
काठमाडौं, जेठ ०९ । राष्ट्रिय वाणिज्य बैंकले उदय परियोजना अन्तर्गत “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” लगानी गर्ने भएको छ।
साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौता अनुसार “सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२” कार्यान्वयन सुरु गरिएको हो।
स्विजरल्याण्ड सरकारको स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत प्रवाहित हुने कर्जाको सुरक्षणका लागि “कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष” स्थापना गरिएको छ।
यसमार्फत कृषि, उद्योग तथा सेवा क्षेत्रमा रु. ३० लाखदेखि रु. ३ करोडसम्मको कर्जा प्रवाह हुने भएको छ।
बैंकले यस कर्जामा न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गर्ने जनाएको छ।

Leave a Reply