/उर्तीण शिक्षकको अनुर्तीण विद्यार्थी

उर्तीण शिक्षकको अनुर्तीण विद्यार्थी

नेपालमा कक्षा दशसम्म विज्ञान विषयलाई अनिवार्य गरेको छ । यसले आम विद्यार्थीको दिमागलाई थप मजबुद र व्यवहारिक बनाउन मद्दत मिल्नेछ । विज्ञान त्यस्तो विषय हो जसको अध्ययनले विद्यार्थीलाई जिज्ञासु बनाउने, नयाँ आविष्कार र भविष्यमा टेक्निकल विषयमा दख्खल राख्न सजिलो हुन्छ । तर एसएलसीमा त्यहि विज्ञान विषयमा फेल हुनेको संख्या गणित पछि दोस्रो स्थानमा पर्दछ । यद्यपि, ‘चेला अनुर्तीण हुनु भनेको गुरु अनुर्तीण हुनु हो भन्ने बोध हाम्रा शिक्षकहरुमा पाइदैन ।’ यसले हाम्रो विज्ञान शिक्षा कतिको व्यवहारिक छ भन्ने प्रस्ट हुन्छ ।

विज्ञान ‘लिखित र प्रयोगात्मक’ दुवै किसिमबाट पढाइने विषय हो । यसकारण यो विषय अध्ययन गर्ने विद्यार्थी फेल हुनु हुदैन भन्ने सर्वव्यापी मान्यता बनिसक्यो । यहि मान्यताले विश्वका विकसित मुलुकमा विज्ञानलाई प्रमुख महत्वका विषयमा राखेको पाइन्छ । फलस्वरुप उनीहरुले विद्यार्थीलाई प्रयोगात्मककासाथै अनुसन्धान केन्द्रको भ्रमण र प्रयोगात्मक विधि सिकाइन्छ । शिक्षकले पनि त्यहि किसिमको मिहिनेत गरी विद्यार्थीलाई अध्यापन गराइरहेका हुन्छन् । विकशित मुलुकले विज्ञान शिक्षकलाई छुट्टै प्रकारको ट्रेनिङ्गको व्यवस्था पनि समयअनुरुप गरेको पाइन्छ । जसअनुरुप, त्यहाँका विद्यार्थीहरुले थप सिक्ने मौका पाउँदा उनीहरुको शिक्षाको स्तर हाम्रो भन्दा कयौं गुणा माथि छ । तर नेपालमा विज्ञान विषय सुगा रटाइको दोसारमा पठन–पाठन हुँदै आएको जुगौं भइसक्यो । तरपनि, शिक्षा मन्त्रालयले ‘शिक्षा नीति’मा परिवर्तन गर्न सकेको छैन । यसले हाम्रा विद्यार्थीको भविश्य थप अन्योलमा परेको देखिन्छ ।

विज्ञान आफैमा महत्वपूर्ण विषय भएकोले यसको अध्ययन÷अध्यापनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण विज्ञान पढाउने शिक्षक मिहिनेती र अध्ययनशील हुनु पर्दछ । तवमात्र, विद्यार्थीले विज्ञानमा थप ज्ञान हासिल गर्न सक्छन् । भनिन्छ, ‘विना गुरु विज्ञान विषयको अध्ययन अपूर्ण नै हुन्छ । दक्ष गुरु विना उसले उत्पादन गर्ने चेला पनि कमशल नै हुन्छन् । दक्ष गुरु विना भावी रेखा स्वयंमले कोर्छु भन्नु गलत नै हुन्छ ।’ परिणामस्वरुप विज्ञान विषय अध्यापन गराउन दक्ष शिक्षकको आवश्यकता पर्दछ । त्यसकालागि सरकारले नेपालका विज्ञान शिक्षकलाई आधुनिक किसिमको थप गर्नु अध्यापन गर्ने सीप सिकाउन जरुरी छ । यद्यपि, गणित अनुपस्थितिमा विज्ञानले सार्थकता नपाउने भएकोले गणितका शिक्षकलाई पनि आधुनिकीकरण गर्नु पर्ने देखिन्छ । यसले विज्ञान र गणित शिक्षालाई थप मझबुत बनाउन मद्दत मिल्नेछ ।

विषयगत भारको हिसावले, विद्यार्थीले विद्यालय तहमा र उच्च शिक्षामा अध्ययन गर्ने विज्ञान विषयमा फरक छ । यो फरकको बीचमा कक्षा ११ मा विद्यार्थीलाई विज्ञान विषय अध्ययन गर्न हम्मे परिरहेको हुन्छ । यस किसिमको ग्याप न्यूनिकरण गर्ने शिक्षाको आवश्यकता देखिन्छ । त्यस्तै, डाक्टर र इन्जिनियर बन्ने होडमा हाम्रा विद्यार्थीहरु ‘प्लस टु’मा विज्ञान विषयमा अध्ययनरत छन् । यद्यपिः उनीहरुको इच्छा विपरितको विज्ञान शिक्षाले उत्कृष्ट नतिजा असम्भव हुन्छ । यसकालागि विद्यालय तहमा विद्यार्थीको मनोभावन बुझ्ने र अभिभावकसम्म पु¥याउने काम गर्नसकेमात्र उनीहरुको भविष्य उज्ज्वल हुनेछ । ‘नत्र साँढेको लडाईमा बाच्छाको मिचाई’मा विद्यार्थी पर्ने देखिन्छ ।