खार्पा, दिक्तेलमा पिता स्व. खगराज पोखरेल र माता स्व. कोमल कुमारी पोखरेलको कोखबाट जन्मेनुभएका प्रा. डा. जीवराज पोखरेल अहिले नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको भगीनि संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुन्छ । शिक्षा क्षेत्रमा ४० वर्ष अनुभव बटुलीसकेका पोखरेले वेलायतको योर्क विश्वविद्यालयबाट ‘वास्तुकला संरक्षण’मा विद्यावारिधि समेत गर्नुभएको छ । पोखरेल नेपाल इन्जिनियर संघका पूर्व अध्यक्ष र नास्टका प्राज्ञ पनि थिए । ‘देशले आवश्यकता अनुसार लगानीको वातावरण नबनाउने हो भने विज्ञान प्रविधिको क्षेत्रमा राज्यले उल्लेख्य विकास गर्न नसक्ने’ विचार राख्नुहुने प्राडा पोखेरेलसँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंश ः
अध्यापन पेशा अँगाल्नु भएको तपाई एक्कासी नास्टको उपकुलपति पदमा नियुत्ती हुनु भयो, नास्ट नै तपाईको रोजाइमा पर्नुको कारण ?
एक्कासी होइन । पहिले म नास्टको प्राज्ञ थिए, पछि व्यवस्थापन परिषद्मा सदस्य भए अनि अहिले उपकुलपति । नास्टलाई नजिकबाट नियाल्दै आइरहेको थिए ।
तपाई आउनुुभन्दा पहिले नास्ट कसरी चलिरहेको रैछ, अव नास्टलाई अगाडि बढाउने योजना के छ ?
नास्ट कसरी चलेको भन्ने विषयमा तपाईलाई पनि थाहा नै छ । अब अहिलेको वर्तमान अवस्थाको एक स्वेत पत्र बनाउने अनि त्यसको आधारमा एक दृष्टि र कार्यक्रम बनाएर अगाडि बढने योजना छ । योजना केही तात्कालीन र केही दीर्घकालीन हुनेछन् ।
त्यो योजनाले, नेपालमा नास्टले कस्तो भूमिका खेल्न सक्छ ?
नास्टले देशको आवश्यकता अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गरेर देशलाई विकासको पथमा अगाडि बढाउन सशक्त भूमिका खेल्न सक्तछ ।
यसपाली नास्टको बजेट काटियो, अव कसरी अगाडि बढ्नुहुन्छ ?
यस विषयको सवालमा उपयुक्त कार्यक्रम बनाउने छु । त्यसपछि अर्थ मन्त्रालयलाई विश्वास दिलाउने काम गर्छु र आवश्यक बजेट मागेर अगाडि बढने छु ।
प्रविधिको क्षेत्रमा नास्टले नेपालमा प्रभावकारी भूमिका खेल्न नसक्नुको साथसाथै कुनै दीर्घकालीन कार्यक्रम ल्याउन नसकेको देखिन्छ, किन यस्तो भाको रैछ ?
विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा नराखेर र आवश्यक रूपमा लगानि नगरेर यसले चाहेजति प्रभावकारी भूमिका खेल्न नसकेको हो । भारत र चीनले कुल गाह्र्यस्थ उत्पादनको २ प्रतिशत यस क्षेत्रमा लगानी गरेका छन् । हामीले नगन्य रूपमा खर्च गरेकोले यस्तो स्थिति सिर्जना भएको हो । आवश्यक बजेट नभएको हुनाले पनि दीर्घकालीन कार्यक्रम ल्याउन नसकेको हो । अब यसतर्फ काम गर्नु पर्ने भएको छ ।
अहिले नास्ट के कस्ता कार्यक्रमले प्राथमिकतामा पारेको छ र यसले नेपाली जनस्तरलाई वैज्ञानिक युगमा प्रवेश गराउन मद्दत गर्छ ?
नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्ने वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कार दिने, विभिन्न सेमिनार तथा कार्यशालाको आयोजना गर्ने, महत्वपूर्ण प्रकाशन गर्ने आदि काम नास्टले गरीरहेको छ । अब भविष्यमा यसका अतिरिक्त अझ महत्वपूर्ण तथा आवश्यक काम गर्नु पर्ने भएको छ ।
नास्टका वैज्ञानिकहरु दशपाँचको जागिरबाट ग्रसित छ भन्ने आम नेपाली वैज्ञानिकहरुको धारणा छ, यस मान्यतालाई आत्मसात गर्नुहुन्छ ?
सबै वैज्ञानिकको त्यस्तो धारणा होइन् होला, केहीको त्यस्तो होला, अथवा नहुन पनि सक्तछ । पुष्टि नभएको कुरामा केही भनी हाल्न उपयुक्त हुँदैन ।
पहिलो कुरो त्यो रकम १० हजार होइन २५ हजार हो । दोस्रो अब चाँडैनै वैज्ञानिकसित संवाद गरेर यस रकमलाई राम्ररी कार्यन्वयन गरिने भएको छ ।
‘विज्ञान प्रविधिको क्षेत्र’मा ठूला राजनीतिक दलको ध्यान गएपनि खासै चासो नगरेको देखिन्छ, यसमा नास्ट जस्तो वैज्ञानिक संस्थाले कसरी लगानीको वातावरण सृजना गर्नुहुन्छ ?
साना तर केही उल्लेखनीय काम गरेर देश तथा जनताको ध्यान आकृष्ट गर्नु पर्दछ । त्यसपछि आफै नै लगानीको वातावरण सिर्जना हुन सक्तछ ।
नेपाल सरकारले भलै धेरथोक नास्टलाई बजेट छुट्याएको देखिन्छ, तर उल्लेख्य काम केहि गर्न सकेको छैन्, के लगानीको प्रतिफल दिन पर्ने होइन ?
उल्लेखनीय प्रतिफलको लागि उल्लेखनीय लगानी हुनु पर्दछ । तर त्यसको अभावमा वर्तमान स्थितिको सिर्जना भएको हो । त्यसकारण भविष्यमा उल्लेख्य लगानी गर्ने तर्फ लाग्नु पर्दछ ।
पहिले नास्ट र वीपी प्लानेटोरियमको सम्बन्ध चिसिएको थियो, अव तपाईको कार्यकालमा कसरी अगाढि बढ्छ ?
सम्वन्ध चिसिएको जस्तो मलाई लाग्दैन । भविष्यमा झन राम्रो सम्वन्ध स्थापना गर्ने तर्फ काम गर्नु पर्दछ
अमेरिकाको नासा, युरोपका ‘युरोपीयन स्पेश एजेन्सी’, रसियाजस्ता देशहरुसँग, नास्टको पहलमा के हाम्रो वैज्ञानिक जगतले संगठित रुपमा काम गर्ने अवसर जटाउन सकिन्छ ?
यसको लागि हामीले क्षमता विकास गर्नु पर्दछ । यसको लागि समय लाग्दछ । तर प्रयास भने अहिले देखि नै शुरु गर्नु पर्दछ ।
नास्टका केहि वैज्ञानिकहरु नेपालको जैबिक प्रविधिको क्षेत्रमा रिसर्च गरिरहेको भन्ने सुनिन्छ, तर देशलाई सुहाउँदो काम भएको देखिदैन नि !
काम हुन समय लाग्दछ । चीनले सत्तरीको दशकमा आधुनिकीकरणको अभियान आरम्भ ग¥यो र अहिले प्रतिफल प्राप्त भएको छ । हामीले पनि धैर्यधारण गरेर काम ग¥यो भने काम भएको देखिने छ ।
नेपालमा भौतिकशास्त्रलगायत अन्य विषयमा स्नातकोत्तर गरेका विद्यार्थीहरु धमाधम विदेश पलायन भइरहेको छ, तर नास्टले ति विद्यार्थीहरुलाई नेपालमा नै अनुसन्धान गर्न स्वयमसेवकीय भूमिका पनि दिन सकेन्, के तपाईको कार्यकालमा सम्भव छ ?
यो एउटा राम्रो सुझाव हो । यसलाई कार्यन्वयन गर्न पर्दछ ।
नेपालका अनुसन्धान गर्ने मुख्य केन्द्र भनेको नास्टलाई लिइन्छ, तर नास्टको अवस्था नाजुक छ, अव कसरी नेपालमा विज्ञान प्रविधिको विकास हुन्छ ? के नेपालीहरुले विदेशीले झै अनुसन्धानको फल दिन सक्ने आशा देख्नुहुन्छ ?
त्यस्तो नाजुक अवस्था होइन । पूर्वाधारको विकास भएको छ । उच्च कोटिका वैज्ञानिक तथा प्राविधिकहरु छन् । खालि लगानी र व्यवस्थापनको खाँचो छ । यस तर्फ उन्मुख हुन सके फल दिन सकिन्छ ।
Leave a Reply