नमुना बन्दै बुटबलको नबिन औद्यौगीक कदरबहादुर रिता उमाबि

चन्द्रकान्त खनाल 

रुपन्देही: काठमाडौ पछि दोश्रो शैक्षिकहवको रुपमा रहेको रुपन्देही जिल्लाको बुटवल पश्चिम नेपालको औद्योगिक एवं व्यापारीक केन्द्र, निजीमात्र होईन सरकारी क्षेत्रमा पनि नमुना बन्दै गएको छ ।

यहाँ थुप्रै उद्योग, कलकारखाना, विद्यालय, आधुनिक भवन, सडक, पुलपुलेसा लगायतका आधुनिक सुविधा थपिएकोले पहिलेको तुलनामा निकै परिवर्तन आएको छ । पछिल्लो समय यो क्षेत्र शैक्षिकहवको रुपमा पनि परिचित हुदै गएको हो ।

भनिन्छ, सामुदायिक विद्यालय भन्दा निजी विद्यालय राम्रो हुन्छ तर यसलाई चिर्न सफल भएको विद्यालय हो नवीन औद्यौगिक सामुदायिक विद्यालय । बुटवलको देविनगरमा रहेको यस विद्यालयमा हाल ५२ जना शिक्षक शिक्षिका कार्यरत हुनुहन्छ भने विद्यार्थीको चाँप पनि निकै बढि छ भने शैक्षिक पूर्वाधार सँगै आवश्यक विभिन्न सूविधाहरु पनि थपिएका छन् ।

पहिला जिर्ण टिनका टहरामा ८ जना शिक्षकले करिब १०० देखि १५० जना विद्यार्थी अध्यापन गराईने यस बिद्यालयले शैक्षिक क्षेत्रको बिकाशमा महत्वपूर्ण योगदान पु¥याएर यस क्षेत्रकै नमूना विद्यालय बन्न सफल भएको छ । २०३३ सालमा स्थापना भएर भौतिक साधन र श्रोतको अभावमा अत्यन्तै दयनिय अवस्थामा गुज्रिएको यो विद्यालयले अहिले निकै फड्को मारेको छ । हाल यो विद्यालय राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचीत छ ।

उपप्रधान एवं संघिय मामिला तथा स्थानिय बिकाश मन्त्री प्रकाशमान सिँहले पनि विद्यालयले गरेको प्रगतिको खुलेरै प्रसंशा गर्नु भयो । ३९ औ बार्षिकोत्सव मनाउने क्रममा प्रमुख अतिथी भएर आउनु भएका उपप्रधान एवं संघिय मामिला तथा स्थानिय बिकाश मन्त्री प्रकाशमान सिँहले नेतृत्व राम्रो भए सामुदायिक विद्यालयले पनि प्रगति गर्न सक्छ भन्ने कुरा प्रष्ट प्रार्नु भयो । उहाँले विद्यालयको प्रगतीका लागि पहल गर्ने प्रतिबद्धता समेत जायर गर्नु भएको थियो ।

सभासद एवं पूर्व शिक्षाराज्य मन्त्री बालकृष्ण खाँडले सामुदायिक विद्यालय भएर पनि नवीन औद्योगिक कदर बहादुर रीता उच्च माध्यमिक विद्यालयले राम्रो शिक्षा दिन सकेको बताउनु हुन्छ । देशका सबै विद्यालयमा यस्तै ब्यबस्थापन हुनसके शिक्षामा फड्को मार्ने उहाँको भनाई छ ।

समाजमा काम गर्ने भन्दा बढी कुरा गर्ने मानिस भेटिन्छन् तर यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कदर बहादुर रायमाझी भने काम गरेर उदाहरणीय बनेका छन् । रायमाझीको अथक प्रयास मेहनत, सहयोग र प्राचार्य प्रेम बहादुर बस्नेतको कुशल शैक्षिक व्यवस्थापन कै कारण विद्यालयले प्रगती गरेको कुरा स्थानीय वासीहरु बताउँछन् । आत्मविश्वास र काम गर्ने रुचि भएपछि केहि कुराले रोक्न सक्दैन भन्ने कुरा बुटबलको नबिन औद्यौगीक कदरबहादुर रिता रायमाझीका अध्यक्ष कदर बहादुर रायमाझीले पुष्टी गरेका छन् । व्यवसायी क्षेत्रमा लागेका उनी आफ्नो पारिवारीक प्रेरणाको कारण शिक्षा क्षेत्रमा लागेको बताउँछन् ।

कक्षा ६ देखि कक्षा १० सम्म मासिक शुल्क लिने चलनले शुल्क तिर्न नसक्दा धेरै विद्यार्थीहरुले विद्यालय छोडेको तितो अनुभव महसुस गरी २०६३ भाद्र २५ गते शिक्षा दिवसका अवसरमा शुल्क नलिने घोषणा गरेको अध्यक्ष रायमाझीले बताउनु भयो । जसले गर्दा यो विद्यालयमा भर्नाको आकर्षण बढ्दै गएको हो ।

पहिलो एस.एल.सी. २०६४ मा सहभागी भएका मध्ये विशिष्ठ श्रेणीमा उर्तीण हुनेलाई १० हजार प्रथम श्रेणीमा उर्तीण हुनेलाई प्रोत्साहन स्वरुप क्रमश २ हजार देखि साढे ७ हजार सम्म पुरस्कारको व्यवस्था गरीयो । जसले गर्दा विद्यार्थीलाई निकै हौसला बढायो । विद्यार्थी अभिभावकहरु पनि विद्यालयको पठन पाठनबाट निकै प्रभावित छन् । अभिभावक बसन्ति परियार सामुदायिक यो विद्यालयमा निजी विद्यालयमा जस्तो सुबिधा र पठनपाठन राम्रो भएर आफ्ना छोरा छोरी भर्ना गराएको बताउनु हुन्छ ।

सामुदायिक विद्यालयमा सरकारले जति लगानि गरेपनि युनेनिजम र दलिय राजनीतिको प्रभाव र दवावले विद्यालयको शैक्षिक गुणस्तर खस्कदो छ । त्यसैले सरकारले यस्ता नवीन औद्योगिक कदर बहादुर रीता उच्च माध्यमिक विद्यालयहरुले गरेको उन्नति प्रगतिका बारेमा क्षेत्रका विद्यालयलाई पनि अनुकरण गर्न लगाउने हो भने शिक्षा क्षेत्रमा सरकारले गरेको लगानिले आशातित सफलता पाउने आशा गर्न सकिन्छ ।