नेपालका ओँत प्रजातिहरू

डा. मुकेशकुमार चालिसे
प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

 

पृष्ठभूमि

ओँत प्रजातिहरू सफा (मिठो) पानीमा रमाउने उभयचर स्तनधारी प्राणी हुन् । पृथ्वीमा यिनिहरू करिब ३०० लाख वर्ष अघि उत्पत्ति भएको जीववैज्ञानिकहरू मान्दछन् । अष्ट्रेलिया र अन्टार्टिका बाहेक सबै महादेशमा ओँतहरू पाईएका छन् । यिनिहरूको शरीरको बनावट जमिन तथा पानी दुबैमा अनुकुलन हुने किसिमले बनेको छ । समुद्रको नुनिलो पानीमा पनि केहि प्रजातिका ओँतहरू हुन्छन् । यस प्राणी समुहले हरेक दिन पाँच घण्टा जति समय खाना खोज्न बिताउँछन् र आप्mनो शरीरको १५ देखि २५ प्रतिशत सम्म तौल बराबरको खाना खाएको पाईन्छ । यसको खाना मुख्यगरी माछा प्रजाति नै हो ।

ओँतहरू प्रजाति अनुसार ३ देखि सिक्स वर्ष भित्रमा सन्तान उत्पादन प्रक्रियामा संलग्न हुन सक्छन् । यिनिहरूको समागमको समय बासस्थान अनुसार फरक–फरक ऋतुमा भएको पाइन्छ । ओँतहरूका भालेलाई बिर, पोथीलाई भूनि र बच्चालाई छाउरा भनिन्छ । बच्चा कलिलो हुन्छ तर लम्बाई भने उत्रै भएकाले माउ–बच्चा छुट्ट्याउन गाह्रो हुन्छ । ओँतहरू हल्लाखोर हुन्छन्, त्यसैले यिनको समुह भेटिए ठूलै हल्ला सुनिन्छ, हल्लाहरू बीच पनि चिन्नेहरू एक–अर्कालाई ठम्याउन सक्छन् । हेर्दा लजालु र काँतर देखिएपनि आफु र बच्चाहरूलाई खतरा परेको आभाष भएमा ओँत आक्रामक हन्छ । ओँतहरू अति सामाजिक प्राणी हुन त्यसैले त प्रायः खेलिरहेका देखिन्छन् । समुद्री ओँतको मात्र पुच्छर छोटो र कम मसलदार हुन्छ । ती बाहेक अन्य प्रजातीको पुच्छर लामो र मोटो हुन्छ । पुच्छर पूरा शरीरको एकतिहाई (करीब एक फिट लामो) हुन्छ । पुच्छरले पौडीखेल्दा दिशा निर्धारणगर्न र बाँकटे हान्न मद्दत गर्दछ । ओँतले चार मिनेटसम्म पानीमा डुबुल्की लगाउन सक्छ र ३०० फिट गहिराईसम्म खाना खोज्न सक्छ । समुद्री जन्तुमा हुने बोसोको पत्र ओँतमा भने पाईँदैन, शरीर न्यानो पार्न मसिना भूत्ला भने शरीर भरी हुन्छ । ओँतले कुनै बस्तुलाई औजारजस्तै उपयोगगर्न जान्दछ । यसले मस्तसँग घाम तापेको हेर्नलायक हुन्छ । यो प्रजाति कम्तीमा दश वर्ष बाँच्दछ भने चिडियाखानामा वा पालेर राख्दा डब्बलनै पनि बाँच्न सक्छ । धनी देशका मानिसले यसको नरम छालाको धेरै चाहा राखेकाले कहीँ–कहीँ अत्यधिक शिकारभई सङ्ख्यात्मक ह्रास भएका छन् ।

संसारमा १३ बिभिन्न प्रजातिका ओँतहरू पाईएका छन् । त्यसमध्ये, समुदी ओँत साह्रै आकर्षक गोलो अनुहार भएको हुन्छ र उत्तरी प्रशान्त महासागर प्रमुख बासस्थान मानिन्छ । अफ्रिकाको नङ्ग्रा नभएको ओँत आप्mना घना भूत्लाका कारण प्रसिध्द छन् र आकारमा दोस्रो ठूलो मानिन्छन् । युरोपीय ओँत आप्mना खैरा भुत्ला र सिर देखि पुच्छरसम्म सेतो धर्के भूत्लाका कारण प्रष्ट चिन्हीने खालको हुन्छ । भिमकाय ओँत साना भूत्ला तथा लामो शरीरका कारण प्रसिद्ध छ । उत्तरी खोले ओँत क्यानाडा र संयुक्त राज्य अमेरिकामा पाईने ठूलो टाउको भएको लामो आकारको प्राणी हो । एसियामा युरोसियाको ओँत, चिप्ले ओँत, साना नङ्ग्रा भएको ओँत र दाह्रिवाल ओँत पाईन्छन् भने नेपालमा अघिल्ला दुई प्रजाति भएको निश्चित छ भने कसैकसैले साना नङ्ग्रा भएको ओँत पनि पाईन्छ भनि जीकिर गरेका छन् ।

१. युरोसियाको ओँत (Eurasian Otter : Lutra lutra)
यस प्रजातिमा सातओटा उपजात भएको पोककले १ हजार ९ सय ४१ मा नै वैज्ञानिक ठम्याई गरेका थिए । त्यसमा मोन्टीकोला र औरोब्रुनिया उपजात नेपालमा भएको आँकडा छ । सङ्ख्यात्मक ¥हसका कारण ओँत प्रजातिलाई खतरामा पर्न लागेको बन्यजन्तुमा राखिएको छ । यो प्रजाति एसिया, युरोप र उत्तरी अफ्रिकामा पाईन्छन् । दक्षिण एसियामा हिमाली जलप्रणाली भएका अफगानिस्तान, पाकिस्तान, चिन, भारत, नेपाल, भुटान, बङ्गलादेश र म्यानमार देखि पूर्बि एसियायी देशहरू तथा ठूला टापुहरूमा यो ओँत प्रजाति पाईन्छ । नेपालका सबै प्रकारका जलसम्पदामा ओँत पाईने चर्चा छ र प्रजाति खुट्टि नसकेकाले शायद यही प्रजातिनै सबैतिर पाईएको होला । तर जापानमा भने यो प्रजाति लोप भएको आशङ्का गरिन्छ ।

सङ्ख्या
ओँत प्रजातिमा धेरै अनुसन्धान भएपनि यसको सङ्ख्यात्मक आँकडा भने एसिया र अफ्रिका लगायत कैयौँ देशहरूमा स्पष्ट छैन । सन २००४ मा गरिएको अध्ययनले बेलायतमा यो प्रजातिको ओँत १० हजार ३ सय ९५ जति रहेको आँकडा थियो । यसको घनत्व प्रति २७ किलोमिटरमा एउटा ओँत रहेको थियो । स्कटल्याण्डमा ओँतको घनत्व बढी भएर प्रति ओँत २४ किलोमिटरमा पाईएको जानकारी छ । फिनल्याण्डमा १ हजार सिक्स सय ५० वर्ग किलोमिटर क्षेत्रमा ५२ ओटा ओँत पाईएको थियो । यस्तो खालको आँकडा एसियायी कुनै देशका ओँतको छैन । यस प्रजातिबारेमा थप अध्ययन पाटन क्याम्पसका श्री पारश आचार्यबाट भइरहेको छ । बिद्यावारीधि डिग्रीकालागि पंत्तिकारको सुपरीवेक्षणमा कर्णाली नदी भँगालाको बर्दियामा यसै वर्षदेखि (२०७१) अनुसन्धान भईरहेकाले नेपालका ओँतबारे वैज्ञानिक आँकडा निकट भबिष्यमा आउने छ ।

बासस्थान र आनीबानी
युरोसीयाका ओँतहरू उच्च प्रदेशीय र समतल भू–भागका तालहरू, नदी, खोला, सिमसार, धापिला जङ्गलात क्षेत्र र समुद्री किनारका भागहरू लगायत विविध जलिय–बासस्थानमा बस्ने गर्दछन् । युरोपमा समुद्र किनारका नुनिला पानीक्षेत्र देखि आल्प्स पहाडका १ हजार मिटर उचाईका त्यस्ता बासस्थानमा ओँतहरू पाईन्छ भने हिमालयमा ३ हजार ५ सय मिटर उचाई र तिब्बतमा ४ हजार १ सय २० मिटर सम्म पाईएका छन् । यो प्रजाति भारतीय उपमहाद्वीपमा चीसा डाँडाका पहाडी खोला छेउ–छाउ पाईन्छन् । गरम महिनामा (बैशाख–साउन) यिनिहरू हिमालयको ३ हजार सिक्स सय सिक्स० मिटरसम्म पुग्छन् । सायद ओँतको यो बसाईँ–सराई असला र अरु माछाहरूको पूmलपार्ने तरीका र समयसँग मिल्दोजुल्दो हुन्छ । त्यस्तै हिँउदमा ओँतहरू होचा भू–भागका सिमसार तिर आउँछन् । थाईल्याण्डमा क्रुकले गरेको अध्ययनमा (१९९४) युरेसियायी, चिप्ले र साना नङ्ग्राभएको तीनै प्रजातिका ओँतले एकै बासस्थान उपयोग गरेको देखाएका छन् । तर थाईल्याण्ड र श्रीलङ्काका पाँच नदीमा गरिएको अध्ययनले युरोसीयायी ओँत खोलानालाको सिरतीरको छिटो बग्ने पानीमा चलखेलगर्ने स्वभावको भएको थाहा भएको छ ।

ओँत पाईने सम्पूर्ण क्षेत्रको अध्ययनले (मसोन र म्याकडोनाल्ड, १९८सिक्स) देखाउँछ कि ओँतको उपलब्धता पानी किनाराको बनस्पतिको बिबिधतासँग सम्बन्धित रहेको पाईन्छ । बिबिध बासस्थानमा रहेपनि ओँतले बच्चा पाउन प्वाल भएका नदी किनारा चाहिन्छ, ठूला जराहरू बीच दुलो भएको हुनु पर्छ, चट्टन र ढुङ्गाका चाङ, मुढा र पहिरोका थुप्राहरू उपयुक्त हुन्छ । यस प्रजातिका ओँतलाई मौलाउन पानी र जमिन बीचका गहिरो होईन तेर्सा सुरुङ्गे दुलो आवश्यकता पर्दछ । त्यस्तै, समुद्री किनारामा रहेका ओँतहरूको बाहुल्यताको सम्वन्ध मिठो पानीे मिसिने ठाउँसँग रहेको क्रुकले १९८९ र बेजाले १९९२ तिर गरेको अनुसन्धानले देखाएको छ ।

ओँत समुहको बासस्थानलाई रैथाने वयस्क पोथीले सबैतिर प्रयोग गरे पनि आप्mनै मुख्य चलखेल क्षेत्र पनि निर्धारण गर्छ । रैथाने भालेको बासस्थान ठूलो र बिस्तृतरुपले पैmलिएको हुन्छ र अरु भालेसँग आप्mनो क्षेत्र मिसिएको हुन्छ । त्यस्तो भाले कम्तीमा दुई पोथी समुहका बिच रजगज गरिरहेको हुन्छ साथै आवश्यक्ता पर्दा पोथीहरूसँग मिलेर समुहमा भन्दा राम्रो दुलो, खाना र बास भएतिर सुरुक्क सर्न सक्छन् । यस ओँतको भाले–पोथीको बासस्थान मिठो पानी क्षेत्रमा बिस्तृत हुन्छ भनि क्रुकले १९९५ मा नै लेखेका छन् । सन् १९सिक्स९मा ईर्लिङ्गे लेख्छन, लैङ्गिक हिसावले भालेहरू माथिल्ला श्रेणिका र स्वबासी क्षेत्रमा हैकम जमाउँछन् भने पोथीहरूको चलखेल खानाको बाहुल्यता र पारीवारीक आराम स्थलको बान्छनीयताले निर्धारण गरेको देखिन्छ । यस प्रजातिका वयस्क भालेहरू आप्mनो क्रियाकलाप मुख्य नदिमा बिताउँछन् भने वयस्क पोथीहरूले सहायक नदि र तालहरूमा कब्जागरेको क्रन्जले १९९५मा उल्लेखगरेका छन् । त्यस्तै, ग्रीनले १९८३ मा थाहापाएका थिए कि वयस्क किशोरहरू सबैतीर चलखेल गर्छन् भने कलिला किशोरहरू छेउकुना र अरुले छोडेको ठाउँलाई प्रयोग गर्दछन् ।

यो बंशका सबै ओँतहरूको खानाको ८० प्रतिशत भाग माछा नै हो । त्यसबाहेक, यो प्रजातिले पानी कीरा, साना सरीसृप, भ्यागुताहरू, चरा, साना स्तनधारी तथा गँगटाहरू खाएको स्कारेन (१९९३) लगायत अरुले पनि उल्लेख गरेका छन् । श्रीलङ्कामा सिल्भाले (१९९सिक्स) गरेको बिभिन्न अध्ययनमा युरोसियायी ओँतले बढिमा ८१ प्रतिशत गँगटा, ३८ प्रतिशत माछा र ९ प्रतिशत उभयचर खाएको भेटिन्छ भने अन्य जीवहरू पनि थोरै हजम गरेको आँकडा छ । थाईल्याण्डमा भने बढिमा ७सिक्स प्रतिशत माछा, सिक्स४ प्रतिशत भ्यागुता र ७ प्रतिशत गँगटा यस प्रजातिले खानेगरेको जानकारी पाईन्छ । खासमा यस ओँतले साना खोला र झरना छेउछाउ गँगटा बढि खाएको देखिन्छ र ठूला नदि र तालहरूमा यसले माछा बढि उपयोग गरेको पाईन्छ । यस प्रजातिले नौ किलो सम्मको माछा समातेको जानकारी भेटिन्छ । युरोपमा गरिएको अध्ययनमा यस प्रजातिले सामान्यतया साना र मभ्mयौला– १३ सेन्टिमिटर सम्म लम्बाईका माछा खाएको भेटिएको छ ।

युरोसियायी ओँत समागम ऋतुका बेलामा बाहेक धेरैजसो अरु वयस्कसँग नमिसिने एकान्तप्रिय प्राणी हो । ओँतको समुह भनेको आमा र बच्चाहरूको बथान नै हो । तर बिशेष अवस्थामा यो प्रजातिका सबै उमेर समुह र लिङ्गका ओँतहरू एकै ठाउँ सहिष्णुताका साथ एउटै बगाल जस्तोभई बसेको पनि भेटिन्छन् । चिडियाखानामा तीन देखि चार वर्षमा वयस्क बन्ने यो प्रजाति प्राकृतिक बासस्थानमा भने भाले १८ महिना र पोथी २४ महिनामा वयस्क भएको पाईन्छ । यिनिहरूमा ऋतुकाल बाह्रै महिना भएको देखिन्छ र गर्भधारण करिब सिक्स३–सिक्स५ दिनको हुन्छ । आचार्यो र मिश्र (१९८३) अनुसार एक देखि पाँच छाउरा पाउनसक्ने ओँतहरू १७ वर्ष सम्म बाँचेको देखिन्छ ।

यो प्रजातिका ओँत सबै तिर निशाचर स्वभावकै भेटिन्छन् र रातको लम्बाई अनुसार विविध गतिविधि गर्छन् । शेटल्याण्ड टापुका युरोसियायी ओँत भने दिनमा नै सत्रृmय हुन्छन् । ओँतका गतिविधि लामा दिन वा रातमा बीचतिर आराम गरेर अरुबेला सक्रीय हुन्छन् । समुद्र किनारका ओँत भने ज्वारभाटाको तल्लो तह हुँदा बढि सत्रृmय भएको पाईन्छ ।

खतरा र संरक्षण
एसियामा मानिसले बनाएका नहर, बाँध तथा जलबिद्युत गृह र त्यसोगर्दा मासिने पानी किनाराका वनस्पति तथा बासस्थान नै ओँतको सङ्ख्या घटने कारक भौतिक संरचना हुन् । सिँचाईकालागि पानीलाई सिमसार क्षेत्रबाट तर्काउँदा ओँतले खाने जीवहरूको कमी हुनगई यसको जीवनयापनमा खतरा परेको छ । चोरी शिकारी पनि ओँतको सङ्ख्या घटने अर्को मुख्य कारण हो । युरोपमा भने पानीमा भएको डिडिटी, डेल्ड्रीन, रेडियोधर्मी पदार्थ, गह्रौँ धातुका मिश्रण र तेल चुहावटले पारेको जल–प्रदुषण ओँतको जीवन खतरामा पार्ने प्रमुख कारण हुन । नदि तथा ताल–तलैयामा अम्लियकरण हुनुले माछा लगायत खाने अन्य कुराको अभावले ओँतको सङ्ख्यात्मक ह्रासका प्रमुख कारण भएका छन् । त्यस्तै रासायनिक मल, पशोधन नगरिएको ढलनिकास र खेतीका जैविक प्रदुषकले पनि उस्तै खालका असरहरू गरेको पाईएको छ । युरोपीय मुलुकहरूमा माझीहरूलाई ओँतमार्ने कानुनी अनुमति दिईएकाले पनि सङ्ख्यात्मक असर परेको छ । यस ओँत प्रजातिका बासस्थान मुलुकहरूमा यीनको मृत्यू डुबेर तथा सडक दुर्घटनामा परेर पनि भएको छ । बाम माछा साथै अरु जल–जन्तुकालागि थापिएको जालमा परेर पनि दुर्घटना धेरै भएका छन् ।
संरक्षणकालागि पूर्नस्थापना तथा पालन–प्रजनन्को योजना अनुसार युरोप तथा एसियाका धेरै देशहरूमा यो प्रजातिको स्तर राम्रै छ तर बंशाणुगत क्षय हुनसक्ने खतरा भने निक्र्यौल भईसकेको छैन् । त्यसबाहेक, हरेक देशले ओँत प्रजातिलाई खतरामा परेको अथवा सङ्कटापन्न स्तरमा राखेकाले यसको संरक्षण भईरहेको छ ।

उपसंहार
हिमालय श्रृङ्खलाका सिमसार बाहेक विविध भू–भागमा पाईने युरेसियायी ओँत नेपालको जलसम्पदाको एउटा सुन्दर वन्यजन्तु हो । नेपालका केही समुदायका बच्चा पाउन बेथालागेको बखत सहज पार्न यसको मासु वा बोसो औषधिकोरुपमा खुवाउने चलन छ । त्यसरी प्रयोगगर्न र थोरबहुत मासुकालागि सिकार भएपनि ओँतको सङ्ख्यात्मक ह्रासभएको जानकारीमूलक आँकडा छैन तर हामीले यसको सङ्कटापन्न अवस्था आएको भनि कोकोहोलो मचाउनु अगाडी दिगो संरक्षणको (बुद्धिमत्तापूर्ण प्रयोग) वैज्ञानिक चेतना सर्बसाधारणमा पैmलाउनु जरुरी छ ।

२. चिप्ले ओँत (The Smooth-Coated Otter, Lutrogale perspicillata)
चिल्लो र नरम भूत्लाको कारण नाम नै यस प्रजातिको ओँतको चिप्ले ओँत रहेको छ । यसको बितरण रहेका चर्चित देशहरूमा दक्षिण र दक्षिण–पूर्वी एसियाका पर्दछन् । यस ओँतको बितरण पूर्वको ईण्डोनेसिया देखि सरासर पश्चिमतिर मलेशिया, भियतनाम, लाओस्, थाईल्याण्ड, दक्षिण–पश्चिम चीन हुँदै म्यानमार, भारत, भुटान, बङ्लादेश, नेपाल, पाकिस्तानमा निश्चित रहेको छ (हुसेन १९९३, वोजेनक्राप्mट १९९३) । मध्यपूर्व तथा पश्चिम एसियामा भने यसको प्राप्यता हालका वर्षहरूमा अनिर्णीत छ ।

यो प्रजातिको ओँतको शरीर ओँतका अरू प्रजातिभन्दा ठूलो हुन्छ । यसका भुत्ला मसिना हुन्छन् भने टाउको र ढाडमा कालो–फुस्रो देखिन्छ भने यसको एउटा उपप्रजातिको बलौटे रङ्गको पाईन्छ । यसको घाँटी पहेँलो हुन्छ र पेटतिर पनि पहेँलोकै प्रभावपरेको देखिन्छ । अर्को उपप्रजाति ईराकतिर आङ्कलन गरिएको भने खियारङ्गको छ । चिप्ले ओँतको पुच्छरको आधादेखि च्याप्टो देखिन्छ, खुट्टा भने तुलनात्मक हिसाबले ठूला हुन्छन् तथा औँलाको अन्तिम जोर्नीमा जाली परेको र तिखा–बलिया नङ्ग्रा हुन्छन् । यसको टाउको गोलो, बलिया–ठूला दाँत र छोटो चिउँडो हुन्छ । यो प्रजाति करिब १.२ मिटर लामो र ११ किलोग्राम तौल हुन्छ । यसै प्रजातिलाई माझीहरूले केही अघिसम्म माछा मार्न लगाउने तालिमदिई लाभ उठाउँने गर्दथिए । यस्ता तालिमे ओँतको मूल्यपनि धेरै हुनेगथ्र्यो ।

यो प्रजाति गोपनियता रुचाउने र निसाचर भएकाले कुनै पनि अनुसन्धान क्षेत्रबाट पुरा सङ्ख्यात्मक आँकडा प्राप्त छैन । दक्षिण–पूर्वि एसियामा यो ओँत ठूला समुहमा बस्ने गर्दछ र समुहमा एउटा वयस्क पोथी र तिनका दुधे बच्चा साथै बेलाबखत बाबु र हुर्किसकेका बच्चाहरू पनि जमघट गरेको पाईन्छन् । प्रायः पारिवारिक समुहमा बस्ने यो ओँतको समुहमा एउटा भाले, एउटा पोथी र यसैवर्षका बच्चाहरू रहेका हुन्छन् । हुनत्, समुहको सङ्ख्या ऋतु र महिना अनुसार फरक परेको पनि पाईन्छ, वर्षातमा भने सबभन्दा ठूलो समुह भएको पाईन्छ । मध्य भारतको चम्बल नदीमा औशतमा ४.सिक्स२ ओँत पाईएको थियो भने उत्तर भारतको कोर्बेट बाघ आरक्षमा नबाव र हुसैन २००७ ले ८५ किलोमिटर नदी किनारमा ५.१ औशत ओँत समुहमा आँकलन गरिएथ्यो ।

बासस्थान र आनीबानी
चिप्ले ओँत खासमा समतल सिमसार क्षेत्रको प्रजाति हो । तर यिनको प्राप्यता हेर्दा भारतको डेक्कन स्थित अर्धमरुभूमिमा समेत अनुकुलन हुनसक्ने देखिएको छ । सामान्यतयाः यस प्रजातिले ठूला नदि र तालहरू प्रयोग गरेको पाईन्छ । दक्षिण–पूर्वि एसियामा भने यसले सिम धानखेतमा आपूmलाई फस्टाएको छ भने मलेसियायी समुद्री किनारका उष्णप्रदेशीय जङ्गलका नदीहरूमा बढि ओँतहरू पाईएको आँकडा छ । भारत र नेपालमा ठूला नदीका चट्टानी किनारभएका भूभागमा आराम गर्न र बास बनाउन मनपराउँछ । गरम महिनामा यस्ता किनारसँगै जोडिएका धापिला र बनस्पतियुक्त जङ्गलात यस ओँतको घुमफिर गर्ने र चरन क्षेत्र हो । खुला, माटोले भरिएको र पुरै बलौटे किनारा भने लुक्न नसक्ने र छिटो भाग्न नसक्ने भएर यसले यस्ता ठाउँ प्रयोग नगर्न कोशिस गर्छ । तराईमा यस ओँतले बर्षातमा बाढीग्रस्त डुबान क्षेत्र रोज्दछ भने जाडोमा पनि यस्तैलाई बासस्थान बनाउँछ । हिउँद (जाडो) यसको प्रजनन काल भएकाले त्यस्ता ठाउँहरू यस ओँतका छाउरा पाउने गुँड र हुर्काउने बालक्रिडा स्थल बन्दछ । गृष्म ऋतुमा सिमसारमा पानी सुकेर माछाको पउल घटे पछि यो ओँत नदी किनारातीर लाग्दछ । जाभा टापुको पश्चिममा यो प्रजाति समुद्री ज्वारभाटा पैmलिने नदीका किनाराहरू तथा धानखेतमा बढी पाईन्छन् । त्यस्ता बासस्थानमा नदीे बिस्तारै बगेर जमेको र जङ्गलात् क्षेत्र हुनुपर्छ नत्र ओँतले धेरैबेर बस्न त्यती मन पराउन्न । यस ओँतले थाईल्याण्डमा नागबेली आकारको बिस्तारै पानी बग्ने नदी वा बाँध छेउछाउ बसेको पाईन्छ ।

यो ओँत पनि मूख्यगरी मत्स्यहारी हो र अरु प्रजातिको भन्दा ठूला माछाको सिकार गर्नेगर्छ । यसले झिँगेमाछा, गँगटा, कीराहरू, भ्यागुता साथै चरा र मुसाहरू समेत खानेगर्छ । सामान्यतया, नेपाल र भारतमा यस प्रजातिको आहारा पनि युरेसीयायी ओँतको जस्तै हुन्छ र माछाको मात्रा यसको आहारामा ७५ देखि १०० प्रतिशत सम्म हुनसक्छ । परिस्थिति अनुसार चल्ने बानीले गर्दा यसले जाभाको समुद्री किनारातीर झिँगेमाछा करिब २२ प्रतिशत र गँगटाहरू खानेगरेको जानकारी छ भने धान खेतमा पाईएका मलेसियाका ओँतहरूले खेतमुसा २३ प्रतिशत, कीराहरू सहित माछा खानेगरेको पाईएको छ । भारतमा हुसैनले (१९९३) गरेको अध्ययनमा १२ प्रजातिका माछा यस ओँतको आहारा हुनेगरेको जानकारी छ । आहाराको आकार पनि ५ देखि ४सिक्स सेन्टिमिटर सम्मका भेटिन्छन् भने सामान्यतया १५ देखि ३० सेन्टिमिटरका माछा बढि खाएको देखिन्छ । पोषणआहार तथा खाएको सङ्ख्यात्मकआँकडा बिच तालमेल नभएकाले यस ओँतले उपलब्धताको आधारमा आहारा खाएको हुनुपर्छ ।

चिप्ले योनिकरुपले बयस्क हुन बाईस महिना लागेको चिडियाखानाहरूका आँकडा पाईन्छ भने पहिलो बेत बच्चाचाहिँ करिब चारवर्षमा पाएको भेटिन्छ । समागमको ऋतुकाल अगस्त देखि अक्टुबर महिनामा पानीमा नै हुन्छ भने समागम अगाडी जोडीले लाडिएर लामो समय खेलकुद गर्दछन् । दैनिक धेरै पटक समागम हन्छ र एउटा बयस्क भाले ओँतले धेरै पोथीसँग समागम गरेको भेटिन्छ । नेपाल तराई र उत्तरी भारतका प्राकृतिक भागमा यस प्रजातिले अगस्त देखि सेप्टेम्बर सम्म समागम गरेर नोभेम्बर डिसेम्बरमा एक देखि पाँचवटा बच्चा पाएको भेटिएको छ ।

यस प्रजातिको गतिबिधिमा दैनिक दुईवोटा बढि चलखेल अवधि र हरेक त्यस्ता गतिबिधि पछि आरामको अवधि भएको देखिन्छ । तर यस प्रत्रृmयामा मौशमी परिबर्तन पाईन्छ, गरम महिनामा आराम अवधि बढि देखिन्छ भने वर्षात र जाडोमा कम पाईन्छ । त्यस्तै, यो ओँत दिनमा बढि सत्रृmय हुने भएकाले दिन र रातको गतिबिधिमा पनि भिन्नता देखिन्छ । रेडियो जडान गरिएका केहियस प्रजातिका ओँतको अनुगमनबाट के देखिन्छ भने लामो र छोटो दुरी– दुई किसिमको हिँडाई÷पौडीखेल्ने यी ओँतहरू गुँड वरपर छोटो दुरीका र खानाकोलागि लामो दुरीको गतिबिधि गर्ने गर्दछन् । करिब२५० देखि१५०० मिटर गहिराईमा पुग्ने चिप्ले ओँतहरू भाले, पोथी र चार बच्चाकालागि नदिमा ७ देखि १२ किलोमिटर र समुद्री किनारामा अझबढि लम्बाईको किनार चाहिने हुन्छ । यस प्रजातिको भाले मात्रलाई अझ बढि चलखेल क्षेत्र चाहिने अनुमान धेरै अनुसन्धानकर्ताको छ ।

खतरा र संरक्षण
चिप्ले ओँतको पनि अरु प्रजातिलाई जस्तै ठूला जलविद्युत आयोजनाले निम्त्याएका सिमसार क्षेत्रको बासस्थान बिनास नै मूख्य खतराको रुपमा मानेका छन् । त्यससँग जोडिएर सिमसारको कृषिकरण, खानाको अभाव, चोरी शिकार र पानीमा विषादी मिश्रणले यस ओँतको सङ्ख्यात्मक ह्रासभई प्रजातिगत खतरा बिद्यमान छ । दक्षिण तथा पूर्वी एसियामा सिमसारको विविध उपयोगका कारण तथा अव्यवस्थित शिकारले यस ओँत र मानिसको बिच तिब्र प्रतिस्पर्धा र सङ्घ्र्ष देखापरेको छ । तर नेपाल, भारत तथा बङ्ग्लादेशमा चोरी शिकार त्यती नभएकोले यसको संरक्षण सहज छ । यो ओँत पाईने क्षेत्रका देशहरूमा यसलाई साईटिसको दाश्रो अनुसूचिमा राखिएको र कैयौँ देशहरूमा संरक्षित बन्यजन्तुमा राखिएकोले पनि संरक्षणमा बढावा मिलेको छ ।

उपसंहार
नेपालमा केहि ठाउँमा यो प्रजातिको अवस्थाबारे सोधखोज भएको छ । एकिन बासस्थान तथा सङ्ख्यात्मक आँकडा निकाल्न पाए वैज्ञानिक संरक्षणमा अघि बढन सजिलो हुन्थ्यो ।

३. एसियायी साना–नङ्ग्रा भएको ओँत (Asian Small-Clawed Otter, Aonyx cinerea)
एसियायी साना–नङ्ग्रा भएको ओँतलाई पूर्बिय साना–नङ्ग्रा भएको ओँत पनि भनिन्छ । यसको बितरण नेपालबाट पूर्व भारत, बङ्गलादेश, चिन, ताईवान, लाओस, भियतनाम, मलेसिया, ईण्डोनेसिया, थाईल्याण्ड, सिङ्गापुर र फिलिपाईन्स आदि देशहरूमा भएको जानकारी छ । विविध खालका सिमसारमा पाईने यो प्रजाति उष्ण, समसितोष्ण, पहाडी खोला र हिमालयका फेदी तथा घाँचका खोला किनार, ताल–तलैया लगायत समद्री किनार साथै धापिला धानखेतहरू समेत यसका बासस्थान बन्न सक्छन् । नेपालमा भने यो प्रजाति पूर्वी भू–भागका जल प्रणालीमा पाईने केहि मानिसहरू भन्दछन् । यो ओँत दुर–दराज निर्जन ठाउँहरूमा प्रायः बिहान सखारै र गोधुलीमा सकृय हने स्वभावका भएपनि गाउँ नजिक पनि केही ठाउँमा पाईएका छन् ।

आकार रुपरङ
यो प्रजाति संसारमा नै सबभन्दा सानो आकारको ओँत प्रजाति मानिन्छ । यसको शरीरको आकार आधा मिटरसम्म पुग्न सक्छ र पुच्छर ३० सेन्टिमिटर जति मुठारिएको हुन्छ भने तौल पाँच किलोग्राम भन्दा कम नै हुन्छ । लम्स्याईलोे यो ओँत प्रजातिको सर्पजस्तै बटारिनसक्ने लचकदार सरिर भएकाले आप्mना हातगोडाले जतासुकै कन्याउन सक्छ । ढाडतीर प्रायः खैरो–फुस्रो भूत्लाले यस ओँतको सरिर ढाकेको हुन्छ भने घाँटी, छाती, पेट तथा अनुहारतीर सेतो–पहेँलो रौँको बाहुल्यता हुन्छ । पानीमा चलखेलगर्ने यो प्राणीका भूत्ला मसिना, नरम र सपक्क मिलेका हुन्छन् तथा च्यापुको दुबैतीर प्रष्ट देखिने दाह्री पनि हुन्छन् । ती दाह्रीले पानीको गुण र गति आङ्कलनगर्न मद्दत गर्दछ । अरुजस्तै यो ओँत प्रजातिका पनि छोटा खुट्टा हुन्छन् र तिनको काम पौडनु, हिँडनु, कन्याउनु र खानेकुरा व्यवस्थापन गर्नु हो । औँलाको अन्तीम जोर्नी मात्र जोडिएको यसको पञ्जाले गर्दा अरुभन्दा यो प्रजाति फरक छ भने नङ्ग्रा पनि औँला भन्दा बाहिर पुगेको हुँदैन । यसै शारिरीक संरचनाले गर्दा यस प्रजातिले अरु प्रजातिले सोभैm मुखले शिकार समात्ने काम नगरेर पञ्जाले समाती खान्छ । यसको टाउको चौडा, गर्धन मोटो र छोटो, आँखा अगाडीतीर परेका हुन्छन् र पानीमा हुँदा कानमा नपसोस् भनि ढकनी रहेको हुन्छ । यसका पछाडीका खुट्टाले पौडीको गति बढाउन, बाँकटे हान्न र जमिनमा जुरुक्क उभिन मद्दत गर्दछ ।

आनीबानी
पानी वरपर रहने भएकाले ओँतका भूत्ला भिजेका हुन्छन् तर लगातार कन्याएर, जमिनमा गुल्टिङबाजी खेलेर, अथवा घाँस वा रुखका मुढाहरूमा जीउ दलेर शरीर सुखा राख्ने कोशिस गर्छन् । पौडी खेल्न चारै हातखुट्टा चलाएपनि पछाडीका खुट्टा र पुच्छरले द्रुत गतिलिन मद्दत पुग्दछ भने यो ओँत प्रजातिले तल–माथि बाउँटिएर छ–सात मिनेट पानी भित्र नै पौडन सक्छ । ओँतका बिष्टाले एक–आपसमा सञ्चारको काम गर्छ र फरक गन्धले पृथक समुहको जानकारी दिन्छ । पारिबारीक समुहमा रहने यो प्रजातिले जमिन वा गुँडमा बास बस्ने र आराम गर्ने गर्दछ । यसको पबिारमा बाह्रवटा सम्म सदस्य हुनसक्छन् । आप्mनो चलखेल क्षेत्रलाई यो ओँतले जमिनमा कोरेर, माडेर र झगडा गरेर भएपनि रक्षागर्न खोज्छन् । यसले बाह्रभन्दा बढि आवाज निकालेर आप्mनो संबेदनशिलता व्यक्त गर्दछ भने बिष्टामा पुच्छरको फेदमा भएको ग्रन्थिको झोल छाडेर तथा हिलो, घाँस, बालुवा, रोडा आदि कुनैको ससानो थुप्रो बनाई दिएर आप्mनो उपस्थिति जनाउने गर्दछ ।

यो प्रजातिले अमेरुदण्डिय जीवहरू झिँगे माछा, खबटे कीरा, सङ्खे कीरा, आदी बढि खाएको देखिन्छ भने उभयचर भ्यागुताहरू र केही साना आकारका माछा पनि हजम गरेको जानकारी छ । कडा खबटा र सङ्ख फुटाउनकालागि यस प्रजातिका तीन बङ्गारा र चार उपबङ्गारा सक्षम रहेको हुन्छ ।

यो ओँत प्रजाति बृहत पारीवारीक समाजमा बस्छ र प्रजनन् उपल्ला तहका जोडीबाट हुने गर्छ । यो प्रजातिमा २८ दिनमा ऋतुकाल आउँछ र सिक्स० दिन गर्भधारण गरेर वर्षमा दुई बेत पाउन सक्छन् तथा प्रति बेत एक देखि छवटा सम्म छाउरा जन्मिन्छन् । नयाँ बच्चा असहाय, आँखा नखुलेका, दाँत नभएका, हिँडडुल गर्न नसक्ने हुन्छन र केही हप्ता जन्मेको गुँडमा बसि आमाको दुध चुसी हुर्कन्छन् । नयाँ बच्चालाई गतवर्षका दीदी तथा दाजुहरूले पनि हेरचाह गर्न मद्दत गर्छन् । करिब ४० दिनमा आँखा खुल्छन्, त्यसको अर्को ४० दिनमा ठोस खाना खान थाल्छन् र १४ हप्तामा आमालाई छोडन सक्छन् तर अर्को बेत बच्चा नजन्मिएसम्म बस्न सक्छन् । बच्चा पाउनु अघि गुँड बनाउन र बच्चा पाएपछि खानाको व्यवस्थापन गर्न भाले ओँतले पनि मद्दत गर्छ । यस प्रजातिको ओँतको आयु ११ लेखि १सिक्स वर्ष सम्म हुन सक्छ ।

उपसंहार
यो प्रजातिको ओँतले गँगटा, सङ्खे कीरा तथा खेतीका हानिकारक जिव खाईदिने हुनाले मानिसलाई फाईदा पुगेको देखिन्छ । बासस्थानको नोक्सानी, शिकार र जलप्रदुषणको कारणले यो प्रजातिलाई खतरा बढेको छ । त्यसैले कयौँ देशमा यसलाई संरक्षित बन्यजन्तुको सूचिमा राखिएको छ । नेपालमा यसको एकिन अवस्था थाहा छैन् ।

सन्दर्भ र साभार

1. IUCN Otter Specialist Group: Aonyx cinereus (Illiger, 1815), the Asian Small-Clawed Otter. [1] (2011).
2. The IUCN Red List of Threatened Species. Version 2014.3. <www.iucnredlist.org>. Downloaded on 15 November 2014.
3. Hussain, S.A., de Silva, P.K. and Mostafa Feeroz, M. 2008. Lutrogale perspicillata. The IUCN Red List of Threatened Species. Version 2014.3. <www.iucnredlist.org>. Downloaded on 09 December 2014