आवाज सुन्ने बित्तिकै मान्छेको मृत्यू

aawaj sunda mirtu

संसारका धेरै मान्छेहरु संगीत सुन्न मन पराउछन। बजारमा विभिन्न किसिमका म्युजिक सिस्टमहरु पनि उपलब्ध छन, कुनै सस्तो र कुनै त अति नै महंगो पनि भेटिन्छन। तर यस्तो म्युजिक सिस्टमको बारेमा जो कसैलाई थाहा नहुन सक्छ, जसबाट निस्केको संगीतले मान्छेको ज्यानै जान सक्छ भनेर।

विज्ञानका अनुसार संगीतको ध्वनी १३५ डेसिमल भन्दा बढी भएको खण्डमा संगीत सुन्ने मानिसको मृत्यु हुन सक्छ । यस्तो मृत्यवरण गराउने संगीत कुनै आइफोन वा कुनै पनि फोनमा नभई यूरोपियन स्पेस एजेन्सीको विशाल साउण्ड सिस्टममा अवस्थित छ।

यो युरोपमा भएको सबैभन्दा शक्तिशाली हर्न ९ध्वनी० हो। जब यो अधिक स्वरमा बज्न शुरु गर्छ तब नजिक भएका मानिसहरुको बाँच्ने सम्भावना नै हुदैन । अहिलेसम्म कुनै पनि मानिसले यो ध्वनीको गहिराई सम्म सुन्न सकेको छैन । यदि कसैले सुन्ने कोशिश गरेमा उक्त व्यक्तिको तत्कालै मृत्यु भईहाल्छ।

aawaj sunda mirtu2

यो ध्वनी यूरोपियन स्पेस एजेन्सीको एक विशाल हिस्सा हो। एक टेस्ट चेम्बरमा ध्वनीको तिब्रता र यसको परिणाम जान्नको लागि यसको प्रयोग गरिन्छ। यसको प्रयोग रकेट लन्च गर्दा आउने ध्वनीबाट हुने नोक्शानबाट बचाउनको लागि गर्ने गरिन्छ।
यो साउण्ड सिस्टमको एक टेस्ट चेम्बरको भित्र राखिएको हुन्छ। यो चेम्बर १६।४ मीटर उचाई, ११ मीटर चौडाई र ९ मीटर गहिराईको छ। चेम्बर भित्रको ढोकामा हर्नको साहारा लिएर नाइट्रोजन हालेपछि एक शक्तिशाली ध्वनी निस्किन्छ। यसको आवाज १४५ डेसिबल भन्दा पनि बढि आउने गर्छ।

यो मेशीनको प्रयोग हतियारको रुपमा पनि गर्न सकिन्छ। १२० देखि १९० डेसिबल क्षमता भएको ध्वनीवाला ग्रेनेट भन्दा पनि भयानक ध्वनी यो मेशिनबाट आउने गर्छ। एक शोधकर्ताका अनुसार २१० डेसिबल ध्वनी क्षमता भएको विस्फोटकले मानिसको भित्रि अंगमा असर गर्दै अन्तमा मृत्यु हुने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

×