गतिहिन सूचना प्रविधि केन्द्र

विश्वमा विज्ञान प्रविधि मानिसको सारथी बनेको छ । यसले मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउँदै आएको छ । विना प्रविधिको कामको कुरा गर्नु भनेको फगत सपनाको कुरा हुनेछ । तर त्यहि विज्ञान प्रविधिको संस्थागत विकास नेपालमा धिमा गतिमा चलायमान छ ।

कम्प्यूटरको विकास कै कुरा गर्ने हो भने, इङ्ल्याण्डका नागरिक चाल्ल बेबेज जो कम्प्यूटरका पिता भनेर विश्वप्रसिद्ध छन्—उनले सन् १८१०ताका प्रोगाममेमल कम्प्यूटरको विकास गरेको थिए । त्यसबेला र अहिलेको प्रविधिको विकास आकाश जमिनको फरक परिसकेको छ । त्यसभन्दा पहिले, यदि गडफ्रेड वुलियम लेविनाइजले सन् १७०३ ‘बुलन अलजे्रवा’को सिद्धान्तको प्रतिपादन नगरेको भए प्रोगाममेमल कम्प्यूटरको सम्भावना न्यून हुन्थ्यो ।

त्यस्तै, विश्वमा इन्टरनेटको सुरुवात इलेक्ट्रोनिक कप्यूटरको पूर्ण विकास १९५०मा भएपछि सुरुवात भएको पाइन्छ । सन् १९६० मा ग्लाक्टीक नेटवोर्कको कन्सेपबाट सूरु भएको कम्प्यूटर नेटवकीङ्ग सन् १९७२ मा आएर इन्टरनेटको रुपमा विकास भएको पाइन्छ—त्यो पनि जमिनमा भएको कम्प्यूटरहरुको नेटवोकीङ्गको रुपमा । त्यसको १६ वर्षपछि सन् १९८९ मा टीम बर्नर ली जसले वोल्ड वाइड (वेबडव्लुडव्लुडव्लु)को अवधारणा विकास गरेपछि विश्वलाई इन्टरनेट सन्जालमा जोड्न सफल भयो । यसले विश्वव्यापि सञ्जालको स्थापना गरेको छ ।

नेपालको सन्दर्भमा इन्टरनेटको विकास तत्कालिन रोनास्ट (नास्ट)मा भित्र्याइएको पाइएता पनि इन्टरनेटको विकास प्राइभेट सेक्टरलाई जान्छ । त्यतिखेर मर्कनटालइलले नेपाल टेलिकम मार्फत् सिङ्गापुर टेलिकमको सेवा सुविधा लिइ इन्टनेट सेवा सुरु गरेको थियो । अहिले नेपालमा गुणस्तर सेवा दिन विभिन्न कम्पनीहरु लागि परेका छन् । तर पयाप्त सुविधा भने दिन सकिरोको छैन । यसरी प्राइभेट सेक्टरबाट विकास भएको इन्टरेन सेवाको विकास नेपालमा भलै विकास भएतापनि विना सरकारको अगुवाइ यसले निस्चित दिशा लिन नसक्ने देखिन्छ ।

सरकारको नबौं योजना (विंस. २०५७)मा आइटी नीति तथा कार्यक्रम विकास गरी नेपाललाई ग्लोबल आइटी म्यापमा पाँच वर्ष भित्र विकास गर्ने भनियो तर त्यसको कायान्वयन हुन नसकेको देखिन्छ । दशौं योजनाले विज्ञान प्रविधि मन्त्रालय अन्र्तगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्थापना ग¥यो । केन्द्रको रणनीतिक बुधा मा नेपालमा इ–कर्मसको वैधानिक र प्रद्धर्धन गर्ने, टेक्नोलजी अन्वेषण र विकास लगायतका सूचना प्रविधिसँग सम्वन्ध विभिन्न वुधा उल्लेख गरिएको छ, यद्यपि काम भने नगन्य देखिन्छ । यसले नेपाल इ–कमर्सलगायत प्रविधि विकासको क्षेत्रमा सम्भाबना भएतापनि नेपाल सरकार अन्र्तगतको विज्ञान प्रविधि मन्त्रालय आफै धिमा गतिमा चलायमान हुँदा प्रविधि विकासमा फड्को मार्न सकेका छैन । यसले नेपालको सूचना प्रविधि केन्द्र गतिहिन भएको नर्कान सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बिजुली चम्काइ पूर्वानुमान उपकरणले भविष्यमा विमान थप सुरक्षित हुने

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

×