काम विहिन विज्ञान प्रवद्र्धन माहाशाखा

काठमाडौं । कामको उचित बाँडफाँड हुन नसक्दा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्र्तगत विज्ञान प्रवद्र्धन माहाशाखा काम विहिन छ । यसअघि विज्ञान प्रविधिको विकासको लागि भनेर महाशाखालाई बाह्र वटा कार्यक्रम छुट्याइएको भएपनि अहिले कुनै कार्यक्रम नभएको माहाशाखा प्रमुख सह–सचिव राम प्रताव साहा बताउँछन् ।

विज्ञान प्रवद्र्धन माहाशाखा, प्रशासन र वातावरण, जलवायु परिवर्तन र वातावरण व्यवस्थापन गरि विज्ञान मन्त्रालयमा चार वटा महाशाखा छन् । यस अघिका प्रत्येकले छुट्टाछट्टै कार्यक्रम हेर्ने भनीएतापनि प्रवद्र्धन माहाशाखालाई कुनै कार्यक्रम छैन ।
यस अघि अन्तर्राष्ट्रिय एटोमिक इनर्जीको सहयोगमा सञ्चालित कार्यक्रमको विज्ञान प्रवद्र्धन महाशाखा प्रमुखले हेर्ने गरेको थियो । बाह्रवटा कार्यक्रममध्य माहाशाखाको भागमा एउटा भने पनि कार्यक्रम हुन्थ्यो । तर आफू माहाशाखामा आएपछि आफ्नो मातहतमा रहेको कार्यक्रमको जिम्मेवारी नदिइदा काम गर्ने वातावरण नभएको बताए ।

माहाशाखा प्रमुख विहिन रहेको अवस्थामा यस अघिका सचिवले प्रशासन माहाशाखाको प्रमुख महेन्द्र गुरुङलाई जिम्मेवारी दिइएका थिए । तर मन्त्रालयमा आएको चार महिना वितिसक्दा पनि माहाशाखालाई सचिव डा. कृष्णचन्द्र पौड्याले जिम्मेवरी दिन नसक्दा अन्योलमा काम गर्नु परेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×