निलकण्ठ धादिङ्गमा रिभोसाइन्स

प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुको कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको विकास नहुनुको कारण र भविष्यमा के बन्न चाहनुहुन्छ जस्ता विषयलाई समेटेर रिभोसाइन्सले निलकण्ठ कलेज, धादिङ्गका केही प्रतिनिधि विद्यार्थीहरूसँग गरीएको कुराकानी ः

नविना श्रेष्ठ
एसएलसी परिक्षा उर्तिण गरेपछि कुन कलेज रोज्ने भन्ने विषयमा दोधार थिए । मैले काठमाडौंका धेरै कलेजहरूमा पनि गएर बुझें । तर अन्ततः म आफ्नै ठाउँमा भएको धादिङबेसीकै नीलकण्ठ कलेजमा आएर भर्ना भए किनकी मेरो लागि सवै भन्दा राम्रो र गुणस्तरीय कलेज यहि थियो जसले मलाई मेरो उद्देश्यको नजिक पु¥याउन सक्छ । जब म यस कलेजमा पढ्न आउन थाले तब यहाँको सुविधा, शान्त वातावरण र शिक्षकहरूबाट निकै प्रभावित भए । यहाँ प्रयोगात्मक ल्याव र विज्ञान लाईवेरी अति राम्रोसँग व्यवस्थापन गरिएको छ । यहाँ सिक्नको लागि राम्रो वातावरण छ ।

कसैले सोध्दा वचन वद्धताका साथ भन्न सक्छु कि काठमाडौंमा नाम चलेका कलेजहरूमा भन्दा कम गुणस्तरको पढाई यहाँ पनि हुँदैन । अन्त टाढा र महंगा कलेज धाउनु भन्दा यहाँ अनुभव प्राप्त शिक्षकहरूले पढाउने शैली हेर्नुस साँच्चै तपाईलाइ पनि मनपर्छ । मैले निलकण्ठ नै रोजेकोमा गर्व लागिरहेको छ र मलाई विश्वास छ मेरो शिक्षकहरूसँग सहकार्य गर्दै मैले सहजै उद्देश्य प्राप्ति गर्न सक्छु ।

यसोदा अधिकारी
एसएलसी परिक्षा उत्तिर्ण भएपछि अव कहाँ पढ्ने भन्ने समस्याले पिरोेली रहेको थियो । मलाई धेरै विज्ञान कलेजको बारेमा थाहा थिएन । यतीवेला मलाई धादिङ्बेसीको मुटुमारहेको नीलकण्ठ कलेजले स्वागत ग¥यो । जब म यस कलेजमा आए मैले धेरै कुराहरू सिक्ने अवसरहरू पाए । यहाँ विद्यार्थीका लागि धेरै सुविधाहरू रहेछन् भने शिक्षकहरू पनि राम्रो भाषा शैलीका हुनुहुँदो रहेछ ।

यहाँ विज्ञान विषय पढ्नका लागि राम्रो वातावरण छ साथै यस कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ अन्न्य अतिरिक्त क्रियाकलापहरू प्नि हुन्छ जसले विद्यार्थीको सिर्जनशिलता वृद्धि गर्न मद्दत मिलेको छ । मेरो लक्ष्य नजिक पु¥याउन यस कलेजले मलाई अवसर दिएकोमा आभारी छु ।

पुष्पा श्रेष्ठ
कुन कलेज पढ्ने भन्ने विषयमा म दोधार थिए । त्यतीवेला नै नीलकण्ठ उच्च मा.वी.को शिक्षकले नीलकण्ठ क्याम्पसको बारेमा मलाई बताउनु भयो । सवै कुरा बुझिसकेपछि मलाई यहि कलेज मन प¥यो र यहिँ पढेकी हुँ । म वच्चै देखि डक्टर बन्न चाहन्थें त्यसैले मैले नीलकण्ठ कलेज रोजे र यहाँ आईसकेपक्षि मैले शान्त वातावरणमा दक्ष शिक्षकहरूसँग पढ्न पाएको छु । सवै शिक्षकहरू दक्ष, सहयोगी र अनुभवी हुनुहुन्छ भने सवै विषयको राम्रो ल्याव पनि छ ।शिक्षकहरूले विद्यार्थीलाई सिर्जनशिल बनाउन हरतरह प्रयास गर्नु हुन्छ । अन्तत, यस क्याम्पसलाई विषेश धन्यवाद दिँदै आगामी वर्षहरूमा अरू विद्यार्थीहरूलाई पनि यसै कलेजमा पढ्ने सल्लाह दिन्छु ।

प्रतिभा अधिकारी
धादिङ्मा जम्मा दुई वटा मात्र विज्ञानका कलेजहरू छन् । त्यसमा पनि मैले किन निलकण्ठ क्याम्पस नै पढेर विज्ञान विषय छानेकी भने एक त विज्ञान भनेको एकदमै लोक प्रीय विषय हो र यसबाट नयाँ–नयाँ कुराहरूको आविस्कार गर्न मद्दत मिल्छ अर्को यस विद्यालयमा सवै ल्याव र लाईवेरीहरू चाहिदो छ । त्यसैले मैले यस निलकण्ठ क्याम्पस नै रोजेकी हुँ । मलाई गरीव, दुखी र विरामीहरूको सहयोग गर्न मन लाग्ने भएकाले मैले डाक्टर बन्ने लक्ष्य राखेकी छु ।

ईश्वरी सिंखडा
एसएलसीको परिक्षा सकेर म नतिजाको प्रतिक्षामा बसिरहेकी थिए । ३ महिना पछि हाम्रो परिक्षाको फल प्रकाशित भयो र मैले उत्कृष्ट श्रेणी ल्याउन सफल भए । आफ्नै धादिङ्मा भनौ या आफ्नै दैलो अगाडी विज्ञान विषयको पढाई हुने भएपछि मलाई विज्ञान विषय पढ्ने रूचि बढ्न थालेको थियो । त्यसपछि मैले निलकण्ठ उच्च मा.वि.मा पढ्ने निर्णय गरेकी हँु । यहाँ पढ्नको लागि राम्रो वातावरण छ । शिक्षकहरू प्नि अनुभवी हुनुहुन्छ । शिक्षकहरूले राम्रो भाषा शैलीमा पढाउनु हुन्छ । उहाँहरूको प्रेरणाले आजसम्म मेरो पढाई पनि राम्रो छ । त्यसैले मैले भोलीको दिनमा एमबिबिस गर्ने लक्ष्य लिएकी छु । विज्ञान विषय पढेर भोलीका दिनमा राम्रो र असल मानिस बन्नेछु ।

सम्झना दुवाडी
धदिङ् जिल्लामा अन्य विषय पढाउने त थुप्रै कलेजहरू छन् । तर विज्ञान विषयको पढाई हुने २ ओटा कलेज मात्र छन् । नीलकण्ठ क्याम्पस मेरो घर नजीक रहेको र यहाँ धेरै सुविधाहरू भएकाले म यहाँ पढ्न उत्प्रेरीत भए । भनिन्छ , नजिकको तिर्थ हेला भनेर तर मैले नजिककै मन्दिरलाई पुञ्ने गरि नजिकै भएको सुविधाहरूलाई उपयोग गर्ने विचार गरि यस कलेजमा भर्ना भएर अहिले कक्षा १२ मा पढिरहेकी छु । यस विद्यालयमा पढ्नु अघि सुनेकी थिए यहाँका शिक्षकहरू शिक्षीत एवं अनुभवी हुनुहुन्छ र यहाँ पढेका विद्यार्थीहरूले एमबिबिएसमा पनि नाम निकाल्नु भएको छ तथा यहाँका ल्याव तथा लाईवेरी पनि राम्रो छ भनेर त्यसैले गर्दा मैले नीलकण्ठ क्याम्पस नै रोजेकी हँु ।

म भविष्यमा डाक्टर बन्न चाहन्छु किनकी हाम्रो देश एक गरिब मुलुक हो यहाँका प्राय मानिस गरिबीको रेखामुनी रहेका छन् । यहाँका प्राय मानिस गरिबीले गर्दा उपचार गर्न नपाइ मरेका छन् । त्यसैले म नेपालीहरूलाई सस्तो सुविधायूक्त तरिकाले उपचार गरि उनीहरूलाई मृत्यूको मुखबाट जोगाउन चाहन्छु ।

सविना सापकोटा
मैले नीलकण्ठ कलेजमा नै दचष्मनभ अयगचकभ गरेकी थिएँ । त्यती वेला शिक्षकहरू निकै नै ाबmष्ष्बिच हुनुहुँदो रहेछ भन्ने थाहा भयो । शिक्षकहरू सहयोगी र निकै रमाइलो गरि–गरि पढाउनु हुँदो रहेछ । करिब एक महिनाको अन्तरालमा नीलकण्ठ क्याम्पसले मेरो मन छुन सफल भयो र मैले नीलकण्ठ कलेज नै पढ्ने निश्चय गरें ।
सानै देखि डक्टर बन्छु भन्ने सपना थियो । यसै सपनालाई साकार पार्नको लागि मैले विज्ञान विषय रोजेर आफ्नो लक्ष्यतिर पहिलो कदम बढाएको हु । सपना पूरा गर्न आफूले सकेको मिहिनेत गर्दै छु । हेरौं अब के हुन्छ ।

विनोद गिरी
नेपाल एक विकासोन्मुख देश हो । नेपाल भौगोलिक तथा प्राकृतिक दृष्टिकोणले धनी भए पनि विज्ञान प्रविधिको क्षेत्रमा अझै पनि गरिव नै छ । आजको यो विज्ञान र प्रविधिको युगमा पनि नेपालमा विज्ञान प्रविधि सम्बन्धि त्यति धेरै अध्ययन अनुसन्धान हुन सकिरहेको छैन । जबसम्म नेपालमा विज्ञान प्रविधिको क्षेत्र मौलाउँदैन तबसम्म देशले विकासको फड्को मार्न सक्दैन । नेपालमा प्रशस्त स्रोत र साधन भएता पनि त्यसको उचित प्रयोग हुन नसक्नु नै मुख्य कमजोरी हो । जसको लागि दक्ष जनसक्तिको आवश्यकता हुन जान्छ । दक्ष जनशक्ति निमार्ण गर्नका लागि निलकण्ठ जस्तो विज्ञान विषय राम्रो पढाउने थुप्रै क्याम्पसहरूको आवश्यकता पर्दछ । जसले हामी जस्ता विद्यार्थीहरूलाई नीलकण्ठ क्याम्पसका शिक्षकहरूले जस्तै राम्रो पढाएर मार्ग निर्देश गर्न सफल हुन सक्छन् ।

प्रविन श्रेष्ठ
नीलकण्ठ क्याम्पसमा सवै खाले सुविधाहरू छन् । यहाँको ल्याव लाईवेरी सवै लगभग पूर्ण छन्, यहाँका शिक्षकहरूले आफ्नो बच्चालाई जस्तै व्यवहार गरेर राम्रो र बुझ्ने शैलीमा पढाउनु हुन्छ । अहिलेको आधुनिक जमानामा विज्ञानको धेरै महत्व छ । त्यसैले मैले नीलकण्ठ कलेजमा विज्ञान विषय नै पढ्ने निर्णय गरेको हुँ ।

विज्ञान र प्रविधीको क्षेत्रमा अनुभवी र दक्ष्य जनशक्ति नेपाललाई विर्सिएर विदेशमा बस्छन् । त्यसैले म मेरो देशलाई अरू देश भन्दा पनि राम्रो बनाउनका लागि विज्ञान पढेर नेपालमा नै केहि गर्न चाहन्छु । किनकी नेपालमा प्राकृतिक स्रोतहरू धेरै छन् यसलाई परिचालन गर्नका लागि हामीसँग विचार तथा नया प्रविधीको आवश्यकता छ ।यसो भएको खण्डमा नेपालको अर्थतन्त्र वृद्धि हुनजान्छ र देशको विकास सम्भव हुन्छ ।

राजाराम आचार्य
म भविष्यमा इलेक्ट्रिकल इन्जिनीयर बन्न चाहन्छु । त्यसैले म नीलकण्ठ क्याम्पसमा विज्ञान पढ्न आएको हुँ । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो र यहाँ धेरै प्राकृतिक स्रोतहरू छन् । जलविद्युत उत्पादनमा भरपूर सम्भावना भएको नेपालमा प्रयाप्त मात्रामा जलविद्युत उत्पादन हुन सकिराखेको अवस्था छैन । त्यसैले यो सम्भावनालाई प्रयोग गरेर म नेपालको सम्पूर्ण भु–भागमा उज्यालो छर्न चाहन्छु ।