October 29, 2024

विश्व विज्ञान दिवसमा उखान र टुक्काको ओइरो


छविलालले छोरो पाएको जस्तो विज्ञानमा प्रगति हुन नसक्ने जिकिर

–रिभोसाइन्स सम्वाददाता

nast

काठमाडौं । विज्ञानको क्षेत्रमा काम गरिरहेको संस्था वल्ड एकाडेमी अफ साइन्स (ट्वास)को सहयोगमा नेपाल विज्ञान प्रविधि प्रतिष्ठान(नास्ट)ले विश्व विज्ञान दिवस नेपालमै पहिलो पटक मनाएको छ । नोभेम्वर १०लाई विश्वभर विज्ञान दिवस मनाइने चलन सन् २००१ मा युनेस्कोले चलाएको थियो ।

विश्वका अन्य मुलुकले १३ वर्ष पहिले विश्व विज्ञान दिवस मनाए पनि नेपालले भने सन् २०१४मा मनाउन सफल भएको छ । दिवस मनाउन नास्टले अग्रसरता लिए पनि यसले नेपालमा विज्ञानको विकास नहुने कतिपय मानिसहरुको बुझाइ छ । तर दिवसमा मात्र वैज्ञानिक संस्था नास्ट सीमित हुनुले नेपालमा उसलाई हेर्ने दृष्टीमा अझै परिवर्तन आउन सकेको छैन ।

ट्वास जसलाई ‘द थर्ड वल्ड एकाडेमी अफ साइन्स’ भनिन्थ्यो, उसले सर्वसाधारणले विज्ञानको विषयमा जान्न सकेन भने विज्ञान प्रविधिको विकास हुन सक्दैन भन्ने मान्यताले स्थापना गरेको थियो । उसको विश्व व्यापी विज्ञान प्रचार अभियानको नेपाली संस्करणको चर्चा नास्टको सभा हलमा यस वर्ष भाषणमा सीमित भएको थियो ।


– डा. भारतेण्डु मिश्र
सदस्य, राष्ट्रिय योजना आयोग

कार्यक्रम अवधिभर बजेटको कुरा उठ्यो, के योजना आयोगले बजेट थप्छ ?
नास्टले उपयुक्त कार्यक्रम बनाएर ल्याएको खण्डमा बजेट रकमान्तर गर्न प्रयास गर्छौ । अति आवश्यक कामको लागिमात्र केहि बजेट निकासा हुनसक्ला तर बीचको समयमा बजेट बढ्ने सम्भावना हुदैंन ।

विना मूल्याङ्कन नास्टको बजेट निर्धारण गरेको हो ?
मूल्याङ्कन नगरी बजेट छुट्याउने गरिदैन । मुल्याङ्कनको आधारमा नै बजेट छुट्याएको हुनुपर्दछ ।

नास्ट अनुसन्धान गर्ने संस्थामा अनुसन्धानको बजेट विना कसरी काम गर्छ ?
विना रकम विज्ञानमा अनुसन्धान गर्न मिल्दैन । खालि कर्मचारीलाई तलव खुवाएर मात्र हुँदैन । तलव र कार्यक्रमकोलागि बजेट छुट्याइनु पर्दछ । यो योजना आयोगको नीति पनि हो ।


नास्टको पूर्व निधारित कार्यक्रम तालिकामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुने लेखिएको थियो । तर, आयोगकै विज्ञान, कृषि, श्रमको कार्यक्रम हेर्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका पूर्व प्रमुख तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. भारतेण्डु मिश्रको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन गरे । कार्यक्रमको प्रकृति हेर्दा नास्टलाई यसवर्ष सरकारद्वारा काटिएको बजेटको परीपूर्ति गर्ने देखिन्थ्यो । तर नास्टको योजनालाई आयोगका उपाध्यक्ष व्यस्थताले पर सरेको छ ।

‘ट्वासले विज्ञानलाई आधाभूत शिक्षा—विज्ञान भनेको आधारभूत अधिकार हो भनेको छ । यसकारण विज्ञान प्रविधि शिक्षा विकासमा लागिपरेको’ मान्यता लिएको आफू विज्ञान मन्त्री हुँदा थाहा पाएको जिकिर पूर्व विज्ञान मन्त्री बलायरले गरे । कार्यक्रममा मन्तव्यकै क्रममा बलायरले किस्सा सुनाउदै भने, ‘एक पटक एउटा मानिसले भगवानले मानिसहरु बीच धनी र गरीवको खाडल बनाएर ठूलो गल्ती गरेको र यस्तो गल्ती किन गरियो भनेर भगवानलाई सोध्न हिडेको भन्दा, अर्को बाटोमा भेटेको मानिसले तिमीले चै के गरेका छौं भनेर प्रतिप्रश्न भगवानले ग¥यो भने के भन्ने नि !’ जस्तो नेपाली वैज्ञानिकहरुले राष्ट्रकोलागि विज्ञान प्रविधिको क्षेत्रमा काम नगरेको खुलासा गरे । बालयरले मन्तव्यकैक्रममा मेडम क्यूरीले भोको पेट गरेको अनुसन्धानले रेडियम पत्ता लगाएको हवला दिदै नेपाली वैज्ञानिकहरुले काम गर्न नसकेको दो¥याए । मानिसले चाहेमा जे पनि गर्न सकिन्छ तर नेपालमा अहिले सेवा, सुविधा कम भएको कारणले ब्रेन डे«नको समस्या भइरहको उनको तर्क थियो ।

‘नेपालमा आइटी पार्क खोल्दा पनि मुसा दगुरी रहेको छ । नेपालमा विज्ञान तथा प्रविधिलाई उपेक्षित मात्रै नभएर शिक्षा क्षेत्रमा पाटीको कोटा प्रणाली अनुुसारको पद दिइन्छ भने त्यो देशको शिक्षाको विकास हुन्छ भन्ने लाग्दैन । विश्वविद्यालय भनेको ठाँउ श्रदाले शिर निउराउनु पर्ने हो, त्यहि ठाँउमा राजनीतिक भागबण्डामा टिके पदाधिकारीहरु आउँछ भने त्यो ठाँउको विकास हुन सक्दैन भन्ने चर्चा बलायर स्मरण गराए ।

विज्ञान प्रविधिको क्षेत्रमा राज्यले उपेक्षा गर्नुले नै नेपाल अल्प विकसित राष्ट्रमा परेको स्मरण गदै प्रमुख अतिथि मिश्रले भने, ‘विज्ञानमा विकासको लागि स्थापना भएको नास्ट जस्तो संस्थालाई नेपाल सरकारले पी टु कार्यक्रममा राखेको पाइयो, तर अन्तिम चरणमा आफूले थाहा पाएका कारण केहि गर्न नसकेको जानकारी गराए ।

‘हामी कृषिका कुरा गर्छौ, यसमा विज्ञान प्रविधिको ठूलो देन छ । विज्ञान प्रविधिको विना अवको कृषिको कुरा गर्नु बेकार हुन्छ । नेपालमा राम्रो किमिसको हलो मात्र बनाउन सके, कृषकलाई फाइदा हुन्छ । तर हामीले त्यो विकास गर्न सकिराखेका छैनौं । सवै काम बजेटको कारणले रोकेको होइन, वातावरण नभएका कारण समस्या देखिएको मिश्रको भनाइ थियो ।’

कार्यक्रममा ‘पन्ध्रौं शताव्दीसम्म कलाको क्षेत्रमा नेपाल शीर्षस्थानमा रहेको तर आर्थिक उपेक्षा कारणले विकास नभएको औल्याए । नेपालमा सरकार पैसा र कमिशन आउने ठाँउमा बढी ध्यान दिने जस्ता प्रशंङ्ग पनि उठें । साइन्सको मन्त्रालयको मन्त्री भनेको शिक्षित र विश्वमा कस्ता किसिमको रिसर्च भइरहेको छ हाम्रा भावी कार्यक्रम कस्ता हुने भन्ने किसिमको चर्चा पनि पूर्वमन्त्री बलायएर गरे ।

त्यस्तै, हामी वाग्मती सफा गरौं भन्ने कुरा गछौं तर वाग्मतीको माथिल्लो भागमा कार्पेट फ्याक्ट्री रसायन मिसावटको बारेमा चुप बस्ने र नेपाली वैज्ञानिकहरुले अनुसन्धान गर्नुपर्ने कुरा उठाउँदै पूर्वमन्त्री बलायरले भने, ‘अरुको मुख ताक्नेभन्दा आजैदेखि आ–आफ्नो स्थानबाट काम सुरु गर्न नसक्दा स्थिति झन विग्रेको हो ।’

‘डज् द पोवर निड्स साइन्स ?’ भन्दै ‘सवैभन्दा बढी साइन्स त गरीवलाई चाहिन्छ भन्दै’ कार्यक्रममा पूर्वमन्त्री गणेश साहले भाषण गरे । ‘नास्ट भनेको वैज्ञानिकहरुको मन्दिर हो, यहाँ आएपछि प्रत्येक विज्ञानका प्रेमीको मन स्वच्छ हुने र जसले विज्ञान प्रविधिको क्षेत्रमा काम गर्छ उसको भविष्य उज्जल हुने समेत जीकिर गरे ।

देशको विकासलाई दुर्त रुपमा लैजानको लागि चीनको ‘डिन सिया पीङ्ग’, मूसा कालो वा सेतो भएपनि विरालोलाई कुनै फरक पर्दैन भन्ने चर्चा पनि भयो । चीन विकासमा मुख्य अभियान चलाएका पिङ्को योजनामा कृषि, शिक्षा, सुरक्षा, र विज्ञान परेका थिए । यसले चिनले विकास हासिल गरेको छ । ७०को दशकमा चिनले विज्ञानको क्षेत्रको गरेको लगानीको फल अहिले खाइरहेको छ । छविलालले छोरो पाएजस्तो विज्ञान प्रविधिको क्षेत्रमा उल्लेख्य हासिल गर्न नसक्ने भएको कारणले हामीले धैर्यता अपनाउनु पर्ने हुन्छ जस्ता कुरा नास्टका उपकुलपति पोखरेले गरे ।

युवाहरुले नै विज्ञानको विकास गर्ने भएकोले नास्ट अहिले युवा केन्द्रीत कार्यक्रम ल्याउन अग्रसर भएको जानकारी दिए । मन्तव्यकैक्रममा उपकुलपतिले भने, ‘नास्टका कान्ति मेडमले ‘जीवराज सर ! तपाइले दशलाख रुपैया दिनुहोस्, अर्को साल तपाईको दश लाख रुपैया फर्काउँछु भन्ने समेत कुरा उठेको तर नास्टमा सरकारले तलवको व्यवस्था मात्र गरेका कारण आफूले दिन नसक्ने बताए ।

‘कुरा सुन्दा त सानो घर घडेरी बेचेरै दिउँ जस्तो लाग्यो’ भन्ने किस्सा समेत उपकुलपतिले सुनाए । नास्टमा यस्ता वैज्ञानिक देख्दा उपकुलपतिको उर्जा गणितिय र ज्यामितय भन्दापनि घाताङ्ककीय रुपमा बढेको पोखरेल सुनाए । उनले हाम्रा पूर्खाहरु लिच्छवीकालमा बनाएका धाराहरु अजैसम्म पानी आइरहेका छन् । तर अहिले बनेका धाराहरुमा पानीको सट्टा हावा आउने जस्ता कुरा पनि भए । तर, विश्व विज्ञान दिवसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरा उठेता पनि नास्टले गरेको खासै कामको कुरा आएन ।
उद्घाटनमा बायोडिजेलको तेल प्रयोग गरि उदेघाटन गरेको भएपनि आगामि कार्यक्रम कस्तो हुने भन्ने कुरा पनि अउन सकेन । उपकुलपतिले विश्वका विभिन्न मोडेलहरु देखाएर देशको अर्थतन्त्र उकास्न सकिने कुरा उठाए तर नास्टको भावी कार्यनीति भने केहि खुलाउन नसकेको सुन्न पाइन्थ्यो ।

कार्यक्रममा नास्ट सेवा आयोगका अक्ष्यक्ष प्राडा विदुरप्रसाद उपाध्याय, सचिव शेखर साह, पूर्व विज्ञान मन्त्रीहरुद्वय भक्तबहादुर बलायर र गणेश साह, विपि प्लानेटोरियमको कार्यकारी निर्देशक डा. शोभाकान्त लामिछाने, त्रिभुवन विश्वविद्यालयका डीन चिरकशोभा ताम्राकारलगायत इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु उपस्थित थिए । कार्यक्रमलाई दुई चरणमा विभाजना गरिएपनि गफिने भन्दा अन्य कुरा खासै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×