निःसर्त विज्ञान स्वीकार्नु आजको आवश्यकता

मानव जीवन प्रविधिमय भइसको छ । विश्वका वैज्ञानिकहरु ‘ब्रेन कम्प्यूटर इन्टरफेस’ प्रविधिको कुरा गर्न थालिसकेका छन् । जसले विना माध्यम एक व्याक्तिको दिमागमा भएको कुरा अर्का व्यक्तिको दिमागमा पु¥याउने काम गर्दछ । यसकारणः प्रविधि विना मानिसको जीवन असम्भव प्रायः छ ।

जसरी बाँच्नको लागि जीवको महत्वपूर्ण आहार अक्सिजन भएको छ, त्यसरीनै प्रविधिको प्रयोग मानवले गर्दै आइरहेको छ । मानव शब्यताको इतिहाँससगैँ विज्ञानको विकासले निरन्तर पाएकोे छ । आज हरेक मानिसको कल्पना विज्ञानले पुरा गर्दै आइरहेको छ । तसर्थ विज्ञान विषय नै मानवको लागि ‘अमृत’ सिद्ध भएको छ । तर त्यही विज्ञान विश्वका अन्य विश्वविद्यालयको विकासको स्तरभन्दा नेपालको स्तर भने फरक पाइन्छ । त्यसोत, नेपालका विज्ञान मन्त्रालयलाई हेर्ने दृष्ट्रि फरक नभएको भने होइन् । स्तर, दृष्ट्रि फरक भन्दापनि विज्ञान प्रविधिको ज्ञान र मर्म कमि भएकै कारण अन्य मन्त्रलायभन्दा यो राजनीतिक दलका आँखामा पिछडिएको छ ।

कुनै पनि देशको उच्च निकाय निकाय भनेको त्यो देशको सरकार, राजनीतिक दल, आयोग र सरकारी कार्यालय आदिइत्यादि हुन्छन् । योसँग आवद्ध नेता, कर्मचारी भनेको उच्च विचार र क्षमतावान हुन्छन् । उनीहरुले चेतनाका विकास आमसमुदायभन्दा एक स्टेप माथि हुनुपर्दछ । साथसाथै, उनीहरुले विश्व परिबेश सुहाउँदो किसिमले देशमा विज्ञान, प्रविधि, आर्थिक र सामाजिक विकासमा पाइला चाल्न सक्ने हुनुपर्दछ, तर नेपाली संरचना भने गतिहिन अवस्थामा सीमित छ । यसले उनीहरुको बौद्धिकतामाथि प्रश्न उब्जाउँछ ।

नेपालमा रिसर्चका कुरा हुन्छन्, वैज्ञानिक सेमिनार पनि हुन्छन् तर नेपालमा भए गरेका रिसर्च केन्द्रहरुको विकास कसरी गर्ने, विज्ञ कहाँबाट ल्याउने, कति लगानी गर्ने, लगानीको फल कसरी उठाउँने, कुन वैज्ञानिकले कस्ता काम गर्ने, प्राध्यापकले कहाँ कहाँ पढाउने, वैज्ञानिक कसलाई भन्ने, विज्ञान मन्त्रालयले कस्ता काम गर्ने, आदि इत्यादि विषय छरप्रस्ट रुपमा मनोमानी ढंगमा चलेको देखिन्छ । यस किसिमको समस्या समाधानका कुरा राष्ट्रिय विज्ञान दिवसको अवसरमा ठूलै छलफल आयोजकले चलाउनु पर्ने देखिन्छ । जसले गर्दा विषयसम्वद्ध कमीकमजोरीको हल गर्न र दिर्घकाली रुपमा ‘राष्ट्रिय विज्ञान नीर्ति’ बनाउन केन्द्रीत हुनु पर्नेछ ।

नेपालमा ढिलै भएपनि विज्ञान दिवसको चर्चा चलेको छ । जुन असोज १ गते चल्छ, कार्यक्रममा भाषण, अन्वेषणको कुरा ग¥छौं, अन्यकोभन्दा फरक ठान्छौं र विज्ञानमा बजेटको कमि महशुसलगायत नेपाली वैज्ञानिक, प्राध्यापक र कर्मचारीहरुको तलवको कमिका कुरा गछौं, जसका करणले रिसर्च गर्न नसकिएको कुरा ग¥छौं । तर, नेपालमा भएगरेका रिसर्चमा लागानी, नेपाली विद्यार्थीहरुले विज्ञान विषयमा गरेको लगानी, विज्ञान विषय अध्ययन ल्याएको बेरोजगारको कुरा गर्न छुटाउँछौं । तसर्थ, राज्यले थोरै भएपनि विज्ञानमा गरेको लगानी, नेपाली विज्ञानका विद्यार्थीहरुले देखाएको सदासयतालाई कमजोर नठानी विज्ञान प्रविधिको क्षेत्रमा २० वर्षे कार्ययोजना बनाउने, बजेटीकरण गर्ने र कामको सुरुवात गर्ने वातावरण बनाउँन ढीला भैसकेको छ । नेपाली युवा वैज्ञानिकको जोश र जाँगरलाई पुर्नजिवित राख्न सरकारका विज्ञान, प्रविधि मन्त्रालयले ‘राष्ट्रिय प्रयोगशाला’मा युवा वैज्ञानिकहरुलाई कम्तीमा स्वंमसेवकीय भूमिका निर्वाह गर्ने वातावरण तत्काल गर्नुपर्ने देखिन्छ । यसर्थ, नेपाल सरकारले निःसर्त विज्ञान तथा प्रविधि स्वीकार गरि देशलाई सम्वृद्धितर्फ उन्मुख गराउनु सक्नुपर्दछ । तवमात्र विज्ञान प्रविधिको क्षेत्रमा सरकारले कदम चालेन भन्ने आममानिसको गुनासा मेटेन सफल हुनेछ । जय विज्ञानप्रविधि !