भूगर्भशास्त्रको सतिसाल–‘प्रा. डा. माधवप्रसाद शर्मा’

जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ कस्तो ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ मार्छ जिन्दगीले कस्लाई के पत्तो ? हो, यस्तै भयो प्रा डा माधव शर्माको जीवनमा पनि । धनकुटामा स्कूले शिक्षा अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि भारत हुँदै रुस पुगेका शर्मालाई सायदै लागेको थियो, विश्वविद्यालयको सबैभन्दा उच्च तहसम्म पुग्छु । तर जे गरे पनि फरक ढंग र तरिकाबाट गर्नुपर्दछ भन्ने सोच र व्यवहारका कारण नै आज उनी परिचित छन् ।

उनलाई लाग्थ्यो ‘संसार सँगै गासियो भने हाम्रो पनि मतलव भयो । संसारभर चार वर्षको कोर्स हुन्छ । अरु देशको मान्छेले यो हामी वरावरका हो भनेर मान्ला ।’ यही सोची विचारी उनले दुइ वर्ष व्याचलर कोर्सलाई तीन वर्ष बनाउने भरमग्दुर प्रयास गरे ।

बिदावारी भएर फर्कदै गर्दा लाग्यो, एक्लो रुख यदि पूर्ण रुपमा उम्रन्छ भने त्यो बलियो भएर उम्रन्छ ।’ नेपाली भूगर्भशास्त्रका सतिसालको रुपमा हुर्किएका प्रध्यापकलाई पुनः एकपटक नमन । र लाग्यो, हामी त्यही बन्छौं, जुन कुरा हामी लगातार गरिरहन्छौं, त्यसैले काम होइन काम गर्ने वानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ र टिकाइराख्छ, नम्बरी सुन बनाएर ।’

‘सुरुवातको पहिलो पाइलामा तिमीले भन्नैपर्दछ हो म सक्छु । विल स्मिथले भनेझै साहस, आत्मविश्वाश र सकरात्मक उर्जाले भरिएका व्यक्ति हुन उनी । उनको भद्रता, मधुर वाणी सुन्ने र उनलाई नजिकबाट जान्नेहरु ‘त्यसै’ भन्छन । निरन्तर काम प्रतिको लगाव र मेहनतका कारण नेपालमा भूगर्भ विज्ञान शिक्षाको सुरुवातीको श्रेय उनैलाई जान्छ । शिखरमा पुग्नु ठूलो कुरा होइन तर उक्त शिखरमा टिकिराख्नु सबैभन्दा ठूलो चुनौती मानिन्छ । त्रिचन्द्र कलेजको प्रध्यापक हुँदै विश्वविद्यालयको उपकुलपतिसम्म बन्न सफल उनी नेपाली भूगर्भ शिक्षाको मुर्धन्य धरोहर । विज्ञानको क्षेत्रमा युद्ध जितेका हस्तिहरूको निरन्तर खोज जारी छ, रिभोसाइन्सको । हो, यस अंक हामी पाठकहरुका माझमा साक्षत्कार गराउदैछौं उनै भूगर्भशास्त्रका एउटा जीवित धरोहर ।

जन्म शिक्षा दिक्षा
पूर्वी पहाडी जिल्ला धनकुटामा स्वर्गीय पिता लक्ष्मीप्रसाद नेपाल र स्वर्गीय माता दिव्य कुमारी नेपालको कोखबाट विं स १९९९ (१२ मार्च १९४३) जन्मेका हुन उनी । मध्यम वर्गिय परीवार । माता पिता कृषि कर्ममै हेलिएका । हजुरवुवा आर्युवेदका घगडान विद्धान । पीतामहको विँड थाम्दैछन, नाती । देशकै विद्धत व्यक्तिका रुपमा गनिए, चुनिएर । वाल्यकालमा मिठो सम्झनारूपी तरेलीले उनलाई झोक्का हान्दैछ । आफ्ना वालापन सम्झिरहेछन, कुमारीथान मन्दिर नजिकै आफ्नै निवासमा । झण्डै सात दशक अगाडिको “फ्ल्यासव्याक”मा लैजादैछौंं हामी । आखिर कस्का लागि प्रिय नहोला त्यो वालापन ? सावा अक्षर घरमै चिन्ने सौभाग्य जुट्यो । स्कूले शिक्षा दैलो गोकुण्डेस्वर हाई इङलिस स्कूल, धनकुटामा खुल्यो । मधुर स्वरका धनी शर्माले अगाडि सुनाए ‘स्कूले तहका शिक्षामा उति साह्रो अव्वल होइन न त कमजोर नै ।’ १५ वर्षको उमेरमा पार गरे ‘फलामे गेट’ (एसएलसी) सोही स्कूलबाट । त्यस समय एसएलसीको भाउ अहिलेको जस्तो सस्तो थिएन वेग्लै सान थियो । सन् १९५८ अर्थात देशमा प्रजातन्त्र आइ नयाँ जननिर्वाचित प्रधानमन्त्रीको रुपमा विपी कोइराला निर्वाचित हुँदै गर्दा द्धितीय श्रेणीमा पार गरे एसएलसी । विज्ञान उनको नशामा थियो र, त सपना बनेर ढकढकायो उनको मन मस्तिकलाई । इन्जिनियर बन्ने सपनाले सानै देखि मनमा डेरा जमाएको जो थियो । त्यही सपनालाई साकार पार्न झोला झाम्टा कसे र हान्निए सपनाको नगरी भारततिर ।

भारत देखि रुससम्म
सोह्र वर्षे जुवाको रेखी भर्खरै वस्दै गरेको समय, मनभरी सपना र झोलाभरी भविष्य वोकेर पाइला छिमेकी मुलुक भारत तिर मोडिएसँगै खाइएको हण्डर र ठक्कर बेहिसाव छन् । सायद, कसैले खोजेको पनि छैन । लखनउमा रहेको सिअ कलेजमा आइएस्सीको छात्र बन्न पुगे । तर समस्याको ‘जंगे पहाड’ बनेर उभियो भाषा । उनी परे नेपालको पूर्वी भेग धनकुटाको, जहाँ बोलिथ्यो ठेट नेपाली, हिन्दी भाषामा पढाइ हुन्थ्यो त्यता । तर जहाँ समस्या त्यही उपाय । भाषाको समस्याको वावजुत निरन्तरको लगाव र मेहनतबाट उनले पार लगाए आइएस्सी । दोस्रो श्रेणीमा सन् १९६० (२०१७) मा । सपनाले फर्कायो स्वदेश । र, त्यही सपनाले डोहोर्याउदै उडायो कम्युनिष्ट मुलुक सोभियत संघ (रुस) । भर्ना हुन पुगे मस्को स्टेट विश्वविद्यालय रसियामा । कुरा १८ सालको । पाँच वर्षसम्मको अथक मेहनतले स्कूले शिक्षा,कलेज तहमा हासिल गर्ने नसकेको उपलव्धी हात पर्यो । सभ्भवतः भित्रि मनको नेटवर्क र अध्ययन गर्दै गरेको विषयको नेटवर्कमा मेल खाएका कारण कनेसक्सन भयो । अर्थात उनको भित्री मनले रोजेको विषय भूर्गभशास्त्रकै उनी विद्यार्थी थिए । नतिजा निस्कियो प्रथम श्रेणीमा उत्र्तिण । एसएसलसी र आइएसस्सी दोश्रो तहमा उत्र्तिण भएका उनले सन् १९६७ (२०२३) मा प्रथम श्रेणीमा एमएस्सी उत्र्तिण गर्ने सफल भए । त्यही कम्युनिष्ट मूलुकमा रहदा नेपाली विद्यार्थी संघको अध्यक्ष समेत चुनिए । विं स २०२१ सालदेख २३ सालसम्म । जिओलोजी पढ्न जाने नेपालबाट ३ जना मात्र थिए ।

 यसरी जन्मियो जियोलोजी डिर्पाटमेन्ट
मनमा खुद्रा सपना थियो,आफूले आर्जन गरेको ज्ञान सिप नेपालमा वाढ्नुपर्दछ । तर सहज थिएन । भनिन्छ नि, ‘तँ आट म पु¥याउछु । रुसको विश्वविद्यालयबाट स्नाकोत्तरको उपाधी हासिल गरेर स्वदेश फर्किए सँगै उनका लागि रोजगारीको ढोका उघारियो । तर जागिरे मात्र बन्न उनको मनले मानेन । भूगर्भशास्त्र विभागको स्थापना गर्नेमा उनको उल्लेख्य भूमिका रह्यो । नभन्दै विं सं २०२४ सालमा पहिलोपटक भूगर्भ विषयको औपचारिक अध्यापन सुरुवात भयो,त्रिचन्द्र कलेजबाट । उनी नै बन्न सफल भए नेपालको पहिलो भूगर्भशास्त्रको गुरु । ४८ वर्ष पार गरिसकेको छ विभागले । नेपालमा फर्कदा सम्म जियोलोजि डिर्पाटमेन्ट थिएन । भन्छन ‘चुप लागेर बसेको भए यो विभागको स्थापना नहुन पनि सक्थ्यो ।’ २०२४ सालमा विभाग स्थपना हुँदा जम्मा ८ जना विद्यार्थी थिए । आज नेपालको भूगर्भ क्षेत्रमा काम गर्ने ९० प्रतिशत भन्दा बढी भूगर्भविद् जियोलोजी डिर्पाटमेन्टकै उत्पादन हुन । यही सम्झदा उनको मन हर्षले विभोर हुन्छ । त्यतिवेला नेपालमा केहि भूगर्भशास्त्री थिएनन् । नेपालमा कुनै भूर्गविद् थिएनन् तीनताका स्वीजरल्याण्डका नागरिक टोनी हेगेनले नेपालमा आई अध्ययन तथा अनुसन्धान गरेका थिए । सभ्भवत उनी नै थिए नेपालमा भूगर्भको वारेमा अध्ययन गर्ने पहिलो व्यक्ति । उनकै सिको गर्दै यही विषयमा नेपालबाट पहिलोपटक भूगर्भ विषयमा विद्यावारिधि उपाधी हासिल गरि भूर्गभशास्त्रको औपचारिक सुरुवात नेपालमा गर्ने व्यक्तिका रुपमा दर्ज छन माधव प्रसाद शर्मा । वि.स.२०२४ सालमा महेन्द्र विद्याभुषण दोश्रोबाट यीनै भूर्गभशास्त्री पुरस्कृत भए ।

जागिरे यात्रा
जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ कस्तो ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ मार्छ जिन्दगीले कस्लाई के पत्तो ? हो, यस्तै भयो प्रा डा माधव शर्माको जीवनमा पनि । धनकुटामा स्कूले शिक्षा अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि भारत हुँदै रुस पुगेका शर्मालाई सायदै लागेको थियो, विश्वविद्यालयको सबैभन्दा उच्च तहसम्म पुग्छु । तर जे गरे पनि फरक ढंग र तरिकाबाट गर्नुपर्दछ भन्ने सोच र व्यवहारका कारण नै आज उनी परिचित छन ।

प्राडा माधवप्रसाद शर्मा पत्नीसँग

२४ सालबाट सुरु भएको त्रिचन्द्रको जागिरे यात्रा, ०२६ जेष्ठमा लेक्चर हुँदै पाँच वर्ष पछाडि श्रावण २०३१ त्रिभुवन विश्वविद्यालको लेक्चर बनायो । बीचमा रुसमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा आइ स्थापना गरेको संस्था मित्रकुञ्जको अध्यक्ष भएर पनि काम गरे । विं स. २०२८ पछिको चार वर्ष सम्म । कपाल पकाउने र पेन्सन पकाउने मात्रै काम गरेर पनि हुदैन । विद्यावारिधी गर्नैपर्दछ भन्ने मनको एउटा कुनामा सपनाले डेरा जमाएको थियो । पिएचडि गरी आफ्नो ज्ञान र सिप बढाउनु पर्छ । त्यही सपना साकार पार्न पुन रुस पुगे । भूगर्भशास्त्रको अध्यापन त्रिचन्द्र कलेजमा सुरुवात गरेको झण्डै ११ वर्ष पछाडि भूगर्भशास्त्रमा विद्यावारिधी गरे । उनलाई विदेशको ऐस आराम र सम्पत्ति नमिलेको होइन तर एकरत्ति त्यस्को मोहले तानेन । तान्यो त आफ्नै देशको माटोको सुगन्धले । नामका अगाडि डाक्टरको पदधी झुन्डाएर स्वदेश फिर्ता भए । स्वदेश फर्किएसँगै तन मन भूगर्भमै लगाए । २०३८ साल देखि २०४२ सालसम्म त्रिचन्द्र क्याम्पस जियोलोजी इन्स्टक्सन कमिटिको प्रमुख रहेर काम गरे ।

विं स. २०४३ सम्म आइपुग्दा नामका अगाडि डाक्टरको उपाधी जोड्न सफलता हात पारेका शर्माले रिडर हुँदै २०४७ मा नामको अगाडि प्रोफेसर डाक्टरको उपाधी जोड्न सफल भए । यही अवधीमा २०४३ देखि २०४७ सम्म भूर्गभशास्त्र केन्द्रीय विभागको प्रमुख रहे । र, देशले पहिलो संविधान पाउने समयमा रिकाष्टको कार्यकारी निर्देशकको पदमा रहनपुगे । ४२ देखि ४३ उच्च माध्यमिक शिक्षामा विज्ञान शिक्षालाई कसरी विकास गर्ने भनेर गठन भएको समितिको सदस्य रहेर काम गरे । त्यस्तै, विं सं २०३८ देखि २०४७ सम्म विज्ञान तथा प्रविधि वोर्डको सदस्य समेत रहेर विज्ञान शिक्षाको विकास गर्नेमा समेत उल्लेख्य भूमिका खेले ।

कर्म गर तर फलको आशा नगर भन्ने गीता वाणीबाट प्रेरित शर्मालाई कर्मको फल निरन्तर मिल्दै रह्यो । २०५१ देखि २०५५ सम्म त्रिभुवन विश्वविद्यालयमा रेक्टर हुँदै ६० साल पछि उहाँ विश्वविद्यालयको सबैभन्दा माथिल्लो पद उपकुलपति सम्म बन्न सफल भए । यही बीचको समयमा मिल्यो दुइ पटक (२४ र ४० साल ) २०४० मा महेन्द्र विद्याभुषण प्रथम,२०५५ मा गोर्खा दक्षिणबाहु तेश्रो ।

विश्वविद्यालयमा जे देखियो, भोगियो
दुई प्रकारका मान्छे छन हामी कहाँ । टुप्पाबाट पलाएका कोही छन त कोही जमिन मुनिबाट उम्रेको, हावापानी माटो परिवेश वुझेर हुर्किएका । शर्मा दोस्रो समूहको परे । उनी कुवाको भ्यागुतो पनि थिएनन् । देश विदेश घुमे । त्यहाँका शिक्षा पद्धति र प्रणाली वुझे । उनलाई लाग्थ्यो ‘संसार सँगै गासियो भने हाम्रो पनि मतलव भयो । संसारभर चार वर्षको कोर्स हुन्छ । अरु देशको मान्छेले यो हामी वरावरका हो भनेर मान्ला ।’ यही सोची विचारी उनले दुइ वर्ष व्याचलर कोर्सलाई तीन वर्ष बनाउने भरमग्दुर प्रयास गरे । राजनीतिले थिलोथिलो भएको शिक्षा प्रणाली न हो हाम्रो । विगतको तितो पोख्छन ‘ विद्यार्थीहरुले मार्छु कुट्छु भनेर धम्काउन समेत भ्याए । विद्यार्थीहरुबाट भागेर हिड्नुपर्ने अवस्था समेत आयो ।’ आज तीन वर्षको व्याचलर लेभलको कोर्स चार वर्षको हुनुपर्दछ भनेर हामी लागिरहेका छौं । नेपालमा पहिलो भूर्गभशास्त्र अध्यापन गराउने शिक्षक भन्छन ‘खासमा आज भन्दा भोली,भोली भन्दा पर्सि झन राम्रो हुने पर्ने हो तर हाम्रोमा हुन्छ नै ठीक उल्टो । ’ नेपालको शिक्षा प्रणाली सम्झेर दुःखी बन्न पुगे उनी । कहाँ जाने भन्ने भिजन चाहिन्छ । माथि लैजाने भए दाँया वाँया तल माथि हेर्नुहुदैन । विश्व परिवेशलाई सम्झिए र हाम्रो धरातललाई केलाए वरीपरिका देशका मान्छेहरु कसरी वाचिरहेका छन । आज हामी उनीहरुलाई हजुर भनेर हात थाप्नुपर्ने अवस्थाले उनको मन अमिलो बनाँउछ । छिमेकी मुलुक वंगलादेशले आलेटाले शिक्षाले हुँदैन भन्ने वुझेरै २ वर्ष बन्दै गरेको थियो सबै पठनपाठन । सिंङापुरको हालत आज कहाँ बाट कहाँ पुग्यो । हामी सधैं अरुहरुसँग हात पसारेर बस्नुपर्ने । यो दरिद्रता कहिलेसम्म ?

त्रिविविमा केही कुराको पनि प्लानिङ हुदैन । जव विद्यार्थीले गएर घेरा हाल्छन् अनि विद्यार्थीहरूले जे माग्यो त्यही दिने परिपाटी विकास भइसकेको छ । भनेको वेलामा पैसा हुदैन, विद्यार्थीहरूसँग तत्काललाई कसम त खायो तर दिननसक्दा फेरि ती विद्यार्थीले आन्दोलन गर्ने । विश्वविद्यालयले हरेक पटक विद्यार्थीसँग सम्झौता गर्नुपर्छ । त्यस अनुरुप काम गरेन भने ति विद्यार्थीहरु पुन आन्दोलन शुरु गर्ने खालको प्रवृति हाम्रै मुलुकमा मात्र विद्यमान छ । राजनीतिले थिलो थिलो भएको प्राज्ञिक क्षेत्रलाई नजिकैबाट सुक्ष्म अवलोकन गरेका यी विद्धत ‘प्राज्ञिक क्षेत्रमा घुसेको राजनीतिका कारण दुःखी छन । भन्छन यो जतिको निन्दनीय कुरा अरू के होला ?’ यीनै भद्र प्रध्यापक माथि क्रान्तिकारी विद्यार्थीहरुले शुल्क वढाएको विरोधमा गरेको त्यो जंगली ह्रिसक व्यवहारलाई कसरी पो भुल्न सक्छन र उनी ? तर उनलाई यस्ता दरिद्र व्यवहारले कहिल्यै विचलित बनाएन । झनै अदम्य साहस मिल्यो, जनसर्मथन पाए ।

राजनीतिबाट अछुत
त्रिविविका विभागहरु लथालिङ् छन् भन्नेकुरा धेरै सुन्न वाहेक अरू राम्रो खवर सुन्न कमै पाइन्छ । तर यस्को अपवाद हो—भूगर्भशास्त्र विभाग । अहिले पनि यहाँका कर्मचारी, यहाँ भूगर्वशास्त्र पढ्ने÷नपढ्ने विद्यार्थीलाई सोध्नुस् ‘एउटै क्लास, एउटै प्राटिकल नछुटाई कक्षा सञ्चालन हुने सायद भूगर्भशास्त्र विभाग मात्रै भएकोमा आज पनि गर्व गर्छन उनको चेला प्रा डा विशालनाथ उप्रेती । भूगर्भ विभाग त्रिविवि भित्रका एउटै मात्र यस्तो विभाग हो जो राजनीति बाट अछुत छ । म सत प्रतिशत ‘च्यालेन्ज’ गरेर भन्छु विश्वविद्यालय भित्रकै अतुलनीय अर्थात ‘त्रिविवि भित्रका युनिक’ विभागको रुपमा स्थापित छ —भूगर्भशास्त्र विभाग ।

नेपालको भूगर्भ क्षेत्रमा काम गर्ने ९० प्रतिशत भन्दा बढी भूगर्भविद् यहि जियोलोजी डिर्पाटमेन्टकै उत्पादन हुन । पहिले यस विभागमा ८ जना मात्रै थिए अहिले यो पाँच सय भन्दा माथि पुगिसकेको छ । मनमा एउटा दुखेसो पनि विज्ञान प्रविधि सँगै जानुपर्ने हो, तर प्रविधिले विज्ञानलाई जितेर अगाडि अगाडि गएको प्रति ।

जीवन दर्शन
यदी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिड, हिडन सक्दैनौ भने घिस्रिए । तिमी जे सुकै गर तर जीवनमा अगाडि वढ्नुपर्दछ,गति चाहिन्छ जीवनको । यतिबेला शर्मा दार्शनिक ट्युनमा सुनिए । अगाडि भने समय अनुसार सोचाई परिवर्तन हुदै जानसक्छन । वातावरणले थुप्रै कुरा परिवर्तन गराउदै जान सक्छ । समय अनुसार परिर्वतन हुँदै जानु नै असली अर्थ हो जीवनको ।

धर्म प्रतिको धारणा
छुट्नै लाग्दा आखिरी जिज्ञासा रह्यो,यी भूर्गभशास्त्रीको धर्म प्रतिको धारणा वुझ्नु । प्रश्न खस्न नपाउदै प्रश्नरुपी झटारो हामी तिर फाले ‘धर्म भनेको के हो ?’ धर्म बुझाउन उनले दाह्री जुंगाको उदाहरण दिदै भने मैले दाह्री काट्नुको कारण सेतो फुलेको देखाउनु किन भनेर, तपाईले कालो किन देखाउ भनेर दाह्री फाल्नु भनेर । हिन्दुत्व र वुद्धत्व हाम्रो असली पहिचान हो । धर्म धारण गर्ने बस्तु होइन, अनुभव गर्ने चीज हो ।

फुर्सदको फाइदा
मान्छेको लागि प्यारो हुन्छ आफ्नो इतिहास । हार्नेहरूको लेखिदैन, केवल जित्नेहरूको मात्रै लेखिन्छ इतिहास । आफ्नो विगतका भोगाईहरुलाई पुस्तक रुप दिन मन छ, तर सकिरहेका छैनन्, अनेक अल्झनका कारण । सिंगो एउटा कोठालाई पुस्तकालय बनाएका छन । र अध्ययन गरिरहेका छन, नागार्जुन वावा देखि गौतम वुद्ध, लाइफ अफ डेथ अफ द कृष्ण सेफड जस्ता अनगिन्ती अनुसन्धानमुलक कृतिहरु । यस्ता अव्वल कृतिहरुको रसस्वादन गर्नेमा मग्न छन अचेल शर्मा ।

र, अत्यमा
बिदावारी भएर फर्कदै गर्दा लाग्यो, एक्लो रुख यदि पूर्ण रुपमा उम्रन्छ भने त्यो बलियो भएर उम्रन्छ ।’ नेपाली भूगर्भशास्त्रका सतिसालको रुपमा हुर्किएका प्रध्यापकलाई पुनः एकपटक नमन । र लाग्यो, हामी त्यही बन्छौं, जुन कुरा हामी लगातार गरिरहन्छौं, त्यसैले काम होइन काम गर्ने वानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ र टिकाइराख्छ, नम्बरी सुन बनाएर ।’ यही काम प्रतिको लगाव र मेहनत, सकरात्मक चिन्तन, भद्रता नै उनीबाट हामी जस्ता यूवा पुस्ताले सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण अध्याय हो ।

प्रस्तुतिः हरि गजुरेल, (लक्ष्मण नेवाको सहयोगमा )