अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडका दबेदार नेपाली विद्यार्थीहरू

NAO2015_IOAADelegationकाठमाडौं । एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन नेपाली विद्यार्थीहरुको एक समूह इन्डोनोसिया पुगेको छ । सुरेश भट्टराई र मनिषा द्वाको नेतृत्वमा पाँच विद्यार्थी त्यस तर्फ पुगेका हुन । साउन १० देखि १९ गतेसम्म इन्डोनोसियामा सम्पन्न हुने उक्त प्रतियोगितामा वाल्मिकी शिक्षा सदनका आशिष पौडेल, चेल्सी इन्टरनेशनलका सन्देश रिमाल, चेल्सीकै सन्देश चापागाई, त्रिनिटी इन्टरनेशलका सूर्य ज्ञवाली सहितको टोली त्यस तर्फ प्रस्थान गरेको हो ।

हरेक वर्ष आयोजना हुने अन्तराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालका तर्फबाट यो दोश्रो सहभाागिता हो । यस अगाडिको ओलम्पियाडमा नेपालले कुनै उपलव्धी हात पार्न सकेको थिएन । तर, यस पटकको ओलम्पियाडमा भने नेपाललाई उपाधि हात पार्ने योजना छ । सहभागी हुन लागेका विद्यार्थीहरुसँग रिभोसाइन्सले गरेको कुराकानीमा पाठ्यक्रम र पूर्व तयारीकासाथ ओलम्पियाडमा सहभागिता जनाउन लागेको प्रतिक्रिया दिए । सहभागी मध्यका एक चेल्सी कलेजबाट ‘ए’ लेभल अध्ययन पूरा गरेका सन्देश रिमाल भन्छन् “प्रयास त जित्नै नै हुन्छ । तर विदेशीहरुले वर्षे अगाडि देखि तयारी गरिरहेका हुन्छन् । हाम्रोमा एक दुइ महिनामा तयारी मात्र छ । पाठ्यक्रमको अभावका वावजुत पनि केही सिकिन्छ कि भन्ने उदेश्यले त्यसतर्फ सहभागी हुनलागेको हौं ।” ट्रीनिटि कलेजबाट सहभागी भएका विद्यार्थी सूर्य ज्ञवाली “अहिलेसम्म कलेज कलेजसँग मात्र फेस गरेकोमा अव विश्वसँग प्रतिष्पर्धा गर्न पाउनु खुशीको कुरा” भएको सुनाए । उनले अगाडि भने “अरु देशमा वर्ष दिन अगाडि देखि नै तयारी हुने भए पनि हाम्रोमा महिना दुइ महिनाको तयारी काफि हुँदैन नै ।”

कसरी सहभागि हुने ?
हरेक वर्ष नेपाल एस्ट्रोनोमिकल एसोसियसन (नासो)ले एस्ट्रोनोमिकल ओलम्पियाडका लागि प्लस टु तहमा साइन्स विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुसँग आवेदन आह्वान गर्दछ । सोही आवेदनका आधरमा विद्यार्थीहरु परीक्षा लिइन्छ र त्यसमध्य उत्कृष्ठ ५ जना विद्यार्थी छनोट हुन्छन । छानिएका विद्यार्थी मध्य एक आशिष पौडेलले नासोको विषयमा आफूले इन्टरनेटबाट थाहा पाएको सुनाए । धनकुटाका सन्देश रिमाल आफू एस्ट्रोनोमीसँग सानै देखि इन्ट्रेस रहेको र अघिल्लो वर्ष परीक्षामा सामेल भएर असफलता हात पारे पनि यस पटक सफलता प्राप्त गरेको सुनाए ।
फिजिक्स, वायोलोजीका कुरा पनि एस्ट्रोनोमीमा गर्न मिल्ने भएकोले पनि आफ्नो रुचीको क्षेत्रमा परेको बताउदै उनी भन्छन् ‘मान्छेको जुन क्षेत्रमा रुची छ, अन्यथा उ फस्टे«सनमा फस्छ ।’ झापाका सन्देश चापागाईको अनुभव भने अलि भिन्न छ, ‘मैले पढेको कति जानेको रहेछु भनेर परीक्षा दिएको थिए । त्यतिकैमा नाम निस्कियो ।’ यद्यपि नेपालमा स्कोप नभएको कारण एस्ट्रोनोमर हुन्छु भन्नेमा उनलाई विश्वास लागेको छैन । ट्रिनीटि कलेजबाट ‘ए’ लेभल उत्र्तीण गरेका सूर्य ज्ञवाली भविष्यमा आफू एस्ट्रोफिजिक्स नै पढ्नै सुनाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×