वायू प्रदूषणमै खारिएको जीवन

संसारमा कोही निकम्मा छैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यतिमात्रै हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथी चढे उनीहरू महान् कहलाइए । र, जसले आफ्नो प्रतिभालाई चिन्ने प्रयत्न नै गरेनन् या माथी उठ्ने साहस गर्न सकेनन् उनीहरू सात अरबको भीडमा हराइरहे । सबैको एउटा प्यासन हुन्छ… महान् फुटवलर पेलेले गरिबीमै पनि झुम्राको बलमा खाली खुट्टा फुटवल खेलीरहे । मोजार्टले कठ्यांग्रिएको हातमा मोजा लगाएर पनि संगित साधना गरिरहे । खाने छाक कटाएर किताब किन्ने हेनरिक इब्सन, दिउसो चर्को घाममा पनि क्रिकेट खेल्ने तेन्दुल्कर, कलेज छाडी फिल्म खेल्ने बु्र्स ली यी सबैमा एकै समानता थिए उनीहरूले आफ्नो प्रतिभा चिने र हरहालतमा प्रतिभालाई फैलाउने हिम्मत गरे । र त उनीहरूले आफ्नो प्रतिभाले नै संसार हल्लाउन सके । हामी पनि पेले /रोनाल्डो हौ, इब्सन/ मोजार्ट हौ, फरक यत्ती हो उनीहरू उठेका पेले हामी सुतेका पेले । उनीहरू उठेका मोजार्ट हामी सुतेका मोजार्ट । उनीहरू प्रतिभा फैलाएर विश्वमा छाएका ’ग्ल्यामर’ हामी प्रतिभा दबाएर आफैभित्र खुम्चिएका ‘लठुवा’ ।

विश्वमा  ७० लाख मान्छे प्रदुषणका कारण मर्दछन । तर काठमाडौंको यस प्रकारको डेटा नै छैन । इटाभट्टामा जिकज्याक फायरिङमात्र जोड्ने हो भने ३० प्रतिशत प्रदुषण कम गर्न सकिन्छ ।

जब झुसिलकिराको आफ्नो संसार सकिन्छ तब न उ सुन्दर पुतली बन्छ । हरेक बस्तुको सकरात्मक र नकरात्मक दुइवटा पाटा हुन्छन । त्यसैले बस्तु महत्वपूर्ण होइन,दृष्ट्रिकोण महत्वपूर्ण कुरा हो । कुन बस्तुलाई हामी कसरी हेर्छाै ? यसैले निर्धारण गरेको हुन्छ जीवनमा उन्नती र अवनतीको पथ । कास हरेक समस्याले उतिकै महत्वपूर्ण अवसर बोकेर आएका हुन्छन, जस्ले समस्यालाई अवसरको रूपमा हेर्दछ । उसैले जीवनमा सफलताको चुचुरो चुम्दछ । वायू प्रदुषणको क्षेत्रमा नेपालबाट विद्यावारिधि गर्नेको संख्या जति छ ती मध्य सबैभन्दा अग्रणी स्थानमा छन। जस्ले आफ्नो प्रतिभा र क्षमतालाई चिने र निरन्तर विज्ञानको क्षेत्रमा अध्ययन/अनुसन्धानको क्षेत्रमा खटिरहे । यही वायू प्रदुषणको विषयमा निरन्तर अनुसन्धानरत रूपाखेतीको व्यक्तित्व परिचय यस अंकमा समेट्ने प्रयास गरेका छौं ।

जन्म, शिक्षा, दिक्षा
मकवानपुरको हटिया गाँउमा आजभन्दा ४६ वर्ष अगाडि पिता भोजराज रूपाखेती र माता लीलादेवी रूपाखेतीको कान्छो सुपुत्रको रूपमा २०२६ साल फागुन २८ गते बुधवार भएको हो । ६ दाजुभाई र दुई दिदीका ‘कान्छा’ उनी परिवारका अत्यन्त ‘प्रिय’ बने ,जसरी उनी आज वायूप्रदुषणका क्षेत्रमा प्रिय पात्रका रूपमा परिचित छन । मध्यम वर्गीय परिवारमा हुर्किएका उनका माता÷पिताको आम्दानीको स्रोत खेतीपाती थियो । पिताजी आयूर्वेद,ज्योतिषशास्त्र,धर्मशास्त्रको राम्रो ज्ञान थियो यही पाटोबाट गाँउमा गनिए चुनिएका । पिताजीको ज्ञानको प्रभाव महेश्वरमा पर्नु स्वभाविकै थियो । त्यही कारण अक्षारभ्भ घरमै भएको हो । स्कूले शिक्षाको सुरूवात भने सभ्भवत नेपालको पूरानो स्कूलमध्यको एक (विसं २०१६ सालमा स्थापना भएको) बालवोध निम्न माध्यमिक विद्यालयबाट हुन पुग्यो । ( हाल उक्त स्कूल प्लस टु सम्म भइसकेको छ । ) सात कक्षा भन्दा माथिको पढाई तिनताक उक्त स्कूलमा हुदैनथ्यो त्यही कारण बाँकी अध्ययनका लागि हेटौंडासम्म लम्कनु पर्ने अवस्था आयो । हेटौंडा र हटियाको दुरी जम्मा १२ किमिमात्र थियो । कक्षा ८ अध्ययनका लागि उनी भुटनदेवी व्यवसायिक माध्यमिक विद्यालयमा भर्ना भए । हातभरी कितावका चाङ बोकेर उनी हटिया देखि भुटनदेवी सम्म लम्कन्थे । २०४३ सालमा सोही स्कूलबाट एसएलसी उत्र्तीण भए । झण्डै ३० वर्ष अगाडिको फ्ल्यासव्याकमा उनी मधुरो मधुरो हुँदै गएको जीन्दगिका अतितका पानाहरू सम्झदै छन र हामीलाई सुनाउदै छन हिमालयन होटल कुपण्डोल परिसरमा । ‘२०४३ सालमा एसएलसी उत्र्तीण भए । जिल्लाभरीबाट एसएलसी दिने सय जना थिए,त्यसमध्य प्रथम श्रेणीमा उत्र्तीण भएँ ।’

इन्जिनियर बन्ने सपना
प्रथम श्रेणीमा उत्र्तीण भएपछि विज्ञान संकाय नै पढ्नुपर्दछ भन्ने मानसिकता थियो । त्यही कारण म विरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए,४५ सालमा । अल्लारे ठिटो,अहिलेको जस्तो क्यारिअर काउन्सिलिङ केन्द्र त्यो समयमा कहाँ पाउनु ? कसैले सुनायो साइन्स पढ्यो भने अझैं, इन्जिनियर बन्यो भने सबैले गन्ने÷मान्ने भइन्छ । यी अल्लारेमा पनि त्यस समय सबैको गन्ने/ मान्ने व्यक्ति बन्ने भुत सवार भयो मनको एउटा कुनामा इन्जिनियर बन्नुपर्दछ भन्ने थिया,तर इन्जिनियर बन्न के पढ्नुपर्दछ भन्ने थाहा थिएन । ठाकुराम वहुमुखी क्याम्पसमा उनी भौतिक शास्त्रका विद्यार्थी बन्न पुगे । त्यो समयको रमाइलो किस्सा सुनाउदै महेश्वर भन्छन‘पढ्दै गए, हरेक विषयको बेग्लै÷ बेग्लै नोट राख्नुपर्दछ भन्ने थाहा भयो । तर स्कूलमा विज्ञान विषय पढाउने शिक्षक एउटा मात्रै हुन्छन,त्यहाँ ‘केमेष्ट्री’ विषय पढाउने शिक्षक नै ४/५ जना छन,यस्को माहोल बुझ्न नै तीन महिना लाग्यो । ६ महिना पछाडि बल्ल फरक फरक केमेष्ट्रीका लागि फरक फरक नोटबुक बनाउन थाले ।’ हटिया र हेटौडा तिर एउटै भाषा बोलिन्थ्यो नेपाली । उनको किशोर मस्तिकमा त्यतिबेलासम्म नेपाल भित्र एउटै मात्र भाषा बोलिन्छ भन्ने लाग्दो रहेछ । बिरगञ्ज गएर बस्न थालेपछि भाषाले उनलाई चक्कर लगायो । यही पुगेपछि थाहा लाग्यो भिन्नता बारेमा । निरन्तरको मेहनतको नतिजा निस्कियो आइएस्सी प्रथम श्रेणीमा गरे । त्यो पनि क्याम्पस ‘थर्ड’ भए । पूरानो साथीहरू सम्झन्छन, जो उक्त समयमा क्याम्पस प्रथम र द्धितीय भएका थिए,एक जना इन्जिनियर बनेका ,अर्काे मारवाडी साथी पुख्र्यौली पेशा व्यापार तिर लागेर पितापुर्खाको वीडो थामिरहेछन । र, उनी पनि यद्योपर्यान्त अनुसन्धानकर्ता बन्ने धुनमा तल्लीन छन् ।

डा महेश्वर रूपाखेती

अनि मोटियो बाटो…
इन्जिनियर बन्ने सपना बोकेर राजधानी भित्रिएको एउटा किशोर । आइएस्सी पछि अस्कलमा पढ्न आँए । त्यतिखेर दुई वर्ष विएस्सी हुन्थ्यो । अस्कलमा आएपछि संयोगले एकदिन मेरो भेट भयो प्रोफेसर जे एन प्रधानसँग,उहाँ फिजिक्समा नाम चलेको प्रोफेसर हुुनुहुन्थ्यो । एक पटक उहाँसग भेट भयो । त्यतिबेला ट्युसन पढ्नुपर्ने ट्रेन थियो । हामीले खिचडी टिम बनायौं । सरले एक दिन मलाई भन्नुभयो‘ तिमी फिजिक्स पढ्न सक्छौं,तिमीमा सभ्भावना छ ।’ जेएन प्रधान सरको यो हौसलाले उनीमा भएको सभ्भावना यसरी झाङ्गियो कि मानौं,एकै रातमा जमिन मुनी रोपिएको वीज टुसाएर फुल फुल्न थाल्यो । आफूभित्रको निदाएको मान्छे जागेको झैं भयो उनलाई । पहिला देखि नै मेरो इन्ट्रेस्टिङको विषय फिजिक्स थियो तर सबैभन्दा रमाइलो चाँही नतिजा कम फिजिक्समा आउथ्थो । उनले सुनाए ‘तिमी फरक छौं,तिमी गर्न सक्छौ भन्ने खालको इन्सपिरेसनका जेएन प्रधान गुरूबाट पाए सँगै इन्जिनियर बन्न हिडेको एउटा ठिटो यता तिर आइपुगियो । यही पछाडि मेरो पाइला मोडियो । विएस्सी उत्र्तीण गर्दासम्म कति ठाँउमा स्कलरसिपका लागि एप्लाई गरियो त्यसको हेक्का उनीसँग छैन । विएस्सीको नतिजा निस्कियो ।

आफ्नो सफलताको कहानी सुनाउदै उनी भन्छन ‘हाम्रो व्याजमा अस्कलबाट म फस्र्ट र गोल्डमेडलिष्ट हुँ । वोर्डमा त्यतिखेर दश जनाको नाम अटाउथ्यो, पाँचौ नम्वरमा मेरो नाम पर्यो ।’ नेपाल केमिकल सोसाइटीले नेपाल भित्रबाट सबैभन्दा वढि अंक प्राप्त गर्न सफल विद्यार्थी छनोट गरी पुरस्कृत गर्न गर्दथ्यो । केमेष्ट्री विषयमा सबैभन्दा वढि अंक प्राप्त गर्न सफल भए पछि हरिहरराज लोहनी अवार्ड समेत पाएको थिए, त्यतिबेला ।

एमएस्सी पढ्न जानेमा वोर्डमा नाम निस्किएका दशमा एक जना बाहेक सबै जना फिजिक्स पढ्ने भयौं ।यही बीचमा इन्ट्रान्सको तयारी गर्दागर्दै पिताजीको निधन भयो । पिताजीको काजक्रिया सकाएर फर्किदा इन्ट्रास दिने समय भइसकेको थियो । संयोग इन्ट्रान्समा पनि प्रथम भए । त्यतिबेला इन्ट्रासमा टप गर्नेले नै ‘स्कोलरसिप’ पाउने व्यवस्था रहेछ । हाम्रो व्याचमा म्याथम्याथिटिकल फिजिक्स भन्ने विषय थियो त्यसैको जाँच दिने क्रममा पाठ्यक्रमभन्दा वाहिरबाट प्रश्न आयो । सबैले हापिदिने भने जाँच नै हाफिदियौं । ५० सालतिरको कुरा हो । प्रधानमन्त्रीलाई लालटिन बाल्दै भेट्न गयौं, डिन, रेक्टर, रजिष्टारलाई घेर्ने काम गर्यौं । पछि जाँच पोष्टपेन्ड भयो । जाँच आयोग बनेर छानविन भयो । फस्ट पेपर बाहेक अरू जाँच दिने भइयो । म्याथम्याथिटिकल फिजिक्सको जाँच भएन ।

एमएस्सी पढ्ने विद्यार्थीको संख्या ६० जना मात्रै थियो । ती विद्यार्थीको बीचमा म तेस्रो नै भए । त्यतिखेर स्रोत सिमित, शिक्षक सिमित हुने हुँदा पाँच जनाले मात्र थेसिस गर्न पाँउथे । त्यही बीचमा मैले थेसिस गर्न पाउने भए । त्यही समयमा हाइ इनर्जी फिजिक्स सम्बन्धी एउटा कन्फ्रेन्स भएको थियो काठमाडौंमा । दुई तीन हप्ताको उक्त कन्फसेन्समा भाग लिए पछि म यस्तो फिजिक्स पढ्छु, त्यसको सोसाइटल एप्लिकेसन होस भन्ने मनमा लाग्थ्यो । सरहरूले उसो हो भने एटमोसफियर फिजिक्स पढ्न सुझाउनुभएको थियो । त्यही कारण मैले थेसिस गर्दाखेरी नै एटमोसफियर फिजिक्समा गरेको थिए । हामी पाँच जनाले थेसिस गर्यौ । ६० जनाले फिजिक्स पढ्थे हरेक वर्ष ५/७ जना मात्र पास हुन्थे हाम्रो समयमा तीस जना पास भए । आइसिटिपिको कन्फरमेन्सले विश्वविद्यालयमा इमेल जोडियो । त्यो बेला डिर्पाटमेन्ट हेड प्रा डा शेखर गुरूङ हुनुहुन्थ्यो । उहाँले तिमीहरूले इमेल लगायतका कुराहरू एक्सप्लोर गर भन्नुभयो । त्यहीबेला मैले आफ्नो थेसिस डिफेन्स गरे । भोलीपल्ट देखि नै क्लास लिए झण्डै २ वर्षको बीचमा १ सय २० जना विद्यार्थीलाई पढाए । त्यो समयमा पढाएको विद्यार्थीमध्य कतिपयसँग अहिले पनि ‘किप इन टच’मै छु । त्यो सम्बन्धलाई सम्झदा अहिले पनि रमाइलो लाग्छ ।

क्यारिअरका लागि क्यानडा
एसियन इन्सिच्युड अफ टेक्नोलोजी (एआइटि) मार्फत एक महिनाको तालिमका लागि क्यानडा जाने अवसर मिलेकोथियो । त्यही तालिम पश्चात एप्लाइड साइन्समा जान इच्छुक भएको हुँदा एप्लिकेसन फर्म लिएर आएको थिए । सो फर्म भरेर पठाए । क्लास सुरू हुनुभन्दा दश दिन अगाडि इमेल आयो । इमेलमा भनिएको थियो हामीले तिमीलाई पार्टिसियल स्कोलसिप दिने निर्णय गरेको छ, आउने भए आउ । पार्टिसियलमा मेरो रूची हुने कुरै भएन । मैले हुन्न भने त्यस्को तीन दिन पछाडि फूल स्कोलसिपमा आउ भन्यो । भोलीपल्टै सबैतिर मिलाएर बैंङ्कक गए । जनवरी १,१९९९ मा विदेश गएको । त्यहाँबाट फर्किएर अहिलेसम्म स्थायी रूपमा नेपाल फर्किएको छैन । त्यसपछाडि म आइटीमा गए । नेपालमा २ वर्षको मास्र्टसमात्र हुन्छ,एप्लाई साइन्समा जाने हो भने प्रिपेरेसन पुगेको छैन भनेर फेरि मास्र्टस क्लास ज्वाइन गरे एयर पलुसन(वायू प्रदुषण) विषयमा मास्र्टस गरे । एक वर्ष जति रिर्सच एसोसियटको रूपमा काम गरे । ६ वटा देशको ठूलो प्रोजेक्ट थियो । मेरो प्रोफेसरका रूपमा के मोन हुनुहुन्थ्यो भियतनामको, उच्च तहको महिला प्रोफेसरको रूपमा चिनिनुभएको । मेरो व्याचलर पढ्दाको जुन थेसिस थियो त्यो थेसिस अमेरिकाको एउटा कन्प्रेसमा प्रतियोगिताका लागि पठाइएको थियो । त्यो थेसिसले एक हजार अमेरिकी डलर पनि पायो । फर्किएर आए पछि काम गर्ने बेलामा प्रोफेसरले वारम्वार पिएचडी गर्न आग्रह गरिरहनुुहुन्थ्यो । काठमाडौमा हुँदा देखि बैंकक हुँदा सम्म एउटा क्यानडाका प्रोफेसरसँग सम्पर्कमा थिए । दाँयावाया कहिँ अप्लाई गरिन । प्रोफेसर उल्ली द लोमन भन्ने जर्मन नागरिक,क्यानडाका प्रोफेसर हुनुहुन्थ्यो । चिनिएको महिला प्रोफेसर , टप टेन एटमसफेयर मोडल भित्र पर्नुहुन्छ ÷अहिले पनि, आजिवन एटमोसफियर साइन्समा काम गरेको मान्छे । हाइलेभलका साइन्टिससँगै काम गर्ने,चिनजान गर्ने अवसर मिल्यो । २००६ मा पिएचडी सकियो । संयोगवश आठ कक्षादेखि पिएचडीसम्म स्कोलरसिपमा पढ्ने सौभाग्य पनि मिल्यो ।

जागिरे जीवन
बैंककमा युनाइटेड नेसन इन्भारमेन्ट प्रोगामले एटमसफियर व्राउन कलाउड भन्ने प्रोगाम लन्च गरेको थियो । एमएस्सी सकाउनेसमयमा एकजना प्रोफेसरले भन्नुभएको थियो । तपाईहरूले जहिलेसम्मको फिजिक्स पढेर सिद्धाउनुभयो,त्यो भनेको १९६० सम्मको फिजिक्स हो भन्नुहुन्थ्यो ।’जतिबेला क्यानडामा पिएचडी सकाइयो त्यो भनेको २००६को फिजिक्स एटमसफिरिक साइन्स पढ्थ्यौं । सकेसम्म रिजनकै खोजिरहेकै थिए । युनेफको प्रोजेक्टमा एटमसफरी व्राउन क्लाउन्च भन्ने प्रोजेक्टमा काम गरे । एक दिन हाम्रो डाइरेक्टर सुरेन्द्र श्रेष्ठले एउटा किताव लेष्टर व्राउनको ‘प्लान वि’ नामक पुस्तक पढ्न भन्नुभयो । वातावरणीय मुद्धासँग अन्य विषयवस्तुलाई सरल ढंगबाट जोडिएको यो पुस्तक वातावारणीय विषयमा अध्ययन गर्न रूचाउनेका लागि उपयोगीसिद्ध पुस्तक, पढ्नैपर्दछ ।

दक्षिण एसियाकै दोस्रो ठूलो क्याम्पियन
नेपाल आउने जाने भइरह्यो । नेपाल लगायतको क्षेत्र सबैभन्दा वढि प्रदुषण भएको र कम काम भएको क्षेत्र हो भन्ने थाहा भयो । म आफू नेपाली भएको कारण केही गरौ भन्ने लाग्यो । मलाई लाग्यो म एउटा यस्तो काम गर्दछु कि देशका लागि पनि केही गर्न सकौं भन्ने लागेको थियो । यस्लाई सिस्टमेटिक वेमा लैजान पर्दछ भनेर प्रपोजल बनाइरहेको थिए । प्रोफेसर मार्क लरेन्स उहाँले आइएससमा ज्वाइन गरिसकेपछि तिमीसँग केही आइडिया छ भने हामीसँगै काम गर्न चाहन्छौं भन्नुभयो । मैले आफ्नो प्रपोजल पठाए । यस्मा हामीले सर्पोट गर्दछौं भन्ने भयो । त्यसपछाडि म जर्मनी गए । ५/७ वर्षको समय राखेर सन् २०१२ मा । दुई/न महिनाको तयारी पछि १९ वटा रिर्सच ग्रुपहरूलाई आमन्त्रण गरी,९ विभिन्न देशबाट आएका ४० जना बैज्ञानिकको समूहले ससक्याट नामक प्रोजेक्ट यही अन्र्तगत चलिरहेको छ । प्रोजेक्टका चार कम्पोनेन्ट छन । दक्षिण एसियामा यो दोश्रो ठूलो क्याम्पियन हो । मेजरमेन्टको रिजल्टहरू आइरहेको छ । २७ वटा पेपर लेखेका छौं,५ वटा बाहिर ल्याएका छौं । हामी कहाँ,हाम्रो पोल्युसनको अवस्था के कस्तो छ ? ६ महिना गर्यौं,एक वर्षसम्म केहीको लगातार गर्यौं । व्याल्क कार्वन,ओजन,पिएम १० को प्रत्येक ५ मिनेटको रेर्कड राखिरहेका छौं । अन्तराष्ट्रियरूपमा अहिलेसम्म यस प्रकारको अनुसन्धान नै नभएका अवस्थामा यो स्रोतबाट यति प्रदुषण आउछ भन्ने कुरा ल्याउदैछौं ।विश्व स्वास्थ संगठनले भनेको भन्दा १ सय गुणा वढि धुलो वढि हुन्छ । फागुन तिरसम्म विहानमा एकदमै धुलो वढि हुन्छ । यस्मा कुनै काम भइसकेको छ,केही हुदैछ । यस्को एक वर्ष भित्रमा हामी रिजल्ट ल्याइसक्छौं । विश्वमा ७० लाख मान्छे प्रदुषणका कारण मर्दछन । तर काठमाडौंको यस प्रकारको डाटा नै छैन । इटाभट्टामा जिकज्याक फायरिङमात्र जोड्ने हो भने ३० प्रतिशत प्रदुषण कम गर्न सकिन्छ । यसो गर्दा कालो धुँवा नै निस्कदैन । काठमाडौ भ्याली कचौरा जस्तो छ हावा एकदमै कम चल्छ । भ्याली भित्र पसेर निस्कन निकै कठिन छ । धुँवा बाहिरबाट निस्केर जान प्रन्ध सोह्र घण्टा लाग्छ । हाम्रा यातायातका साधनहरूको मेन्टेन मात्रै गर्ने हो भने पनि त्यस्ले धेरै फरक पार्दछ । भावी योजना फिजिकल साइन्सलाई इम्प्रुभ गर्दै जाने हो । साइन्सलाई नलेजमा ट्रान्सलेस गर्नु पर्दछ जसरी गरे पनि त्यो एक्सन कै हुनसक्छ ।

विवाह वन्धन
भनिन्छ एउटा पुरूषको सफलता र असफलताको पछाडि महिलाको महत्वपूर्ण हात हुन्छ । मकवानपुरको हटिया गाँउमा जन्मेर हुर्किएका डा महेश्वर रूपाखेतीको सफलताको पछाडि नानु थापको सबैभन्दा महत्वपूर्ण हात छ । उनका सुःखदुःखको साथी नानु थापा । विश्वविद्यालय पढ्दै गर्दा देखिको साथी । (२००२) ०५९ सालमा वैवाहिक बन्धनमा बाधिएका हौं हामी । त्यससमयमा अन्तरजातीय विवाह गर्दा भोग्नुपरेका सास्तीका आफ्नै रामकहानी छन । हरेक सफल व्यक्तिका जीवनका कहानीहरू आँउदो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ । साहित्यिक ढाँचामा कुनैबेला एउटा पुस्तक लेख्ने इच्छा चाही छ । आफ्नो भावी योजना सुनाए यी डाक्टरले ।

जीवन दर्शन
जीवन बुझ्नका लागि एउटा जीवन काफि हुँदैन, मान्छेको स्वभावनै अपेक्षा एकदम उच्च हुन्छ । त्यही कारण उस्ले आफ्नो धरातल विर्सन्छ । मान्छे दुईथरीका हुन्छन,एकथरी उपलव्धी खोज्ने,अर्काे कन्ट्रीव्युसन मात्रै गर्ने । दोश्रो खालको मान्छेहरू यस प्रकारका मान्छेहरू कमी छ । ठूला ठूला प्रगती दोश्रो प्रकृतिका मान्छेहरूबाट भएको हो । ४०/५० भन्दा वढि देशका मान्छेहरूसँग चिनाजानी भएको छ । समग्रमा भन्ने हो भने सोचले नै जीवन अगाडि बढाउछ । जीवनका जुनसुकै मोडमा पनि आफैंले आफैलाई म को हुँ ? म के गर्दै छु ? मैले जीवनमा के गर्नुपर्दछ ? यो तीन प्रश्न नै जीवनमा सधै महत्वपूर्ण हुन्छ । जीवन एकोहोरो छैन । ज्ञान भन्दा माथि प्रज्ञा । कुनै पनि कुरालाई चारैतिरबाट बुझ्नुभयो भने त्यो प्रज्ञा ।

गौतम बुद्धले पटक पटक एक चित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे तर सफल भइरहेका थिएनन । पछि उनले संकल्प ठोके जबसम्म बोध प्राप्ती हुदैन तबसम्म म यो पलेटी खोल्दीन र अन्ततोगत्वा उनी बोध प्रप्तीमा सफल भएरै छोडे । हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौ । तर यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्यौ भने, आफैले सृजना गरेको निन्द्रा बाट व्युझेर उठ्यौ भने हामी धेरै माथी पुग्न सक्दछौ । बाधा अन्यत्र होइन आफैभित्र हुन्छ । एउटा चिनियाँ उखान छ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ता भित्रको ढुगाँले हो । समस्या बाहिर होइन आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन ।

धर्मप्रतिको धारणा
छुट्नु अगाडि हाम्रो आखिरी प्रश्न थियो,यी डाक्टरको धर्मकर्म प्रतिको धारणा के होला ? प्रश्न भुँइमा खस्न नपाउदै उनले भौतिकशास्त्रमा स्नातककोत्तर गरेका स्वामी खप्तडबाबाको भनाई सम्झिए ‘जहिले देखि हामीले धर्मकर्मलाई कर्मकाण्डी बनाइदियौं त्यही समय देखि हाम्रो धर्मकर्म विग्रियो ।’त्यस्तै रर्वट ओपन आइवर्ड (जस्ले एटम वम बनाउने समूहको लिड गर्नुभएको थियो ) जहिले जहिले मलाई अप्ठ्यारो पर्दछ तव तव म महाभारत पढ्दछु भन्दथे । स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले कतै भन्नुभएकोथियो‘ जव जव म महाभारत पढ्दथे तब तब म नयाँ कुरा पाउथे । ’कतिकुरा हामीलाई मिथोलोजी लाग्छ । १९६० मा साइन्स फिक्सन भनेको थियो त्यो कुरा २०१५ सम्ममा त्यो कुरा रियालिटीमा रूपान्तरण भएको छ । हाम्रा नलेज त्यो लेभलमा नपुगेको हुनसक्छ । हामीले फटाहा कुरा भन्नका लागि पृष्टि गर्न सक्नुपर्दछ । हाम्रा पूर्वीय दर्शनले कर्मलाई धर्म भनेको हो । खप्तड स्वामीले भन्नुभएको हो हामी सबै एउटा सर्कल वरपर छौं,डयामिटरबाट गए भने पनि हामी केन्द्रमा पुग्छौ। सबै धर्मले अहिले शान्ती र सम्बृद्धि खोजेको हो । धर्म भन्दा माथि अध्यात्मबाट हेर्नुहोस त्यहाँ सबै बरावर देखिन्छ । धार्मिक हुनुहोस,नहुनुहोस तर अध्यात्मिक हुनुस ।

र , अन्त्यमा
मानिसले त्यतीसम्म प्रगति गर्न सक्दछन जती उनीहरूले कल्पना गर्न सक्दछन । यदि हामीले पूर्ण सकंल्पका साथ कुनै प्राप्तीको अपेक्षा गर्ने हो भने त्यो भएर आउनेछ । अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा हामीले भोग्नुपर्ने हुन्छ । सफलताको तीन चरणहरू हुन्छन । पहिलो चरण हुन्छ सुरूवाती चरण जुन उत्साहले भरिएको हुन्छ । हामी पूर्णरूपमा उत्साहित भएर कार्य सुरूवत गर्ने प्रण गर्दछौ । यस पछि दोश्रो चरण सुरू हुन्छ कार्यको । यसमा मानिस निक्कै तडपन सक्छ । निक्कै ठेस /ठक्कर खान सक्छ । असफलताबाट निर्मीत कठिन मार्गहरूमा यात्रा गर्नु पर्दछ यस चरणमा । यर्सथ कतिपय व्यक्तिहरू यस चरणमै हरेस खाइ अन्तिम चरणमा पुग्न सक्दैनन जुन चरण हो सफलता । यही चरणसम्म पुग्नका लागि खाँचो पर्दछ निरन्तरको प्रयासको । त्यसैले त भनिन्छ जीवनमा चरेश खानु तर कहिल्यै हरेश नखानु ।

प्रस्तुति : हरि गजुरेल  र लक्ष्मण नेवा