नेपालमा भूकम्पीय त्रास् विज्ञान वा अध्यात्म

  •  लक्ष्मण डंगोल

राष्ट्रिय भूकम्प मापन केन्द्रको कम्प्यूटर ल्याबमा काम गर्दै चिन्तन तिम्सिना र नरेश महर्जन बायाँबाट क्रमशः । यहिबाट भूकम्पको केन्द्रविन्दू र रिक्टर स्केल भनिन्छ ।

बैशाख १२ को ७.८ म्याग्निच्यूटकोे भूकम्पका कारण ८ हजार मानिसले अकालमा ज्यान गमाउनु प¥यो । लाखौं घर भत्किए । लाखौं मानिस विस्तापित भए । एक किसिमको मानसिक त्रास् सनसय भए । तर प्राकृतिक विपत अगाडि मानव निरीह बने । हामीसँग विज्ञान छ, ज्योतिष छ र अध्यात्म छ तर भूकम्पको पूर्व सूचना दिने संयन्त्र छैन । यसकारण मानव प्रकृतिसँग अपरिचित छ । यतिखेर हाम्रा आर्थिक सरकार भूकम्पीय जोखिम न्यनिरणको उपायमा निरिह सावित भएको छ । भूकम्पीय अुनसन्धानको के काम भन्ने राज्यका मालिककालागि राष्ट्रिय भूकम्प मापन केन्द्रले भनेको तथ्याङ्क काम लागेको छ । यसले भूकप्पको केन्द्रविन्दु परेको स्थानको जनतालाई राहत मिलनेको छ । भूकम्प नेपाली शव्दकोषको कुनै नौलो नाम होइन । विगतमा पनि यस्तै विनासकारी भूकम्प आएका थिए नेपालमा । त्यतिखेर अहिलेको जस्तो भूकम्पको म्याग्निच्यूटका कुरा हुँदैन थियो । जनता आफूखुसी सुरक्षित रहन्थे । केहि बाच्थे केहि मर्थें । त्यतिखेर अध्यात्मिक युग थियो, उनीहरु इश्वरमा विश्वास गथें र आफ्नो समयानकूल सामना गथें । तर अहिले युग बदलिएको छ । चेतना फेरिएको छ, अध्यात्म भन्दा पनि प्रविधिले गाँजेको छ । अध्यात्म र ज्योतिष विज्ञानको युगभन्दा पनि वैज्ञानिक युगका कुरा गर्छाैं । हामीसँग प्रविधि छ, चेतना छ, तरपनि प्राकृतिक विपतमा फस्नु परेको छ । जनधनको नाश भएको छ । नेपालमा विज्ञानसँगै ज्योतिष, अध्यात्मिक कुराले पनि गाँजेको छ । कसलाई प्राथमिकतामा राख्ने भन्ने कुराले आममानिस रुमलिएको छ । वैज्ञानिक जमिन मुनिको इन्डियन प्लेट र तिव्वतीय प्लेटको टकरावको कुरा गर्छन् । ज्योतिष मंगल र शनि ग्रहको टकराबको कुरा गर्छन् । अध्यात्मले पापका कुरा गर्छन् । तरपनि, त्रिपक्षिय टकरावमा नेपाली समुदाय भूकम्पीय जोखिमबाट बाच्ने उपाए रोज्दै छ । यसरीनै नेपालीको दैनिकी चल्दैछ । चल्नेछ । तर नेपालको राष्ट्रिय मापन केन्द्रको दैनिकी भने फरक छ ।

चिन्तन तिम्सिना

केन्द्रको दैनिकी
खानी तथा भूगर्व विभाग लैनचौरको पुरानो भवन वैशाख १२को ७.८ रिक्टर स्केलको भूकम्पले चर्केको छ । तरपनि, राष्ट्रिय भूकम्प मापन केन्द्रका कर्मचारीहरु चिन्तन तिम्सिना र नरेश महर्जन भूकम्पको म्याग्निच्यूट निकाल्दै थिए । यो नेपाल सरकार र फ्रेन्च सरकारको संयुक्त पहलमा संचालन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रको दैनिकी हो ।

घडीमा करीव पौने चार बज्दा, एक्कासी अलाम बज्यो । चिन्तन अलामको आवास सुन्ने वितिक्कै आफ्नो कार्यकक्षमा दौडिए । ‘दोलाखा केन्द्रविन्दु भएर ३ दशमलव ७ रिक्टर स्केलको भूकम्पले धक्का दिएछ’ अर्को कम्प्यूटरमा बसेको नरेश महर्जनले भन्दै थिए । त्यस दिन केन्द्रमा चिन्तनलाई साथ दिइरहेका थिए नरेशले । उनीहरु भन्दै थिए, ‘अर्को ठूला भूकम्प आयोभने पुरानो घरको संरचनाले हामीलाई थिच्ने छ ।’ भूकम्पपछिको रात होस् वा दिन उनीहरु पहिलेको तुलनामा आफ्नो जिम्मेवारी थपेको बताउँछन् । स्मरण रहोस नेपाल सरकार उद्योक मन्त्रालयले अहिलेसम्म केन्द्रको लागि भनेर नयाँ भवन बनाउँन सकेका छैन । उपकरण पनि किनेको छैन । जति पनि उपकारण छन् ती सवै विदेशी अनुसन्धान गर्ने संस्थाहरुको सहयोगमा आएका हुन । तिनै उपकरण दुई ठूला भूकम्मका धक्का पछि २९४ पराकम्पन गएको मापन गरेको छ ।

मोनिका झा

मनिसको आफ्नो जीवनको मुल्य कति हो, त्यो थाहा छैन भन्छन्—उनीहरु । तर उनीहरुको एउटै दैनिकी छ, भूकम्पको केन्द्रविन्दुको स्थान र म्याग्निच्यूट चुस्त गतिमा जनतालाई सूचना दिने । केन्द्रविन्दु परेको स्थान पत्ता लगाई रेस्कूका लागी सुचना दिने र थप जनधन नास हुनबाट जोगाउने । त्यस्तै, केन्द्रमा उनीहरुको अर्को काम भनेको २१ वटा स्वचालित सेस्मिक स्टेशनहरुबाट आएका तरङ्ग–लम्वाईबाट भूकम्पको केन्द्रविन्दु र म्याग्निच्यूट पत्ता लगाउने । यस्तै काम गरेको अनुभव छ, सिनीयर डिभिजन जीयोलजिस्ट मोनीका झासँग ।

‘सरकारले भूकम्पकोलागि भनेर चासो देखाएको छैन । हामीलाई एउटा विषयमा पोख्त बनाउँने भन्दा पनि विभिन्न साखामा लाने÷ल्याउने गरिरहेको हुन्छ ।’ उनी भन्दै थिइन, ‘केन्द्रमा चार वर्ष रहँदा केहि अनुभव भइसको छ, अव पदउन्नोति पछि कस्तो जिम्मेवारी पाउने हो थाहा छैन ।’ तर अहिले केन्द्रमा कर्मचारी नपुग्ने भएपछि अन्य साखाबाट हामीलाई यहाँ बोलाइएको हो । तर यसरी विभाग भित्रै यताउता भन्दा पनि ठोस् काममा रिसर्च गर्र्न सके पढेका कुरा व्यवहारमा लागू गर्न सकिने उनीहरु बताउँछन् । यद्यपि, चिन्तन खानी प्रर्वधन साखाका हुन भने नरेश धातु अन्भेषण शाखा हुन । यस अघि नरेश सेस्मोलजी विभाग सुर्खेत शाखामा तीन वर्ष टेक्निकल सहायक भएर काम गरेको उनले सुनाए ।

चिन्तनले खानी तथा भूगर्व विभाग लैनचौरमा काम गर्न थालेको ४ वर्ष वितिसकेको छ । उनको दक्षता ‘के’मा हो उनलाई थाहा छैन, भन्छन्, ‘त्रिविविमा सेस्मोलजीको पढाई विशेष रुपमा भएको भए काम गर्न सजिलो हुने थियो ।’

उनीहरु तीनै जना त्रिभूवन विश्वविद्यालय केन्द्रीय भूगर्वशास्त्रका उत्पादन हुन । उनीहरुको एउटै गुनासो छ्, ‘सरकारले युवा वैज्ञानिकका लागि जागिरे जीवन तिर उत्प्रेरित गर्ने नभई रिसर्चमा व्यस्त वनाउनु पर्ने हो’, त्यो नेपालमा हुन नसकेको जिकिर गर्छन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका डेटा स्टोर गर्ने डिभाइस

स्टेशनको काम
३५ वर्षदेखि स्टेशनले भूकम्पको डेटा संकलन गरिरहेको छ । यसले सेस्मिक टेक्टोनिकको मोडले साथै ‘ठूलो भुइचालो जाने सम्भावना कतिको छ भन्ने कुरा थाहा पाउन सजिलो भएको झा बताउँछिन् । भन्छन्, ‘यस्ता रिसर्चले जमिन मुनिको प्लेट कति सेन्टीमिटरले प्रतिवर्ष चलायमान भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ ।’ विदेशीले पनि भूर्गव विभागको डेटाको आधारमा भन्ने हो । यदि उनीहरुले यहाँको जिपिएस स्टेशन र सेस्मिक डेटा नपाउने हो भने उनीहरुले यहाँको बारेमा भन्न सक्ने छैनन् ।

नेपालमा ग्लोबल पोजिसन सिस्टम (जिपिएस) स्टेशनहरुको काम ‘मेनुअल्ली’ नै गर्नु पर्ने हुन्छ । यसकारण स्टेशनमा जान र डेटा कलेक्सन गर्न समय लाग्छ । जिपिएसको काम भनेको जमिनको चलायमान मापन गर्ने हो । यसले कति कुन दिशा सर्ने हो थाहा दिन्छ । त्यो भन्दा पहिले सेस्मिक स्टेशनहरुबाट भूकम्पको केन्द्रविन्दु छिटै पत्ता लगाउन सकिने चिन्तन बताउँछन् । मापन केन्द्रमा २१ सेस्मिक स्टेशनहरुबाट आएको डेटालाई सिग्नल प्रोसेसिङ्ग गर्न कम्तीमा तीन मिनेट जति लाग्ने छ । तवमात्र रिक्टर स्केल जानकारी दिन सकिनेछ केन्द्रका कर्मचारी वताउँछन् ।

बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दू भएर गएको ७.८ म्याग्निच्यूटको भूकम्पीय तरङ्ग कम्प्यूटरमा । स्रोतः राष्ट्रिय भूकम्प मापन केन्द्र ।

रिसर्चको कुरा
खानी विभागले भूकम्प नाप्ने काम गर्छ भन्दापनि नाप्ने यन्त्र छ भन्ने हो । किनभने नाप्ने यन्त्रले मात्र रिसर्च हुन सक्दैन । ‘भूकम्पको अनुसन्धानका लागि भनेर सरकारी छुट्टै बजेट छैन, गुनासा पोख्दै एक विज्ञ्ले भने, नेपाल यस्तो देश हो यहाँ विदेशी भरिया बाहेक हामीले थप रिसर्च गर्न सकेका छैनौं ।

विदेशका रिसर्च गर्ने संस्थाहरुले राडरको डेटा अनुसार रिसर्च गर्छन । उनीहरुसँग आधुनिक किसिमको टेक्नोलजी ल्याव हुन्छ । तर हाम्रो काम विदेशीसँग दाँज्न मिल्दैन । विश्वमा अत्याधुनिक टेक्नोलजीबाट भूकम्पीय डेटा एनालिसिस् गर्ने टेक्नोलजी एकाध रुपमा पाइन्छ । यस्तो प्रविधिको विकास नेपालमा सपनाको फल आँखातरि मर सरह हुन्छ ।

नेपालमा अनुसन्धानमा खर्च गरेको बालुवामा पानी थपे सरह हो भन्ने मान्यता छ । यसले नेपालका विज्ञ कहलिएका पनि आफ्नो सिपलाई खुम्च्याएर विदेशीसँग झिनो रकममा साँझेदारी गर्नु परेको छ । ०९० सालमा भूकम्प जाँदा नेपालमा कुनै पनि सेस्मिक स्टेशनहरु थिएन । त्यतिखेरको भूकम्पको आंकलन पनि विदेशबाट भएको थियो । अहिले नेपालमा भूकम्पको मापन नेपाल खानी विभाग अन्र्तगत राष्ट्रिय भूकम्प मापन केन्द्रले गर्दै आएको छ । जोखिमको विषय एक पटक आएपछि ठूलो जनधन हुने भएकोले यसको अध्ययन गर्नु पर्ने देखिन्छ ।

खानी विभागको छतमा ‘अस्थाई भूकम्प मापन स्टेशन’ देखाउँदै चिन्तन तिम्सिना ।

‘वितेका चालिस वर्षको अन्तरालमा नेपालमा कति जना भूकम्पविद्हरु उत्पादन भए भनेर सरकारलाई सोध्ने हो भने यसको जवाफ सरकारसँग छैन भन्छन् नेपालको नामी भूगर्वविद् प्राडा विशालनाथ उप्रेती । थप्छन्, ‘दक्ष डाइभर छन्, दिमागि खिया लगाएर गाडिको प्रतिक्षामा बसेका । यस्तो अवस्था छ देशको । संसारमा नै विश्वविद्यालयले हो अनुसन्धान गनर्,े हाम्रो विश्वविद्यालको ताल नै लथालिङ्ग छ । कसरी हाम्रो विकास हुन्छ ?’

खानी तथा भूगर्व विभागको इन्जिनियरीङ जियोलजी साखाका सिनियर डिभिजन जियोलजिस्ट सुधिर रजौरे भन्छन्, ‘गोरखादेखि दोरखासम्म १८० किमि र काठमाडौंदेखि दक्षिणततिर ६० किमिको मेन हिमालय थ्रस्ट भन्दा माथिको जमिन फुटेको छ ।’ ‘यो अहिलेको डेटाबाट भनेको हो । यही आधारमा यी क्षेत्रमा ठूला भूकम्प जाँदैन भन्ने हो । अर्को कुरा हामीसँग लामो सयमको डेटा पनि छैन । जमिन कति हल्लिने भन्नकालागि हामी अनुसन्धानरत छौं ।’, उनले भने ।

विदेशी विज्ञको रवाफ
आम नेपालीहरुको मान्यता छ, विदेशी विज्ञले जानेको हुन्छ । तर भूकम्पपछि युसजीसिका केहि अनुसन्धान कर्ताहरु नेपाल आएको थिए अनुसन्धानको लागि । उनीहरु जमिनको बनाओट खोज्दै काठमाडौको उत्तरभन्दै दोलाखातिर, सिन्धुपाल्चोक गएर सरफेस स्टकचर नै भेटिएन भन्दै खानी विभाग आउने गरेकोे छ । सरफेस स्टकचरमा रिसर्च गर्नकालागि दक्षिणतिर जानु पर्नेमा उनीहरु अन्यत्रै गएको खुलासा गरे । यसले हिमाली क्षेत्रको भूकम्पीय जोखिमको अनुसन्धान गर्न विदेशीलेभन्दा नेपाली विज्ञले गर्न पर्ने खानी विभागका एक कर्मचारीले रिभोसाइन्सलाई बताए ।

खानी विभागसँगै बन्दै गरेको गगनचुम्वी भवन । जसको आकार प्रकार मिलेको देखिदैन ।

दोष कस्को ?
खानी विभागका कर्मचारी भन्छन्, विभागको मात्र दोष छैन । यो सरकारको चासोको विषमा कहिले परेन । भूकम्पको अध्ययन गरेर के काम भन्ने सम्म भयो विगतमा । तर जोखिम औल्याउन सकेको भए आज देशले दुर्दशा बोक्न नपर्नेसम्मको कुरा उठे । नेपाली विज्ञ केहिले विदेशमा समेत पढेर आएका छन् । तर विदेशमा अध्ययन गरेर आएकासँग हिमाली क्षेत्रमा जाने भूकम्पीय प्रभावका बारेमा कम जानकारी हुन्छ । सेस्मोलजी जापानबाट पढेर आएकासँग नेपालको भन्दा जापानको भूबनोटको ज्ञान कम बढी हुन्छ । यसकारण नेपालका भूबनोट थाहा पाउन यही रिसर्च पर्ने एक विज्ञ्ले भने ।

डेटा प्रोसेसिङ्
राष्ट्रिय भूकम्प मापन केन्द्रसँग २१ वटा सेस्मिक स्टेशनहरु छन् । ति सवैको सिग्नल रियल टाइम अर्थात वर्तमान समयमा स्टेशनसम्म आउने गर्दछ । पूर्वको ताप्लेजुङको स्टेशनको डेटा ओडारे–रमिते (उदेयपुर)–पूmलचोकीहुँदै खानी विभागमा आउँछ । जिरीको पूmलचोकीदेखि काठमाडौं, सिन्धुपाल्चोकको गुम्बाबाट पूmलचोकीहुँदै काठमाडौं, काठमाडौंका वरीपरीका दामन–पूmलचोकी–काठमाडौं, ककनी–काठमाडौं, गोर्खा–ककनी–काठमाडौं, प्यूठान–पाल्पा–गोर्खा–ककनी–काठमाडौं र सुर्खेतको सिधै काठमाडौंमा डेटा उपलव्ध हुन्छ । यसरी विभिन्न ठाउँको सेस्मिक डेटा ‘ककनी र पूmलचोकी’ भएर खानी विभागसम्म तान्ने काम दुईवटा एन्टीनाद्वारा हुन्छ । यसरी टाढाको डेटालाई केन्द्रीय स्टेशनसम्म ल्याउने काम भने रेडियो टेलिमेट्री प्रक्रियाबाट सम्भव भएको हो । चिन्तन भन्छन्, यदि ‘लाइन अफ साइड’ क्लियर छ भने बादल, पानीले केहि पनि असर पर्दैन, डेटा सिधै काठमाडौं आइपुग्छ । यसरी आएको डेटालार्ई रियल टाइममा हेर्न सकिन्छ । यदि साना भूकम्प गएको खण्डमा लोकेशन र म्याग्निच्यूट भन्न करीव दश मिनेट लाग्नेछ । ठूलो गएको खण्डमा तत्काल लोकेशन भन्न सकिने, म्याग्निच्यूट भन्न नसकिने हुन्छ । किनभने, नजिकको स्टेशनहरु त्यसको ‘भर्टिकल मुभमेन्ट’का कारण बढी परीपूर्णता ‘सेचुरेसन’ हुन्छ । नजिकको स्टेशनले लोकेसन मात्र दिन सक्छ । डेटा पनि दिन्छ तर एकुरेसी भने हुदैन । सूर्खेतमा प्रोसेसिङ गर्ने र पुनः त्यसलाई काठमाडौंमा प्रोसेसिङ गरि ‘म्याग्निीच्यूट’ निकालिन्छ । यस्तो अवस्थामा बीस÷पच्चिस मिनेटको समय लाग्नेछ ।

लोक विजय अधिकारीप्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्व विभाग

हामीले निकालेको म्याग्निच्यूट कुन चाँहि विदेशी सँस्थाले मिलेन भनेको छ ! हामीले भनेका म्याग्निच्यूट कसैले गलत भन्न सेकेको छैन ।

भूकम्पीय डेटा राज्यको सम्पति हो : विदेशीको होइन

संवाद पढ्न यहाँ क्लिक गर्नुहोस्

डेटा राजनीति
भूकम्प अघि कसैले पनि खानी विभागमा लिखित रुपमा डेटा लिन आएको छैन । तर भूइचालो गएको भोलिपल्ट डेटा राता रात विज्ञलाई चाहिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् । उनी भन्छन्, ‘भूकम्प प्रमाणित गर्न भने सर्वसाधरण मानिस आएका छन् ।’

तथ्याङ्क महत्वपूर्ण हुन्छ । यसकारण सबैले तथ्याङ्क संकलन गर्ने गर्छ । अझ तथ्याङ्कलाई संकलन गर्ने तर थप त्यसको लेखा जोखा नगर्ने हो भने त्यसको औचित्य हुँदैन । तथ्याङ्कशास्त्री प्राडा मृगेन्द्रलाल सिंह, भन्छन् तथ्याङ्कले भावी पुस्ताको लागि भविष्य कोर्ने काम गर्दछ । तर नेपाल भूकम्पीय जोखिम छ भन्दा जान्दा जान्दै भूकम्पको तथ्याङ्कले राष्ट्रिय रुपमा विवाद सिर्जना ग¥यो । नेपाली विज्ञहरुले खानी विभागले विगतमा भूकम्पको तथ्याङ्क नदिएको आरोप लगाउँदै आएका छन् भने मापन केन्द्रका प्रमुख अधिकारी डेटा दिदै आएको बताउँछन् । भन्छन्, ‘खानी विभागले संकलन गरेको डेटा मात्र लिने नभई विश्वविद्यालयका प्राध्यापक र अन्य बाहिरी अन्य भूकम्पमा रिसर्च गरेका तथ्याङ्कहरुको संयोजन हुनुपर्दछ ।’ डेटाको भण्डार खानी विभाग मात्रै देखेका छन्, तर अन्यले भूकम्पमा गरेको तथ्याङ्क खानी विभागलाई नदिएको उनको गुनासो थियो ।

‘खानी विभागसँग भएको डेटा राज्यको सम्पति हो । यसलाई लुकाएर राख्न जरूरी पनि नएको अधिकारीको भनाई थियो । उनी खानी विभागलाई मात्र गलत सावित गर्न नहुने तर्क गर्छन । ‘विदेशमा मापन गरेको म्याग्निच्यूट भन्दा केन्द्रले मापन गरेको म्याग्निच्यूट फरक आएको कुरामा अधिकारीले भने, ‘जापानमा गएको ८ दशमलव ५ म्याग्निच्यूटको भूकम्प केहि समयमै किन ६ दशमलव ८ को भनियो, यदि उनीहरूको इकुपमेन्ट अतिआधुनिक थियो भने ! हामीले निकालेको म्याग्निच्यूट कुन चाँहि विदेशी सँस्थाले मिलेन भनेको छ ! हामीले भनेका म्याग्निच्यूट कसैले गलत भन्न सेकेको छैन ।’

राज्यको नजर
त्यसोत आफ्नो जीवनको लामो समय भूगर्वशास्त्रको अध्ययन र विकासमा खर्चेका प्राडा विशालनाथ उप्रेतीको बुझाइ फरक छ । राज्यले नेपालका प्राध्यापकहरुलाई हेर्ने नजर पनि तल्लो दर्जाको छ, भन्छन्, ‘हामी विदेशीको भरिया हुनु बाहेक हाम्रो सिप र दक्षतालाई खुम्च्याएर राखेको अवस्था छ । नेपालको साइन्टिस, प्रोफेसर भनेको सरकारका लागि तल्लो दर्जाको नागरिक हो । उनीहरुको व्यवहार हेर्दा यस्तै लाग्छ । कि त सरकारले जान्न पथ्र्यौ, कि त जानेका मानिसहरुले भनेको सुन्न पथ्र्यों, उनीहरुसँग सुन्ने सामथ्र्य पनि छैन । उनीहरुलाई अनुसन्धानको कुनै चासो छैन, राजनीति भागवण्डा बाहेक, प्राडा विशालनाथले रिभोसाइन्सलाई दिएको अन्र्तवार्तामा भन्नुभयो । ’

 ‘अर्को भुइचालोको लागि हामी तयार हुनै पर्छ’

दक्ष डाइभर छन्, दिमागि खिया लगाएर गाडिको प्रतिक्षामा बसेका । यस्तो अवस्था छ देशको । संसारमा नै विश्वविद्यालयले हो अनुसन्धान गनर्,े हाम्रो विश्वविद्यालय ताल नै लथालिङ्ग छ । कसरी हाम्रो विकास हुन्छ ?

संवाद पढ्न यहाँ क्लिक गर्नुहोस्

 

टोल–टोलमा विज्ञ
नेपालमा भूकम्प सम्वन्धी अध्ययन गर्ने ठाँउ छैन । भएको त्रिविविमा पनि एमएस्सी पढ्दा दुईवटा पाठ छ । त्यतिले पयाप्त हुँदंैन । ‘न विश्वविद्यालयले भूकम्पको कोर्सको विकास गरेको छ, न खानी विभागले आवश्यक ट्रेनिङ्ग सञ्चालन गरेको छ’ चिन्तन बताउँछन् । खानी विभागमा काम गर्न थालेको चार वर्ष भइसक्यो ‘सेस्मोलजी’ कि ‘जियोलजी’ कता हो कता भएको अवस्था हो । यद्यपि, भूकम्पीय ज्ञानको अभावले टोल टोलमा विज्ञ भएको खानी विभागका कर्मचारी वताउँछन् ।

त्यसोतः सुपर मुन देख्दा समुन्द्रमा ज्वारभाटा उत्पन्न हुने कुरा नर्कान सकिदैन । तर भूकम्प जाने भनेको अलक कुरा हुन । कुनै ज्योतिषशास्त्र अनुरुप यसलाई परिभाषित गर्न नमिल्ने कुरा भूर्गवविद् प्राडा विशालनाथ उप्रेतीको छ । उनी भन्छन्, ०१८ सालमा पनि ८ वटा ग्रह सरल रेखामा पर्ने हुँदा नेपालमा ठूलो भूकम्प जाने आंकलन गरेका थिए । त्यतिखेर पनि मानिसहरु घर बाहिर बसेको थिए । तर भूकम्प गएन । यसकारण भूकम्पलाई त्यसरी व्याख्या गर्न मिल्दैन ।’

भुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या र घर (पूर्ण क्षति, आंशिक क्षति )

मानिस ८ हजार ७ सय ६
महिला ४ हजार ८ सय ३
पुरुष ३ हजार ९ सय १

नीजि घर पूर्ण क्षति
५ लाख ५ हजार ५ सय ७७

नीजि घर आंशिक क्षति
२ लाख ७८ हजार ९ सय ७

सरकारी घर पूर्ण क्षति
१ हजार ४ सय ३८

सरकारी घर आंशिक क्षति
३ हजार ३ सय ५७

नेपालमा आएको ठूला भूकम्पको संक्षिप्त विवरण

समय                       रिक्टर

वि.सं.१३१३               ७.७ रिक्टर स्केल
वि.स.१३१६              अभिलेखमा पाईदैन

वि.स.१४६३                अभिलेखमा पाईदैन

वि.सं.१७३८
वि.स.१८२४
वि.सं.१८६६
वि.सं.१८८०
वि.सं.१८९०
वि.सं.१८९१
वि.सं.१९९०             ८.४
वि.सं.२०३१

वि.सं.२०३७ ६.५

वि.सं.२०४५              ६.८

वि.सं.२०६८
वि.सं.२०७२              ७.८

उद्देश्य खोई ?
नेपालको खानी विभागले गरेको भूकम्पीय अध्ययनबाट माइक्रो सेस्मिक डेटा संकलन कार्यले मात्र पर्याप्त हुँदैंन । डेटा संकलन पश्चात् डेटा एनालिसिस् गर्ने प्रविधि र विज्ञको पनि आवश्यकता पर्दछ । यसकारण, कुनै कुराम लगानी गर्नुका पछाडि त्यसको छुट्टै ‘परपोज’ हुन्छन् । विदेशीले पनि आफ्ना विद्यार्थीलाई पिएचडि गराउन वा हिमालय क्षेत्रमा जाने भूकम्पीय रिसर्च गर्न हामीकहाँ आइरहेका हुन्छन् । तर हाम्रो उद्देश्य भनेको भूइचालो गइहालेमा रेस्कू गर्न सजिलो भएको खानी विभागको अधिकारीहरुको भनाई छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रमा एक जना सेकेण्ड क्लास र ४ जना थर्ड क्लास गरि जम्मा पाँच जनाको दरबन्दीले मात्र रिसर्च सेन्टर चलेको छ । केन्द्रमा जियोलजी पढेका मानिस सेस्मोलजिस्ट हुने चलन छ । त्यस्तै भएका कर्मचारीलाई पनि प्रर्याप्त टे«निङ्ग दिन सकेको छैन । यसरी खानी विभागको दैनिकी बन्नु भनेको भविष्यमा थप जन धनको नाश हुने देखिन्छ ।

प्राकृतिक खोज तथा अनुसन्धान पनि महशुसकै एक पाटा हुन । जीवनको रक्षाको निमिक्त वैज्ञानिक अनुसन्धान को महत्व हुन्छ । यसर्थ, भूकम्पीय जोखिममा गरिने अनुसन्धान कुनै आर्थिक लाभको निमित नभई मानव कल्लाणका लागि हुनुपर्दछ । त्यसको लागि सरकरले पहलदमि भूमिका निर्वाह गर्नु पर्नेछ ।

You may also like...