्व बढेको छ।

वर्षले ३० लागेका कँडेल कलेजमा प्रवन्ध निर्देशकको भूमिकामा छन् अहिले। औसत उचाई र बाक्लो ज्यान भएका गहुगोरो वर्णका  कँडेल हसिला छन् । र, मिजाशिला पनि उतिकै ।

कँडेलको योजना सुन्दा यतिमा उनी सीमित हुन चाहँदैनन् । लाग्छ, उनमा आत्मविश्वासको कहिलै कमी महशुस भएन । होस् पनि कसरी कँडेल परिवारको ९ औं सन्तानको कान्छा छोराको रूपमा जन्मेका रामचन्द्रलाई सबैको माया र सदभाव पाएको रहेछन् । त्यही हौसलाले एकपछि अर्को योजना बुन्न सफल भएका छन् उनी।

६ जना दिदि र २ दाजुपछिेका हुन कँडेल । यतिखेर पिता मणिभद्र कंडेल ८२ वर्षको भैसकेका छन् । पिताको स्वस्फुर्त स्वस्थ्य देख्दा उनी खुशी छन् । त्यो सबै खानपान र रहन–सहनले सम्भव भएको ठान्छन् । उनका पिता मणिभद्र कंडेल र माता मनिकर्न कँडेलको ९ औ सन्तानमध्य १ दिदि र १ दाजु वितिसकेका छन् ।

बाल्यकालको अध्ययन्
४ वर्ष उमेरमा आफू जन्मेको थापथलोबाट बाबुसँगै भरतपुर बसाई सरेको रहेछन् । अहिले चितवन महानगरपालिका वडा ४ वैदिनगरमा पिताले जग्गा दान दिएर सञ्चालनमा आएको नवज्योति राष्ट्रिय प्राविमा उनले ५ कक्षा पढेका रहेछन् । त्यसपछिको १० कक्षासम्मको स्कुले शिक्षा भने नारायणी माविमा अध्ययन गरेका रहेंछन् । बालकुमारी माविबाट ‘प्लसटू साइन्स’ गरेपछि विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट उनले ‘विएस्सी’ अध्ययन सकाएको बताए ।

मध्यम वर्गीय किसान परिवार हुर्के बढेको कान्छा कँडेलले त्यतिखेर नै ठुलदाजुले ‘कँडेल कास्ट तथा फर्निचर उधोग’ सञ्चालन गरेपछि व्यापारलाई नजकिबाट बुझेको बताउँछन् ।

विज्ञानप्रति रूचि
बाल्यकालदेखि उनीसँग विज्ञानप्रतिको झुकाव बढी नै रहेछन् । त्यतिखेर हाजिरी जवाफजस्ता रचनात्मक प्रतियोगितामा पनि उतिकै सहभागी हुन्थें रे । विज्ञान प्रर्दशनीमा पनि उतिकै सहभागी हुने गर्दथें । विशेष गरि त्यसताका गणितमा अधिक रूचि थियो । तर पछि १२ कक्षामा पुगेपछि उनको झुकाव रसायनशास्त्रमा परिणत भएका थिए ।

कारण यस्तो रहेछ, कक्षा ११ को परिक्षाको नतिजामा अन्य विषयमाभन्दा रसायनशास्त्रमा उर्तीण अंक मात्र प्राप्त आएछन् । त्यही भएर स्नातकस्तरमा रसायनशास्त्र पढ्ने विचार गरेछन् । किनभने, त्यतिखेर आफू राम्रो विद्यार्थी हुँदा पनि रसायनशास्त्रमा उर्तीण अंक मात्र प्राप्त गरेपछि, उनी रसायनशास्त्रमा अध्ययन/अनुसन्धान गर्ने अठोट लिएको बताउँछन् ।

त्यसपछि, स्नात्तकतोर पढ्नलाई ठूला सपना बोकेर उनी काठमाडौं आइपुगेका रहेछन् । अहिले रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट स्नात्तकतोर सकेंपछि त्रिविबाटै विद्यावारिधि गर्दैछन् कँडेल । त्यो पनि ‘नेचुरल प्रडक्ट’मा । देशमा जडिबुटीको प्रशस्त भण्डारण भएको कारण आफुले प्राकृतिक अनुसन्धानमा लागेको हो, भन्छन् कँडेल । उनको अनुसन्धानलाई उत्पादनको क्षेत्रमा बढ्वा दिने योजनामा रहेको छ । जसले आफ्नो मात्रै नभई मुलुककै हित हुनेमा उनी विश्वस्त देखिन्छन् ।

कलेज खोलियो
स्नातकोत्तर गरिसकेपछि कतिपय उनको साथीहरू जागिरकालागि भैतारिरहेका थिए । तर उनले त्यसो गरेनन् । बरू जागिर होइन् अरूलाई जागिर खुवाउने र सोहीबाट आफुपनि रोजगारीमा जोडिने विचार समुह बनाएछन् । परिणामस्वरूप कलेजमा लगाउनी गरेको, कँडेल सुनाउँछन् । अहिले युनिभर्सल इन्जिनियरिङ साइन्स कलेका प्रवन्ध निर्देशकको रूपमा कार्यरत छन् ।

कलेज खोल्ने सपना बुन्नुको रहस्य यस्तो रहेछन् । अध्ययनकोलागि काठमाडौं आउनेक्रममा एमएस्सी गरिसकेपछि कलेजमा लगानी गर्छु भन्ने मनमा राखेकोले त्यो संभव भएको हो । अध्ययनकालागि अमेरिका जाने योजना नबुनेका पनि कहाँ हो र !

स्नातकोत्तर सकेर अमेरिका जाने योजना पिता मणिभद्रसँग अनुमति माग्दा यस्तो जवाफ आएछन्, “तेरो ठुलदाजुले पनि छोडेर गए, अव त पनि मलाई छोडेर जान्छन् भनेछन् ।” त्यसपछि आफु निःशव्द भएर स्वदेशमा बस्ने निधो गरेको बताउँछन् ।

स्वदेशमा बस्ने निधो गरेपछि कलेजलाई अधिक समय दिइएको उनी भन्छन्, “व्यवस्थापनको काम पनि खुवै गरियो । फर्केर हेर्दा अहिले सन्तुष्टी मिलेको छ ।”

पहिलो, विदेशमा अध्ययन गर्न जाने अवसर छोडेर उनी लागेको बताउँछन् । दोस्रो आफ्नो लगानी पनि थियो । तेस्रो, पहिलो परियोजना भएको हुनाले करिअरमा धक्का लाग्ने हुँदा उनी बढी नै सचेत थिए ।” भन्छन्, “यदि म यसमा विफल हुन्थें भने पहिलो गाँसमै ढुंगालागे जस्तो हुन्थ्यो ।” मिहिनेत अनुसार नतिजा पनि राम्रो भैरहेका उनी बताउँछन् ।

युनिभर्सल इन्जिनियरिङ साइन्स कलेज प्राविधिक विषय अध्ययन अध्यापन गराउने उद्देश्यले खोलिएको कलेज थियो । बायोकेमेस्ट्री अध्ययन गराइने कलेज भएको आफ्नो विषयसँग मिल्ने हुँदा छिट्टै आकर्षण भएको उनी बताउँछन् ।

कलेज भनेको अध्ययन/अध्यापनसँग सम्वन्धित पेशा हो । यो पेशामा लाग्दा समाजमा दायित्व वोध गराउने हुन्छ, अहिले बुझ्दै छु,” कँडेल भन्छन्, “मेरोलागि सबैभन्दा सुखी पेशा शिक्षण हो ।” किनभने डक्टरले सधै विरामीसँग कुराकानी गर्नु पर्छ । इन्जिनियरले जिवित वस्तुसँग सम्वन्धित काम गर्न पाउने हुँदैन । ओकिलले सधै मुद्दा मामिला वा झगड हेर्नु पर्दछ । तर अध्यन/अध्यापन तथा अनुसन्धानको क्षेत्र भनेको मानिसलाई ज्ञान दिने काम भएकोले शिक्षण क्षेत्रमा लागेको हो ।

लगानी हिसाबले त्यति धेरै गरेको पनि छैन भन्छन् । कलेजमा भाइस प्रिन्सिपलहुँदै आफुलाई निखार्दै गएपछि प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेको उनको कथनी छ । यसका अलवा मिहिनेतसँगै भाग्यले साथ दिएको हो, उनी भन्छन् ।

प्राकृतिक उत्पादनसँग जोडिने
विद्यावारिधिपछि आफूले अध्ययन गरेको विषयमा अनुसन्धान गर्ने र त्यसलाई उत्पादनसँग जोड्ने योजना छन् उनको । औषधि तथा जडिवुट्टी प्रशोधनको क्षेत्रमा लाग्ने विचार छ उनको । उनी भन्छन्, “नेपालका जडिवुट्टीहरू केही गाइभैसी खान्छन् । केही मलको रूपमा खेर जान्छन् । थोरै मात्र निर्यात हुन्छन् । त्यो पनि सस्तो मुल्यमा । त्यसलाई कच्चा पदार्थको रूपमा निर्यात गर्न सके भने त्यसले मुल्य पाउने हुन्छ । उत्पादन धेरै परको कुरा हो ।”

कम्तिमा १० वर्ष भित्र आफ्नै उत्पादन गर्ने योजना बुन्दैछन् । उदाहरणको लागि विस्कुटमा आयुर्वेदको स्वाद मिसाउन सकेमा त्यसले झनै राम्रो काम गर्न सकिन्छ । त्यसको मुल्य बढी हुन सक्लान, त्यो फरक कुरा हुन । त्यसको महत्व बढाउने काम हुनेछ । त्यही भएर आफूलाई चाहिने अनुसन्धानको क्षेत्रमा लाग्न खोजिएको उनी उल्लेख गर्छन् ।

युवा अवस्थाको जिम्मेवारी
संस्थाको जिम्मेवारी लिइसकेपछि चुनौति आउँदो रहेछन् । कस्ताकाले चुनौति भने अनुभवको मुल्य केहो भन्ने बुझ्दै छु । विना अनुभव मुल्य नपाइने रहेँछ । किनभने अनुभव, इच्छा शक्ति तथा वुद्धिविवेक पनि चाहिदो रहेछ । यि भनेको ओदानका खुट्टाजस्ता हुन् । यि चीजको कमीले समस्या निम्तन् सक्छन् । समाधान गर्न जानेनन् भने झनै ठूलो समस्या निम्तन सक्छन् । यद्यपि, अनुभव भएमा त्यस्ताखाले समस्या पार लगाउन सकिदो रहेछ ।

स–साना कुरामा खुशी
कतिपय मानिसहरू काममा सन्तुष्टि लिइरहेका हुदैनन् । मानिस भएर जन्मेपछि हरेक स–साना कुरामा खुशी हुनु पर्दछ । ठूल–ठूला कुरामा मात्रै खुशी हुने हो, भने खुशी हुने समय आउन निकै समय लाग्नेछ । यसकारण उनको त्यो बुझाईमा हरेक दिन गरेका स–साना कुरामा खुशी हुनु जिन्गदी सरल उपाय हो भन्छन् उनी । खुशीको लहर पनि बढी हुने हुन्छ । सधै आनन्दित हुने रहेछ । जति गरेको छू, त्यसमा खुशी भैरहेको छु ।

स्वेदशमा काम गर्दा कहिले नैराश्यता आएन ? प्रश्न गर्न नपाउँदा कहिल्यै आएन उतर आइहाल्यो । भन्छन्, “दुई/चार वटा देश हेरियो/घुमियो त्यसले झनै आएन । यसले नेपालीहरूले सकारात्मक सोच विकास गर्नु पर्ने हुन्छ ।” कसरी ? यसकोलागी विद्यालय शिक्षा नीतिमा परिवर्तवन गर्नु पर्दछ ।

बालबालिकालाई अहिले शिक्षाले उनीहरूलाई आत्मविश्वासी बनाउन सकेका छैनन् । उनीहरूको निर्णय गर्ने क्षमता कमजोर भएका छन् । कुन विषय पढ्ने भनेर पनि अन्यसँग सल्लाह लिनु पर्ने स्थिति छन् ।

विज्ञान शिक्षा परिवर्तनको खाँचो
नेपालमा विज्ञानको वुझाइ कमजोर भएका छन् । जस्तो विज्ञान भनेको रकेट मात्र बनाउने काम हो ठान्छन् । अथवा, विज्ञान भनेको ठूल–ठूला आविष्कार बनाउने काम हो । नोबेल पुरस्कार प्राप्त गराउने मात्र काम हो भन्ने बुझिएको आभास मिल्छ । तर विज्ञान भनेको खेतमा किसानले कोदालीलले खन्दा कति कोणमा, त्यसको झुकाव छन् । त्यो बुझ्न सकेको छैन ।

अधिक लगानी गर्न पर्छ भनेर भागियो । तर कसरी बारीमा लगाएको भटमासमा बढि उत्पादन गर्न सकिन्छ भन्ने विज्ञान ठानिएन । त्यसको लागि अध्ययन गर्न पर्ने हुन्थ्यो, त्यो हुन सकेको छैन ।

कृषिमा उत्पादन घट्दै गएको भनिन्छ । त्यो किन भैरहेका छन् भने अध्ययनरअनुसन्धान भएको छैन । घरहरू बनाउँदा कुस्ता पदार्थ प्रयोग गर्दा सस्तोमा बनाउन सकिन्थ्यो । त्यसमा अध्ययन हुन आवश्यक छन् । नेपालमा पाइने यार्सागुम्वुमा के–कस्ता तत्व छन् । त्यसबाट चीनले औषधिको रूपमा प्रयोग गर्छन् । त्यसमा अनुसन्धान हुन जरूरत पर्दछ । ति कुरामा लगानी पनि हुन सकेन तथा अध्ययन/अनुसन्धान पनि हुन सकेनन् ।

जिन्दगीको परिकल्पना
कँडेल भन्छन्, “वैज्ञानिक बन्ने इच्छा नभएर नै नेपालमा बसियो ।” यदि नेपालमा महिनाको पचास हजार दिएर अनुसन्धानकालागि छात्रवृत्ति दिन्छन् भने आज धेरै नेपालीहरू विदेशीदैनथ्यो । त्यस्तो वातावरण नभएर नै आज विदेशीको भन्छन् उनी ।

भविष्य आफूले गर्ने काममा उनी आत्मविश्वास दरिलो बनाएर लागि परेका छन् । ति बाहेक, उनको अर्को ध्यय भनेको वर्षमा पाँच जना विद्यार्थीलाई विद्यावारिदिकोलागि सहयोग गर्ने पनि हो भन्छन् । व्यापारसँगै देशलाई सहयोग गर्ने अवसर जुट्ने छन् । अनुसन्धानको क्षेत्र पनि फराकिलो हुनेछन् । जीवनको अन्तिम लक्ष्य भनेको त्यही हुनेछ, विट मार्न केही समय अगाडि भने ।

उनको विचारसँग सहमत हुने हो भने, युवा जमात जोसँग बौद्धिक सिप छ त्यसको प्रयोग हुनुपर्छ । त्यस्ता कुरामा वातावरण बन्न सकेमा । तरपनि उनी कम्तिमा २० हजार देशलाई भलो सोच्ने सिर्जनशिलता भएको युवा जमातले देशको मुहार फर्न सक्नेमा आशावादी देखिन्छन् ।

The post जुझारू ‘रामचन्द्र कँडेल’ first appeared on

जैविकप्रविधिका ‘हस्ति’ प्रा. डा. मुकुन्द रञ्जित
‘मूलम् भुजङ्गैः शिखरं प्लवङ्गैः, शाखा विहङ्गैः कुसुमानि भृङ्गैः,आसेव्यते दुष्टजनैः समस्तै र्न चन्दनं मुञ्चति शीतलत्वम्’

अर्थात् चन्दनको वृक्षको जरामा सर्प, सबैभन्दा माथि बाँदर, हाँगाहरूमा चराचुरूङ्गी र पूmलहरूमा भ्रमर बसेर लगातार सताइरहेका हुन्छन, तापनि सो वृक्षले आफ्नो शीतलता कहिल्यै गुमाउँदैन । हो,उनी अर्थात प्रा डा मुकुन्द रञ्जितको जीवनमा पनि धेरै ठूलो आधी वहेरी आयो । तर उनी आफ्नो कर्तव्यपथबाट एक इन्च पनि तलमाथि भएनन् । निरन्तरको खोज÷अनुसन्धान त्यागपछाडि उनैले पत्ता लगाए भाइरस फ्रि आलु । जो दक्षिण एसियाकै पहिलो बन्न पुग्यो । साढे सात वर्षसम्म कृषि अनुशन्धान परिषद् (नार्क)मा रहेर तीस लाख भाइरस फ्रि आलु उत्पादन गरी वितवरण गर्ने यी वायोटेक्नोलोजी क्षेत्रका नेपालका एक जना हस्तिले भोगेको सात दशक लामो जीवन यात्रा र अनुसन्धानका घटनाक्रम यस अंकमा समेट्ने प्रयास गरेका छौं ।

१९९० मा हामीले विकास गरेको प्रविधि दक्षिण एसियामै पहिलो । टिस्यु कल्चरमा हामी नै पहिलो । केरामा समेत यस प्रकारको अनुसन्धान भइसक्यो । महेन्द्रनगर अहिले पनि केराको उत्पादनमा अव्वल छ, कारण उही हो । मार्फा, जुम्लाको स्याउ लोकप्रिय छ । तर त्यही कीर्तिपुरको रहेको टिस्यु कल्चर ल्याव बन्द अवस्थामा छ ।

जन्म–शिक्षा–दिक्षा
कोही व्यक्ति विना कारण यो धर्तीमा अवतरण गरेको हुँदैन । हरेक व्यक्ति धर्तीमा आउनुको पछाडि कुनै न कुनै कारण हुन्छ । विं सं २००४ साल आश्विन महिनामा बुवा कीर्तिदास रञ्जित, आमा नानीछोरी रञ्जितको कोखबाट तीन भाई दुई बहिनी, पाँच सन्तान मध्य बीचको सन्तानको रुपमा जन्मिएका मुकुन्द रञ्जितको नेपाली भूमीमा अवतरण हुनुको एउटै कारण थियो, नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रलाई उल्लेख्य योगदना दिनु । काठमाडौं जैसीदेवल, ज्यावहाल टोलमा जन्मिएर हुर्किएका रञ्जितका पीताले उक्त समय(राणाकाल)मा चार कक्षासम्मको अध्ययन गर्नुभएकोथियो । आफ्नो किरिङमिरिङ हुँदै गरेका वाल्यकाल सम्झन्छन ‘पिताजीले जागिर पनि खानुभएको थियो ।’ तर उनका हजुरवुवा रहेछन त्यो समयमा नामी ठेकेदार । वीर अस्पतालको खाद्यान्नको ठेक्का उनैले गरेको । उही समय देखि चलेको भनाई न हो,उत्तम खेती मध्यम व्यापार,अधम जागिर । अन्ततः बुवा पनि जागिर छाडेर हजुरवुवाकै वीडो समाउन आइपुगेको र पछि व्यापारतिर होमिएको उनले भुलेका छैनन् ।

स्कूले शिक्षा विश्वनिकेतन हाइस्कूलबाट भयो । १४ वर्षकै उमेरमा अर्थात विं स. २०१८ सालमा एसएलसी उत्र्तीण गरे । भावुक हुदैं भन्दछन ‘सोही वर्ष हजुरबुवा वित्नुभयो ।’ हुने विरुवाको चिल्लो पात भनिएझैं पढाईमा सानै देखि अव्वल थिए उनी । विश्वनिकेतन हाइस्कूलमा प्रायः प्रथम हुन्थे तर,जीवन सधैं कहाँ सरल रेखामा मात्र हिड्थ्यो र ? नसोचेको थर्यातको सामना गर्नु पनि जीवनको अर्काे रुप रहेछ । फलामे ढोका मानिने एसएलसी परीक्षा उनका लागि नमिठो नतिजा लिएर आयो । जीवनमा कहिलेकाँही खुशी र दुःख एकैपटक पनि आँउदा रहेछन । एसएलसीमा उत्र्तीण भए खुःशी यसअर्थमा भए तर प्रथम श्रेणीका लागि जम्मा तीन अंक मात्र पुगेन त्यही कारण दुखी पनि ।

भनिन्छ नि, विद्यार्थीको प्रथम विद्यालय भनेको घर तथा परिवार हो । त्यही घरबाट सिकेको अनुशासन, मेहनतको कमाई हो अहिले पनि गुरुहरुले भेट गर्दा अकंमाल गर्नुहुन्छ । कारण उनी विद्यालयमा सधैं इमान्दार र मेहनती थिए । गुरु गभ्भीरमान मास्के (अग्रेजीको शिक्षक)को नजरमा पर्न सफल भए । कपाल सेतै फुलिसक्दा समेत अध्यापन पेशा नछाडेका रञ्जित भन्छन ‘जस्लाई म कहिल्यै विर्सन सक्दिन ।’

यस्ता पनि हुन्छन ‘गुरु’
व्यापारको अलवा उनका परिवार कृषि कर्ममा पनि हेलिएको थियो । उनको वाल मस्तिकमा वारम्वार लाग्दथ्यो हाम्रो कृषि वैज्ञानिक हुनै सकेन । त्यही कारण उनको झुकाव पनि कृषितिर वढ्दै गयो । विशेष गरी धान,गहुँ,मकै भन्दा पनि ‘हिल एग्रिकल्चर’ले उनको मनलाई खिच्दै रह्यो । रुची त थियो त्यही समयमा कृषि विज्ञान पढुँ तर अहिले जस्तो तिनसमय कहाँ हुनु ? एसएलसी उत्र्तीण गरेसँगै आइएस्सी अध्ययनका लागि हालको अमृत साइन्स क्याम्पसमा भर्ना हुन पुगे । आफ्नो दर्जनौ गुरुमध्यका गभ्भीरमान मास्केलाई सम्झनुका पछाडि कारण खोतल्दै उनी सुनाँउछन ‘अमृत साइन्स क्याम्पस(तत्कालिन पव्लिक साइन्स) मा मोतीकाजी केमेष्ट्री विषय अध्यापन गराउथे । मोतीकाजी र गभ्भीरमान सर एउटै टोलको ।

कक्षा सञ्चालन भइरहँदा मोतिकाजी सरले भन्नुभयो ‘मुकुन्द रञ्जित को हो ?’ उनको सातो गयो लौ वूढाले वित्याउने भए,मुटुको ढुकढुकी तेज गतिमा वढउदै हात उठाए । कक्षा सिद्धाए पछि भेट्न निर्देशन भयो । कक्षा सकिए पछाडि उनै गुरुसँग भेट गरे गुरुले तब पो राज खोले हरेक दिन तिम्रो नोटकपि मलाई देखाउनु ।’ अहो ! गुरुको अनुग्रह,गुरुको कृपा ! उनको मन त्यसै त्यसै पुलकित भयो । गुरुको नजरमा पर्नु भनेको चानचुने कुरा होइन यी गुरुलाई अहिले पनि सम्झन्छन ।

फल उद्यान विभागमा जागिरे
आइएस्सी उत्र्तीण गरेसँगै के गर्ने कसो गर्ने दोधारमा थिए । शिक्षा मन्त्रालयबाट अध्ययनका लागि त्यो समयमा छात्रवृत्ति पाइन्थ्यो । जे त होला भनेर भरेका थिए । नाम निस्कियो । उनको जीवनको रथ मोडियो अमेरिकास्थित युनिभर्सिटी वेरुटतर्फ । त्यहाँ रहेर विएस एग्रिकल्चर,एग्रिकल्चर इन्जिनियरिङमा चार वर्ष कोर्स सिद्धाए । त्यहाँ जागिर खाने अवसर नमिलेको पनि होइन तर सबै अवसरलाई लत्याउदै उनी फर्किए आफ्नै मातृभूमी ।

अलिहेको जस्तो समय थिएन । हातमा सर्टिफिकेट थियो । रोजगारी खोज्दै हिड्नु पर्दैनथ्यो, रोजगारी खोज्दै आउथ्यो । विं सं २०२६ साल साउन १ गते देखि सरकारी जागिरे बन्न पुगे । त्यो समय कृषि विभाग अन्र्तगतका पाँच वटा विभाग थिए । उनको नित्यकर्म बन्न पुग्यो फल उद्यान विभागमा धाउनु,अध्ययन अनुसन्धान गर्नु । यसरी जीवनका आठ वर्ष त्यही विताए । उनको काम गर्ने शैलीका कारण चार वर्षमा वढूवा पाए । त्यहाँबाट भर्टिकल्चररिष्ट भएर जिल्ला जिल्लामा पुगे । ८० प्रतिशतसम्म अनुदान दिएर राजमार्गले छोएको जिल्लाहरुमा फलफूल उत्पादन गर्ने कामको नेतृत्व लिए ।

विद्यावारिधीका लागि अमेरिका
यसरी आठ वर्षसम्म काम गर्दैगर्दा लाग्यो जागिर खाएर मात्र जीन्दगिको गाडी गन्तव्यसम्म पुग्दैन । घिडघिडो सास अडाउनु मात्र जीवन होइन । जीवनको उदेश्य अर्कै छ,मेरो कर्म अर्कै । अध्ययन÷अनुसन्धानमा दत्तचित्त भएर लाग्ने प्रण गर्दै विंस ०३४ सालमा (एफएओबाट) अमेरिकामा मास्र्टस गर्नका लागि स्कोलरसिप पाए । क्यालिर्फोनियास्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा पुगेर फ्रुट्स कमलोजीमा मास्र्टस गरे । हुने विरुवाको चिल्लो पात जो थिए उता पुगेर समेत चमत्कार देखाए । गोल्डमोडल टपर जो हात पारे । उनको अध्ययनप्रतिको लगाव देखेर गोराहरु समेत प्रभावित नभइ रहन सकेनन । पिएचडीका लागि अफर गरे । ढुंगा खोज्दा देउता मिलेझै भयो मेरा लागि भन्दछन ‘स्कोलरसिप पनि पाए ।’

वायोटेक्नोलोजीको अभिन्न अंग टिस्यु कल्चरमा रिर्सच गर्न थाले । दिनरात,घाम पानी केही भनिएन । चेरी नामक फलफूलमा त्यसलाई कसरी उत्पादन वढाउने,रोगसँग कसरी लड्ने क्षमता वढाउने भन्ने विषयमा विषयमा हो,उनले पिएचडी गरेको । उनको प्रोफेसर थिए डेली केष्टर जस्ले फलफूलको विषयमा लेखेको पुस्तक संसारभर चर्चित छ । यस्ता चर्चित प्रोफेसरका उत्पादन मुकुन्द रञ्जित २०४१ सालमा स्वदेश फर्कदा नामको अगाडि डाक्टरको उपाधी झुण्डिसकेकोथ्यो ।

जस्ले भित्राए ‘स्टवरी’
सात वर्ष दुई महिना अध्ययन विदा मिलाएर उनी विदेशिएको थिए । जागिर कीर्तिपुरस्थित भर्टिकल्चर स्टललिसमै थियो । अव उनका लागि चूनौतीको पहाड थियो हासिल गरेको ज्ञानलाई स्वदेशमा कसरी लागू गराउने ? त्यही गरिएको अनुसन्धानको प्रतिफल ककनी एलो कम्पोजिट अन्न उत्पादन गरियो तर जति जमिनबाट उत्पादन हुनुपर्नेथियो त्यति हुनसकेन । उनको एउटै ध्यान थियो, कृषि कर्म गरेर नेपालीहरुको जीवनस्थर कसरी उकास्न सकिएला ? दिमागलाई हर क्षण हर प्रहर यही प्रश्नले रन्थनाउथ्यो । स्टवरीको स्वाद सम्झदा मात्र पनि हाम्रो जीव्रोबाट पानी आँउछ । हो त्यही स्टवरी नेपालमा पहिलो पटक भित्राउने उनै हुन ।

ककनीमा स्टवरी खेतीको सभ्भाव्यता बारे अध्ययन गरे । र, क्यालिफोर्नियाबाट ल्याइएको स्टवरी टायगा,टप्स ल्याएर ककनीमा लगाउन सुरुवात पनि भयो । २० वर्ष पछाडि उनी त्यहाँका जनताका जीवनस्तर उकासिएको देख्दा आफ्नो काम सफल भएकोमा गर्व गर्दछन । स्टवरी पछाडि उनको ध्यान स्याउमा कलमी गर्ने काम भयो । वूढो भएका रुखहरुलाई नयाँ बनाउने अनुसन्धान कीर्तिपुरमा ,दामन,जुम्ला र मार्फा लगायतका स्थानमा बसेर गरियो । वूढा रुखलाई यूवा कसरी पार्ने भन्नेमा नै मेरो ध्यान केन्द्रित थियो । २०४७ सालसम्म म कीर्तिपुरमा थिए । त्यहाँ रहदा टिस्यु कल्चरको ल्यावको स्थापना गरियो । क्यालिफोर्नियाका उच्च तहका अनुसन्धानकर्ताहरु समेत त्यो ल्याव हेर्न आएका थिए । प्रोफेसर मुरासिकिले त ‘क्यालिफोर्नियाको ल्याव यहीँ स्थापना गरिदिएछौं,ल्याव हेरेपछि एक वर्ष विदा लिएर तिमीसँगै काम गरौं जस्तो लाग्न थाल्यो ।’सम्म भनेका कुरा आज पनि सम्झन्छन उनी । यो कुरा सम्झदा मात्र पनि उनको मनमा एक प्रकारको उत्साहको सञ्चार हुन्छ । भन्दछन ‘मलाई जस्ले सिट्सको बारेमा सिकाउनुभएकोथ्यो,मेरो गुरुको पनि गुरुले त्यस्तो भन्दा नोवेल पुरस्कार जीतेभन्दा पनि वढि मन फुरुङ्ग भयो ।’

दक्षिण एसियामै पहिलो

कीर्तिपुरबाट उनको सरुवा भयो खुमलटार नेपाल कृषि अनुसन्धान परिषद्मा । त्यस समय नेपालमा १५ प्रजातीका आलु प्रचलनमा थिए । ति आलुमा निरन्तर गरिएको अनुसन्धानबाट आलुमा ६ थरीका रोगहरु मुख्य मुख्य देखापरे । जिरो भाइरसको आलुको बीउ उत्पादन गर्न प्रोजेक्ट लागू गरियो । लामो अनुसन्धान पछि ‘भाइरस फ्रि’ आलुको उत्पादन गर्न सफल भइयो । एउटा नीजि कलेजमा प्रध्यापन पेशा अंगालिरहेका यी गुरुको मुहारमा एकाएक चमक आयो । भने ‘दक्षिण एसियामै भाइस फ्रि आलु निकाल्न सफल भइयो ।’ यो सफलतासँगै उनका ‘हाईहाई’ चुलियो । विभिन्न जर्नलहरुमा आठ÷दश वटा रिर्सच आर्टिकल प्रकाशन भए । यस पछाडि उनलाई विदेशबाट अफरको ओइरो लाग्न थाल्यो । भाइरस फ्रि आलु बीउ लगेर थाइल्याण्ड,दक्षिण कोरिया, भारत, पाकिस्थान, भुटान, श्रीलंकामा पठाए । वंगलादेशले आलुमा परीक्षण गरी भाइरस फ्रि आलु निकाल्न प्रस्ताव नै गर्यो ।

दुश्मनी पनि …
भनिन्छ नि, दुश्मन कमाउनका लागि केही गर्नु पर्दैन । बास एक पछाडि अर्काे सफलता हात लागे पुग्दछ । सात वर्ष अमेरिका बसेको,त्यहाँबाट भर्टिकल्चरमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति,रातारात यति धेरै ख्याती कमाइएछ कि त्यहाँ रहदा खुट्टा तान्नेहरु धेरै भेट्टिए । फोकटका गफ गरेर जागिर खानेहरुका लागि उनी आँखाका ‘तारो’ भए । तर स्वाभिमानी स्वभावका रञ्जित कसैको चाकडी÷ चाप्लुसी गर्न जान्दैनथिए । उनले जानेको एउटै कुरा थियो,अनुसन्धान, निरन्तर अनुसन्धान । फटाहाहरुको राजमा इमानन्दारहरु टिक्न सक्दैनन् । रञ्जित पनि टिकेनन् । खाइपाइ आएको जागिर त्यागेर हिडे । निरन्तर अध्ययन÷अनुसन्धान कर्ममै होमिए । त्यहाँ जागिर छाडेर २ वर्ष रहदा आलुमा अध्ययन गर्न थालियो । तीस लाख त्यस्ता आलुका दाना बनाए । झण्डै तीन लाख डलरको आलुको दाना बनाएर कृषकहरुलाई वितवरण गरियो । अहिले पनि नेपालका ७५ वटै जिल्लामा आलुको खेती हुन्छ । त्यसबाट आउनुपर्ने जति उत्पादन आउनसकेको छैन । कारण यही नै हो आलुलाई भाइरसले खत्तम पारेको छ । जीवनका झण्डै एक दशक जागिरे जीवन बिताएको अनुभव कहिलेकाँही ठण्डा दिमाग पारेर सोच्दछन नार्क विभागबाट अलग भएसँगै एउटा दुश्मनी सुरु भयो । नार्कलाई होच्चाउने,खोच्याउने क्रम त्यही बेला देखि सुरु भएको हो,आजपर्यन्त छदैछ ।

आफ्नै ल्यावको स्थापना
जागिर छाडेपछि उनी खुल्ला अकाश मुनिका चराजस्तै भए । स्वच्छन्द रुपमा उड्न थाले । भन्छन ‘नार्क छोडेपछि स्वतन्त्र अनुसन्धानकर्ताको रुपमा काम गर्न थालियो । आफनै ल्यावको स्थापना गरियो ।’ यो बीचमा जिटीजेट्, नार्कको फण्ड ल्याए र ‘सिट्रसमा’ अनुसन्धान गरियो । आलुमा सफलता हात लागेसँगै त्यस पछाडि जीवनमा आफूले देखेको उदेश्य, जीन्दगिको सपना पूरा गर्नतिर लागे । ‘भाइरस फ्रि फ्रुट्सहरु कसरी निकाल्न सकिएला ? आलुमा हासिल गरेको सफलतालाई सुन्तला, जुनार, निवुबा, भोगटे, कागती यी सिट्रस जातीमा कसरी हासिल गर्न सकिएला ? उनको मन मस्तिक माथिंगल अव यो प्रश्नले रन्थाउन थाल्यो । विद्यावारिधी गर्दा चेरीमा उनले अध्ययन गरेका थिए । रुट ट्रट र फुड ट्रट भन्ने गरिन्थ्यो ठीक उसैगरी उन्नत जातको उत्पादनको लागि कलमी गर्न थाले र सफलता पनि पारे । ‘एउटा विजुमा हुने, वीउ नै कुहेर जाने, विरुवा मर्ने, दोस्रो भाइरस रोग सिटिभि, अर्काे सिइटी भन्ने रोग रहेछ । तर त्यसलाई जाच्ने प्रविधि छैन, त्यही कारण बगैचाको बगैचा ध्वस्त भएर गइरहेको रहेछ । माइक्रोग्राफटिङ प्रविधि प्रयोग गरी शुद्ध विरुवा उत्पादन ग¥र्यौ ।’ कान्तिपुर भ्याली कलेजको आफ्नै कार्यकक्षमा आफ्नो सफलताको रहस्य सुनाए ‘जाली घरमा यस्ता विरुवा रोप्ने, त्यहाँबाट उत्पादन भएको कलमी बोटहरुलाई जोडने भनेको २० वर्ष भयो । यसरी उत्पादन लमजुङ र गोर्खाका किसानहरुलाई हस्तान्तरण गरियो । यसरी हात हालेको स्थानमा सफलता प्राप्त गरेरै छाड्ने यि हस्ति हाल आफ्नै ग्रीन रिर्सच एण्ड टेक्नोलोजी ल्यावको स्थापना गरी अनुसन्धानको क्षेत्रमा समेत उत्तिकै दतचित्त÷सक्रिय छन् ।

ज्ञान हस्तान्तरणमा सक्रिय
आफूले सिकेको ज्ञान यूवापुस्तामा हस्तान्तरण गर्ने उदेश्यले दश वर्ष समय सान इन्टरनेशनल कलेजमा विताए । त्यहाँ रहदा १३५ विद्यार्थी ग्रायजुएट गराए । सय भन्दा वढि विद्यार्थी एमएस्सी र पीचएडी गर्नका लागि विदेश गइसकेकाछन । एउटा गुरुको सफलता के हुन्छ ? जव विदेश÷स्वदेशमा रहेको विद्यार्थीले भन्दछ‘गुरु आज म यो स्थानमा आउनुको पछाडि हजुरको ठूलो हात छ,जव विद्यार्थीको मुखबाट यस्तो लवज सुन्दछन,उनी त्यसै÷त्यसै भावुक हुन्छन । उनैले सान कलेजबाट उत्पादन गरेकामध्य वायोटेक्नोलोजीका ६५ विद्यार्थी अमेरिकामा स्कोलरसिपमै अध्ययनरत छन । हाल उनी कान्तिपुर भ्याली कलेजमा आफ्नो ज्ञान वाड्न आइपुगेको छु । वायोटेक्नोलोजी विभागको प्रमुख बनेर ।

विंस. २०४५ सालमै स्थापना भएको वायोटेक्नजोलोजी एसोसियसन (जुन संस्था आठ वर्ष महासचिव हुदै हाल सचिवको जिम्वेवारी सम्हालिरहेका उनी विगत दुई कार्यकाल देखि अध्यक्ष छन ) मा समेत उनी उत्तिकै क्रियाशिल छन । त्यस्तै,२०६० साल देखि नेपाल प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सदस्यका रुपमा मनोनीत उनी त्यहाँ रहेर कृषिमा फलफूल र वायोटेक्नोलोजी विद्या हेरिरहेकाछन ।

कहिले उमो लाग्छ, वायोटेक्नोलोजी ?
प्लान्ट वायोटेक्नोलोजिष्ट भएको नाताले एक दशक अगाडि प्लान्ट ‘टिस्युकल्चर’ गर्ने आठ÷दश वटा प्रयोगशाला थिए । यो बीचमा ‘डिजिज फ्रि’ विरुवा निकालेर विदेशमा पठाउने काम भएका थिए । २६ वर्ष भइसक्यो हामीले भाइरस ‘फ्रि आलु’ बनाउन थालेको । हामी सबै कुरामा पहिला छौं तर हाम्रो ताल कस्तो छौं । कहिलेकाही देशको हालत सम्झेर दिक्क मान्दछन यी प्रोफेसर ‘रिर्सच एण्ड डेभलपमेन्ट (आर एण्ड डि)लाई किन सँगसँगै राखेको ? किनभने रिर्सच विना डेभलपमेन्ट सभ्भव हुदैन तर हाम्रो हालत हेरौं रिर्सचमा कौडी छुट्टाइएको छैन अनि हामीलाई चाहिएको छ रातारात विकास कसरी सभ्भव हुन्छ ? प्रश्न हामीतिरै तेर्साए ।

१९९० मा हामीले विकास गरेको प्रविधि दक्षिण एसियामै पहिलो । टिस्यु कल्चरमा हामी नै पहिलो । केरामा समेत यस प्रकारको अनुसन्धान भइसक्यो । महेन्द्रनगर अहिले पनि केराको उत्पादनमा अव्वल छ, कारण उही हो । मार्फा,जुम्लाको स्याउ लोकप्रिय छ । तर त्यही कीर्तिपुरको रहेको टिस्यु कल्चर ल्याव बन्द अवस्थामा छ । धुलो र खिया लागेर ल्याव प्रयोगबिहिन अवस्थामा छ । नेपालको १५ वटा जिल्लामा अलैचीको औधी राम्रो खेती हुन्छ । ६३ सालमा ४ अरवको अलैची निर्यात ग¥र्यौ । ९० प्रतिशत उत्पादन नदिदा समेत उत्पादन अर्थात जम्मा १० प्रतिशत उत्पादन हुँदा हासिल गरिएको उपलव्धी थियो यो । अलैचीमा छिर्के र फुर्के नाम गरेका दुई वटा भाइरस छन । यो निकाल्ने प्रविधि पनि हामीले विकास गरिसकेको छौं । ४० अरव आम्दानी अरु कुन क्षेत्रबाट आँउछ ? यसतर्फ किन हामीले सोच्न सकेका छैनौं । ककनीका स्थानीयको जीवनस्तर के कारणले उठ्यो ? त्यहाँका जनताको आयस्तर ‘स्टेवरी’ले उठायो । भावुक हुँदै यी प्रोफेसर भन्दछन ‘वायोटेक्नोलोजीले हाम्रो कृषि क्षेत्रलाई धेरै राम्रो परिवर्तन ल्याउन सक्दछ ।’ हाल सान कलेज,ह्वाइट हाउस,कान्तिपुर कलेज,काठमाडौं विश्वविद्यालय गरी हरेक वर्ष एक सय बिस विद्यार्थी उत्पादन गरिरहेका छौं । अहिलेसम्म करिव वाह्र सय विद्यार्थी उत्पादन भइसकेको छ । जबसम्म उद्योगले यो क्षेत्रमा लगानी गर्नसक्दैन तबसम्म यस्ता जनशक्ति विदेशिरहन्छन । अव वूढेशकालमा उनको एउटा सपना÷धोको छ,नेशनल वायोटेक्नोलोजी सेन्टर खोल्ने । तर,राज्य यहि हो । लौ न विज्ञान तथा प्रविधिको क्षेत्रमा केही गरौं भन्दा कसैको कानमा पस्दैन ।

विवाह बन्धन
भनिन्छ,श्रीमानको सफलाको पछाडि श्रीमतिको सबैभन्दा ठूलो हात हुन्छ । रञ्जितले जीवनमा जति सफलता पाए त्यसको पछाडि चन्द्रलक्ष्मीको महत्वपूर्ण हात र भूमिका छ । जो सँग उनी सरकारी जागिर खाएको पाँच वर्ष पछाडि विवाह बन्धनमा बाधिएका थिए । वुवाको गुण उनका सन्तानहरुमा समेत सरेको हो । छोरा चमन वायोटेक्नोलोजीमा पिएचडी गरिरहेका अर्थात वावुको बीडो थामिरहेका छन भने छोरीले जापानमा न्यूरोअंकोलोजीमा रिर्सच गरिरहेकीछिन् । उनका विभिन्न अनुसन्धानमुलक लेख÷ रचनाहरु प्रकाशित भइसकेकाछन ।

धर्मप्रतिको धारणा
जस्ले आलु, केरा, स्याउ लगायतका वीजमा अध्ययन गरे, यी प्राज्ञिक व्यक्तिको धर्मप्रतिको धारणा के हो ? जान्ने हाम्रो इच्छा रह्यो । प्रश्न भुँइमा खस्न नपाउदै ‘भगवान छ÷छैन भन्ने कुरामा हामी अल्मलिनु नहुने धारणा राख्दै आफू ‘रिलिजन’मा विश्वाश गर्ने तर धर्मकर्ममा विश्वाश नगर्ने धारणा राखे । धर्ममा भन्दा पनि हाम्रो ध्यान कर्तव्यप्रति केन्द्रीत हुनुपर्दछ । कर्म नै सबैभन्दा ठूलो कुरा हो भन्दै आफ्नो कुरा विट मारे ।

प्रस्तुतिः लक्ष्मण डंगोल/हरि गजुरेल

The post जैविकप्रविधिका ‘हस्ति’ प्रा. डा. मुकुन्द रञ्जित first appeared on

वायू प्रदूषणमै खारिएको जीवन
संसारमा कोही निकम्मा छैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यतिमात्रै हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथी चढे उनीहरू महान् कहलाइए । र, जसले आफ्नो प्रतिभालाई चिन्ने प्रयत्न नै गरेनन् या माथी उठ्ने साहस गर्न सकेनन् उनीहरू सात अरबको भीडमा हराइरहे । सबैको एउटा प्यासन हुन्छ… महान् फुटवलर पेलेले गरिबीमै पनि झुम्राको बलमा खाली खुट्टा फुटवल खेलीरहे । मोजार्टले कठ्यांग्रिएको हातमा मोजा लगाएर पनि संगित साधना गरिरहे । खाने छाक कटाएर किताब किन्ने हेनरिक इब्सन, दिउसो चर्को घाममा पनि क्रिकेट खेल्ने तेन्दुल्कर, कलेज छाडी फिल्म खेल्ने बु्र्स ली यी सबैमा एकै समानता थिए उनीहरूले आफ्नो प्रतिभा चिने र हरहालतमा प्रतिभालाई फैलाउने हिम्मत गरे । र त उनीहरूले आफ्नो प्रतिभाले नै संसार हल्लाउन सके । हामी पनि पेले /रोनाल्डो हौ, इब्सन/ मोजार्ट हौ, फरक यत्ती हो उनीहरू उठेका पेले हामी सुतेका पेले । उनीहरू उठेका मोजार्ट हामी सुतेका मोजार्ट । उनीहरू प्रतिभा फैलाएर विश्वमा छाएका ’ग्ल्यामर’ हामी प्रतिभा दबाएर आफैभित्र खुम्चिएका ‘लठुवा’ ।

विश्वमा  ७० लाख मान्छे प्रदुषणका कारण मर्दछन । तर काठमाडौंको यस प्रकारको डेटा नै छैन । इटाभट्टामा जिकज्याक फायरिङमात्र जोड्ने हो भने ३० प्रतिशत प्रदुषण कम गर्न सकिन्छ ।

जब झुसिलकिराको आफ्नो संसार सकिन्छ तब न उ सुन्दर पुतली बन्छ । हरेक बस्तुको सकरात्मक र नकरात्मक दुइवटा पाटा हुन्छन । त्यसैले बस्तु महत्वपूर्ण होइन,दृष्ट्रिकोण महत्वपूर्ण कुरा हो । कुन बस्तुलाई हामी कसरी हेर्छाै ? यसैले निर्धारण गरेको हुन्छ जीवनमा उन्नती र अवनतीको पथ । कास हरेक समस्याले उतिकै महत्वपूर्ण अवसर बोकेर आएका हुन्छन, जस्ले समस्यालाई अवसरको रूपमा हेर्दछ । उसैले जीवनमा सफलताको चुचुरो चुम्दछ । वायू प्रदुषणको क्षेत्रमा नेपालबाट विद्यावारिधि गर्नेको संख्या जति छ ती मध्य सबैभन्दा अग्रणी स्थानमा छन। जस्ले आफ्नो प्रतिभा र क्षमतालाई चिने र निरन्तर विज्ञानको क्षेत्रमा अध्ययन/अनुसन्धानको क्षेत्रमा खटिरहे । यही वायू प्रदुषणको विषयमा निरन्तर अनुसन्धानरत रूपाखेतीको व्यक्तित्व परिचय यस अंकमा समेट्ने प्रयास गरेका छौं ।

जन्म, शिक्षा, दिक्षा
मकवानपुरको हटिया गाँउमा आजभन्दा ४६ वर्ष अगाडि पिता भोजराज रूपाखेती र माता लीलादेवी रूपाखेतीको कान्छो सुपुत्रको रूपमा २०२६ साल फागुन २८ गते बुधवार भएको हो । ६ दाजुभाई र दुई दिदीका ‘कान्छा’ उनी परिवारका अत्यन्त ‘प्रिय’ बने ,जसरी उनी आज वायूप्रदुषणका क्षेत्रमा प्रिय पात्रका रूपमा परिचित छन । मध्यम वर्गीय परिवारमा हुर्किएका उनका माता÷पिताको आम्दानीको स्रोत खेतीपाती थियो । पिताजी आयूर्वेद,ज्योतिषशास्त्र,धर्मशास्त्रको राम्रो ज्ञान थियो यही पाटोबाट गाँउमा गनिए चुनिएका । पिताजीको ज्ञानको प्रभाव महेश्वरमा पर्नु स्वभाविकै थियो । त्यही कारण अक्षारभ्भ घरमै भएको हो । स्कूले शिक्षाको सुरूवात भने सभ्भवत नेपालको पूरानो स्कूलमध्यको एक (विसं २०१६ सालमा स्थापना भएको) बालवोध निम्न माध्यमिक विद्यालयबाट हुन पुग्यो । ( हाल उक्त स्कूल प्लस टु सम्म भइसकेको छ । ) सात कक्षा भन्दा माथिको पढाई तिनताक उक्त स्कूलमा हुदैनथ्यो त्यही कारण बाँकी अध्ययनका लागि हेटौंडासम्म लम्कनु पर्ने अवस्था आयो । हेटौंडा र हटियाको दुरी जम्मा १२ किमिमात्र थियो । कक्षा ८ अध्ययनका लागि उनी भुटनदेवी व्यवसायिक माध्यमिक विद्यालयमा भर्ना भए । हातभरी कितावका चाङ बोकेर उनी हटिया देखि भुटनदेवी सम्म लम्कन्थे । २०४३ सालमा सोही स्कूलबाट एसएलसी उत्र्तीण भए । झण्डै ३० वर्ष अगाडिको फ्ल्यासव्याकमा उनी मधुरो मधुरो हुँदै गएको जीन्दगिका अतितका पानाहरू सम्झदै छन र हामीलाई सुनाउदै छन हिमालयन होटल कुपण्डोल परिसरमा । ‘२०४३ सालमा एसएलसी उत्र्तीण भए । जिल्लाभरीबाट एसएलसी दिने सय जना थिए,त्यसमध्य प्रथम श्रेणीमा उत्र्तीण भएँ ।’

इन्जिनियर बन्ने सपना
प्रथम श्रेणीमा उत्र्तीण भएपछि विज्ञान संकाय नै पढ्नुपर्दछ भन्ने मानसिकता थियो । त्यही कारण म विरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए,४५ सालमा । अल्लारे ठिटो,अहिलेको जस्तो क्यारिअर काउन्सिलिङ केन्द्र त्यो समयमा कहाँ पाउनु ? कसैले सुनायो साइन्स पढ्यो भने अझैं, इन्जिनियर बन्यो भने सबैले गन्ने÷मान्ने भइन्छ । यी अल्लारेमा पनि त्यस समय सबैको गन्ने/ मान्ने व्यक्ति बन्ने भुत सवार भयो मनको एउटा कुनामा इन्जिनियर बन्नुपर्दछ भन्ने थिया,तर इन्जिनियर बन्न के पढ्नुपर्दछ भन्ने थाहा थिएन । ठाकुराम वहुमुखी क्याम्पसमा उनी भौतिक शास्त्रका विद्यार्थी बन्न पुगे । त्यो समयको रमाइलो किस्सा सुनाउदै महेश्वर भन्छन‘पढ्दै गए, हरेक विषयको बेग्लै÷ बेग्लै नोट राख्नुपर्दछ भन्ने थाहा भयो । तर स्कूलमा विज्ञान विषय पढाउने शिक्षक एउटा मात्रै हुन्छन,त्यहाँ ‘केमेष्ट्री’ विषय पढाउने शिक्षक नै ४/५ जना छन,यस्को माहोल बुझ्न नै तीन महिना लाग्यो । ६ महिना पछाडि बल्ल फरक फरक केमेष्ट्रीका लागि फरक फरक नोटबुक बनाउन थाले ।’ हटिया र हेटौडा तिर एउटै भाषा बोलिन्थ्यो नेपाली । उनको किशोर मस्तिकमा त्यतिबेलासम्म नेपाल भित्र एउटै मात्र भाषा बोलिन्छ भन्ने लाग्दो रहेछ । बिरगञ्ज गएर बस्न थालेपछि भाषाले उनलाई चक्कर लगायो । यही पुगेपछि थाहा लाग्यो भिन्नता बारेमा । निरन्तरको मेहनतको नतिजा निस्कियो आइएस्सी प्रथम श्रेणीमा गरे । त्यो पनि क्याम्पस ‘थर्ड’ भए । पूरानो साथीहरू सम्झन्छन, जो उक्त समयमा क्याम्पस प्रथम र द्धितीय भएका थिए,एक जना इन्जिनियर बनेका ,अर्काे मारवाडी साथी पुख्र्यौली पेशा व्यापार तिर लागेर पितापुर्खाको वीडो थामिरहेछन । र, उनी पनि यद्योपर्यान्त अनुसन्धानकर्ता बन्ने धुनमा तल्लीन छन् ।

डा महेश्वर रूपाखेती

अनि मोटियो बाटो…
इन्जिनियर बन्ने सपना बोकेर राजधानी भित्रिएको एउटा किशोर । आइएस्सी पछि अस्कलमा पढ्न आँए । त्यतिखेर दुई वर्ष विएस्सी हुन्थ्यो । अस्कलमा आएपछि संयोगले एकदिन मेरो भेट भयो प्रोफेसर जे एन प्रधानसँग,उहाँ फिजिक्समा नाम चलेको प्रोफेसर हुुनुहुन्थ्यो । एक पटक उहाँसग भेट भयो । त्यतिबेला ट्युसन पढ्नुपर्ने ट्रेन थियो । हामीले खिचडी टिम बनायौं । सरले एक दिन मलाई भन्नुभयो‘ तिमी फिजिक्स पढ्न सक्छौं,तिमीमा सभ्भावना छ ।’ जेएन प्रधान सरको यो हौसलाले उनीमा भएको सभ्भावना यसरी झाङ्गियो कि मानौं,एकै रातमा जमिन मुनी रोपिएको वीज टुसाएर फुल फुल्न थाल्यो । आफूभित्रको निदाएको मान्छे जागेको झैं भयो उनलाई । पहिला देखि नै मेरो इन्ट्रेस्टिङको विषय फिजिक्स थियो तर सबैभन्दा रमाइलो चाँही नतिजा कम फिजिक्समा आउथ्थो । उनले सुनाए ‘तिमी फरक छौं,तिमी गर्न सक्छौ भन्ने खालको इन्सपिरेसनका जेएन प्रधान गुरूबाट पाए सँगै इन्जिनियर बन्न हिडेको एउटा ठिटो यता तिर आइपुगियो । यही पछाडि मेरो पाइला मोडियो । विएस्सी उत्र्तीण गर्दासम्म कति ठाँउमा स्कलरसिपका लागि एप्लाई गरियो त्यसको हेक्का उनीसँग छैन । विएस्सीको नतिजा निस्कियो ।

आफ्नो सफलताको कहानी सुनाउदै उनी भन्छन ‘हाम्रो व्याजमा अस्कलबाट म फस्र्ट र गोल्डमेडलिष्ट हुँ । वोर्डमा त्यतिखेर दश जनाको नाम अटाउथ्यो, पाँचौ नम्वरमा मेरो नाम पर्यो ।’ नेपाल केमिकल सोसाइटीले नेपाल भित्रबाट सबैभन्दा वढि अंक प्राप्त गर्न सफल विद्यार्थी छनोट गरी पुरस्कृत गर्न गर्दथ्यो । केमेष्ट्री विषयमा सबैभन्दा वढि अंक प्राप्त गर्न सफल भए पछि हरिहरराज लोहनी अवार्ड समेत पाएको थिए, त्यतिबेला ।

एमएस्सी पढ्न जानेमा वोर्डमा नाम निस्किएका दशमा एक जना बाहेक सबै जना फिजिक्स पढ्ने भयौं ।यही बीचमा इन्ट्रान्सको तयारी गर्दागर्दै पिताजीको निधन भयो । पिताजीको काजक्रिया सकाएर फर्किदा इन्ट्रास दिने समय भइसकेको थियो । संयोग इन्ट्रान्समा पनि प्रथम भए । त्यतिबेला इन्ट्रासमा टप गर्नेले नै ‘स्कोलरसिप’ पाउने व्यवस्था रहेछ । हाम्रो व्याचमा म्याथम्याथिटिकल फिजिक्स भन्ने विषय थियो त्यसैको जाँच दिने क्रममा पाठ्यक्रमभन्दा वाहिरबाट प्रश्न आयो । सबैले हापिदिने भने जाँच नै हाफिदियौं । ५० सालतिरको कुरा हो । प्रधानमन्त्रीलाई लालटिन बाल्दै भेट्न गयौं, डिन, रेक्टर, रजिष्टारलाई घेर्ने काम गर्यौं । पछि जाँच पोष्टपेन्ड भयो । जाँच आयोग बनेर छानविन भयो । फस्ट पेपर बाहेक अरू जाँच दिने भइयो । म्याथम्याथिटिकल फिजिक्सको जाँच भएन ।

एमएस्सी पढ्ने विद्यार्थीको संख्या ६० जना मात्रै थियो । ती विद्यार्थीको बीचमा म तेस्रो नै भए । त्यतिखेर स्रोत सिमित, शिक्षक सिमित हुने हुँदा पाँच जनाले मात्र थेसिस गर्न पाँउथे । त्यही बीचमा मैले थेसिस गर्न पाउने भए । त्यही समयमा हाइ इनर्जी फिजिक्स सम्बन्धी एउटा कन्फ्रेन्स भएको थियो काठमाडौंमा । दुई तीन हप्ताको उक्त कन्फसेन्समा भाग लिए पछि म यस्तो फिजिक्स पढ्छु, त्यसको सोसाइटल एप्लिकेसन होस भन्ने मनमा लाग्थ्यो । सरहरूले उसो हो भने एटमोसफियर फिजिक्स पढ्न सुझाउनुभएको थियो । त्यही कारण मैले थेसिस गर्दाखेरी नै एटमोसफियर फिजिक्समा गरेको थिए । हामी पाँच जनाले थेसिस गर्यौ । ६० जनाले फिजिक्स पढ्थे हरेक वर्ष ५/७ जना मात्र पास हुन्थे हाम्रो समयमा तीस जना पास भए । आइसिटिपिको कन्फरमेन्सले विश्वविद्यालयमा इमेल जोडियो । त्यो बेला डिर्पाटमेन्ट हेड प्रा डा शेखर गुरूङ हुनुहुन्थ्यो । उहाँले तिमीहरूले इमेल लगायतका कुराहरू एक्सप्लोर गर भन्नुभयो । त्यहीबेला मैले आफ्नो थेसिस डिफेन्स गरे । भोलीपल्ट देखि नै क्लास लिए झण्डै २ वर्षको बीचमा १ सय २० जना विद्यार्थीलाई पढाए । त्यो समयमा पढाएको विद्यार्थीमध्य कतिपयसँग अहिले पनि ‘किप इन टच’मै छु । त्यो सम्बन्धलाई सम्झदा अहिले पनि रमाइलो लाग्छ ।

क्यारिअरका लागि क्यानडा
एसियन इन्सिच्युड अफ टेक्नोलोजी (एआइटि) मार्फत एक महिनाको तालिमका लागि क्यानडा जाने अवसर मिलेकोथियो । त्यही तालिम पश्चात एप्लाइड साइन्समा जान इच्छुक भएको हुँदा एप्लिकेसन फर्म लिएर आएको थिए । सो फर्म भरेर पठाए । क्लास सुरू हुनुभन्दा दश दिन अगाडि इमेल आयो । इमेलमा भनिएको थियो हामीले तिमीलाई पार्टिसियल स्कोलसिप दिने निर्णय गरेको छ, आउने भए आउ । पार्टिसियलमा मेरो रूची हुने कुरै भएन । मैले हुन्न भने त्यस्को तीन दिन पछाडि फूल स्कोलसिपमा आउ भन्यो । भोलीपल्टै सबैतिर मिलाएर बैंङ्कक गए । जनवरी १,१९९९ मा विदेश गएको । त्यहाँबाट फर्किएर अहिलेसम्म स्थायी रूपमा नेपाल फर्किएको छैन । त्यसपछाडि म आइटीमा गए । नेपालमा २ वर्षको मास्र्टसमात्र हुन्छ,एप्लाई साइन्समा जाने हो भने प्रिपेरेसन पुगेको छैन भनेर फेरि मास्र्टस क्लास ज्वाइन गरे एयर पलुसन(वायू प्रदुषण) विषयमा मास्र्टस गरे । एक वर्ष जति रिर्सच एसोसियटको रूपमा काम गरे । ६ वटा देशको ठूलो प्रोजेक्ट थियो । मेरो प्रोफेसरका रूपमा के मोन हुनुहुन्थ्यो भियतनामको, उच्च तहको महिला प्रोफेसरको रूपमा चिनिनुभएको । मेरो व्याचलर पढ्दाको जुन थेसिस थियो त्यो थेसिस अमेरिकाको एउटा कन्प्रेसमा प्रतियोगिताका लागि पठाइएको थियो । त्यो थेसिसले एक हजार अमेरिकी डलर पनि पायो । फर्किएर आए पछि काम गर्ने बेलामा प्रोफेसरले वारम्वार पिएचडी गर्न आग्रह गरिरहनुुहुन्थ्यो । काठमाडौमा हुँदा देखि बैंकक हुँदा सम्म एउटा क्यानडाका प्रोफेसरसँग सम्पर्कमा थिए । दाँयावाया कहिँ अप्लाई गरिन । प्रोफेसर उल्ली द लोमन भन्ने जर्मन नागरिक,क्यानडाका प्रोफेसर हुनुहुन्थ्यो । चिनिएको महिला प्रोफेसर , टप टेन एटमसफेयर मोडल भित्र पर्नुहुन्छ ÷अहिले पनि, आजिवन एटमोसफियर साइन्समा काम गरेको मान्छे । हाइलेभलका साइन्टिससँगै काम गर्ने,चिनजान गर्ने अवसर मिल्यो । २००६ मा पिएचडी सकियो । संयोगवश आठ कक्षादेखि पिएचडीसम्म स्कोलरसिपमा पढ्ने सौभाग्य पनि मिल्यो ।

जागिरे जीवन
बैंककमा युनाइटेड नेसन इन्भारमेन्ट प्रोगामले एटमसफियर व्राउन कलाउड भन्ने प्रोगाम लन्च गरेको थियो । एमएस्सी सकाउनेसमयमा एकजना प्रोफेसरले भन्नुभएको थियो । तपाईहरूले जहिलेसम्मको फिजिक्स पढेर सिद्धाउनुभयो,त्यो भनेको १९६० सम्मको फिजिक्स हो भन्नुहुन्थ्यो ।’जतिबेला क्यानडामा पिएचडी सकाइयो त्यो भनेको २००६को फिजिक्स एटमसफिरिक साइन्स पढ्थ्यौं । सकेसम्म रिजनकै खोजिरहेकै थिए । युनेफको प्रोजेक्टमा एटमसफरी व्राउन क्लाउन्च भन्ने प्रोजेक्टमा काम गरे । एक दिन हाम्रो डाइरेक्टर सुरेन्द्र श्रेष्ठले एउटा किताव लेष्टर व्राउनको ‘प्लान वि’ नामक पुस्तक पढ्न भन्नुभयो । वातावरणीय मुद्धासँग अन्य विषयवस्तुलाई सरल ढंगबाट जोडिएको यो पुस्तक वातावारणीय विषयमा अध्ययन गर्न रूचाउनेका लागि उपयोगीसिद्ध पुस्तक, पढ्नैपर्दछ ।

दक्षिण एसियाकै दोस्रो ठूलो क्याम्पियन
नेपाल आउने जाने भइरह्यो । नेपाल लगायतको क्षेत्र सबैभन्दा वढि प्रदुषण भएको र कम काम भएको क्षेत्र हो भन्ने थाहा भयो । म आफू नेपाली भएको कारण केही गरौ भन्ने लाग्यो । मलाई लाग्यो म एउटा यस्तो काम गर्दछु कि देशका लागि पनि केही गर्न सकौं भन्ने लागेको थियो । यस्लाई सिस्टमेटिक वेमा लैजान पर्दछ भनेर प्रपोजल बनाइरहेको थिए । प्रोफेसर मार्क लरेन्स उहाँले आइएससमा ज्वाइन गरिसकेपछि तिमीसँग केही आइडिया छ भने हामीसँगै काम गर्न चाहन्छौं भन्नुभयो । मैले आफ्नो प्रपोजल पठाए । यस्मा हामीले सर्पोट गर्दछौं भन्ने भयो । त्यसपछाडि म जर्मनी गए । ५/७ वर्षको समय राखेर सन् २०१२ मा । दुई/न महिनाको तयारी पछि १९ वटा रिर्सच ग्रुपहरूलाई आमन्त्रण गरी,९ विभिन्न देशबाट आएका ४० जना बैज्ञानिकको समूहले ससक्याट नामक प्रोजेक्ट यही अन्र्तगत चलिरहेको छ । प्रोजेक्टका चार कम्पोनेन्ट छन । दक्षिण एसियामा यो दोश्रो ठूलो क्याम्पियन हो । मेजरमेन्टको रिजल्टहरू आइरहेको छ । २७ वटा पेपर लेखेका छौं,५ वटा बाहिर ल्याएका छौं । हामी कहाँ,हाम्रो पोल्युसनको अवस्था के कस्तो छ ? ६ महिना गर्यौं,एक वर्षसम्म केहीको लगातार गर्यौं । व्याल्क कार्वन,ओजन,पिएम १० को प्रत्येक ५ मिनेटको रेर्कड राखिरहेका छौं । अन्तराष्ट्रियरूपमा अहिलेसम्म यस प्रकारको अनुसन्धान नै नभएका अवस्थामा यो स्रोतबाट यति प्रदुषण आउछ भन्ने कुरा ल्याउदैछौं ।विश्व स्वास्थ संगठनले भनेको भन्दा १ सय गुणा वढि धुलो वढि हुन्छ । फागुन तिरसम्म विहानमा एकदमै धुलो वढि हुन्छ । यस्मा कुनै काम भइसकेको छ,केही हुदैछ । यस्को एक वर्ष भित्रमा हामी रिजल्ट ल्याइसक्छौं । विश्वमा ७० लाख मान्छे प्रदुषणका कारण मर्दछन । तर काठमाडौंको यस प्रकारको डाटा नै छैन । इटाभट्टामा जिकज्याक फायरिङमात्र जोड्ने हो भने ३० प्रतिशत प्रदुषण कम गर्न सकिन्छ । यसो गर्दा कालो धुँवा नै निस्कदैन । काठमाडौ भ्याली कचौरा जस्तो छ हावा एकदमै कम चल्छ । भ्याली भित्र पसेर निस्कन निकै कठिन छ । धुँवा बाहिरबाट निस्केर जान प्रन्ध सोह्र घण्टा लाग्छ । हाम्रा यातायातका साधनहरूको मेन्टेन मात्रै गर्ने हो भने पनि त्यस्ले धेरै फरक पार्दछ । भावी योजना फिजिकल साइन्सलाई इम्प्रुभ गर्दै जाने हो । साइन्सलाई नलेजमा ट्रान्सलेस गर्नु पर्दछ जसरी गरे पनि त्यो एक्सन कै हुनसक्छ ।

विवाह वन्धन
भनिन्छ एउटा पुरूषको सफलता र असफलताको पछाडि महिलाको महत्वपूर्ण हात हुन्छ । मकवानपुरको हटिया गाँउमा जन्मेर हुर्किएका डा महेश्वर रूपाखेतीको सफलताको पछाडि नानु थापको सबैभन्दा महत्वपूर्ण हात छ । उनका सुःखदुःखको साथी नानु थापा । विश्वविद्यालय पढ्दै गर्दा देखिको साथी । (२००२) ०५९ सालमा वैवाहिक बन्धनमा बाधिएका हौं हामी । त्यससमयमा अन्तरजातीय विवाह गर्दा भोग्नुपरेका सास्तीका आफ्नै रामकहानी छन । हरेक सफल व्यक्तिका जीवनका कहानीहरू आँउदो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ । साहित्यिक ढाँचामा कुनैबेला एउटा पुस्तक लेख्ने इच्छा चाही छ । आफ्नो भावी योजना सुनाए यी डाक्टरले ।

जीवन दर्शन
जीवन बुझ्नका लागि एउटा जीवन काफि हुँदैन, मान्छेको स्वभावनै अपेक्षा एकदम उच्च हुन्छ । त्यही कारण उस्ले आफ्नो धरातल विर्सन्छ । मान्छे दुईथरीका हुन्छन,एकथरी उपलव्धी खोज्ने,अर्काे कन्ट्रीव्युसन मात्रै गर्ने । दोश्रो खालको मान्छेहरू यस प्रकारका मान्छेहरू कमी छ । ठूला ठूला प्रगती दोश्रो प्रकृतिका मान्छेहरूबाट भएको हो । ४०/५० भन्दा वढि देशका मान्छेहरूसँग चिनाजानी भएको छ । समग्रमा भन्ने हो भने सोचले नै जीवन अगाडि बढाउछ । जीवनका जुनसुकै मोडमा पनि आफैंले आफैलाई म को हुँ ? म के गर्दै छु ? मैले जीवनमा के गर्नुपर्दछ ? यो तीन प्रश्न नै जीवनमा सधै महत्वपूर्ण हुन्छ । जीवन एकोहोरो छैन । ज्ञान भन्दा माथि प्रज्ञा । कुनै पनि कुरालाई चारैतिरबाट बुझ्नुभयो भने त्यो प्रज्ञा ।

गौतम बुद्धले पटक पटक एक चित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे तर सफल भइरहेका थिएनन । पछि उनले संकल्प ठोके जबसम्म बोध प्राप्ती हुदैन तबसम्म म यो पलेटी खोल्दीन र अन्ततोगत्वा उनी बोध प्रप्तीमा सफल भएरै छोडे । हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौ । तर यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्यौ भने, आफैले सृजना गरेको निन्द्रा बाट व्युझेर उठ्यौ भने हामी धेरै माथी पुग्न सक्दछौ । बाधा अन्यत्र होइन आफैभित्र हुन्छ । एउटा चिनियाँ उखान छ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ता भित्रको ढुगाँले हो । समस्या बाहिर होइन आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन ।

धर्मप्रतिको धारणा
छुट्नु अगाडि हाम्रो आखिरी प्रश्न थियो,यी डाक्टरको धर्मकर्म प्रतिको धारणा के होला ? प्रश्न भुँइमा खस्न नपाउदै उनले भौतिकशास्त्रमा स्नातककोत्तर गरेका स्वामी खप्तडबाबाको भनाई सम्झिए ‘जहिले देखि हामीले धर्मकर्मलाई कर्मकाण्डी बनाइदियौं त्यही समय देखि हाम्रो धर्मकर्म विग्रियो ।’त्यस्तै रर्वट ओपन आइवर्ड (जस्ले एटम वम बनाउने समूहको लिड गर्नुभएको थियो ) जहिले जहिले मलाई अप्ठ्यारो पर्दछ तव तव म महाभारत पढ्दछु भन्दथे । स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले कतै भन्नुभएकोथियो‘ जव जव म महाभारत पढ्दथे तब तब म नयाँ कुरा पाउथे । ’कतिकुरा हामीलाई मिथोलोजी लाग्छ । १९६० मा साइन्स फिक्सन भनेको थियो त्यो कुरा २०१५ सम्ममा त्यो कुरा रियालिटीमा रूपान्तरण भएको छ । हाम्रा नलेज त्यो लेभलमा नपुगेको हुनसक्छ । हामीले फटाहा कुरा भन्नका लागि पृष्टि गर्न सक्नुपर्दछ । हाम्रा पूर्वीय दर्शनले कर्मलाई धर्म भनेको हो । खप्तड स्वामीले भन्नुभएको हो हामी सबै एउटा सर्कल वरपर छौं,डयामिटरबाट गए भने पनि हामी केन्द्रमा पुग्छौ। सबै धर्मले अहिले शान्ती र सम्बृद्धि खोजेको हो । धर्म भन्दा माथि अध्यात्मबाट हेर्नुहोस त्यहाँ सबै बरावर देखिन्छ । धार्मिक हुनुहोस,नहुनुहोस तर अध्यात्मिक हुनुस ।

र , अन्त्यमा
मानिसले त्यतीसम्म प्रगति गर्न सक्दछन जती उनीहरूले कल्पना गर्न सक्दछन । यदि हामीले पूर्ण सकंल्पका साथ कुनै प्राप्तीको अपेक्षा गर्ने हो भने त्यो भएर आउनेछ । अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा हामीले भोग्नुपर्ने हुन्छ । सफलताको तीन चरणहरू हुन्छन । पहिलो चरण हुन्छ सुरूवाती चरण जुन उत्साहले भरिएको हुन्छ । हामी पूर्णरूपमा उत्साहित भएर कार्य सुरूवत गर्ने प्रण गर्दछौ । यस पछि दोश्रो चरण सुरू हुन्छ कार्यको । यसमा मानिस निक्कै तडपन सक्छ । निक्कै ठेस /ठक्कर खान सक्छ । असफलताबाट निर्मीत कठिन मार्गहरूमा यात्रा गर्नु पर्दछ यस चरणमा । यर्सथ कतिपय व्यक्तिहरू यस चरणमै हरेस खाइ अन्तिम चरणमा पुग्न सक्दैनन जुन चरण हो सफलता । यही चरणसम्म पुग्नका लागि खाँचो पर्दछ निरन्तरको प्रयासको । त्यसैले त भनिन्छ जीवनमा चरेश खानु तर कहिल्यै हरेश नखानु ।

प्रस्तुति : हरि गजुरेल  र लक्ष्मण नेवा

The post वायू प्रदूषणमै खारिएको जीवन first appeared on

‘रोबटिक्समै’ रमेको जीवन
उनलाई लाग्छ हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधीमा हाम्रो आफ्नो ‘ट्याक्स’÷केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेश विक्रम सिंङ÷आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य÷भ्याकुम हुन्छ त्यहीँ केही न केही गर्न सकिन्छ । ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु । विदेशमा केही भ्यालू हुदैंनथ्यो सभ्भवत । वीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’

२ वर्ष सम्म निरन्तर गरिएको अनुसन्धानबाट बनाइएको वम डिस्पोजल रोर्वट ‘नेपाली सेनाले खरिद नगरेको भए विदेश जानै पर्ने थियो । यो दुई वर्षको अवधी ‘गर÷मर’को अवस्थामा थिए ।’

उनलाई लाग्छ हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधीमा हाम्रो आफ्नो केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेश विक्रम सिंङ÷आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य÷भ्याकुम हुन्छ त्यहीँ केही न केही गर्न सकिन्छ। ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु ।

२ वर्ष सम्म निरन्तर गरिएको खोज र अनुसन्धानबाट बनाइएको वम डिस्पोजल रोर्वट हालै नेपाली सेनाले खरिद गरेसँगै उनी केही उत्साहित देखिन्छन। भन्दछन ‘नेपाली सेनाले खरिद नगरेको भए विदेश जानै पर्ने थियो । यो दुई वर्षको अवधी ‘गर÷मर’को अवस्थामा थिए ।’ विदेशिएको भए पनि त्यहाँ केही भ्यालू नहुने उनको बुझाई छ। वीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’

४ वटा प्रतिष्पर्धामा रोर्वटिक्स क्लवलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाही हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोर्वटिक्स प्रतिष्पर्धामा समेते रोवटिक्स क्लवलाई हराउदै आफू प्रथम भएका थिए । यही रोर्वटमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन ।

जन्म शिक्षा दिक्षा

विंस २०४५ माघ ७ मा पूर्वी पहाडि जिल्ला तेह्रथुममा पिता रामसिंङ आले मगर,र आमा मीना कुमारी आलेको कोखवाट भएको हो। परिवारनै शैक्षिक पृष्ठभूमीको भएको कारण पनि उनी भित्र रहेको प्रतिभाको मलजल हुन पुग्यो । वुवा निमावी स्कूलको हेडमास्टर,आमा तेह्रथुमे ढाका कपडा उद्योगमा उत्पादन गर्नुहुन्थ्यो अर्थात उद्यमि । परिवारमा एक्लो छोरा,दुई दिदी एक बहिनी । कक्षा आठ सम्मको स्कूले शिक्षा केअिङ स्कूल, आठराईमा भयो । वाँकी नौ देखि एसएलसी सम्मको शिक्षा तेह्रथुमको सदरमुकाममा रहेको सिंहवाहिनी स्कूल(म्याग्लुङ बजारको आसपासमा) बाट भयो ।

हुने विरुवाको चिल्लो पात भनेझैं सानै देखि उनी अनुसन्धान गर्न रुचाउथे । नौ कक्षामा पढ्दै देखी नै पानी जहाजका साथै विद्युत घण्टी,इलेक्ट्रीक मोटरहरु बनाएका थिए । साथीका वावाहरुले फालेका सर सामानहरु बटुल्थे । तीनै सामान बटुलेर केही न केही बनाइरहेका हुन्थे । उनका श्रृजनाले प्रष्पुठित हुने मौका तब मात्र पायो, दिनेश यादव सरकै कारण । आफ्ना घरमा आएका बखत शिक्षक यादवले उनमा भएका यो प्रतिभा थाहा पाएसँगै स्कूलमा उनले बनाएका ती उपकरणहरुको स्कूलमा प्रर्दशन गरियो । प्रर्दशनीमा प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका मेजरहरु आएका थिए । ‘त्यही पछाडि मैले गरेका अविष्कारहरु बाहिर आए । ’ वालकुमारीस्थित आफ्नै ल्यावबाट उनी सम्झन्छन आफ्नो स्कूले जीवन । फर्केर हेर्दा रमाइलो लाग्छ त्यो बालापन÷स्कूले जीवन । जहाँ उनी कहिल्यै फेल भएनन् न प्रथम नै । ६० सालमा ‘आइरन गेट’ पार गर,े प्रथम श्रेणीमा । सम्झन्छन, ‘१३ जना विद्यार्थी प्रथम श्रेणीमा उत्र्तीण भएका थिए । त्यसपछि काठमाडौं आइयो ।’

कहाँ पढ्ने अन्योलता थियो । त्यही बीचमा आइन्स्टाइन कलेज,महालक्ष्मीस्थान पुगे । पहिला÷पहिला लाग्थ्यो काठमाडौं शहरमा भर्ना हुनु नै ठूलो कुरा हो । तर उनको स्कुले प्रतिभाको चर्चा शहरमा भइसकेको रहेछ । त्यही प्रतिभाबाट प्रवाभित भई कलेजले छात्रवृत्ति दियो । उनलाई चाहीँ लाग्थ्यो, छात्रवृत्ति भन्दा पनि ठूलो भर्ना हुन पाउनु । कक्षा ११ र १२ आइन्स्टाइन कलेजबाट पूरा गरे ।

सफलताको सारथी
सोही कलेजमा भेट भयो सुःख,दुःखमा साथ दिने मित्र यज्ञ प्रसाद देवकोटासँग र म्याग्दीको गोविन्द विक । उनले जीवनमा जति पनि सफलता हात लागेको छ, वुवा÷आमाको जति हात छ त्यो भन्दा कम छैन यी अन्यन्य मित्रको साथ र सहयोग । कलेजले प्लस टु पढ्दै गर्दा प्रपोज ग¥र्यो ‘तिम्रो केही श्रृजना देखाऊ ।’ पहिला बनाएका उक्त जहाजलाई ५० मिटर तल सम्म जाने गरी बनाए। त्यस पछाडि उनले त्यस प्रकारको अनुसन्धानलाई निरन्तर दिइरहेका छन । र, उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । हरेक वर्ष केही न केही बनाइरहेका छन÷हुन्छन ।

हातमा क्यानडा र अमेरिकाको भीषा छ, वुवा÷ आमा र परिवारको खुशीका खातिर पलायन भइदिँऊ उतैतिर । तर उठाइसकेको पाइला रोकिदिन्थ्यो र, मनले भन्थ्योे सुस्तरी ‘यहाँ भ्याकुम छ,यही गर्न सकिन्छ धेरै ।’

अर्काे खुट्किलो

यही बीचमा इन्जिनियरिङ शिक्षा अध्ययनका लागि वालकुमारीमा रहेका एनसिआइटी कलेजमा भर्ना भए । रोर्वटिक्सका लागि खुट्टकिला नै बन्न पुग्यो एनसिआइटी कलेज । यही रहँदा यन्त्र १,यन्त्र २,टेकृती,लोकस लगायतका उपकरणहरु बनाए । त्यही बीचमा ड्रोन बनाइयो र त्यसको परीक्षण गर्नका खातिर अन्नपूर्ण वेस क्याप सम्म पुगे । ड्रोन ६५ मिटरको उचाईसम्ममा उडाइयो । उनले जे जति रोर्वटिक्समा प्रगती गर्न सके एनसिआइटी कलेजमै आएपछि सफलता हात लाग्दै गयो ।

इन्जिनियरिङ शिक्षा पूरा भएको तीन वर्ष भइसक्यो । रोर्वटिक्सको वारेमा उनी भन्छन ‘ साधारण रुची होइन,प्रोफेसनल तरीकाले काम गर्न चाहेको हुँ । खुट्टाले हिडोस वा चक्काले रोर्वटिक्समै काम गर्ने हो वाचुन्जेल । ’

राजधानी खाल्डोमा जीउनका लागि उनीसँग विकल्प छ,प्राइभेट स्कूलमा अध्यापन गराउछन । ‘त्यही पैसाले चल्दै आएको छु । जसो तसो जीवन धानिएकै छ ।’ त्यही बीचमा वम डिस्पोजल रोर्वट बनाइयो । तत्कालिन समयका एआइजीले निरीक्षण गरे । निरीक्षण गर्न आउथें । मीठो आश्वासन पाँउथे । तर आश्वासनले मात्र त जीवन चल्दैनथ्यो । यस्तो घटनाक्रमले उनलाई निराश बनाउथ्यो । कहिलेकाँही त लाग्थो ‘हातमा क्यानडा र अमेरिकाको भीषा छ, वुवा÷ आमा र परिवारको खुशीका खातिर पलायन भइदिँऊ उतैतिर । तर उठाइसकेको पाइला रोकिदिन्थ्यो र, मनले भन्थ्योे सुस्तरी ‘यहाँ भ्याकुम छ,यही गर्न सकिन्छ धेरै ।’

नेपाली सेनाले रोर्वट खरिद
नेपाल आर्मीसँग भएको वम डिस्पोजल रोर्वट बोक्न ६ जना मान्छे चाहिन्छ । एउटा गाडी पनि चाहिन्छ । तर दुर्गम स्थानमा लैजान सकिदैन । सेनाले चलाउदै आएको रोर्वटको मूल्य १ करोड ६० लाख भन्दा माथिको हो । त्यसमाथी निकै वजनदार । सुनिए अनुसार सेनासँग ३२ वटा रोर्वट छ । सञ्चालनमा रहेको रोर्वटको संख्या ११ वटा मात्र । कारण हो विग्रिएका उपकरण बनाउने प्राविधिक जनशक्ति हामीसँग छैनन् । प्राविधिक विदेशबाटै ल्याउनुपर्दा मंहगो पर्दछ । नेपाली सेना आफैं स्वदेशी उपकरण प्रयोग गरी रोर्वट बनाउन चाहन्थ्यो । ताकि त्यस्तो रार्वट विग्रिएमा हामी आफैं बनाउन सक्षम हाऔं ।

१२÷१० को सानो कोठामा जहाँ उनी आफ्नो अधिंकाश समय अनुसन्धान गर्नमै बिताउछन त्यही कोठामा आफ्नो दुखको पन्तुरो खोले ‘ वीचमा फस्ट्रेसन जस्तो पनि भयो । मेरो सपना थियो नेपाली सेनाको स्थापना दिवसको दिन सैनिक मञ्च टुडिखेलमा वेलायतका रोर्वट गुडाइन्थ्यो । त्यहाँ नेपाली रोर्वट गुडोस उनको चाहना थियो । कतिपयले भन्थे यो तेरो सपना हो,जो कहिल्यै पूरा हुँदैन । केहीले ‘हावा’ भनेर उडाए ।

रोर्वट बनाउनु अगाडि ७ वटा असफलताको सामना गर्नुर्दा उनलाई लाग्थ्यो, अव सिद्धियो÷डुव्यो पैसा, गयो लगानी । गर्दैजाँदा सेनाका प्राविधिक आएर एकथरी बना भन्ने,मेजर आएर के बनाएको हो यस्तो भन्ने गर्दथे ।

२ वर्षका लामो अनुसन्धान बाट तयार भएको रार्वट हो त्यो । त्यसमै अनुसन्धान गर्दागर्दै मित्र यज्ञको क्यानडाको भीषा लाग्यो,उनी उता लाग्यो । हामी झण्झटमा प¥र्यौ । क्यानडा जाने कि रोर्वट बनाउने ? अथक प्रयास पछाडि रोर्वट बन्यो । नेपाली सेनाले रार्वट प्रतिष्पर्धाको आयोजना ग¥र्यो । झण्डै १४ प्रतिष्पर्धीलाई पछि पार्दै उनकै समूहद्धारा बनाइएको वम डिस्पोजल रोर्वट प्रथम हुन पुग्यो । र ६ लाख ९५ हजार रुपैंयामा उक्त रोर्वट सेनाले खरिद गरेसँगै उनको मनमा लागेको छ ‘अव नेपालमै केही गर्न सकिन्छ ।’
काठमाडौं आएको लगभग १० वर्ष पूरा भयो । आफ्नै संसार छ उनको ,कहाँ फिल्म हल छ,कहाँ मनोरञ्जन गर्न पाइन्छ यस्को केही हेक्का छैन । उनको ख्यालमा छ कुन सामान कहाँ किन्न पाइन्छ र त्यस्को मूल्य कति पर्दछ ? कतिसम्म भने एडभान्स सफ्टवेयर बजारमा आएको चाल पाए भने त्यस्ता सामान विदेशबाटै तुरुन्तै मगाई हाल्छन र त्यसकै अनुसन्धानमा जम्छन । दिन रात केहीको पत्तो हुँदैन ।

रोर्बटिक्स सपना
रोर्वटिक्समा नेपालको नाम राख्न चाहन्छन उनी । अमेरिकामा चार महिना पछाडि आयोजना हुने रोर्वटिक्स प्रतिष्पर्धामा जीतेरै आउने र नेपालको नाम राख्ने उनको प्रण छ । जहाँ अघिल्लो वर्ष पराजयको सामना गर्नु परेको थियो । भन्छन‘यस पटक हाम्रो टिम बलियो भएको छ,त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएरै आउने योजना छ ।’ अघिल्लो पटकको प्रतिष्पर्धामा ४० वटा देशले भाग लिएका थिए । १५ एलवीको रोर्वट बनाएका ६ केजी भर्सेस १५ को रोर्वट बन्न पुग्यो । ५० हर्जको इलेक्ट्रीसिटि हाम्रो उनीहरुको १ सय ५० हर्जको बनाएका थिए । अमेरिकामा पुगी रोर्वटिक्समा नाम राखेरै छोड्ने छु ।’ उनले आफ्नो अठोठ सुनाए ।

इखले दिएको जीत
भनिन्छ, इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । उनी पुल्चोकमा रहेको रोर्वटिक्स क्लवमा जोडिन खोजे । तर उनलाई उपेक्षा गरियो । मनको एउटा कुनामा नराम्रोसँग विझ्यो त्यो उपेक्षा । उनको सबैभन्दा ठूलो दुश्मन नै रार्वटिक्स हुन पुग्यो । तर हिजो पुल्चोकको रोर्वटिक्सले गरेको व्यवहारकै कारण ४ वटा प्रतिष्पर्धामा रोर्वटिक्स क्लवलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाही हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोर्वटिक्स प्रतिष्पर्धामा समेत उनले रोवटिक्स क्लवलाई हराउदै आफू प्रथम भएका थिए । यही रोर्वटमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन ।
नेपाली सेनाले रोर्वटिक्स खरिद नगरेको भए उनले पनि सोचेका थिए ‘अव यहाँ बसेर केही हुनेवाला छैन तर रोर्वटिक्स खरिद सँगै उनमा एक प्रकारको जोश वढेको छ । भन्छन‘ यो भूँइमा खसेको एउटा पेच,एउटा नट सबैमा पैसा परेको छ । यीनलाई छाडेर म विदेशिन कहाँ सक्छु÷सक्दिन ।’

हर सासमा रोबट
उनको प्रत्येक सासमा रोर्वट छ । खाँदा,बस्दा,सोच्दा हरपल,हरक्षण ‘रोर्वट’सोच्छन । भन्छन ‘अधिकांश देशमा रक्षा मन्त्रालय पछाडि विज्ञान तथा प्रविधि मन्त्रालय मानिन्छ तर हामी कहाँ सबैभन्दा हेला गरिने मन्त्रालयमा पर्दछ । सरकारले गरोस नगरोस म आफ्नै खर्चले भए पनि एक दिन नेपालमा रोर्वटिक्स प्रतिष्पर्धा गराएरै छाड्छु । ’

उनको मनमा कहिँलेकाँही खड्किन्छ पनि हाम्रा प्लस टु अर्थात कलेजहरुले वनभोजका नाममा टुरका नाममा पचासौ हजार खर्चेर विद्यार्थीको पैसा वालुवामा उडाइन्छ,त्यस्को सट्टा कलेजले त्यस्तो फाल्तु रकम अनुसन्धानमा खर्चन विद्यार्थीलाई मद्धत गर्ने हो भने सहजै कलेजको प्रमोसन पनि हुन्थ्यो कि ?

निरन्तर विज्ञान र प्रविधिको विकासका निम्ती कटिवद्ध छन उनी । आफ्ना जीवनका उर्जामय २७ बसन्तका धेरै कालखण्ड विज्ञान र प्रविधिको विकासमा समर्पीत गरेका छन । वैज्ञानिक वन्ने सपना सजाएका छन् मनभरी । कहिलेकाँही राम्रो काम गर्दा गर्दै अरुबाट नराम्रो कमेन्ट आँउदा लाग्दथ्यो गल्ती देशको होइन, यहीँका केही मान्छेको हो । अब चाँही लाग्छ म यही देशमा टिक्छु ।’

र अन्त्यमा…
यस्ता प्रतिभालाई विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्ट जस्ता अनुसन्धानमुलक संस्था र नेपाली सेना, नेपाल प्रहरी जस्ता निकायले बेलैमा चिन्न सकेन र मातृभूमीलाई सराप्दै विदेश पलायन हुनु पर्ने अवस्था आयो भने राज्यका लागि यो जस्तो ठूलो दुर्भाग्य अरु केही हुनेछैन ।

प्रस्तुतिः हरि गजुरेल

The post ‘रोबटिक्समै’ रमेको जीवन first appeared on

मेरो रोजाई जैविकप्रविधि– डा. निरञ्जन पराजुली
राम्रो प्रतिभा भएका यूवाहरुले आफ्नो प्रतिभा देखाउन नपाई विरक्तिनु पर्ने ? म स्वदेशमै केही गर्छु, यही माटोमा मर्छु भन्न पनि नपाउने ? एकातिर ठूलो ठूलो स्वरमा हामी भन्छौं प्रतिभा पलायन रोक्नुपर्दछ । तर अर्काेतिर तीनै प्रतिभालाई टिक्न बस्न दिदैनौं र पलायन हुन वाध्य बनाउछौं । त्यस्तै मध्येका एक हुन डा निरञ्जन पराजुली ।

दक्षिण कोरियावाट वायोकेमेष्ट्रीमा विद्यावारिधी र अमेरिकावाट पोष्टडक्टरेट गरेका पराजुलीको प्रतिभाबाट काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा डा सुरेशराज शर्मा समेत प्रभावित नभई रहन सकेनन् । दुर्भाग्य, त्यही विश्वविद्यालयमा ६८ साल चैत्रमा सहप्राध्यापक पदमा अन्र्तवार्ता लिइवरी अघिल्लो दिन ल “जागिर पक्का भयो” भनियो । तर भोलिपल्टै तत्कालिन डीन डा पन्ना थापाको फोन आँउछ “सरि पराजुलीजी, तपाईलाई हामीले नियुक्त गर्न सकेनौं ।”

त्रिविले ६९ असोज १ गते गोरखापत्रमा सार्वजानिक सूचना निकाली प्रध्यापक÷सह प्राध्यापक सहित ४९ पदमा दरखस्त आवह्न गर्यो । त्यही दिन अधिवक्ता दिपेन्द्र झाले मुद्धा हाले समावेशी भएन भन्दै । संयोग कस्तो भने मुद्धा हाल्ने झा, फैसला गर्ने गिरीशचन्द्र लाल । त्यही दिन परेको मुद्धा, त्यही दिनै रोक्का भयो । नेपालको कानुनी इतिहासमा सभ्भवत त्यही दिन मुद्धा दर्ता भईवरी त्यसको भोलीपल्टै रोक्का आदेश भएको मुद्धा यही नै होला । वाह्य तवरबाट पदपुर्ती भएको भए सभ्भवत पराजुली जस्ता प्रतिभाहरुले स्थान पाँउदा हुन ।

जन्म, शिक्षा, दिक्षा
२०२९ साल भदौमा पिता गोविन्द प्रसाद पराजुली र माता दुर्गा पराजुलीको कोखबाट जन्मेका हुन उनी । पितापूर्खा काठमाडौको रैथाने । कोटेश्वर मेनरोडमा अवस्थित घरमा जन्मिएर हुर्किएका पराजुली आफ्नो बालापनको धुमिल विगत सम्झन्छन । कोटेश्वरकै ‘सरकारी स्कूल कोटेश्वर माध्यमिक विद्यालय’मा सात कक्षामा पढेको याद अझै ताजा छ’ । आठ कक्षादेखि एसएलसीसम्म स्कूले शिक्षा विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट पार लगाए । ०४६ सालमा आइएस्सी अध्ययन गर्न त्रिचन्द्र कलेजमा भर्ना भएर कलेज जाने पहिलो दिनै उनको पिताजीको देहबसान भयो । पिताको निधनका कारण आइएस्सीको पढाई तनावमै बित्यो । ०४९ सालमा आइएस्सी उत्र्तीण भए । त्यसवेलाका विद्यार्थीलाइ आइएस्सी उत्र्तीण हुन झण्डै तीन वर्ष लाग्यो । कारण थियो– ४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तन ।
विएस्सी पार गरे ०५१ सालमा त्रिचन्द्रबाटै । मास्र्टसमा उनको रोजाई केमेष्ट्री बन्न पुग्यो । केमेष्ट्रीलाई रुचाउनुको कारण मध्ये एक थिए मामा प्राडा छविलाल गजुरेल । जो त्यस समयमा नाम चलेका रसायनशास्त्रका प्राध्यापक थिए । सायद मामाकै प्रेरणा र सिकाइको प्रतिफल हुनुपर्दछ एमएस्सी दुबै वर्षमा टप गर्न सफल भए पराजुली । ०५४ सालमा एमएस्सीको गोल्डमेडलिष्ट हुन उनी ।

जागिरे यात्रा
बजारमा नबिक्ने कुरै थिएन, ५४ सालको त्रिविको गोल्डमेडलिष्ट जो थिए उनी । काठमाडौं विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धा अन्तर्गत लेक्चररको माग गरेको थियो । नाम निस्कियो । त्यसैवर्ष चैत्र ४ गते उक्त विश्विद्यालयमा लेक्चररको रुपमा नियुक्त भए उनी ।

अध्ययनका लागि कोरिया
काठमाडौं विश्वविद्यालयमा साढे दुई वर्ष पढाएपछि दक्षिण कोरियामा विद्यावारिधी गर्ने अफर आयो । त्यहाँको ‘सनमुन विश्वविद्यालय’ तिर लम्कियो उनको पाइला । बेतलवी विदामा गएका उनले चार वर्ष लगाएर २०६१ मा वायोकेमेष्ट्रीमा विद्यावारिधी हासिल गरे । उनको विद्यावारिधिको विषय थियो ‘एन्टिबायटिक’ । नेपालको पढाइमा वायोटेक्नोलोजी, माइक्रोवायोलोजी व्याकराउण्ड नभएकाले कोरियामा एकवर्ष संघर्ष प¥र्यो उनलाइ । नेपालको शिक्षाको कुनै व्याकराउण्ड त्यता म्याच भएन,मेहनत दोव्वर पारे र चारवर्षमा विद्यावारिधी सकाए । पिएचडी गराउने प्रोफेसर थिए– सङ जे कोयङ ।

काठमाडौं विश्वविद्यालयमा जे देखियो/भोगियो
वि. सं. २०६१ मा दक्षिण कोरियावाट विद्यावारिधी गरेर स्वदेश फर्किए पछि काठमाडौं विश्वविद्यालयमै पढाउन थाले उनले । लेक्चररवाट असिसेन्ट प्रोफेसरमा बढुवा भए । त्यस समय काठमाडौं विश्वविद्यालयको उपकूलपति सुरेशराज शर्मा थिए । बायोटेक्नोलोजी डिर्पाटमेन्ट खोलिएको थियो । म त्यसकै कोर्सहरु पढाउथे ।

त्यहाँ एक जना भारतीयलाई ८० हजार तलव दिएर हेड अफ डिर्पाटमेन्ट बनाइएको थियो । जुन पराजुलीलाइ पटक्कै चित्त बुझेको थिएन । ‘उनलाई वायोटेक्नोलोजीको धेरै ज्ञान नै थिएन । उताका रिटार्यड थिए । हामी नै सक्षम छौं भने हामीलाई भन्दा वढि तलव दिएर किन ल्याउनु प¥र्यो भनी मैले विरोध गरे’ पराजुली भन्छन– ‘मेरो विरोधलाई प्रशासनले रुचाएन।’ उनले काठमाडौं विश्वविद्यालयको कमी कमजोरी र सुधारका पक्षहरुवारे भावनाहरु कान्तिपुरमा लेख पनि लेखे । ‘त्यस पछाडि प्रशासनको त म तारो बन्न पुगे’ पराजुली भन्छन– ‘ त्यसबेला डा सीताराम अधिकारी रजिष्टार थिए ।’

पोष्टडककालागि कोरियादेखि अमेरिकासम्म
मलाई जर्मनी, अमेरिका र कोरियाबाट पोष्टडकको अफर आइरहेको थियो । पोष्टडक गर्न म पुन दक्षिण कोरियानै गए । इवा वुमन युनिभर्सिटीवाट पोष्टडक गरे । तीन वर्षे पोष्टडक पछि म त्यहाँ रिर्सच प्रोफेसर भए । २००९को अन्त्यमा पोष्टडककै लागि अमेरिका गए । ‘इन्जाइम इन्जिनियरिङमा’ पोट्रिनको स्टक्चर कसरी बदल्न सकिन्छ भन्ने विषयमा नर्थ क्यारालेना स्टेट यूनिभर्सिटीमा २ वर्ष पोष्टडक गरे ।

केयुले दिएको धोखा
२०१२ को सुरुमा पराजुली नेपाल फर्किए । पहिला काम गरेको विश्वविद्यालय केयू गए । उपकुलपति सुरेशराज शर्मालाई भेटे । शर्माले प्रसंसा नै गरे, स्वदेश फर्किएकोमा । ‘उपकुलपतिले बायोटेक्नोलोजी डिमार्टमेन्टमा काम गर्नुस । तपाईको एक्सपर्टिज विश्वविद्यालयलाई आवश्यक छ भन्नुभयो’ पराजुलीले केयुले गरेको प्राज्ञिक बेइमानीलाई सम्झिए– २०६८ चैत्रमा साइन्सका तत्कालीन डीन पन्ना थापा, वायोटेक्नोलोजी विभागका विभागीय प्रमुख डा टिका बहादुर कार्कीले अन्र्तर्वाता लिनुभयो । सहप्रध्यापकमा नियुक्त गरिने, सोमवार देखि क्लास लिन भन्नुभयो । तर अन्र्तवार्ताको भोलीपल्ट डीनले तपाईलाई नियुक्त गर्न सकिएन सरि भन्नुभयो । बुझ्दै जाँदा राजनीतिक दवाव परेको रहेछ । नेपालमा पढेर मात्र नहुने रहेछ । राजनीतिक पृष्ठभूमी पनि चाहिने रहेछ ।’ मेरो नियुक्ती रोक्नुको पछाडि केही व्यक्तिको ‘इगो’ कारण थियो ।

निष्ट फाउन्डेसनसँगको सहकार्य
यसपछि उनले निष्ट फाउण्डेसनका अध्यक्ष डा माधव वराललाई भेटे । ‘उहाँले बायोटेक्नोलोजी कार्यक्रम खोलौ न त भन्ने प्रस्ताव राख्नुभयो’ पराजुली भन्छन ‘उहाँ र म त्रिविमा गएर कुराकानी ग¥यौं । त्रिविले त्यसबेला एमएस्सी वायोटेक्नोलोजी कार्यक्रम सम्बन्धनका लागि निवेदन आह्वान गरेको थियो । त्रिविकै वायोटेक्नोलोजी विभागले भने नीजि क्षेत्रलाई सम्बन्धन दिनै हुन्न भनेर चर्काे विरोध गरिरहेको थियो । विरोधका बाबजुद पनि डिन, रजिष्टार, रेक्टर सबैलाई कन्भिस गराएर सम्बन्धन लिन सफल भएको पराजुली बताउछन । त्रिविले धरानमा रहेको सुनसरी टेक्निकल र निष्टको नेशनल कलेज, नयाँबजार लाई सम्बन्ध दिएको थियो, २४ सिटको । त्रिविमा पनि जम्मा २४ सिट मात्र थियो ।

त्रिविले २ लाखमा एमएस्सी वायोटेक्नोलोजी पढाइरहेको छ । हामीले पनि गत वर्षसम्म दुइलाखमा नै वायोटेक्नोलोजी विषय पढाइरहेका छौं । विद्यार्थीको रुची यो क्षेत्रमा बढोस भनेर हामीले यसो ग¥र्यौ । कुराकानीकै क्रममा उनी भन्दछन ‘वायोटेक्नोलोजीको क्षेत्र रोजगार खोज्ने क्षेत्र नभई आफैं रोजगारी श्रृजना गर्ने क्षेत्र बन्नुपर्दछ । चार पाँच जना मान्छे मिलेर आफैं रोजगारीको काम गर्न सकिन्छ । जस्तो डिजिज डायग्नोसिसमा आफैं ल्याव खोल्न सकिन्छ । टिस्युकल्चरमा काम गर्न सकिन्छ । हामी रेडिमेट जागिर खोज्छौं । यही नै हाम्रो कमजोरी हो ।’

एकातिर सरकारले यस्तो काम गर भनी क्षेत्र नछुट्याउने, न त विद्यार्थीहरु नै यो क्षेत्रमा अनुसन्धान गरी अगाडि वढ्छु भन्ने सोच्ने, न त शिक्षणसंस्थाहरुले नै प्रमोट गरेका छन । बेरोजगारीका ठूला तीन कारण यीनै ठान्छन उनी । ‘वायोटेक्नोलोजी पढेर जागिर खोज्ने होइन कि आफैं रोजगारी श्रृजना गर्ने हुनुपर्दछ’ अनुसनधानको गहिराइ बुझ्न आग्रह गर्छन उनी । विद्यार्थीहरुलाई कसरी अनुसन्धानमा अभस्त्य बनाउन सकिन्छ भनेर फुर्सदको समयमा पनि उनी चिन्तन/मनन गरिरहेका हुन्छन ।

वायोटेक्नोलोजी नेपालमा
विश्वमा वायोटेक्नोलोजीको प्रयोग तिब्र रुपमा भइरहे पनि नेपालमा यसले गति लिन सकेको छैन । ५ दसको लामो अवधीमा पनि नेपालले वायोटेक्नोलोजीमा सफलता प्राप्त गर्न नसक्नुको कारण खोज्नु र यसलाइ आर्थिक विकासको अभिन्न अङ्गको रुपमा विकास गर्नु अनिवार्य भइसकेको छ । वायोटेक्नोलोजीको विविधता भित्र देसको आर्थिक विकासमा सहयोग पुराउन सक्ने क्षेत्रमध्ये फार्मास्युटिकल वायोटेक्नोलोजी एक हो । जसअन्तर्गत देसभित्रै खपत र निर्यात हुनेगरी वृहत औषधी उद्योग खोल्न सकिन्छ । नेपालमा विश्वमा पाइने करिव १० प्रतिशत मेडिसिनल वनस्पति पाइने अनुमान गरिएपनि तिनको जेनेटिक लेभलमा अध्ययन अनुसन्धान हुन सकेको छैन । नत साधारण किसिमबाटै औषधिको उत्पादन हुनसकेको छ । आज विश्वमा सबैभन्दा प्रचलित औषधीहरु मध्ये ४० प्रतिशत लिभिङ अर्गा्निज्मबाट उत्पादन गरिन्छ, जसको व्यापार २५ विलियन अमेरिकी डलर छ । ति लिभिङ अर्गा्निज्मको प्रमुख स्रोत पानी वा माटोमा पाइने वाक्टेरिया हुन । त्यसैले नेपालका पनि विभिन्न भु(भागमा पाइने पानी वा माटोबाट वाक्टेरिया निकालेर त्यसबाट हाल बजारमा पाइने जेन्टामाइसिन, नियोमाइसिन, भ्याङ्कोमाइसिन जस्ता एन्टिवायोटिक्स उत्पादन गर्न सकिन्छ ।

दक्षिण कोरिया र नेपालको विज्ञान
लामो समयसम्म कोरियामा रहँदा उनको आँखाले देखे÷भोगेको अनुभवले भन्दछ इलोक्टोनिक्स पछि उनीहरुले इम्पोट गर्ने भनेको एन्टिवायटिक्स नै हो । उनीहरु एन्टिवायटिक्समा लिडर नै भइसकेका छन । एन्टिवायटिक्सको न्यू प्रडक्सन,न्यू जनेरेसन,न्यू प्याटेन्ट यूएस मै हुन्छ । त्यस्लाई गरिव देशमा बेच्ने काम दक्षिण कोरियाले गर्दै आएको छ ।

टियुमा यस्तो दुर्गति
२०६९ साल असोज १ गते टियूकै इतिहासमा पहिलोपटक सह प्रध्यापक,प्रध्यापकहरुको आह्वान गर्यो । त्रिविकै इतिहासमा दिपेन्द्र झाले जानी बुझेरै टियूको विज्ञापन समावेशी भएन भनि रिट हाल्नुभयो । त्यसको भोलीपल्टै इस्टे अर्डर जारी भयो न्यायधिस गिरीशचन्द्र लाल बाट । अहिलेसम्म पेन्डिङमा नै छ त्यो केस । टियुमा फ्याकल्टी बन्ने बाटो नै बन्द भइगयो ।

नेपालमा अनुसन्धानका समस्या
अमेरिका, जापानलगायतका मुलुकले कुल गाहस्र्थ्य उत्पादनको करिब ३ प्रतिशत अनुसन्धानमा खर्च गर्छन् तर नेपालले भने कुल बजेटको ०.३ प्रतिशतमात्र लगानी गरेको छ विज्ञानमा । विश्वविधालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम अत्यन्तै कमजोर छ। लाइफ साइन्समा प्रयोग हुने सामग्री युरोप र अमेरिकामा भन्दा २–३ गुणा महंगो पर्छ नेपालमा। त्यसको कारण पनि अपेक्षाअनुसार विज्ञानका क्षेत्रमा काम हुनसकेको छैन। केही समयपहिले नाष्टले ’डीएनए सिक्वइन्सर’ खरिद गरेको छ। यसबाट पक्कै पनि अनुसन्धानको गुणस्तरमा सुधार हुने देखिन्छ। तर यसको नियमित सञ्चालनमा भने ढुक्क हुन नसकिने देखिन्छ। त्यसबाहेक त्रिविले अब इन्स्टिच्युुट अफ लाइफ साइन्स खोलेर त्यस अन्तरगत स्नातक र स्नातकोत्तर तहमा क्यान्सर बायोलोजी, बायोफिजिक्स, बायोलोजिकल केमेस्ट्रि, मलिक्युलर बायोलोजी, बायोटेक्नोलोजी, बायोमटेरियल साइन्सजस्ता विषयमा पढाइ सुरु गर्नु आवश्यक देखिन्छ। त्यसो गरिए विज्ञान शिक्षामा आधुनीकरण गर्दै गुणस्तर सुधार्न सकिन्छ।

नेपालमा विज्ञानका क्षेत्रको थप सुधार गर्न त्रिविमा केन्द्रीय उपकरण प्रयोगशाला खुल्नु आवश्यक छ। त्यसमा एनएमआर, एल्सि–मास, जिसि–मास, सेम, टेम, डिएनए सिक्वइन्सर, सेन्थेसाइजरजस्ता उपकरण हुनुपर्छ। विज्ञान अनुसन्धानमा विद्यमान अन्य समस्यामा सम्बन्धित निकायबीच सहकार्य र समन्वयको अभाव, सरकारको नीतिगत अस्पष्टता र काममा दोहोरोपन रहेका छन्। यिनमा सुधार गर्न पनि सम्बन्धित निकायले पहल गर्नुपर्छ।

विवाह बन्धन
समाजशास्त्री डा माधवी भट्ट उनको जीवनसंगिनी हुन । २०५९ सालमा वैवाहिक बन्धनमा वाधिएका उनीहरुका दुइ छोरा छन। डा भट्ट पत्रकारीता र समाजशास्त्र क्षेत्रको, डा निरञ्जन पराजुली परे विज्ञान तथा प्रविधिको अनुसन्धानमा दत्तचित्त भएर लाग्ने । यही कारण दुबैको जीवनको रथ दौडिरहेको छ ।

जीवन दर्शन
कोरिया र अमेरिकाबाट मान्छेहरु कर्ममा दत्तचित्त भएर लाग्दा सफलता प्राप्त गरेकाछन । उनीहरुलाई त्यसैले सन्तृष्ठी दिएको छ । नेपालीहरु पनि मेहनत नगर्ने होइनन् तर हाम्रो श्रम, पसिना र विवेक गलत ठाँउमा प्रयोग भइरहेको छ । निरन्तर मेहनत गर्ने,काम गर्ने बानी बसाल्ने हो भने परिणाम आफैं पछि लागेर आउछ ।
निष्ट कलेजसँगको सहकार्यमा उनले ट्वास,एडिवि, र नाष्टबाट आर्थिक सहयोग जुटाइरहेका छन अनुसन्धान गर्न । प्राइभेट कलेजमा समेत अनुसन्धान गर्न सहयोग जुटाउन सकिएको छ भने ठूलो स्थानमा बसेर काम गर्ने हो भने नेपालमा पनि अनुसन्धानका कामहरु गर्न सकिन्छ भन्ने उनको ठम्याई छ ।

धर्मप्रतिको धारणा
धर्म छोड्न नसक्नुका विविध कारण छन । यो इश्वरले गरेको भन्ने मान्दिन । म आफूलाई धर्मनिरपेक्ष मान्छु । प्रकृतिको नियम मान्छु, त्यस विषयमा ग्रिक सभ्यता देखि तर सर्वाेच्च शक्ति भन्ने मान्दिन । यो अझै पनि रहस्य कै कुरा हो ।

प्रस्तुतिः हरि गजुरेल

The post मेरो रोजाई जैविकप्रविधि– डा. निरञ्जन पराजुली first appeared on

सुक्ष्मजीव विज्ञानका ‘तारा’
‘जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन, उनीहरु हरेक काम फरक ढंगले गर्छन ।’ शिव खेडाले सायदै यो भनाई उनको लागि भनेका थिए । तर, समयचक्रले मेल खाने बनाइदियो ।  आफ्नो जीवन जति जिए मस्तले जिए । जति सोचे केवल विज्ञान तथा प्रविधिको हित मात्रै सोचे । उनलाई नजिक बाट चिन्ने जान्नेहरु भन्छन ‘विज्ञान तथा प्रविधि उनको नशा नशामा थियो । खाँदा, सुत्दा बस्दा, हिड्दा केवल उनी सोच्दथे त कसरी विकास गर्न सकिएला नेपालमा विज्ञान तथा प्रविधिको ?’

विज्ञान तथा प्रविधि शिक्षा अन्र्तगतको कान्छो विधा हो माइक्रोवायोलोजी । यो शिक्षा नेपालमा भित्रियो ३६ सालमा । औला भाचेर गन्दा यो शिक्षा नेपालमा प्रवेश पाएको ३६ वर्ष बितिसकेको छ । एकिन तथ्यांक नभए पनि हालसम्म नेपालमा स्नातक २३ हजार र स्नातकोत्तर ४ हजार गरी करिब २७ हजार पोख्त माइक्रोवायोलोजीस्ट उत्पादन भइसकेका छन् । यी सबैको पछाडि उल्लेख्य योगदान छ प्राडा शितलराज वस्नेतको ।

जन्म
७३ वर्ष अगाडि काठमाडौं खाल्डोको महराजगञ्जमा जन्मिएका हुन उनी ।स्वर्गीय पिता कृष्ण बहादुर बस्नेत र माता स्वर्गीय जगतकुमारी बस्नेतको माइलो सन्तानको रुपमा । विंस १९९९ भाद्र ३१ गते । उनको, जिजुवुवा देखि हजुरवुवा, पिता सबै आर्मीमै कार्यरत । तत्कालिन समयमा मोहन शमशेर राणा प्रधानमन्त्री हुँदा पिता कृष्ण बहादुर बस्नेत कर्णेलसम्म बन्न पुगेका थिए । पितापूर्खाहरुको राइफल र तोप समाउने हात, त्यही विँडो थाम्ने अपेक्षा थियो परिवारजनको, तर उनी निस्किए ‘सरस्वती’ को परमभक्त अर्थात कलमप्रेमी बनेर । उनले थामेनन्, पिता पूर्खाको विडों तर उनी अजिव बनेर निस्किए । नेपालमा किटपतंक र जीवजन्तुको अध्ययन÷अनुसन्धान गर्ने अव्वल पात्र ।

शिक्षा, दिक्षा
औपचारिक शिक्षा घरबाटै भयो । विसं २०१४ सालमा पद्मोदय हाइस्कूलबाट एसएलसी उत्र्तीण गरे । राम्रो अंक ल्याएर एसएलसी उत्र्तीण गरेसँगै उनको रोजाई विज्ञान शिक्षा पर्न पुग्यो । सानै देखि किटपतंक, जीव जन्तु देखेपछि त्यतै तिर घोत्लिरहने स्वभाव थियो उनको । यही स्वभावले डोह्याउदै उनलाई त्रिचन्द्र कलेजमा उभायो । विज्ञान प्रतिको तिव्र लगावका कारण त्रिचन्द्र कलेजमा भर्ना हुन पुगे । सोही कलेजबाट उनले ०१७ सालमा आइएस्सी उत्र्तीण गरे भने त्यसको ४ वर्ष पछाडि त्रिचन्द्रबाटै २०२१ सालमा विएस्सी उत्र्तीण गर्न सफल भए । वि सं २०२५ जेष्ठ २४ गते एमएस्सी बोटनीमा त्रिचन्द्र कलेजबाट हासिल गर्न सफल भए ।

जागिरे यात्रा
एमएस्सी उत्र्तीण भएसँगै केही समय एग्रिकल्चर डिर्पाटमेन्ट खुमलटारमा विज्ञको रुपमा कार्यरत रहे । प्रध्यापन पेशामा उहाँको आगमन २०२६ सालमा त्रि–चन्द्र कलेजमा अस्थायी शिक्षकको रुपमा सुरुवात भयो । विसं २०२७ साल अषाढमा स्थायी शिक्षकको रुपमा प्रध्यापक नियुक्त हुँदै पाटन क्याम्पसको प्रथम ‘हेड अफ दि डिर्पाटमेन्ट’ पनि बन्न सफल भए ।

विवाह बन्धन
प्रोफसर नारायण मानन्धर त्रिचन्द्र कलेजमा प्रध्यापक थिए । मानन्धर नेपालबाटै संष्कृत विषयमा पहिलो पटक विद्यावारिधि गर्ने व्यक्ति । त्यही अध्यापन गराउथें शितलवावु बस्नेत । यही भेट भएको थियो देवी मानन्धरसँग । जो नेपालबाट भौतिक विज्ञानमा स्नातककोत्तर गर्न पहिलो महिला । उनले भारतको पटना विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिईन । देवी र शितलको मनको ‘नेटवर्क’ले मेल खाएसँगै ‘कनेक्सन’ हुनमा केही समस्या भएन यद्यपि अन्तरजातीय विवाह त्यो समय भोगेको सास्ती बेहिसाव छन् । विसं २०२६ साल फागुन १२ बैवाहिक बन्धनमा वाधिन पुग्यो यो जोडी । जुन क्षेत्रमा हात हाल्यो त्यही प्रथम भएरै छाड्ने बस्नेत भौतिक विज्ञानमा एमएस्सी तहको शिक्षा पुरा गर्ने महिलासँग विवाह बन्धनमा वाधिए । दुर्गाको जागिरे यात्रा भने त्रिचन्द्र क्याम्पसमै भयो वि.सं. २०१९ देखि २०५२ साल सम्म । अहिलेको समयमा अझै अन्र्तजातीय विवाह अस्वीकृत छ भने आजभन्दा ५० वर्ष अगाडि अझैं क्याप्टेनको घरभित्रै अन्र्तजातीय विवाह गर्दा उनले के कस्ता सास्ती बेहोर्नु पर्यो होला हामी अनुमान मात्र लगाउन सक्छौं ।

विद्यावारिधिका लागि पुना युनिभर्सिटी
झण्डै सात वर्ष प्रध्यापन पेशा अँगालिसकेपछि लाग्यो, अगाडि जानैपर्दछ, त्यसकै लागि उच्च शिक्षा अध्ययन गर्नुपर्दछ । एक मूठी सास त प्राणी र जीवजन्तुले पनि अडाएको हुन्छ । फरक काम गर्नु नै मान्छेको सही पहिचान हो । यही सोचेर उनी लागे कोलम्वो प्लान अन्र्तगत विद्यावारिधि गर्नका लागि पुना विश्वविद्यालय तिर । विएस्सी र एमएस्सी तहमा उनी थिए वोटनीका विद्यार्थी । तर पुनामा पुगेपछि लाग्यो यो भन्दा माइक्रोवायोलोजी विषय नै उत्तम हुन्छ । यही सोचेर उनले पाँच वर्षको अथक मेहनत र कडा परिश्रम पछाडि नामको अगाडि डाक्टर उपनाम जोडिन पुग्यो अर्थात डा शितलराज बस्नेत । विसं २०३७ विद्यावारिधि सकाएर स्वदेश फिर्ता भए । पुना विश्वविद्यालयमा अध्ययन गर्दा उनका सहपाठीहरु अर्थमन्त्री रामशरण महत्त, साहित्यकार धु्रवचन्द्र गौतम, सभासद् नारायण खड्का, तुलसी पाठक जो केमेष्ट्रीमा प्रोफेसर समेत हुनुहुन्छ ।

माइक्रोवायोलोजी विभागको स्थापना
फरक ढंगबाट फरक काम गर्नुपर्दछ भन्ने बुझेका बस्नेतले ३७ साल भाद्र १४ गते देखि त्रिचन्द्र कलेजमा माइक्रोवायोलोजी विषयमा अध्यापन गराउन सुरु गरेें । त्यो समय माइक्रोबायोलोजी विषयको अध्यापन नेपालमा हुदैनथ्यो । उनैले यो विषयलाई नेपालमा भित्राए । त्रिचन्द्र कलेजमा पढाइहुन्थ्यो माइक्रोवायोलोजी, त्यो पनि एमएस्सी तहमा मात्र । त्रिचन्द्र कलेज नै नेपालको पहिलो माइक्रोवायोलोजी अध्ययन÷अध्यापन हुने कलेज बन्न पुग्यो । पढाई त हुन्थ्यो तर माइक्रोवायोलोजीको आफ्नै छुट्टै विभाग थिएन । जुलोजी विभाग अन्र्तगत रही माइक्रोवायोलोजीको अध्ययन÷अध्यापन हुँदै आइरहेको थियो । अनेक हण्डर ठक्कर खादैं त्यसको पहिलो विभागिय प्रमुखको रुपमा रहन सफल भए । करिव १० वर्ष सम्म सोही विभाग अन्र्तगत रही अध्ययन÷अध्यापन गराए ।

हामी त्यँही बन्छौं, जुन काम हामी निरन्तर गर्दछौं त्यसैले काम होइन, काम गर्न बानीले हामीलाई सफलताको शिखरमा पुर्याउँछ । अरस्तुले भनेझै कठिन परिस्थितीका वावजुत पनि उनी निरन्तर काम गरी रहे । यस बीचमा खाएका चोट र ठक्कर बेहिसाव छन् । असफल भएपछि तपाई निराश हुन सक्नुहुन्छ, यदी तपाईले कोसिस गर्नुभएन भने त झन नोक्सान नै हुन्छ भन्ने राम्रैसँग सिकेका शितल जीवनमा कहिल्यै निराश भएनन् । र त्यसकै प्रतिफल २०४३ साल देखि माइक्रोवायोलोजी विषय अध्यापन गराउने पहिलो स्थायी सह प्रध्यापक हुदै प्रध्यापक समेत बन्न सफल भए ।

माइक्रोवायोलोजी विषयको नेपालमा अध्ययन÷अध्यापन हुन थालेको १० वर्ष पछाडि त्रिविविमा नै माइक्रोवायोलोजी केन्द्रीय विभागको स्थापना भयो २०४७ सालमा । उनी नै त्यसको संस्थापक । त्रिविविले उनैलाई नै पहिलो विभागिय प्रमुखको रुपमा नियुक्त गर्र्यो । उनको निरन्तर काम प्रतिको मेहनत र लगावकै कारण हो नेपालमा भित्रिएको सुक्ष्मजीवविज्ञान । सोही मेहनतको प्रतिफल ५५ साल बैंशाख २४ गते दोस्रो पटक सोही विभागको विभागिय प्रमुख रहन सफल भए । ४५ वर्षको प्रध्यापन अनुभव बटुल्दै ६२ साल मंसिर १६ गतेबाट अवकास पाए । विश्वकै कान्छो विज्ञान, माइक्रोवायोलोजी अर्थात सुक्ष्मजीव विज्ञानको अध्ययन र अध्यापन क्षेत्रमा नेपालको प्रगति अति नै उल्लेखनीय छ, अनुकरणीय छ । वि.सं. १९९२ बाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा शुरु भएको यो विषयको अध्यापन निजी क्षेत्रमा नेशनल कलेज हुँदै आज दर्जनभन्दा बढी सरकारी तथा निजी कलेजहरुमा फैलिएको छ । अपुष्ट तथ्यांक अनुसार हालसम्म नेपालमा स्नातक २३ हजार र स्नातकोत्तर ४ हजार गरी करिब २७ हजार पोख्त माइक्रोवायोलोजीस्ट उत्पादन भइसकेका छन् । स्नातकोत्तरमध्ये दुई तिहाई बढी मेडिकल माइक्रोवायोलोजिस्ट छन् । यो सबैको पछाडि उनकै देन रहेको छ ।

अवकास पछिको जीवन
राल्फ वाल्डो इमर्सनले कतै भनेका छन, ‘हामी तब मात्र कुनै व्यक्तिको उमेर गन्छौ जब उसँग गन्ने अरू केही हुँदैन ।’ अधिकांश सफल व्यक्तिहरुको जीवनको पाना पल्टाउने हो भने सफलतासँग उमेरको कुनै साइनो सम्बन्ध रहेको पाइदैन । र पनि हामी आफ्नो उमेर गनिरहन्छौं । मन, आत्मा, उत्साह, विश्वास कहिल्यै बुढो हुँदैनन् भन्ने कुराको ज्वलन्त उदहरण थिए बस्नेत । मनस्थिती भन्दा परिस्थिती सच्याउन पर्दछ भन्ने सोच्दथे सदैव ।

अवकास पछिका जीवनमा पनि उनी कहिल्यै निष्क्रिय भएनन् । सधैं उत्तिकै जोश र उत्साहका साथ काम गरिरहे । अवकाश पछि सेन्ट जेभियर्स, इन्भरमेन्ट साइन्स, केसिएसटी कालिमाटी, पिपल्स डेन्टल लगायतका विभिन्न कलेजहरुमा माइक्रोवायोलोजी डिर्पाटमेन्टहरु स्थापना गर्नमा उनको अतुलनीय योगदान रह्यो । कालिमाटिमा रहेको केसिएसटी कलेजको उनी माइक्रोवायोलोजी विभागको हेड अफ दि डिर्पाटमेन्ट सम्म थिए । दुर्घटनामा पर्नु अगाडि गत श्रावण २८ गतेसम्म अध्ययन÷अध्यापन गर्नमै व्यस्त थिए । झण्डै ६३ साल देखि यता उनी यही विभागमा क्रियाशिल थिए । यस्का अलवा उनी मेम्वर सब्जेट कमिटि माइक्रोवायोलोजी त्रिविवि अन्र्तगत रहेर पनि उल्लेख्य काम गर्न सफल भए ।

सम्मान तथा पदक
‘हुने विरुवाको चिल्लो पात’ भनेझै सानै उमेर देखिको तेज वुद्धिका धनी बस्नेतले विज्ञान तथा प्रविधिको क्षेत्रम पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले महेन्द्र विद्याभूषण ‘ख’ २०२२ सालमा नै सम्मान प्रदान गरेको थियो, एमएस्सी इन बोट्नीमा उत्कृष्ण अंक ल्याएर उत्र्तीण भए सँगै । त्यस्तै, भारतको पुना विश्वविद्यालयबाट विद्यावारिधी गरी फर्किएसँगैं महेन्द्र विद्याभूषण क बाट सम्मान गरिएको थियो । यसका अलवा जनपद सेवा पदक, एसिया सेवा पदक ०५३ साल लगायतका विभिन्न सम्मान बाट उनी सम्मानित भएका छन ।

जता पनि पहिलो
एक महान अवसर हो – जिन्दगी । ठूलाठूला वैज्ञानिक बन्ने अवसर, दर्शन विज्ञान अनि गणितको खोजी गर्ने अवसर । यही अवसरको भरपुर उपयोग गरेर उनी धेरै कुरामा पहिलो बने । नेपालमा माइक्रोवायोलोजी विभाग खोल्ने उनी नै प्रथम व्यक्ति बन्न पुगे । त्यस्तै विएस्सी तहमा समेत उनैले पहिलो पटक नेपालमा यो विभाग भित्राउनका लागि उल्लेख्य योगदान पुर्याए । त्यतिखेर जुलोजी विभाग अन्र्तगत रही अध्ययन÷ अध्यापन हुदै आएको विभागलाई त्रिभुवन विश्वविद्यालय अन्र्तगत राखी अध्ययन÷अध्यापन गराएको जस समेत उनैलाई जान्छ । उनले जे मा हात हाले त्यही क्षेत्रमा सफल भए, पहिलो बन्न पुगे । त्यस्तै प्रथम सव्जेट कमिटि मेम्बर समेत रही कम गरेको अनुभव उनीसँग थियो । उनैको योगदान र देनको प्रतिफल ४७ सालसम्म केन्द्रीय क्याम्पसको पहुँचमा नपाएको यो विभाग अन्र्तगत सम्बन्ध लिई हाल एमएस्सी माइक्रोवायोलोजी हाल ११ स्थानमा पठाइहुन्छ । कम्तिमा पनि ६० जना विद्यार्थीहरु उनको अन्डरमा रहेर पिएचडी गरेका छन् । आज पनि विएस्सी तहमा त्रिविवि अन्र्तगतको त्रिचन्द्र कलेजमा हरेक व्याजमा ६ सयका हाराहारीमा विद्यार्थी भर्ना हुन्छ । त्यो उनकै देन हो ।

माइक्रो वायोलोजिष्टको दुःख
मेडिकल माइक्रोवायोलोजीका ज्ञाता र दक्षता भएका उनीहरुको कर्मस्थल र क्षमता प्रदर्शनस्थल अस्पताल, प्रयोगशाला तथा मेडिकल कलेज नै हो, अस्पताल तथा प्रयोगशालामा प्राविधिकका रुपमा तथा मेडिकल कलेजमा अध्यापक तथा अनुसन्धानकर्ताका रुपमा । तर यसको लागि उनीहरुलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट स्वीकृति (लाइसेन्सको आवश्यकता पर्दछ । त्यो स्वीकृति परिषद्ले नेपालको त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका मेडिकल माइक्रोवायोलोजिस्टलाई दिएको छैन÷दिंदैन । यसर्थ, उनीहरु आफ्नो सीप, क्षमता र दक्षता प्रयोग गर्ने कर्मस्थल छिर्नबाट बञ्चित हुनुपरेको छ । यसरी एकातिर नेपालमा शिक्षा क्षेत्रको विकास र विस्तारको वेगलाई उत्पादन र सेवा क्षेत्रले पछ्याउन नसक्दा पर्याप्त रोजगार सृजना नभएकाले वेरोजगार शिक्षित बढेको छ भने अर्कोतर्फ रोजगारको क्षेत्रमा जानबाट रोकेर मेडिकल माइक्रोवायोलोजिस्टलाई पीडामाथि पीडा थप्ने काम भएको छ ।

सन्तान सुख
भनिन्छ संसारको सबैसुख भन्दा ठूलो सुख भन्नुनै सन्तान सुख हो । उनको कोखबाट एक छोरा एक छोरीको जन्मभयो । आफ्नो जीवनको जति कालखण्ड बाँचे उनी व्यक्तिगत भन्दा माइक्रोवायोलोजीको अध्ययन÷अनुसन्धानमै केन्द्रीत रहेर विताए । अमेरिकामा उनको रिकमेन्डेसनमा विद्यार्थीहरु पढ्दैछन् । छोरा थाङ्का आर्टिस्टको रुपमा क्रियाशिल छन् । उनकी छोरी शैला बस्नेत माइक्रोवायोलोजी विभागमै अध्यापन गराउदै आइरहेकी छिन् । शैला भन्छिन‘ एउटा असल पितामा हुनुपर्ने सबै प्रकारको गुण थियो पितामा, कसैलाई कहिल्यै ठूलो स्वरमा कराउनुभएन । सधै नाम जस्तै स्वभाव पनि शितलनै रह्यो उनको । आमाको माया ममता र प्रेरणाबाट शैला माइक्रावायोलोजीकै विद्यार्थी बन्न आइपुगिन । मावली तर्फको हजुरवुवा पुस्ताले अपनाएको शिक्षण पेशा आमा हुँदै उनीसम्म आइपुगेको छ । आफूसँग भएको ज्ञान अरु विद्यार्थीहरुमा वाढ्न पाउँदा जति खुशी छिन त्यो भन्दा वढि खुशी आफ्नै पिताको विडो थाम्न पाउँदा छिन ।

कहिल्यै नअस्ताउने तारा
उनी बाँचे हरेक काम फरक ढंग र तरिकाबाटै गरे । यही कारण हो, उनको भौतिक शरीर अव हाम्रो माझमा नरहे पनि उनले रोपेर गएको देन विज्ञान र शिक्षाको क्षेत्रले उनलाई स्मरण गरिरहेको छ । र यूगयूग सम्म गरिरहने छ एउटा कहिल्यै नअस्ताउने चम्किलो ताराको रुपमा । नेपालमा सुक्ष्मजीव विज्ञानको क्षेत्रमा स्वर्णीम योगदान दिन सफल व्यक्ति नेपाली जगतमा शिक्षाको उज्यालो प्रकाश छर्नको निमित्त धेरै संर्घष गर्नुप¥यो । गत श्रावण ३० गते शंकरदेव कलेज पुतलीसडक अगाडि हिडिरहेको अवस्थामा पछाडि बाट मोटरसाइकलमा आएका एक विद्यार्थीको ठक्करबाट विते उनी । मान्छेले जिन्दगीमा कति कमायो र के कमायो भनेर मापन गर्ने चीज जीवन त्याग गर्दाको मलामीको संख्यालाई मान्ने हो भने शितलले कमाए जीवनभरमा लाँखौ विद्यार्थी । जो गत भाद्र ५ गते शिक्षण अस्पतालमा उनी वित्दा देख्न सकिन्थो । उनको लाशका पछाडि उनैले ज्ञान वाढेका विद्यार्थी तथा सहपाठीहरुको ताती । नेपालको विज्ञान प्रविधिको क्षेत्रको उत्थानका लागि उनले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै श्रद्धासुमनरुपी शव्दगुच्छा हामी पनि चढाउनेछौं÷चढाइरहनेछौं ।

प्रस्तुतिः हरि गजुरेल
तस्वीर सौजन्यः रमा खड्का

The post सुक्ष्मजीव विज्ञानका ‘तारा’ first appeared on

इन्जिनियर र कमरेडको उपमा गणेश साह
मार्क ब्याटरसनले भनेका छन, ह्वेन् गड ब्लेसेस् यु फिनान्सियल्ली, डन्ट रेज योर स्ट्याण्डर्ड अफ लिभिङ्, रेज् योर स्टेण्डर्ड अफ गिभिङ्’ (अर्थात् भगवानले तपाइँलाई धन दिए भने आफ्नो जीवनशैली हैन अरूलाई दिने क्षमता बढाऊ) । यो प्रत्येक मानिसको जीवनको मूल मन्त्र हुनुपर्छ । र, यदि हामी सही रूपमा सफल हुन चाहान्छौ भने मानिससँग तीन वटा कुरा आफ्नो हुनुपर्छ । त्यो भनेको ‘मन’ जोसँग सुत्छौं । ‘बोलाइ’ जुन हामी बोल्छौं । र, ‘गराइ’ जुन काम गर्छौं । यो तीनवटा कुरा जसले मिलाउन सक्छ त्यो मान्छे अवश्य सफल हुन्छ । क्षणिक सफलता भनेको सफलता नै होइन । सफलताको एकदम चरम उचाइमा पुग्न सकिन्छ, त्यो सजिलो पनि छ । तर त्यो चरम उचाइमा पुगेपछि त्यहाँ टिकेर बस्न अप्ठ्यारो छ । यदि कोही व्यक्ति त्यो चरम सफलताको उचाइमा पुगेर टिकेर बस्न सकेको छ भने बल्ल त्यसलाई हामी सफल व्यक्ति भन्छौं ।
रिभोसाइन्सले यस अंक नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रमा उचाई चुमेका र त्यो शिखरमा आजसम्म टिकिरहेका एक व्यक्तिको कहानी प्रस्तुत गर्दैंछौ ।

इन्जिनियर कमरेडका रूपमा शहरमा परिचित छन उनी । यही नाम र उपनामले गनिए चुनिएका व्यक्ति हुन इ. गणेश साह । जनकपुरको लोहना गाँउमा जन्मी हुर्की काठमाडौं खाल्डोमा भित्रिएका साहले झेलेका संर्घषका पहाड र चुमेका सफलताका किस्सा आजका हामी जस्ता यूवा पुस्ताका लागि प्रेरणादायी कहानी हुदै हो । यूवाहरूका प्रिय पात्र उनै साहको कहानी,उनकै शव्दमा

जन्म, वाल्यकाल

जनकपुर नजिकै लोहना गाँउको जन्म, मध्यम वर्गिय परिवार । सन् १९४९ मा धनुषामा जन्मेका हुन उनी, पिता स्वर्गीय सीताराम साह, माता देवकी साहको कोखवाट माइलो पुत्रको रूपमा । आफ्नो बालापन सम्झिरहेछन साह यतिखेर मध्यवानेश्वरको आफ्नै निवासमा । भन्छन् ‘मावली मदरापुर भारतमा थियो, हामी भन्दा सम्पन्न ।’ माता पिता खेतीपाति गर्नुहुन्थ्यो । उही कृषक माता पिताका सन्तान आज शहरमा इन्जिनियरको रूपमा जति परिचित छन । त्यो भन्दा वढि व्याज खाइरहेछन मन्त्री पदको । यीनलाई इन्जिनियरको रूपमा जतिले चिन्छन र जान्छन त्यो भन्दा ठूलो संख्याले चिन्दछ विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा । त्यही भूपु भइसकेको मन्त्रीको पदप्रति उनमा उतिसाह्रो आशक्ति छैन  ।

शिक्षा, दिक्षा

भारतबाट गुरूजी ल्याएर घरमै अक्षराभ्भ भयो । आफ्ना् वालापन सम्झदै साह सुनाउछन्— त्यो वेला गुरूको नाम काटेर बोलाउने चलन थिएन । सोही कारण गुरूको नाम याद भएन । ‘लोहना बहनगा’मा यी दुई गाविसको बीचमा थियो कन्टिर झा स्कूल सोही स्कूलले ढोका खोल्यो औपचारिक शिक्षाको । कन्टिर झाले २२ विघा जग्गा दान दिएपछि स्थापना भएको स्कूल हो त्यो । जो अहिले हाइस्कूल बनेको छ । स्कूल शिक्षासँगसँगै अगाडि वढ्यो जनकपुरको पावनभूमीबाट उनको राजनीतिक जीवनको यात्रा ।

नेकपा सयुक्त पार्टीका अध्यक्ष समेत रहेका साह शिक्षा सँग–सँगै राजनीतिको यात्राको सुरूवात भएको सुनाउँछन । सोही स्कूलबाट आठ कक्षा सम्मको शिक्षा पूरा गरेपछि ९ कक्षामा भर्ना हुनका लागि उनको पाइला सरस्वती हाइस्कूलमा पुगेर अडियो  । राणाकालमा नै स्थापना भएको सरस्वती हाइस्कूलकै उत्पादन हुन  । वर्तमान राष्टपति डा. रामवरण यादव । शिक्षाविद् सुरेशराज शर्मा, अहिलेका भौतिक योजना मन्त्री विमलेन्द्र नीधि । सोही स्कूलका विद्यार्थी साह फ्ल्यासव्याकमा स्मरण गर्दछन् कट्टु लगाएर खाली खुट्टा हातमा किताब चेपेर स्कूल गएका ती दिन । हरेक मान्छेका लागि कति प्रिय हुन्छ आफ्नो वालापन, आफ्नो इतिहास । त्यहि आफ्नो वालापन सम्झदै छन साह यतिखेर । अहिले पहाडिया र मधेश बीचको द्वन्द्व सम्झदै्र गर्दा उनको दिमागमा कहिले काही पूरानो यादले झड्का हानेर जान्छ ।

नौ कक्षा पास गरी दश कक्षामा भर्ना हुँदै गर्दामा मधेशी र पहाडियाको झगडा भएको सम्झनामा आउँछ वारम्वार । यही प्रकरण पछि चार शिक्षक र चार विद्यार्थी निष्कासित भए । भन्छन् ‘सभ्भवत म पनि निष्कासित हुन्थे तर स्कूलका सञ्चालक रामसागर साह थिए त्यही कारण म जोगिए ।’

गंगाधर दत्त उक्त स्कूलका प्रचार्य । उहाँबाट नै मैले जीवनमा अनुशासन सिकें । भनिन्छ, मान्छे सफलताको चुचुरोमा पुग्न त सक्छ तर टिकिराख्न सक्दैन । आज गुरू गंगाधरदत्तबाट सिकेको त्यही अनुसाशनको पाठले नै आफू राजधानीमा टिकेको तर्क छ साहको । जीवन सधैं सोचेजस्तो सरल रेखामा कहाँ हिड्छ ? विं. स. २०२१ सालको एसएलसीको नतिजा सम्झदै भन्छन् ‘उल्टो नतिजा निस्कियो ।’

सोचेको थिए दाजुले राखेको रेकर्डलाई क्रमभंग हुन दिन्न अरूणा लामाले गीतमा भनेझैं सोचेजस्तो हुन्न रहेछ जीवन । पीडावोध भयो, समाजमा मुख देखाउनै गाह्रो भयो । भनाई पनि छ मान्छे आफ्नो दुखले भन्दा अरूको प्रगति र सुःखले दुखी हुन्छ । उनको किशोर मस्तिकलाई यही वाक्यले झड्का नहानी रहन सकेन । साथीहरू प्रथम श्रेणीमा उत्र्तीण, म दोश्रो श्रेणीमा ।

मनभरी सपना र झोलाभरी भविष्य बोकेर लोहनालाई विदाईको हात हल्लाउदै उनी काठमाडौं भित्रिए । सम्झन्छन वुवा रक्सोल देखि विरगञ्ज सम्मको बस चढाई दिनका लागि आउनुभएको थियो । विरगञ्जबाट काठमाडौं सम्म दुई वटा मात्र बस चल्दथ्यो । खासै ठूलो सपना थिएन । उच्च शिक्षा अध्ययन गर्ने राजधानी भित्रदा खुद्रा अक्सर अरूले देख्ने जस्तै सपना देख्थे साह जागिर खाने ।

मनु मखुः मस्र्या खः

राजधानी भित्रिएकै दिन सुन्धारा झरी उनी झोंचे तिर लम्किए, जहाँ उनका दाजु डेरा गरी बस्दथें । त्यही घरमा डेराको बास थियो वर्तमान राष्टपति डा. रामवरण यादवको । जव साहले घरको ढोकामा ढकढकाए कसैले सोध्यो को मान्छे हो ? झ्यालबाट हेरेकी अर्काे महिलाले जवाफ फर्काइन माँ, मनु मखु मस्र्या ख ः । आश्चर्य मदेशीलाई काठमाडौंले मान्छेको रूपमा देख्दैन थियो त्यो समय । यस्ता घटनाक्रमहरू उनका जीवनमा घट्दै रहे । यही बीचमा भर्ना भए तत्कालिन पब्लिक साइन्स कलेजमा । र, उनको जीवनमा भेटिएका आर्दश पुरूषहरूको भीडमा थपिए अमृत प्रसाद प्रधान । एसएलसीमा पाएको हण्डर र ठक्करका कारण उनको बुद्धिको विर्काे खोलिसकेको थिए । अध्ययनमा दोव्वर मेहनत लगाए, राजनीतिलाई छाडिदिए परिणाम आइएस्सीमा प्रथम श्रेणीमा उत्र्तीण भए । जीवनका सपनाहरू वयस्क हुँदै थिए । उनका जेठा दाजु गौरी नारायण युगोस्लाभियामा पढ्दैहुनुहुन्थ्यो । जो ४० वर्षको अल्पायुमै दुर्घटनामा परी वित्नुभयो । उहाँकै प्रेरणाले ‘इलोक्ट्रोमेकानिक्स’ विषयमा अध्ययन गर्नका लागि रूस जाने सपना देख्न थाले साह ।

इन्जिनियरिङ मोह

जनकपुरमा हाइस्कूलमा अध्ययन गर्दै गर्दा त्यही आखैं अगाडि देखिन्थ्यो जनकपुर चुरोट कारखाना, जो रसियनहरूले बनाएका थिए । रसियन प्रतिको आकर्षण त्यही बाट बढ्यो । दोस्रो दाजु गौरीनारायणका उत्प्रेरणाका कारण इन्जिनियर प्रतिको मोह रह्यो । आइएस्सी पास गरेपछि स्कोलरसिपको खोजीमा झण्डै डेढ वर्ष डेरामै बसियो साह सुनाउँछन । त्यो बीचमा जेटिए भएर कृषिमा काम गरे । आइएस्सी पास गरेपछि लोकसेवा लडेर जेटिए बने । नार्कको पहिलो जेटिए नै म । अहिलेको नार्क रहेको स्थानमा घाँस उत्पादन गरियो, फार्म चलाइयो । झण्डै ५० वर्ष अगाडिको विगतको पाना केलाउदै छन् साह । दश महिना जेटिए भएर काम गरे । विहान टिउसन पढाउथें, बेलुका आइएस्सी पढ्ने केटालाई टिउसन पढाउथें । संर्घषको प्रतिफल कस्तो निस्कियो भने सेक्सन अफिसरको तलव त्यो समय २५० थियो । त्यो भन्दा वढि पैसा म आफैं कमाउथें । म जुन डेरामा बस्थे त्यही डा. रामदयाल राकेश पनि बस्नुहुन्थ्यो । उनीहरूको नजरमा म हल्लेर खाने धनी बावु आमाको छोरा थिए, तर म काममै तल्लिन हुन्थें । अहिलेका प्लस टु र व्याचलर लेभलका विद्यार्थीहरूका लागि साह सुझाउँछन् विद्यार्थी हुँदा जे जस्तो ‘डर्टि वर्क’ गरियो भने श्रम प्रतिको सम्मान बढाउँदछ । काम सानो ठूलो हुदैन भेटिए र पाए सम्मका काम गर्नुपर्दछ । दीर्घराज कोइराला शिक्षा मन्त्रालयमा हुनुहुन्थ्यो । उहाँ मधेश प्रति सदभाव राख्नुहुन्थ्यो । त्यही समयमा मेरो नाम निस्कियो । फूल स्कोलरसिपमा हामी १३ जना रूस जाने भयौं । चाइना रिर्टन ८ जना थिए । अरू फ्रेस ।

त्यो समय विई कोर्स चार वर्षको हुन्थ्यो एक वर्षको प्रिपेडी फ्याक्ल्टी हुन्थ्यो । त्यहाँ म अध्ययन गर्ने समयमा १ सय १० देशका विद्यार्थीहरू पढ्दथे । अध्ययन गर्दै गर्दा विश्वविद्यालयको नेतृत्व तहमा, युनियनको नेतृत्व तहमा बसेर काम गरें, कहिले महासचिव हुदैं अध्यक्ष सम्म भएर काम गरियो । विरामी भए, कक्षा छोडिन ।
उनीहरूको परीक्षाको सिस्टम नै अर्कै हुन्छ, तीन क्याटोगोरी हुन्छ ।

मस्कोमै क्रान्तिकारी विवाह

विद्यार्थी हुँदा त्यही विवाह गरे । मस्कोस्थित पिपल्स फ्रेन्डशिप विश्वविद्यालयबाट मेकानिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका साह किसान नेता श्रीराम शर्मा (सापकोटा) र सुभद्रा शर्मा सापकोटाकी सुपुत्री कल्याणी शर्मा (साह) सँग विवाह बन्धनमा बाधिए । मस्कोको जनमैत्री विश्वविद्यालयमा कल्याणी साहहरू पढ्न जाने समयमा गणेश साह त्यही विश्वविद्यालयको विद्यार्थी तथा युनियनको नेता । त्यसैले नेपाली विद्यार्थीहरू सुरूमा जाँदा भाषा नजान्ने तथा अन्य समस्या पर्ने हुँदा पहिला गएका विद्यार्थी र युनियनका पदाधिकारीले विशेष सहयोग गर्ने चलनजस्तै थियो । यही क्रममा सन् १९६९ मा कल्याणी साहसँग पहिलो पटक भेट गणेश साहको भेट भयो । सन १९७३ मा मस्कोमै अन्तरजातीय विवाह गर्यौं । नेपाली समाजमा अन्तरजातीय विवाहलाई सहजरूपमा लिने चेतना अझै उठिसकेको छैन । अझ आजभन्दा करिब ३६ वर्ष अगाडि त्यसबेला समाज झनै पछि थियो । त्यसैले त्यसबेलाको समाजमा कल्याणी र गणेश साहले जसरी अन्तरजातीय विवाह गर्नुभयो त्यो आफैमा एउटा क्रान्तिकारी कार्य थियो । मध्यम स्तरीय परिवारमा जन्मिएर राम्रै शिक्षा दिक्षा लिएकी कल्याणी र गणेशको जोडीलाई अन्य विषयले खासै दुःखको अनुभूति गर्नु परेन तर राजनीतिक कारणले भने धेरै संर्घष गर्नुपर्यो । स्वदेश फर्किए सँगै कम्युनिष्ठ मुलुकमा अध्ययन गरी फर्किएका कारण अनेक लाञ्चना लगाउने काम भयो राज्यबाट ।कति जेल नेल भागियो त्यस्को कतै हिसाब छैन । नेपालमा त्यतिखेर निलाम्वर आचार्य,प्रा डा माधव शर्माहरूले भर्खरै मित्रगुञ्जको स्थापना गरेका थिए । नेपाल प्रति रसियनहरूको धेरै ठूलो सद्भाव रहेको पाउछन्, साह भन्छन्, ‘पूर्व पश्चिम राजमर्ग,जनकपुर चुरोट कारखाना,विरगञ्ज चिनी कारखाना,कृषि औजार कारखाना,कान्ती बाल अस्पताल उनीहरूले नै बनाइदिएका हुन ।’

जागिरे यात्रा

रूसबाट फर्किएपछि सुरूमा बालाजु यन्त्रशाला र पछि खानेपानी संस्थानमा जागिर खानपुगे । जागिर खाँदै गर्दा रूसमा पढेर फर्किएकाहरूको संस्था मित्रकुञ्जमा थियौं । ०४२ सालमा त मित्रकुञ्जमा बस्ने सबै कम्युनिष्ट हुन् भन्दै सरकारले साहलाई जागिरबाट बरखास्त गर्दै गिरफ्तार गर्यो ।

त्यही बीचमा बालाजुमा रहेको मेकानिकल ट्रेनिङ्गं सेन्टरमा नौ महिना जति पढाए । त्यतिबेला खानेपानी ढल निकास समिति थियो । दाजुको साथीको पहलमा विश्व विकास बैंकको सहयोगमा सञ्चालित उक्त संस्थामा जागिर भयो । उक्त योजनाको प्रमुख रत्नमान श्रेष्ठ । त्यही दिन जागिर भयो । अहिलेको केयुकेएल । भोलिपल्ट कार्यलय गए । एउटा वल्डिगं मेसिन, दुईवटा डेलिगं मेसिन र दुइजना मिस्त्री मात्र थिए । त्यसले गर्दा म दुःखी भए ।

११ वर्षसम्म सो संस्थामा रोजगारी गरें ।  । जति पनि खानेपानी ‘इलेक्टोमेकानिकल स्टिम’को कामै थिएन त्यतिखेर जति पनि थिए ‘ग्रयाभिटी स्टिम’मा चलेका थिए । म आए पछि पम्पिग स्टिममा गयौं । ४० विएचपीको चापागाँउ, वालाजु पम्प राखेका थियौं । सायद मलाई मन्त्री भन्दा वढि खानेपानीका स्टाफले आज पनि चिन्ने गर्दछन् । मन्त्री भनेको पदले सम्मान गर्ने हो त्यो भनेको मनले गरेको सम्मान हो । फर्फिङ पम्पिगं स्टेशन चलायौं । कीर्तिपुरको सूर्यज र्टिटमेन्ट सिस्टम सञ्चालनमा आउन सकेन । वाटर टेष्टिग प्रयोगशाला बनायौं । अहिले काठमाडौंमा जताततै क्वालिफर्म भेटिएको छ । यो समाचार पढ्दा ‘सक्’ बन्न पुगेको छु । पढेको त ‘इलेक्ट्रोमेकानिकल इन्जिनियर’ तर काम गर्दै जाँदा ‘पानी इन्जिनियर’ पो बन्न पुगें ।

त्रिपुरेश्वरको महिला जेलमा श्रीमतिलाई राख्यो । दुवैजना हामी जेलमा, बालक छोराहरू बाहिर त्यति मात्र होइन । मलाई सात महिनासम्म थुनामा राखेपछि छाडिदियो । कल्याणीलाई भने बर्षनै थुनामा राख्यो । जतिबेला म जेलमै थिएँ त्यसबेला पटकपटक जेल सारेका र बेपत्ता पारेका अझ हत्या गरेकासमेत समाचार प्रकाशित हुन्थ्यो, जसबाट एक किसिमको पीडा त हुन्थ्यो । तै पनि म आफू विचल्लित भइनँ । लागि नै रहे ।

सानो, सुःखी परिवार

गणेश र कल्याणीका दुईछोराहरू छन् । जेठो छोरा निरज साह अमेरिकामा छन् उनले यही दशैंका बेला अमेरिकी युवतीसँग विवाह गरी अनलाइन विजनेश गरेर उतै अमेरिकामा बसेका छन् । कान्छो छोरा पंकज साह पनि विदेशमै छन, उनले बाटुले बैंकमा काम गर्दैछन् । कान्छी बुहारी दाँतको डक्टर छन् । कान्छाको जोडी पनि विदेशमै छ ।

प्रचण्ड मन्त्रीमण्डलमा विज्ञान मन्त्री

संविधान सभाको पहिलो चुनाव पछि माओवादी सत्तामा गयो । पुस्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । सोही समय उनी विज्ञान मन्त्री बन्न पुगे । अर्थात ६२÷६३ को जनआन्दोलन पछिको पहिलो विज्ञान मन्त्री बन्न पुगे । प्रचण्ड र वावुरामसँग उनको केमेष्ट्रीले मेल खायो । त्यो समयमा मन्त्रालयमा सचिव थिएन । गृह सचिव उमेश मैनाली ल्याए । नेपाली समाजले विज्ञानप्रविधि र अनुसन्धानको महत्व बुझेको थिएन । माओवादीको अगाडि सेना समायोजन लगायतका चुनौती थियो । सम्झन्छन् मैले स्वतन्त्र रूपमा मन्त्रालय हेरेका हो । मन्त्रालयका कर्मचारीहरूले मन्त्रीलाई असयोग गर्ने सम्बन्धमा, उनी भन्छन् ‘कर्मचारीलाई कतिको जिम्वेवारी दिइन्थ्यो त्यसमा नै भर पर्ने हो ।’ विज्ञान मन्त्रालयलाई नेपाली समाजमा चिनाउन महत्वपूर्ण भूमिका खेले साह सम्झन्छन । पाचौं राष्ट्रिय विज्ञान सम्मेलन भयो । झण्डै १२ सय सहभागि थिए । स्थान नपुगेर पालमा भयो । विज्ञान गरीवलाई चाहिन्छ भन्ने मेरो धारणा थियो । केही नीतिगत काम भयो । विज्ञान मन्त्रालय त्यो समय अन्तराष्ट्रिय जगतमा पनि चिनियो । विज्ञान मन्त्रालयलाई अन्तराष्ट्रिय सहयोग खाँचो छ भन्ने हिसावले काम गरियो । विज्ञान भन्ने वित्तिकै विशुद्ध विज्ञान मात्र होइन एप्लाइड साइन्स, वातावरण विज्ञान, जलवायू विज्ञान पनि यसमा पर्दछ । सार्क भित्र अन्य मन्त्रीका फोरम थियो विज्ञान मन्त्रीहरू विदेशमा जानेक्रम पनि सुरू भयो । भनिन्छ, व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ । विज्ञान तथा प्रविधि मन्त्री हुँदा नचाहिदो काम केही गरिन । आज वैकल्पिक उर्जाले जति फड्को मारेको छ । यो क्षेत्रमा हिजो धेरै काम गरेको हुँ । विस्तारै विज्ञान तथा प्रविधिको क्षेत्र पनि महत्वपूर्ण मानिदै गएको छ । यस पटक बजेट बढेको छ । शिक्षामा फ्याक्टिलीहरू वढेकाछन् । हुँदाहुदा नेपाली आफैं ‘एप्स’ निर्माण गर्न थालेका छन् । यो निकै सकरात्मक कुरा हो नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रका लागि ।

धर्मकर्म

भन्ने गरिन्छ कम्यूनिष्टहरूको कुनै धर्म हुदैन । कुनै जात पनि हुँदैन । यी इन्जिनियर कमरेडको धर्म प्रतिको धारणा के छ ? प्रश्न भुँइमा खस्न नपाउदै धाराप्रवाह सुनाए, ‘धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ ।’ धर्म स्वतन्त्रता हो । आफ्नो सामाजिक परिपाटीलाई हामी विद्रोह गर्दछौं विद्रोह त वीपीले पनि गरेका हुन । पार्टी भित्रको जीवनमा हामी धर्मनिरपेक्ष भन्दछौं । धर्मले मानिसलाई मानशिक शान्ति पनि प्रदान गर्दछ । जिन्दगीमा सबैभन्दा वढि रामायण र हनुमान चालिसा वढेको छु । गान्धीजी सेभन्स साइन्स भन्नुहुन्थ्यो । साइन्स उथ वाउट ह्युमानिटी नो साइन्स भन्ने गरिन्छ । विज्ञान मानवीय पक्षमा उपयोग भएन भने हिरोसिमा, नागासाकि बन्दछ । अध्यात्मिक भावना भएन भने त्यसमा मानवीयता रहदैन ।

जीवन दर्शन

झण्डै सात दशक बसन्त काटिसकेका साह अझै पनि यूवा देखिन्छन । उनको केश फुले पनि विज्ञान तथा प्रविधिको क्षेत्रको विकासका लागि लाग्ने यूवा मन सधै जोश र उत्साहले भरिएको भेटिन्छ । उनी जहाँ पुग्छन यूवापक्तिंलाई मोटिभेट गरिरहेका भेटिन्छन । जीवनलाई हेर्ने उनको आफ्नै दृष्टिकोण छ । आफ्नै दर्शन छ भन्छन् ‘डगलाई सबैले लखेट्छ, जो आफ्नो लागि मात्र बाच्दछ भने त्यस्को हालत डगको हुन्छ । जो अरूका लागि बाच्दछ त्यो गड बन्दछ । आफ्नो पेट त कुकुरले पनि पाल्दछ । डग र गड तीनवटा शव्दले बनेको हुन्छ ।’ तसर्थ साहको सिद्धान्तले भन्छ तिमीसँग जे छ त्यो समाजलाई देउ । दान दिए पछि सकरात्मक उर्जा आँउछ यो गुण उनले आफ्ना दिवंगत माता पिताबाट सिकेको हुन । छुट्नै लाग्दा उनले विज्ञान र संष्कृतको भेद छुट्याए संस्कृत सन्तोषम् पर्म सुःखम भन्दछ विज्ञान काट्छ ‘असन्तोषम् परम् सुःखम’ भन्दै खण्डन गर्दछ । सायद यही ‘सन्तोषम् परम सुखम’को मन्त्र उच्चारण गरेको बसेको भए ९ सय ९९ असफलताको वावजुत पनि थोमस एल्वा एडिसनले विजुलीको चिमको अविष्कार गराइ छाडे र अन्तत उनी नै विज्ञानको दुँनियामा उनी नै सबैभन्दा वढि अविष्कार गर्ने वैज्ञानिक बन्न सफल भएँ । सधै नयाँ अध्ययन अनुसन्धान गर्नु नै विज्ञानको धर्म हो उनले आफ्नो जीवन र सफलताको रहस्य सुनाए ।

र, अन्यत्मा

हाल उनी नेकपा संयुक्त पार्टीको अध्यक्ष छन् । सामान्यतय कार्यकाल ५ वर्षको हो । म आफैं जनवर्गीय संगठन ट्रेड यूनियनबाट आएको हुनाले सबैलाई एक गराउने उदेश्य अनुरूप जिफन्टलाई अझै मजभुत बनाउने योजना छ । चारवटा ‘प’ मा काम गर्ने आफ्नो योजना सुनाए, पूर्वाधार, पानी, प्रविधि र पुस्तकालय । आफ्ना अनुभवहरूलाई समेटेर पुस्तक लेख्ने साहको सोख छ तर समस्या छ लेखनको । भन्छन् ‘जीवनको मेरो धेरै ठूलो चुनौती हो लेखन ।’ म राम्रो वोल्न सक्छु तर लेख्न सक्दिन । तर आफ्नो भोगाइहरूलाई पुस्तककार दिने सोचाई पनि छ । भौतिक जीवनको जति चर्चा गरे पनि म साधरण जीवन विताउन रूचाउछु । मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ, मेरो सिगों जीवन यसको प्रमाण हो रूजवेल्ट भनाइसँगै उनले आफ्नो जीवनको कहानीको विट मारे ।

प्रस्तुतीः हरि गजुरेल

The post इन्जिनियर र कमरेडको उपमा गणेश साह first appeared on

भूगर्भशास्त्रको सतिसाल–‘प्रा. डा. माधवप्रसाद शर्मा’
जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ कस्तो ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ मार्छ जिन्दगीले कस्लाई के पत्तो ? हो, यस्तै भयो प्रा डा माधव शर्माको जीवनमा पनि । धनकुटामा स्कूले शिक्षा अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि भारत हुँदै रुस पुगेका शर्मालाई सायदै लागेको थियो, विश्वविद्यालयको सबैभन्दा उच्च तहसम्म पुग्छु । तर जे गरे पनि फरक ढंग र तरिकाबाट गर्नुपर्दछ भन्ने सोच र व्यवहारका कारण नै आज उनी परिचित छन् ।

उनलाई लाग्थ्यो ‘संसार सँगै गासियो भने हाम्रो पनि मतलव भयो । संसारभर चार वर्षको कोर्स हुन्छ । अरु देशको मान्छेले यो हामी वरावरका हो भनेर मान्ला ।’ यही सोची विचारी उनले दुइ वर्ष व्याचलर कोर्सलाई तीन वर्ष बनाउने भरमग्दुर प्रयास गरे ।

बिदावारी भएर फर्कदै गर्दा लाग्यो, एक्लो रुख यदि पूर्ण रुपमा उम्रन्छ भने त्यो बलियो भएर उम्रन्छ ।’ नेपाली भूगर्भशास्त्रका सतिसालको रुपमा हुर्किएका प्रध्यापकलाई पुनः एकपटक नमन । र लाग्यो, हामी त्यही बन्छौं, जुन कुरा हामी लगातार गरिरहन्छौं, त्यसैले काम होइन काम गर्ने वानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ र टिकाइराख्छ, नम्बरी सुन बनाएर ।’

‘सुरुवातको पहिलो पाइलामा तिमीले भन्नैपर्दछ हो म सक्छु । विल स्मिथले भनेझै साहस, आत्मविश्वाश र सकरात्मक उर्जाले भरिएका व्यक्ति हुन उनी । उनको भद्रता, मधुर वाणी सुन्ने र उनलाई नजिकबाट जान्नेहरु ‘त्यसै’ भन्छन । निरन्तर काम प्रतिको लगाव र मेहनतका कारण नेपालमा भूगर्भ विज्ञान शिक्षाको सुरुवातीको श्रेय उनैलाई जान्छ । शिखरमा पुग्नु ठूलो कुरा होइन तर उक्त शिखरमा टिकिराख्नु सबैभन्दा ठूलो चुनौती मानिन्छ । त्रिचन्द्र कलेजको प्रध्यापक हुँदै विश्वविद्यालयको उपकुलपतिसम्म बन्न सफल उनी नेपाली भूगर्भ शिक्षाको मुर्धन्य धरोहर । विज्ञानको क्षेत्रमा युद्ध जितेका हस्तिहरूको निरन्तर खोज जारी छ, रिभोसाइन्सको । हो, यस अंक हामी पाठकहरुका माझमा साक्षत्कार गराउदैछौं उनै भूगर्भशास्त्रका एउटा जीवित धरोहर ।

जन्म शिक्षा दिक्षा
पूर्वी पहाडी जिल्ला धनकुटामा स्वर्गीय पिता लक्ष्मीप्रसाद नेपाल र स्वर्गीय माता दिव्य कुमारी नेपालको कोखबाट विं स १९९९ (१२ मार्च १९४३) जन्मेका हुन उनी । मध्यम वर्गिय परीवार । माता पिता कृषि कर्ममै हेलिएका । हजुरवुवा आर्युवेदका घगडान विद्धान । पीतामहको विँड थाम्दैछन, नाती । देशकै विद्धत व्यक्तिका रुपमा गनिए, चुनिएर । वाल्यकालमा मिठो सम्झनारूपी तरेलीले उनलाई झोक्का हान्दैछ । आफ्ना वालापन सम्झिरहेछन, कुमारीथान मन्दिर नजिकै आफ्नै निवासमा । झण्डै सात दशक अगाडिको “फ्ल्यासव्याक”मा लैजादैछौंं हामी । आखिर कस्का लागि प्रिय नहोला त्यो वालापन ? सावा अक्षर घरमै चिन्ने सौभाग्य जुट्यो । स्कूले शिक्षा दैलो गोकुण्डेस्वर हाई इङलिस स्कूल, धनकुटामा खुल्यो । मधुर स्वरका धनी शर्माले अगाडि सुनाए ‘स्कूले तहका शिक्षामा उति साह्रो अव्वल होइन न त कमजोर नै ।’ १५ वर्षको उमेरमा पार गरे ‘फलामे गेट’ (एसएलसी) सोही स्कूलबाट । त्यस समय एसएलसीको भाउ अहिलेको जस्तो सस्तो थिएन वेग्लै सान थियो । सन् १९५८ अर्थात देशमा प्रजातन्त्र आइ नयाँ जननिर्वाचित प्रधानमन्त्रीको रुपमा विपी कोइराला निर्वाचित हुँदै गर्दा द्धितीय श्रेणीमा पार गरे एसएलसी । विज्ञान उनको नशामा थियो र, त सपना बनेर ढकढकायो उनको मन मस्तिकलाई । इन्जिनियर बन्ने सपनाले सानै देखि मनमा डेरा जमाएको जो थियो । त्यही सपनालाई साकार पार्न झोला झाम्टा कसे र हान्निए सपनाको नगरी भारततिर ।

भारत देखि रुससम्म
सोह्र वर्षे जुवाको रेखी भर्खरै वस्दै गरेको समय, मनभरी सपना र झोलाभरी भविष्य वोकेर पाइला छिमेकी मुलुक भारत तिर मोडिएसँगै खाइएको हण्डर र ठक्कर बेहिसाव छन् । सायद, कसैले खोजेको पनि छैन । लखनउमा रहेको सिअ कलेजमा आइएस्सीको छात्र बन्न पुगे । तर समस्याको ‘जंगे पहाड’ बनेर उभियो भाषा । उनी परे नेपालको पूर्वी भेग धनकुटाको, जहाँ बोलिथ्यो ठेट नेपाली, हिन्दी भाषामा पढाइ हुन्थ्यो त्यता । तर जहाँ समस्या त्यही उपाय । भाषाको समस्याको वावजुत निरन्तरको लगाव र मेहनतबाट उनले पार लगाए आइएस्सी । दोस्रो श्रेणीमा सन् १९६० (२०१७) मा । सपनाले फर्कायो स्वदेश । र, त्यही सपनाले डोहोर्याउदै उडायो कम्युनिष्ट मुलुक सोभियत संघ (रुस) । भर्ना हुन पुगे मस्को स्टेट विश्वविद्यालय रसियामा । कुरा १८ सालको । पाँच वर्षसम्मको अथक मेहनतले स्कूले शिक्षा,कलेज तहमा हासिल गर्ने नसकेको उपलव्धी हात पर्यो । सभ्भवतः भित्रि मनको नेटवर्क र अध्ययन गर्दै गरेको विषयको नेटवर्कमा मेल खाएका कारण कनेसक्सन भयो । अर्थात उनको भित्री मनले रोजेको विषय भूर्गभशास्त्रकै उनी विद्यार्थी थिए । नतिजा निस्कियो प्रथम श्रेणीमा उत्र्तिण । एसएसलसी र आइएसस्सी दोश्रो तहमा उत्र्तिण भएका उनले सन् १९६७ (२०२३) मा प्रथम श्रेणीमा एमएस्सी उत्र्तिण गर्ने सफल भए । त्यही कम्युनिष्ट मूलुकमा रहदा नेपाली विद्यार्थी संघको अध्यक्ष समेत चुनिए । विं स २०२१ सालदेख २३ सालसम्म । जिओलोजी पढ्न जाने नेपालबाट ३ जना मात्र थिए ।

यसरी जन्मियो जियोलोजी डिर्पाटमेन्ट
मनमा खुद्रा सपना थियो,आफूले आर्जन गरेको ज्ञान सिप नेपालमा वाढ्नुपर्दछ । तर सहज थिएन । भनिन्छ नि, ‘तँ आट म पु¥याउछु । रुसको विश्वविद्यालयबाट स्नाकोत्तरको उपाधी हासिल गरेर स्वदेश फर्किए सँगै उनका लागि रोजगारीको ढोका उघारियो । तर जागिरे मात्र बन्न उनको मनले मानेन । भूगर्भशास्त्र विभागको स्थापना गर्नेमा उनको उल्लेख्य भूमिका रह्यो । नभन्दै विं सं २०२४ सालमा पहिलोपटक भूगर्भ विषयको औपचारिक अध्यापन सुरुवात भयो,त्रिचन्द्र कलेजबाट । उनी नै बन्न सफल भए नेपालको पहिलो भूगर्भशास्त्रको गुरु । ४८ वर्ष पार गरिसकेको छ विभागले । नेपालमा फर्कदा सम्म जियोलोजि डिर्पाटमेन्ट थिएन । भन्छन ‘चुप लागेर बसेको भए यो विभागको स्थापना नहुन पनि सक्थ्यो ।’ २०२४ सालमा विभाग स्थपना हुँदा जम्मा ८ जना विद्यार्थी थिए । आज नेपालको भूगर्भ क्षेत्रमा काम गर्ने ९० प्रतिशत भन्दा बढी भूगर्भविद् जियोलोजी डिर्पाटमेन्टकै उत्पादन हुन । यही सम्झदा उनको मन हर्षले विभोर हुन्छ । त्यतिवेला नेपालमा केहि भूगर्भशास्त्री थिएनन् । नेपालमा कुनै भूर्गविद् थिएनन् तीनताका स्वीजरल्याण्डका नागरिक टोनी हेगेनले नेपालमा आई अध्ययन तथा अनुसन्धान गरेका थिए । सभ्भवत उनी नै थिए नेपालमा भूगर्भको वारेमा अध्ययन गर्ने पहिलो व्यक्ति । उनकै सिको गर्दै यही विषयमा नेपालबाट पहिलोपटक भूगर्भ विषयमा विद्यावारिधि उपाधी हासिल गरि भूर्गभशास्त्रको औपचारिक सुरुवात नेपालमा गर्ने व्यक्तिका रुपमा दर्ज छन माधव प्रसाद शर्मा । वि.स.२०२४ सालमा महेन्द्र विद्याभुषण दोश्रोबाट यीनै भूर्गभशास्त्री पुरस्कृत भए ।

जागिरे यात्रा
जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ कस्तो ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ मार्छ जिन्दगीले कस्लाई के पत्तो ? हो, यस्तै भयो प्रा डा माधव शर्माको जीवनमा पनि । धनकुटामा स्कूले शिक्षा अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि भारत हुँदै रुस पुगेका शर्मालाई सायदै लागेको थियो, विश्वविद्यालयको सबैभन्दा उच्च तहसम्म पुग्छु । तर जे गरे पनि फरक ढंग र तरिकाबाट गर्नुपर्दछ भन्ने सोच र व्यवहारका कारण नै आज उनी परिचित छन ।

प्राडा माधवप्रसाद शर्मा पत्नीसँग

२४ सालबाट सुरु भएको त्रिचन्द्रको जागिरे यात्रा, ०२६ जेष्ठमा लेक्चर हुँदै पाँच वर्ष पछाडि श्रावण २०३१ त्रिभुवन विश्वविद्यालको लेक्चर बनायो । बीचमा रुसमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा आइ स्थापना गरेको संस्था मित्रकुञ्जको अध्यक्ष भएर पनि काम गरे । विं स. २०२८ पछिको चार वर्ष सम्म । कपाल पकाउने र पेन्सन पकाउने मात्रै काम गरेर पनि हुदैन । विद्यावारिधी गर्नैपर्दछ भन्ने मनको एउटा कुनामा सपनाले डेरा जमाएको थियो । पिएचडि गरी आफ्नो ज्ञान र सिप बढाउनु पर्छ । त्यही सपना साकार पार्न पुन रुस पुगे । भूगर्भशास्त्रको अध्यापन त्रिचन्द्र कलेजमा सुरुवात गरेको झण्डै ११ वर्ष पछाडि भूगर्भशास्त्रमा विद्यावारिधी गरे । उनलाई विदेशको ऐस आराम र सम्पत्ति नमिलेको होइन तर एकरत्ति त्यस्को मोहले तानेन । तान्यो त आफ्नै देशको माटोको सुगन्धले । नामका अगाडि डाक्टरको पदधी झुन्डाएर स्वदेश फिर्ता भए । स्वदेश फर्किएसँगै तन मन भूगर्भमै लगाए । २०३८ साल देखि २०४२ सालसम्म त्रिचन्द्र क्याम्पस जियोलोजी इन्स्टक्सन कमिटिको प्रमुख रहेर काम गरे ।

विं स. २०४३ सम्म आइपुग्दा नामका अगाडि डाक्टरको उपाधी जोड्न सफलता हात पारेका शर्माले रिडर हुँदै २०४७ मा नामको अगाडि प्रोफेसर डाक्टरको उपाधी जोड्न सफल भए । यही अवधीमा २०४३ देखि २०४७ सम्म भूर्गभशास्त्र केन्द्रीय विभागको प्रमुख रहे । र, देशले पहिलो संविधान पाउने समयमा रिकाष्टको कार्यकारी निर्देशकको पदमा रहनपुगे । ४२ देखि ४३ उच्च माध्यमिक शिक्षामा विज्ञान शिक्षालाई कसरी विकास गर्ने भनेर गठन भएको समितिको सदस्य रहेर काम गरे । त्यस्तै, विं सं २०३८ देखि २०४७ सम्म विज्ञान तथा प्रविधि वोर्डको सदस्य समेत रहेर विज्ञान शिक्षाको विकास गर्नेमा समेत उल्लेख्य भूमिका खेले ।

कर्म गर तर फलको आशा नगर भन्ने गीता वाणीबाट प्रेरित शर्मालाई कर्मको फल निरन्तर मिल्दै रह्यो । २०५१ देखि २०५५ सम्म त्रिभुवन विश्वविद्यालयमा रेक्टर हुँदै ६० साल पछि उहाँ विश्वविद्यालयको सबैभन्दा माथिल्लो पद उपकुलपति सम्म बन्न सफल भए । यही बीचको समयमा मिल्यो दुइ पटक (२४ र ४० साल ) २०४० मा महेन्द्र विद्याभुषण प्रथम,२०५५ मा गोर्खा दक्षिणबाहु तेश्रो ।

विश्वविद्यालयमा जे देखियो, भोगियो
दुई प्रकारका मान्छे छन हामी कहाँ । टुप्पाबाट पलाएका कोही छन त कोही जमिन मुनिबाट उम्रेको, हावापानी माटो परिवेश वुझेर हुर्किएका । शर्मा दोस्रो समूहको परे । उनी कुवाको भ्यागुतो पनि थिएनन् । देश विदेश घुमे । त्यहाँका शिक्षा पद्धति र प्रणाली वुझे । उनलाई लाग्थ्यो ‘संसार सँगै गासियो भने हाम्रो पनि मतलव भयो । संसारभर चार वर्षको कोर्स हुन्छ । अरु देशको मान्छेले यो हामी वरावरका हो भनेर मान्ला ।’ यही सोची विचारी उनले दुइ वर्ष व्याचलर कोर्सलाई तीन वर्ष बनाउने भरमग्दुर प्रयास गरे । राजनीतिले थिलोथिलो भएको शिक्षा प्रणाली न हो हाम्रो । विगतको तितो पोख्छन ‘ विद्यार्थीहरुले मार्छु कुट्छु भनेर धम्काउन समेत भ्याए । विद्यार्थीहरुबाट भागेर हिड्नुपर्ने अवस्था समेत आयो ।’ आज तीन वर्षको व्याचलर लेभलको कोर्स चार वर्षको हुनुपर्दछ भनेर हामी लागिरहेका छौं । नेपालमा पहिलो भूर्गभशास्त्र अध्यापन गराउने शिक्षक भन्छन ‘खासमा आज भन्दा भोली,भोली भन्दा पर्सि झन राम्रो हुने पर्ने हो तर हाम्रोमा हुन्छ नै ठीक उल्टो । ’ नेपालको शिक्षा प्रणाली सम्झेर दुःखी बन्न पुगे उनी । कहाँ जाने भन्ने भिजन चाहिन्छ । माथि लैजाने भए दाँया वाँया तल माथि हेर्नुहुदैन । विश्व परिवेशलाई सम्झिए र हाम्रो धरातललाई केलाए वरीपरिका देशका मान्छेहरु कसरी वाचिरहेका छन । आज हामी उनीहरुलाई हजुर भनेर हात थाप्नुपर्ने अवस्थाले उनको मन अमिलो बनाँउछ । छिमेकी मुलुक वंगलादेशले आलेटाले शिक्षाले हुँदैन भन्ने वुझेरै २ वर्ष बन्दै गरेको थियो सबै पठनपाठन । सिंङापुरको हालत आज कहाँ बाट कहाँ पुग्यो । हामी सधैं अरुहरुसँग हात पसारेर बस्नुपर्ने । यो दरिद्रता कहिलेसम्म ?

त्रिविविमा केही कुराको पनि प्लानिङ हुदैन । जव विद्यार्थीले गएर घेरा हाल्छन् अनि विद्यार्थीहरूले जे माग्यो त्यही दिने परिपाटी विकास भइसकेको छ । भनेको वेलामा पैसा हुदैन, विद्यार्थीहरूसँग तत्काललाई कसम त खायो तर दिननसक्दा फेरि ती विद्यार्थीले आन्दोलन गर्ने । विश्वविद्यालयले हरेक पटक विद्यार्थीसँग सम्झौता गर्नुपर्छ । त्यस अनुरुप काम गरेन भने ति विद्यार्थीहरु पुन आन्दोलन शुरु गर्ने खालको प्रवृति हाम्रै मुलुकमा मात्र विद्यमान छ । राजनीतिले थिलो थिलो भएको प्राज्ञिक क्षेत्रलाई नजिकैबाट सुक्ष्म अवलोकन गरेका यी विद्धत ‘प्राज्ञिक क्षेत्रमा घुसेको राजनीतिका कारण दुःखी छन । भन्छन यो जतिको निन्दनीय कुरा अरू के होला ?’ यीनै भद्र प्रध्यापक माथि क्रान्तिकारी विद्यार्थीहरुले शुल्क वढाएको विरोधमा गरेको त्यो जंगली ह्रिसक व्यवहारलाई कसरी पो भुल्न सक्छन र उनी ? तर उनलाई यस्ता दरिद्र व्यवहारले कहिल्यै विचलित बनाएन । झनै अदम्य साहस मिल्यो, जनसर्मथन पाए ।

राजनीतिबाट अछुत
त्रिविविका विभागहरु लथालिङ् छन् भन्नेकुरा धेरै सुन्न वाहेक अरू राम्रो खवर सुन्न कमै पाइन्छ । तर यस्को अपवाद हो—भूगर्भशास्त्र विभाग । अहिले पनि यहाँका कर्मचारी, यहाँ भूगर्वशास्त्र पढ्ने÷नपढ्ने विद्यार्थीलाई सोध्नुस् ‘एउटै क्लास, एउटै प्राटिकल नछुटाई कक्षा सञ्चालन हुने सायद भूगर्भशास्त्र विभाग मात्रै भएकोमा आज पनि गर्व गर्छन उनको चेला प्रा डा विशालनाथ उप्रेती । भूगर्भ विभाग त्रिविवि भित्रका एउटै मात्र यस्तो विभाग हो जो राजनीति बाट अछुत छ । म सत प्रतिशत ‘च्यालेन्ज’ गरेर भन्छु विश्वविद्यालय भित्रकै अतुलनीय अर्थात ‘त्रिविवि भित्रका युनिक’ विभागको रुपमा स्थापित छ —भूगर्भशास्त्र विभाग ।

नेपालको भूगर्भ क्षेत्रमा काम गर्ने ९० प्रतिशत भन्दा बढी भूगर्भविद् यहि जियोलोजी डिर्पाटमेन्टकै उत्पादन हुन । पहिले यस विभागमा ८ जना मात्रै थिए अहिले यो पाँच सय भन्दा माथि पुगिसकेको छ । मनमा एउटा दुखेसो पनि विज्ञान प्रविधि सँगै जानुपर्ने हो, तर प्रविधिले विज्ञानलाई जितेर अगाडि अगाडि गएको प्रति ।

जीवन दर्शन
यदी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिड, हिडन सक्दैनौ भने घिस्रिए । तिमी जे सुकै गर तर जीवनमा अगाडि वढ्नुपर्दछ,गति चाहिन्छ जीवनको । यतिबेला शर्मा दार्शनिक ट्युनमा सुनिए । अगाडि भने समय अनुसार सोचाई परिवर्तन हुदै जानसक्छन । वातावरणले थुप्रै कुरा परिवर्तन गराउदै जान सक्छ । समय अनुसार परिर्वतन हुँदै जानु नै असली अर्थ हो जीवनको ।

धर्म प्रतिको धारणा
छुट्नै लाग्दा आखिरी जिज्ञासा रह्यो,यी भूर्गभशास्त्रीको धर्म प्रतिको धारणा वुझ्नु । प्रश्न खस्न नपाउदै प्रश्नरुपी झटारो हामी तिर फाले ‘धर्म भनेको के हो ?’ धर्म बुझाउन उनले दाह्री जुंगाको उदाहरण दिदै भने मैले दाह्री काट्नुको कारण सेतो फुलेको देखाउनु किन भनेर, तपाईले कालो किन देखाउ भनेर दाह्री फाल्नु भनेर । हिन्दुत्व र वुद्धत्व हाम्रो असली पहिचान हो । धर्म धारण गर्ने बस्तु होइन, अनुभव गर्ने चीज हो ।

फुर्सदको फाइदा
मान्छेको लागि प्यारो हुन्छ आफ्नो इतिहास । हार्नेहरूको लेखिदैन, केवल जित्नेहरूको मात्रै लेखिन्छ इतिहास । आफ्नो विगतका भोगाईहरुलाई पुस्तक रुप दिन मन छ, तर सकिरहेका छैनन्, अनेक अल्झनका कारण । सिंगो एउटा कोठालाई पुस्तकालय बनाएका छन । र अध्ययन गरिरहेका छन, नागार्जुन वावा देखि गौतम वुद्ध, लाइफ अफ डेथ अफ द कृष्ण सेफड जस्ता अनगिन्ती अनुसन्धानमुलक कृतिहरु । यस्ता अव्वल कृतिहरुको रसस्वादन गर्नेमा मग्न छन अचेल शर्मा ।

र, अत्यमा
बिदावारी भएर फर्कदै गर्दा लाग्यो, एक्लो रुख यदि पूर्ण रुपमा उम्रन्छ भने त्यो बलियो भएर उम्रन्छ ।’ नेपाली भूगर्भशास्त्रका सतिसालको रुपमा हुर्किएका प्रध्यापकलाई पुनः एकपटक नमन । र लाग्यो, हामी त्यही बन्छौं, जुन कुरा हामी लगातार गरिरहन्छौं, त्यसैले काम होइन काम गर्ने वानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ र टिकाइराख्छ, नम्बरी सुन बनाएर ।’ यही काम प्रतिको लगाव र मेहनत, सकरात्मक चिन्तन, भद्रता नै उनीबाट हामी जस्ता यूवा पुस्ताले सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण अध्याय हो ।

प्रस्तुतिः हरि गजुरेल, (लक्ष्मण नेवाको सहयोगमा )

The post भूगर्भशास्त्रको सतिसाल–‘प्रा. डा. माधवप्रसाद शर्मा’ first appeared on

तथ्याङ्कशास्त्रको धरोहर—प्रा. डा. मृगेन्द्रलाल सिंह
जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको हो ।

‘इटि इज् बेटर टु वि फरदर अवे फ्रम द त्रुथ् बट नट नोन हाउ फार’ भनेको सत्य साचो कुराबाट टाढा बसेर म कतिको टाढा गएको छु भन्ने हो । हामी सत्यको अधिकतम नजिक जानु सक्छौं, तर सत्य भन्न सक्दैनौं ।

सौर्यमण्डलमा भएका जस्तो सूर्य अन्यत्र कति छ कति ! यसकारण यो धनात्मक इन्फिनिटि(अनन्त) र ऋणात्मक इन्फिनिटि भित्र हामी छौं । हाम्रो समाजले कसरी बुझ्दछ यस्ता कुरा । छोरीको जागिरबाट कति आउँछ । ज्वाईको आम्दानी कति छ, विहान के खायो, घर छकि छैन । यस्ता कुरामा मानिसको दैनिकि चलिरहेको हुन्छ ।’

लौ भन्नुस् ४५ दिनमा खानु पर्ने औषधि १३ दिनमा खानुभयो भने के हुन्छ । सात दिनसम्म प्रति दिन खानु पर्ने औषधि एकै दिन खानु भयो के होला ! हाम्रो धर्म संस्कृति विगार्ने काम ब्रामण्डहरुले गरेको हो ।

मानिसको जन्म पछि मृत्यु स्वभाविक प्रकृया हो । प्रकृतिको यहि नियम बीचमा मानिसको कर्म चलिरहेको हुन्छ । बाँचुनजेल श्वास— श्वास रहुनजेल आस मानिसको यो अधभूत गुण हो । त्यहि प्राकृतिक चेतनाका कारण उसले आफ्नो र समाजको हितमा काम गर्छ— राम्रो वा नराम्रो । जति अजंङ्ग वा बौद्धिक किन नहोस उ एक दिन ढल्छ तर उसको विचार, आर्दस र कार्य भने जीवन्त रहन्छ । त्योसोत, मानिस जन्मेपछि भ्रुण हस्तानतरण प्रक्रिया भनेको जिवन्त होइन । उसले समाजकालागि गरेको कार्यको लेखाजोखाका उपजले जिवन्त हुन्छ । सबै मानिसको कार्य जिवन्त भने हुँदैन तर एकाद मानिसको कार्य भने जीवन्त रहन्छ । त्यही जिवन्त रुपमा चिनिदै आएका उदाहरणीय व्यक्तिव्व, जसले नेपालको तथ्याङ्कशास्त्रमा अमुल्य योगदान पु¥याउएर नामी तथ्याङ्कशास्त्री रुपमा चिनिए—प्राडा मृगेन्द्रलाल सिंह । उनलाई एम.एल. सिंह भनेर चित्रण गरेको पाइन्छ । उनले नेपालका शिक्षा क्षेत्रमा आफ्नो उदाहरणीय छाप छोड्नु भएको कुरा घाम झै छर्लङ्ग छ ।

‘गणितीय भाषामा जीवन एउटा ‘नल सेट (Null Set)’ हो जसलाई ‘फाइ’ले जनाइन्छ । जस अर्थ ‘शून्य’ हुन्छ । त्यहि शून्य भित्र सबै चिज अटेको हुन्छ । सायद जीवन पनि नल सेट हो । त्यसभित्र मानिसको सबै प्रकारका अनुभव भरिरहेको हुन्छ । खाली तर भरीएको ‘फाई’ त्यही न हो जीवन । यस भित्र सम्भव र असम्भ दुवै लुकेको हुन्छ । त्यहि प्राप्तीका लागि मानिसले कर्म गरेको हुन्छ । ‘मैले पनि कर्म राम्रा वा नराम्रा कर्म गरे होला’ ०७३ वर्षे विद्वान सुनाउँछन् । भन्छन् जीवन भनेको शून्य हो शून्यमा घुमिरहन्छ ।

उनको जीवन दर्शन खोतल्न पंत्तिकार सानेपा स्थित घरमा पुगेको थियो । प्रश्न गर्न नपाउँदै यति कुरा भनिरहनु भएको थियो कि ! लाग्थ्यो विना प्रश्न सबै कुरा अगाडि नै व्यक्त हुने जसरी । बीचमै रोक्दै सरको जन्म, माता–पिता बारेमा जानकारी दिनुस् भने पहिले । तर कहाँ भने जस्तो भयो र ! ‘७३ वर्षसम्म गाँठा परेका उनको भावना नदी जस्तै धारा प्रभाव भइरह्यो ।’

जन्म, शिक्षा–दिक्षा र विवाह
तथ्याङ्कशास्त्रीको जन्मको लेखाजोखा त छैन तरपनि सन् १९४३ साल मार्च १३मा चोखछें गल्लीमा बुबा हेमलाल सिंह र आमा जनक माया सिंहको कोखबाट जन्मेका हुन । तीन दाजुभाई मध्येका माइला एम.एल. सिंह हुन । उनको बुबाले तत्कालिन राणाकालिन स्कूल दरबार हाईस्कुलमा अध्यापन गराउथें । बाजे जनकलाल सुवाल र उसको जेठो छोरा चन्द्रलाल सिंह पहिलो मर्डन ट्रान्सलेशन तयार गर्ने व्यतित्वहरु थिए । उनको दीदि जयन्ती सुवाल संस्कृतम स्नातकोत्तर शिक्षा हासिल गरेकी थिइन । त्यस्तै उनका बाँकी दुई बहिनीहरु पनि शिक्षित थिए । कान्छी बहिनी गिता सुवाल विएस्सीसम्म अध्ययन गरि कन्या मन्दिरमा विज्ञान शिक्षिका थिइन । उनको मामा र आफ्नो परिवारमा धेरै जसो शिक्षित थिए ।

स्कुले जिवनमा खासै अध्ययन नगरेका भएपनि १९५५मा दरबार हाइस्कुलबाट एसएलसी उर्तीण गरेका थिए । जयप्रकाश मल्लका कहाँ जोशीको काम गर्नुहुन्थ्यो । उनको मामा पटिको काका डा. पारसर नारायण सुवाल त्रिविविका पहिलो रजिस्ट्रार हुनुहुन्थ्यो । उनी सुनउँछन् सबै शिक्षण पेशामा लागेको थिए । उनका दाई योगेन्द्र लाल सिंह खानी विभागको उप–डाइरेक्ट भए । भाई राजेन्द्र सुवाल, मेकानिकल इन्जिनियर भई स्टाफ कलेज ललितपुरमा शिक्षक हुन । उनका दीदी जयन्ती सुवाल ०७ साल पछि रेडियो नेपालबाट नेवारीमा खवर भन्नु हुन्थ्यो । खानदानी सबै शिक्षित भएपछि मैले नपढ्ने त कुरै भएन, उनको कथनी थियो । तर, अहिले उनका छोरी डाक्टर र छोरा बैकका कर्मचारी छन् ।

जन्म सालको कुरा गर्दै उनले भने, ‘त्यतिखेर रेकर्ड गर्न चलन थिएन । कानुनले अरुले भनेको कुरा प्रमाण लाग्दैन यसकारण आफ्नो जन्म मितिमा पनि विश्वास गरिन । बुवा वा आमाले यति वर्ष भनेर कानुन अनुसार नमिल्ने भएपछि किन गणना गर्नुपर्यो भन्थें । तर स्कुले जिवनमा रजिस्ट्रेशन फाराम भर्ने बेलाम आफ्नो जन्म मिति रेकर्ड गरेको किस्सा सुनाए ।’

‘मलाई घोकन्ते विद्या मन पर्दैन्थ्यो । तैपनि बाल्यकालमा चन्द्रलाल सिंह मामाले राणाकालमा खोलेको दया धर्म भन्ने स्कुलमा बाल्यकालको शिक्षा हासिल गरेको थियो । सानामा उनको दैनिकी थियो दिनभर विष्णुमतिमा पौडी खेल्न जाने । तर शिक्षित परीवारमा हुर्केको हुनाले अलिअलि घरमै पढेको बताउँछन् । पछि निम्न माध्यामिक तहदेखि मात्र दरबार हाइस्कुलमा अध्ययन गरेका थिए । ‘त्यतिखेर पनि म पढ्नमा सिरीयस थिएन । एक दिन गुच्चा खेलिरहेको बेला, चोखछें गल्लीबाट कान समातेर दरबार हाइस्कुलम लगेको आजै जस्तो लाग्छ ।’ भन्छन्, ‘त्यतिखेर न नेपाली भाषा बुझिन्थ्यो न अंग्रेजी नै तरपनि त्यतिखेर किङ्ग मिडासको कथा पढिएको स्मरण गराए ।’

आइएस्सी पढ्न त्रिचन्द्र कलेज आउँदा सम्म त्यति मिहिनेत गरेर नपढेका उनले विएस्सीमा आएपछि भने मिहिनेत गरेर पढेको बताए । विएस्सी सकेपछि फरेस्ट्री पढ्न गएको तर विना गणित उनलाई फरेस्ट्री पढ्न मन नपरेपछि गािणतमा एमएस्सी गरेको बताउँछन् । भन्छन्, एमएस्सी त्रिभूवन विश्वविद्यालयबाट गरें ।’

एमएस्सी सक्नासाथ विश्व निकेतन स्कूलमा शिक्षण पेशा अगाल्नु भयो । त्यही विश्व निकेतन अध्यापन पेशा अंगालीरहेको बेलामा हंगेरीबाट छात्रवृद्धि पाएपछि तथ्याङ्कशास्त्र अध्ययन गर्न विदेश लागेको सुनाए । विदेश छँदा आफूसँगको त्यहाँका साथीले आफ्नो भाषाका विषयमा कुरा उठाएपछि मात्र मातृभाषाको महत्व थाहा पाई कट्टर नेवार भएको सुनाउँछन् । उनले म्याथम्याटिक्स र स्टाटिक्टीक्समा एमएस्सी गरेका छन्् । त्यस्तै डेमोग्राफीमा पिएचडि अनि इच्छाले विएलसम्म अध्ययन । ‘ल’को अध्ययन गरेपछि उनलाई गफ गर्न समस्या नभएको सुनाउँछन् ।

विवाह ः २०२८ सालमा कीर्तिपुरका नगाउ डा. जामनोर्ती सिंहसग भएको हो । श्रीमति वितेको छ वर्ष भइसकेको छ । तै पनि उनलाई यही कतै भएको भान हुन्छ । माया–ममता भनेको अन्य कुरा भन्दा नितान्त फरक हो । यसकारण जति जे गरे पनि आफूलाई साथ दिने जीवन संगीनीको याद नआउने भने होइन । इच्छाले मानिसलाई सवल र दुर्वल बनाउने गर्दछ । अहिलेको उनको अवस्था भनेको दुर्वलको हो । तैपनि नेपालको इतिहासमा गल्ती भएका कुरामा लेख्ने जमर्को गरिरहेको बताउँछन् सिहं ।

तथ्याङ्कशास्त्र विभागको स्थापना
विदेशमा तथ्याङ्कशास्त्रको अध्ययन गरेर आएको मात्र के थिए, त्रिभुवन विश्वविद्यालयमा तथ्याङ्कशास्त्रको विभाग खोल्ने हल्ला चल्यो सन् १९६४ मा । त्यसको केहि समयमै उनले नै त्रिचन्द्र कलेजमा विएस्सीमा तथ्याङ्कशास्त्र खोल्ने काम गरे । पछि त्रिविवि कीर्तिपुरकोे केन्द्रीय विभागमा पिएचडि गराउने सम्मको काम भयो । भन्छन्, ‘मैले ९ जनालाई तथ्याङ्कशास्त्रमा पिएचडी गराएको छु ।’ त्यही बीचमा माल्थस्को सिद्धान्तले मान्छेको संख्या बढ्यो भने दाजुभाई झगडा हुन्छ, खान पुग्दैन र मान्छेले मान्छेको मासु खानेसम्मको कुरा आएपछि जनसंंख्यामा अनुसन्धान गरेको बताउँछन् । उनको मान्नेता छ, जति मानिसको विकास हुन्छ त्यति समाजको विकास हुन्छ । यदि मानिसलाई समस्या परेन भने समाधान आउँदैन । समस्याले नै समाधान आउने हो त्यसकालािग साइन्टिफिक अनुसन्धानको जरुरत पर्दछ ।

‘साइन्स अफ एरर’लाई ‘स्टाटिक्सटिक्स’ भनिन्छ । मान्छेले गल्ती गर्छ । तर कति गल्ती गर्यों त्यो भन्ने ‘स्टाटिक्सटिक्स’ मात्र हो । इश्वर कसैले पनि भेट्न वा देख्न सक्दैन । किनभने स्टाटिक्टिक्सका अनुसार गणितले भनेजस्तो दुई गुने दुई चार हुदैन तर अधिकतम नजिकको मान खोजिन्छ । भगवान पनि त्यस्तै हो । सत्य खोज्नका लागि स्टार्टको प्रयोग गर्नु पर्दछ । यसकारण स्टाटिक्टिक्समा मध्यक, स्टान्र्डड डेभिएसन र स्टाण्डर्ड एररहरुले नजिकको मान भन्न सक्छ । नजिक जान सक्छ ठ्याक्कै भन्न सक्दैन । यसकारण स्टार्टको महत्व धेरै छ । ‘इटि इज् बेटर टु वि फरदर अवे फ्रम द त्रुथ् बट नट नोन हाउ फार’ भनेको सत्य साचो कुराबाट टाढा बसेर म कतिको टाढा गएको छु भन्ने हो । हामी सत्यको अधिकतम नजिक जानु सक्छौं, तर सत्य भन्न सक्दैनौं । यो एक रहस्य हो । यदि रहस्य नै थाहा पाए भने केहि काम हुदैन जस्तो लाग्छ उनलाई ।

उनले ११ वर्षमा एसएलसी पास गरेको र १७ वर्षमा लेक्चर भएको बताउँछन् । नेपालको विषयबस्तुमा आधारित रहेर विना गुरु पिएचडि गरेको उनी सुनाउँछन् । आइस्टाइनले भनेका छन्, ‘इमाजिनेसन इज् बेटर द्यान द नलेज,’ उनको पिएचडिको कथा पनि यस्तै छ । सानेपामा घर भर्खर किनेको थियो । त्यहाँ आफू एक्लै बेलुकी इन्द्रचोकबाट सुत्न आउने, पढ्ने काम गरिन्थ्यो । मनमा के के आउँछ त्यो सबै लेख्ने, विभिन्न कितावहरुको अध्ययन गरियो । पिएचडि गरेपछि विभिन्न पुस्तकको पनि अध्ययन गरिन्छ भन्ने पनि हो ।

नेवार लेप्टिस्
गर्वसाथ आफूलाई नेवार लेप्टीस आर्थात् नेवार कम्यूनिस्ट भन्न रुचाउँछन् । नेवारको रहन सहनमा समानता छ । विशेषतः नेवारी समुदायमा भोज खाँदा लहरै बस्ने, एउटै पोशाक लगाउने र खानपानमा भेदभाव नगेर्ने चलन मन परेको बताउँछन् । यसकारण आफ्नो भाषा र धर्मप्रति रुचि राखेर नेपालकै इतिहास लेखिरहेका छन् उनले । नेवाः भन्ने पुस्तक मार्फत् नेवारहरुको तथ्याङ्क संकलन गरेका छन् । नेवारी भाषाको आफ्नै महत्व छ भन्छन् ।

नेवारहरुमा खाने—आफूखुसी, लगाउने अरुको खुसी भन्ने चलन छ । त्यस्तै घर चार तल्ला भन्दा माथि बनाउँदैन । तर अहिले सबै खतम भएको अवस्था छ । मान्छेलाई ‘मि’ भन्छ, नेपालमा बस्नेलाई ‘नेपामी’मा एं देशमा बस्नेहरुलाई ‘यमी’ भनियो । त्यस्तै ‘ज्यापू’ भन्ने पनि कहि कतै उल्लेख गरेको पाइन्न । महर्जन भनेको रथ तान्ने काम गर्ने मानिस हुन, यहाँ त महर्जन भनेको ज्यापू, ज्यापू भनेको काम नलाग्ने बनाइयो ।

‘साफू’ भनेको गाई पाल्ने । उनले गोपाल वंश, हिन्दू बुद्धि प्राय सवै धर्मका अध्ययन गरेका छन् । उनी भन्छन् ‘गोपाल’ भन्ने नै छैन त्यतिखेर । पहाडबाट आएका ब्राम्ह्मणले इतिहास लेखेर नेपालीहरुले इतिहाँस नै गलत पढेको बताउँछन् । त्यतिखेरका दरबारमा बस्ने श्रेष्ठहरुले ज्यापूलाई त्यति मन पराउँदैनथ्यो । यसकारण दरबारीयाहरुले नेपालको इतिहास गलत लेखेको तथ्याङ्कशास्त्रीको छ । भन्छन्, ‘जंगबहादुर राणाले पाटनको सुनागुथी बस्ने मेंपू (रागो पाल्ने) सँग जुवा खेल्न पैसा लिने गरेको पाइन्छ । त्यतिखेरका पाटनका मेंपू नै अहिलेका राजभण्डारीहरु हुन ।’

नेवाः भन्ने शव्द पनि २०० वर्ष अघिमात्र चलन चल्तीमा आएको पाइन्छ । ज्यापूहरुलाई आफ्नो काम भन्दा अरु मतलव नै छैन । काठमाडौंमा अन्यत्रबाट मानिस आउने क्रमसँगै यहाँको संस्कृति विग्रेको उनको गुनासो थियो । लिच्छवी राजाले काठमाडौं शहर भन्न थालेको पाइन्छ । तर अहिले पनि काठमाडौंलाई नेवारी भाषामा ‘ऐं’ भनिन्छ । पाटनलाई एल, भत्तपुरलाई खोप, कीर्तिपुरलाई किपुः र टेकु भन्ने शव्द किराती शव्द हुन । त्यतिखेर न राजा थिए न प्रजा नै । सबै समान भएर बसेको अवस्था थियो । यहि मान्यतालाई आत्मसाथ गर्दै नेवारहरुले गुठि चलाउँछन् । उनी भन्छन्, त्यहि गुठिले जन्मेदेखि मर्नेसम्मको कुरा चलाउने गर्छ । गुठि चार वा आठ जना थकालीले चलाउँछ । एकले गल्ती गरेमा बाँकी थकालीले सच्याउने भन्ने हुन्छ ।

त्यतिखेर काठमाडौं एउटा शिल्क रोड थियो । यहाँ सुनको गजुर, तामाका पैसा र घण्टा बनाउने, व्यापार गर्ने काम हुन्थ्यो । यहाँको आम्दानीले देहरादुन (दिल्ली) सम्म धानेको थियो । बौद्धिक मानिसहरुको जमात बसेको ठाँउमा मूर्खहरुले हातहतियार देखाएपछि कव्जा गर्न सफल भएको उनले तर्क गरे ।

पृथ्वी नारायण शाहले काठमाडौं आक्रमण गर्दा यहाँको जनसंख्या ४५ हजार थियो । तर गोर्खाका जम्मा ३ हजार ! कसरी जित्यो होला ! ब्रिटिस्ले सहयोग नगरेको भए जित्न सक्ने अवस्था थिएन । त्यतिखेर ब्रिटिसहरुले १० हजार गोली गठ्ठा सहयोग गरेको उनी बताउँछन् । पृथ्वी नारायण शाहले काठमाडौं जितेपनि नेवारहरुका तान्त्रिकले मार्छ भन्ने डरले नुवाकोटमा गएर बसेका थिए । तर त्यहाँ पनि उनलाई तामाङले मा¥यो । इतिहास के लेखियो फरक कुरा हुन । उनको बुझाइमा काठमाडौं पृथ्वी नारायण शाहले एकिकरण गरेको होइन । भन्छन्, त्यसपछि आएका राजाले नेपालका लागि कति काम ग¥यो, त्यसको लेखाजोखा गर्न सकिन्छ ।’ यसकारण आफ्ना भाइभारदार काट–मार गर्नेहरुले विकास गरेको हो भन्न मिल्दैन । भन्छन्, त्यहि पूर्खाहरुले नेपालमा राज्य चलाउँदै आएका छन् । ब्राम्ह्मणले राज्य गर्दाको उपज हो, उनीहरुसँग एक आपसमा मिलेर बस्ने संस्कृति छैन ।

पुस्तक प्रकाशन
सन् १९९१ नेभेम्बर ७मा उनले स्नातक तृतीय श्रेणीका लागि ‘रिसर्च मेथडोलजी’ प्रकाशनमा ल्याएका थिए । सोही श्रेणीका लागि बायोस्टाटिक्टीस् पनि । नेपालको डेमोग्राफीमा अध्ययन, नेवाः जस्ता पुस्तक प्रकाशन गरेका छन् उनले । विगत छ वर्षदेखि नेपालको इतिहासलाई पुनारावोकलन गर्दै गलत भएका ति इतिहासलाई प्रकाशमा ल्याउन लागेका बताउँछन् । उनी भन्छन्, ‘सही स्टाटिक्सटिक्स जानेमा सर्भे जस्ता कुरा गर्नै नपर्ने उनको तर्क छ ।’ स्वयमले सोच्ने र नयाँ कुरा लेख्ने अहिलेको विद्यार्थी गर्न पाउँदैनन् । सत प्रतिशत अंक ल्याउन मरिहत्ते गर्ने गरेको पाइन्छ । यसकारण विद्वान भनेको ९८ प्रतिशत ल्याएका होइन । सेक्सपियरले के लेखे भन्ने पनि होइन । तर लियो ट्यसटोयको भनाइ भने उनलाई मन परेको छ, ‘राइट मोमेन्ट टु एक्ट, राइट पर्सन टु डिल र राइट मोमेन्ट टु थिङक ।’

विद्यार्थीहरुलाई आफै सोच्ने किसिमको शिक्षा हुन पर्ने हो । ‘ask not what your country can do for you – ask what you can do for your country’  भन्ने जोन एफ केनेडि भनेको भनाई उनलाई मन पर्दछ । नेपालीहरु स्वदेशमा केहि भएन भनेर रातारात भागिरहेको छ नि !’ नेपालका राजनीतिक दल तर्फ इकित गर्दै उनले भने, ‘राष्ट्रिय सरकार भनेपछि अराष्ट्रिय सरकार पनि त हुन प¥यो । अहिलेसम्मको सरकार अराष्ट्रिय सरकार थियो त !

शिक्षण पेशामा ४४ वर्ष
नेपालमा विद्यार्थिहरु अनुर्तीण हुन्छन् । तर विद्यार्थी फेल गर्ने पक्षमा छैन उनी । एक पटक उनले वेजुकेशन वेस्टेज भन्ने कुरामा स्टाटिक्सटिकल रुपमा अनुसन्धान गरेका थिए । त्यो रिसर्चको प्रकाशन नेपालमा सम्भव नभएपछि नेपालीलाई थाहै नदिइ बैङकक पठाएर प्रकाशन गरेका थिए उनले । त्यतिखेर विदेशमा हाइ–हाइ भएपछि नेपालमा पनि थाहा भयो मलाई सिरिज अफ कमेन्ट आयो भन्छन् उनी । नेपालमा मेरो त्यस किसिमको कुरा पत्याउने कसले ? यहाँ त आफ्ना फाइदाको लागि मात्र रिसर्च गर्ने गरेको पाइन्छ ।

आफू हाकिम हुन आफ्नो हाकिम हुनु पर्दछ । पञ्चायतदेखि नै नेपालमा एउटा गलत परीपाटीको विकास भयो, उपकुलपति वा डीन बन्नलाई पहुच हुनु पर्ने । त्यतिखेर मेरा नाता पर्ने हंसमान सिंह दरबारमा नभएको भने होइन । पहिले पनि मलाई राजाकहाँ पढाउनकोलागि अनुरोध गरेको हो । त्यतिखेर पनि आफू दरबार नगएको हो । त्यस्तै बालकृष्ण खाँडले त्रिविवि कीर्तिपुरमा दिनको एक पटक टेबल नठोकेको पनि होइन । त्यतिखेर खाँडले नेपाली कांग्रेसका प्रकाशमान सिंहको गुरु भएको नाताले उहाँलाई केहि पनि गर्न नमिल्ने सुनाए । तरपनि आफूलाई त्रिविवि कसरी चलाउने भन्ने पूर्ण ज्ञान हुँदा पनि चलाउन पाइएन । उनको एक पटक त्रिविविमा भिसिको कुरा चल्दा हो ।

महेन्द्र विद्याभूषण ‘क’ पुरस्कारका पाएका छन् उनले । गोरखा दक्षिण बाहु चौथों दिने भन्ने कुरा उठेको थियो । आफैले लिन मानिन् । उसो त गोर्खा भन्ने वितिक्कै पहिलेदेखि मन पर्दैन्थ्यो । यसकारण त्यो पुरकास्कार लिन नचाएको उनी सुनाउँछन् । अर्को कुरा गुरु भएर चेलालाई हजुर भन्न आफू कहिले नगएको र नेपालको उच्च पदमा चेलाहरु भएतापनि आफू कहिलेपनि चेलाकहाँ कुनै कामकालागि नगएको बताए ।

नेवार भएपनि उनलाई नेवा राज्य मन पर्दैन । उनी कम्यूनिस्ट हुन तर एमाले, एमाओवादी जस्ता होइन । खुलेर नेवार कम्यूनिस्ट भन्न रुचाउनुहुन्छ । आफै स्वघोषित आयू ७५ को हवाला दिदै अहिलेसम्म त कसैसँग झुकेर खानु परेन अव किन झुक्ने ? किन डराउने जस्ता कुरा गर्नु हुन्छ । त्यसो त उनलाई शासन शव्द मन पर्दैन । यो शव्द प्रयोग गर्न नहुने उनको तर्क छ । तर उनको तर्क छ राज्य भन्दा पनि सामाजिक व्यवस्थापन (community management) जस्ता शव्दको छनोट गरेर देश चलाउनु पर्ने बताउँछन् । ‘विद्वान वर्ग राखेर केन्द्रीय काउन्सील बनाउने र त्यस मातहतका अन्य स्थानिय काउन्सील हुन पर्ने’ उनको तर्क छ । भन्छन्, ‘अहिलेको राजनीतिज्ञ र पाटी भनेका पञ्चे सरह हो । विकास गर्न वुद्धि–सिप चाहिन्छ तर उनीहरुसँग त्यस्तो गुणको कमि छ ।’

गुरू, चेला र देश विकास
बाबु जति राम्रा भएपनि छोरा अंश मात्र लिन खोज्ने भएमा त्यस्तो छोरालाई बावुले अंश कदापि दिदैन । त्यो समय स्टाटिक्सटिक्सकालागि विदेशी पाठ्यक्रम नक्कल गरेर पढाएका थिए । तैपनि गुरु र चेला बीचको संम्वन्ध त्यति राम्रो हुन सकेन । अहिले तथ्याङ्कशास्त्र केन्द्रीय विभागमा अध्यापन पेशामा लागेका प्राय सबै मेरा विद्यार्थीहरु हुन । मान्छेमा एउटा रोक के हुदो रैछ भने, गुरु कार्यकक्षामा हुने वितिकै उनीहरुलाई समस्या पर्दथ्यों ।

‘तीस वर्ष अगाडि नेपाल स्टाटिम्सटिकल सोसाइटी खोलेका थिए । त्यतिखेर त्यो सोसाइटी तर्फबाट पनि रिसर्चको काम गरेको’ बताउँछन् । ‘हाम्रो बुर्जुवा संस्कृति कस्तो छ भने कुर्सीमा बसुनजेल गुरुलाई चिन्दैन तर पद खुस्कीएपछि भने सर नमस्कार भन्दछ ।’

अलि हक्की स्वभावका कारण उनलाई विद्यार्थीले मन नपराएको पनि हुनसक्छ, आफै स्वीकार्छन । भन्छन्, ‘एक पटक उनले प्लानिङ्ग कमिशनको मिटिङ्गमा इन्डियाबाट आएका मानिसले नेपालमा रोजगारी पाउने र नेपालका मानिसलाई विदेशमा ‘एक्स्पोट’ गर्ने । के हो हाम्रो ‘डिफेक्ट’ भनेर पनि भने ।’ तर कस्ले सुन्ने उनको कुरा ।

बाँदरले ध्यान गरे भने कस्तो होला ! केहि नेपालीहरु ध्यान गर्दा पनि विदेशीको पैसा कसरी ल्याउने र खाने भन्ने मै केन्द्रीत हुन्छन् । यसकारण नेपालका भ्रष्टचारीलाई कारर्बाही भन्दा पनि फाँसीको व्यवस्था नभएसम्म देश सुद्रदैन भन्ने मान्यता राख्छन् । राम्रा मान्छेलाई भिसी नै बनाउन दिदैनन् किनभने भिसी हुनकोलागि प्रतिशतमा कमिशन दिन पर्ने प्रावधान छ नेपालमा ।

एक पटक योजना आयोगमा उनले सुझाव नै दिएका थिए, ‘यतिका रोड किन खन्नुहुन्छ तपाईहरु—बाटो बनाएर पैरो जाने, त्यसमा पनि पेट्रोल, डिजेल टायर खिइन्छ—सबै इन्डिया धनी हुने बाहेकका अन्य काम छैन ।’ यसकारण रोप वे राखौं भनेका थियौं । धनकुटामा स्याउ फलेको भन्नु बेकार छ, ढुवानीका कारण महङ्गो भएर बजारमा ल्याउनै सकिदैन ।

नेपालीको काम गरेर खाने परम्परा छैन । नेवारहरुमा काम गरेर खाने परम्परा विद्यमान छन्–त्यो पनि विशेष गरेर ज्यापु समुदायमा । हाम्रा ब्राम्ह्मण्ड, क्षेत्री भनेका पृथ्वी नारायण शाहको पालादेखि धुर्तयाइ गर्न खप्पिस छन् । सुगौली सन्धि पश्चात नेपाली सेना गोर्खा लाहुरे बन्न थाले । यसरी आफ्नो देशमा सेना मिलाएर राख्न नसक्ने भएपछि भारतीय सेनामा भर्ना गर्ने व्यवस्था गरेका हुन । यिनीहरु बुद्धि भएका मानिस भने होइन । इन्डियन बाबु, बेलायती ‘सायब’ र नेपाली बाबुसायब, कमिशन खाँदै आरामसँग गुटि हाकेर बस्न पल्केका छन् । भएका युवालाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुको साटो विदेश पठाउने राजश्व उठाउने बाहेक अन्य काम हाम्रा नेताहरुको देख्दिन ।

त्रिभूवन विश्वविद्यालय केन्द्रीय तथ्याङ्क विभागको भवन उनको पालामा बनाइएको हो । ‘मैले एक पैसा तलमाथि नगरेके खुलासा गर्छन् । तर एक पटक सोही विभागमा फिलिपिन्सबाट ३ करोड अनुसन्धानको लागि आउने भयो, विभागलाई अडिटले समात्ने भनेपछि तत्कालिन भिसिलाई लौ न यो रकम केन्द्रबाट आउने व्यवस्था मिलाई दिनु पर्यों भने, ‘रकम आउने भएपछि उनीहरुको ठूलै पहल भयो’—एक तर्फी तर पैसा आएन । यस्तो छ हाम्रो दुर्दशा काम गर्नेले मिलाएको रकम पनि नआउने ।

तत्कालिन पञ्चायतको पालामा विद्यार्थी राजनीतिलाई दवाउन पञ्चायत सरकारले त्रिविविलाई गोप्य रुपमा वर्षको ६÷७ करोड रकम दिने गथ्र्यों । त्यो रकम छ भनेपछि तत्कालिन भिसि दंगसाथ स्टार्ट डिपार्टमेन्टलाई १ करोड २५ लाख दिएको थियो—भवन बनाउनकोलागि । ‘त्रिविविमा एउटा यस्तो संयन्त्र छ, त्यसको दुई प्रतिशत उनीहरुले कटाएर राख्छन्, खासमा त्यो कमिशन नै हो’ उनी भन्छन्, ‘जवसम्म वुर्जुवा संस्कृती अगाल्छ तवसम्म देशको विकास हुनेछैन ।’

फिलिपिन्समा हाम्रो धानको विउलगाएत सम्पूर्ण विउविजन संगालेर राखेको पाइयो । हाम्रोमा शिला खोज्नु पर्ने हुन्छ । भूकम्पकै कुरा गर्नु पर्दा बाग्मतिको किनारमा मोजमस्तीगर्ने रकम कहाँबाट आयो, त्यो ठगेको पैसा त हो नि ! मसँग साधन छ तरपनि म लोकल गाडिमा हिड्छु प्राय जसो, मेरा छोरीहरुले सुटेट बुटेट भएर हिड्न सुझाव दिन्छन् । खान नपाएर के को सुटेट बुटेट, किन चाहियो भन्ने लाग्छ ।

कुराकानीको बीचमा पुन एक चोटी उनले लेखेका नेवा पुस्तक निकाल्न जाँदै यतिका धेरै कुरा नगारौं भन्ने सम्म भयो । यतिका अनुभव भएका विद्वानसँग कसरी धर्म र इश्वरको कुरा नगरी फर्कने कुरै थिएन । तत्कालै प्रश्न सोधिहाले— जीवनमा कहिल्लै पछुतो भएन भन्ने कुरा गर्दा, ‘उनले आफूले नै ग्रेस नम्वर दिएर उर्तीण गराएका विद्यार्थी राजनैतिक लिङ्कका आधारमा ठूला पदमा बसेर समाजको भलो हुने काम नगरेको देख्दा दिक्क त लाग्दो रहेछ ।’ सबै बदमास भयो भन्दैमा आफू पनि बदमास हुने कुरा आएन । म शिक्षा मन्त्री पनि होइन, उपकुलपति पनि होइन, आफूले चाहे जस्तो त्रिविवि र शिक्षा नीति नै परिवर्तन गरि शिक्षामा नयाँ आयाम थप्न कहिल्यै उठ्नै दिएन । पुस्पलालको कम्यूनिस्ट पार्टीको सदस्यता लिनुु पर्दछ भन्ने सम्म कुरा आए । त्यो चाँही उनले गरेनन् ।

एक पटक उनले इन्द्रचोकको वाँणालाई गणेशको मुर्ती बनाउन आग्रह गर्दा, विना नाप तौल गणेश बनाई दिएको स्मरण गर्दै पढेलेखेका मानिसले भएको भए यति लम्वाई, चौडाइका कुरा गथ्र्यों, घण्टौं नाप तौलमा विताउने गर्थौैं तर वाणाले तुरुन्त बनाइदिए रे उनलाई । यसकारण मानिसले जातित्वमा भेदभाव राख्न नहुने मान्यता रान्नुहुन्छ । ‘भूटानमा ३०० मिटर अग्लो बुद्धको मुर्ती बनाइरहेका छन्, त्यो पनि पाटनका एक जना नेपाली मुर्तीकारले । त्यो मेसिनले पनि बनाउन सकिदैन । यस्ता मानिसलाई खोइ प्रोत्साहन गरेको सरकारले । खै युवालाई यस किसिमको शिप सिकाएको, खाली खाडी मुलुकमा भरीया बनाएर देशको सम्वृृद्धि हुन्छ ?

२ प्रतिशत (२ लाख) नेपाली बाहिर हुँदा सरकारले गणना नगर्ने भन्ने छ । अहिले त २० लाख नेपाली विदेशमा छन् । नियम अनुसुार छ महिना भन्दा माथि बिदेश बसेमा नेपाली होइन भन्ने छ । बुढो भएपछि कहाँ जान्छन् उनीहरु । यस्तो पनि नियम हुन्छ ?

धर्म र जीवन
कुराकानीको महत्वपूर्ण प्रश्न थियो, जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ, स्टार्ट अनुसार भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरें । ‘७३ वर्ष नागी सक्यो, अवको केहि वर्षमा म नहुन सक्छु । छ वर्ष अगाडि मेरो श्रीमति वितिइन् । विद्यार्थीलाई गणितमा ‘नल सेट’ पढाए, त्यतिखेर नल सेटलाई राम्ररी नबुझेको रहेछु । त्यो नल सेट आज बुझ्दै छु । जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको हो । बिना स्त्रीलिङ्ग संसारमा लाइफ सम्भव हुँदैन । विना स्त्री–पुरुषले मायाजालको कुरा गर्दैन । आजभोली यस्तो लाग्छ, घरमा सबै जना व्यस्त हुन्छ, त्यो भनेको उसको हुँर्कदै गरेको छोराकोलागि काम गरेको देख्दछु ।’

उनलाई धर्ममा पनि विश्वाास लाग्दैन । सत्य कसैलाई पनि थाहा छैन भन्छन् । त्यसकारण अधिकतम नजिक थाहा हुनसक्छ । मरेपछि खतम हुन्छ वा पुर्नजन्म हुन्छ । यो रहस्यमय कुरा हो किनभने हजारौं क्रोमोजोम—त्यो न्यूकिलिक एसिडबाट आउने हुन्छ । त्यही केमिकल इलेमेन्टबाट बायोलजीकल पार्ट कसरी विकास भयो कुरा यहि निर अडकेको छ । विज्ञानले पनि यस कुरा पत्ता लगाउन सकेका छैनन् । यसकारण जीवन भनेको शून्य हो । शून्य आकार जस्तै जीवनको प्रक्रिया पनि घुमिरहन्छ । आज बाह्र बच्छ—भोली फेरी बाह्र बच्छ । जीवन यसरी चलिरहेको हुन्छ ।

महाभारतको गीताको स्लोक १२मा तिमी पहिले पनि छौं, अहिले पनि छौं र पछि पनि हुनेछौं भन्ने श्लोक निकै घत लागेको बताए । बुढो कसलाई भन्ने ? अहिले त ६० नागेकालाई बुढा भन्छन् । पहिले ८ हजार वर्ष बाँचेको किम्वदन्ती छ । १६ सय वर्ष बाँचेको मान्छेका कुरा छन् । यसकारण मानिसलाई तीन किसिमले मापन गर्न सकिन्छ । पहिला लिनियर (वर्षेपिछे १,२,३,…) अर्को फिजिकल (शरीरको बनावटको आधारमा बच्चादेखि बुढासम्म) त्यसपछि उ कुप्रन्छ– सकिन्छ । र, तेस्रो मेन्टल एज—बच्चा वेलाको दिमाग, युवा अवस्था र वृद्ध अवस्थाको कुरा ।

घडिमा विहानीको साँढे नौं बजीसकेको थियो । लौं पुग्यो आजलाई पछि फेरी आउनुहोस गफ गरौला, एकै पटक खानु हुदैन, पेट गढबढी हुन्छ भन्नु भयो । उसो त विज्ञान पढेका मानिसले ईश्वरीय तत्वमा विश्वास राख्दैन भन्ने आरोप छ । त्यसमाथि पनि तथ्याङ्कले भण्डार भएका विदानलाई छोड्ने कुरै थिएन । सर, इश्वर हुन्छ कि हुँदैन भनिहाले । जटिल प्रश्न गर्नु भयो भन्दै, ‘इश्वर छैन भनौ भने—प्रकृति छ, यसकारण ईश्वर छन् । फरक यतिमात्र हो, ‘उसको रुप भने अलक छ ।’

भगवानलाई देख्दैनौं तर इस्टमेट भने गर्न सक्छौं । त्यस्तै सबै नेपालीको आम्दानी कति होला हामी यसको स्टमेट गर्न सक्छौं । त्यो पनि मिन निकालेर । यसले लगभगमात्र भन्न सक्ने हुन्छ । भगवानको हकमा पनि त्यस्तै हो । उनलाई लाग्छ, फरक–फरक नामका भगवान भनेका शक्तिका विभिन्न अंग हुन । त्यस्तै धर्म भनेको सापेक्षित हुन । यसमै यो क्रियाशिल हुन्छ ।

माहात्मा नदीको किनारमा तपस्या गरिरहेको थियो । उनले खोलामा विच्छी बगाएर ल्याएको देख्छ र उसलाई बचाउन खोज्दा, त्यसले टोकिदिन्छ । माहात्माको हातबाट रगत बगिरहेको एक जना बटुवाले देख्छ र उसले माहात्मालाई बचाउँछ । भनाइको मतलव माहात्माको बचाउने धर्म हो भने विच्छीको टोक्ने । दुवैले आ–आफ्नो धर्म निभाएकै हो । त्यस्तै उनको जीन्दगीमा पनि विद्यार्थीले धेरै काण्ड मचाए उनीमाथि । तैपनि सबैलाई पास गरेको उनले सुनाए । संसारमा माहात्मा भन्ने यस्तो मूर्ख हुँदो रहेछ । आफैलाई टोक्नेलाई पनि बचाउने । क्राइस्टलाई मान्ने, कृष्णलाई मात्र मान्ने यस्तो धर्म हुदैन ।

फुसर्दको समयः
इतिहासलाई नियाल्ने हो भने काठमाडौं पछिको नाम हो । इन्द्रचोकमा भैरबको मन्दिर छ, यलम्बर भन्ने तान्त्रिकले शहर बनाएको भन्ने भनाइ छ । त्यतिखेर ओंघ, नघः, किलाघः टोलहरु बनाएर ऐं भन्ने शहर विकास गरेका थिए । पछि कान्टेश्वर महादेवको मुर्ति बानाइएछि कान्तिपुर नाउले चनिन थाल्यो । त्यसपछि बनेको थियो काष्ठमण्डप मन्दिर । यहिबाट काठमाडौं नाउले चिनिन थालेको इतिहास छ । पछि लिच्छवीहरु आएपछि उनीहरुले राजतन्त्रको सुरुवात गरेको पाइन्छ । योसँगै संस्कृतको प्रयोग गर्न थाले । तीन सहरको नाम कान्तिपुः भक्त्तपुः र कीर्तिपुः राखेको हो ।

सात दिनको सप्ताहा एक दिनमा गर्ने, मानिसको मृत्यु भएपश्चात् ४५ दिनमा गर्ने काम १३ औं तिथिमा गरेर कहि हुन्छ । लौ भन्नुस् ४५ दिनमा खानु पर्ने औषधि १३ दिनमा खानुभयो भने के हुन्छ । सात दिनसम्म प्रति दिन खानु पर्ने औषधि एकै दिन खानु भयो के होला ! हाम्रो धर्म संस्कृति विगार्ने काम ब्रामण्डहरुले गरेको हो । यसकारण ६ वर्षदेखि नेपालको इतिहासमा गल्ति भएका कुरा लेखिरहेका छन् उनी ।

विज्ञानका हस्ती अल्वर्ट आइन्सटाइनले सापेक्षवादको कुरा भखभचथतजष्लन ष्क चभबितष्खभ मन परेको यि विद्वानले न्युटनको कुरा समेत गरें । ‘स्याउ खसेको सबैले देखेको छ, मैले खाली भन्ने काम मात्रै गरेको हुँ— पृथ्वीमा कति कुरा छन्, यो समुन्द्रमा ढुङ्गा हानेको मात्र हो ।’ भने जस्तै उनले पनि सानो काम गरेको बताउँछन् । भनछन्, ‘अथाहा छन् खोज र अनुसन्धानको कुरा गर्नु पर्ने । हाम्रो जस्तो सौर्यमण्डलमा भएका जस्तो सूर्य अन्यत्र कति छ कति ! यसकारण यो धनात्मक इन्फिनिटि(अनन्त) र ऋणात्मक इन्फिनिटि भित्र हामी छौं । हाम्रो समाजले कसरी बुझ्दछ यस्ता कुरा । छोरीको जागिरबाट कति आउँछ । ज्वाईको आम्दानी कति छ, विहान के खायो, घर छकि छैन । यस्ता कुरामा मानिसको दैनिकि चलिरहेको हुन्छ ।’

कुराकानी विट मार्ने क्रममा भन्दै थिए । मानिसले जर्वजस्ती गर्ने, युवतीहरुले छोटा लुगा लगाउँने, उनीहरुको अवचेतन (अनकन्सियस) मनले गरेको हो त्यो । प्रोगाम नै त्यस्तो बनाएको छ । कसले गराउँछ थाहा नभएपछि त्यो हुनु स्वाभाविक हो ।

संसारमा सभ्यता भनेको छँदै छैन भन्ने कुरा पहिले पढेको थिए । माहात्मा वा जो कसैले पनि सहबास गरेकै हुन्छ । त्योभन्दा माथि मानव उठ्न नसकेको उनको तर्क छ । २१ औं शताव्दी भन्छौ । के को २१ औं ? काम गरेको केहि छँदै छैन—हामीले । खाली उसले आफ्नो जिन ट्रान्सफर गर्ने शिवायः । खाली मृत्यु पछि पनि जिन रहिरहन्छ भन्ने मात्र हो । तसर्थ, प्रोगाम नै यस्तो छ, प्रकृतिको, जुन भगवानले बनाएको हो ।

त्यसोत मानिसले मरेर लाने केहि पनि होइन भन्छन् । आजकल यी विद्वानलाई विहानीको दुई बजेपछि निद्रा पर्दैन । छोरा÷छोरी सबै सबल छन्—तैपनि निद्रा आउँदैन । चिन्ताले मात्र निन्द्रा आउने होइन रैछ । यसकारण कसैलाई गाली गर्ने मेरो धर्म होइन, काम पनि होइन तर कहिले काहीँ केहि नभनु भन्दा पनि बोल्नै पर्ने हुन्छ । यसकारण कसैलाई गाली नगर्नु भन्ने मेरो अनुरोध छ । मैले पनि धेरै अपराध गरे होला जानी–नजानी भन्ने लाग्छ । प्रसंग जोड्दै, ‘दुर्योधनले नचाइने काम गर्थों । उसको बाजेलाई दिक्क लागेर एक दिन तिमीले किन उल्टो–उल्टो काम गर्छस्, आफ्नो बुहारीलाई किन नाङ्गो गर्छस् भनेर सोधियो । त्यसबखत दुर्योधनले पनि जबाफ दिन्छ, मलाई गर्न हुदैन भन्ने ज्ञान छ, तरपनि कस्ले हो मलाई गराउँछ । यस्तै हो नेपालका घुसखोरी राजनीतिज्ञलाई पनि यस्तै भइरहेको छ । कहि नै कहि गराइरखेको हुन्छ । मलाई पनि यस्तै लाग्छ । नरिसाउ! भनेपनि झनन् रिस उठ्दो रैछ, ए बाबा देउताले मानिसलाई परिक्षा लिदो रहेछ, भन्ने कुरा गर्छन उनी । चुप लागौं । हेपिहाल्छ । यसकारण यो विशाल मेकानिजममा हामी छौं । एउटा सानो विउ अहिले हामी यति ठूला भएका छौं । यो एउटा ट्रान्सफरमेसन हो भन्दै कुराकानीको विट मारे उनले ।

प्रस्तुतिः लक्ष्मण नेवा

The post तथ्याङ्कशास्त्रको धरोहर—प्रा. डा. मृगेन्द्रलाल सिंह first appeared on