2025-07-01

महिलामा स्तनको विकासक्रम

– डा. राजेन्द्र भद्रा

breast

भ्रुण अवस्थाको सिक्स हप्तामा यसको विकास शुरु भए पनि किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरुमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ ।

स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २ वा ३ बर्षको चाँडो ढिलो हुन सक्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ ।

स्तनको विकासलाई विभिन्न चरणमा वर्गिकरण गर्ने गरिएको छ स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई नै ट्यानर स्टेज भनिने ५ चरणमा बाँडिएको छ ।

पहिलो चरणः यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ ।

दोस्रो चरणः बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला (मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठुलो भएर आउँछ ।

तेस्रो चरणः स्तन अरुै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ ।

चौथो चरणः एरोला र मुण्टो अरुै उठ्ने (बढ्ने) र स्तनको सबै भागमा अरु वृद्धि हुने ।

पाँचौ चरणः स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ ।

स्तनको आकारको महत्व स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । ­

(स्वास्थ्य खवरपत्रिकाबाट)

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×