विज्ञानलाई बजेटः कागलाई बेल पाक्यो हर्स न विस्मात

नेपाल सरकारले यस वर्ष विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको बजेट शिर्षकलाई पहिलो प्राथमिकतामा राखेको छ । यसले ढिलै भएपनि सरकारको तेस्रो नेत्र खुलेको देखिन्छ । विगतमा विज्ञान तथा प्रविधिलाई कम प्राथमिकतामा राख्दा सरकारले नेपाली वैज्ञानिकहरुको ठूलै आलोचना खेख्नु परको थियो । तर, भूकम्पको ठूलै धक्का पछि सरकारले ल्याएको बजेटले नेपालको विज्ञान प्रविधिलाई उकास्न मद्दत मिल्नेछ ।

विज्ञान आफै साध्य होइन । यसर्थ, विना अर्थ विज्ञानको कुरा गर्नु बेकार हुन्छ । त्यहि गनगने स्वर विगत २२ वर्षदेखि सरकारले खेपिरहेको अवस्था थियो । तर यसपालीको विज्ञान प्रविधिको बजेट शिर्षकले सम्मान पाएको देखिन्छ । सधै कार्यान्वयन फितलो हुने देशको प्रशासनले यस वर्षको विज्ञानको बजेटलाई सहि कार्यान्वयन कति गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

हामीसँग दक्ष ड्राइभर छ तर दिमागी खिया लागेर बसेको भन्ने थियो । ठूलो भूकम्पको चपेटा खेपेको सरकारले विज्ञान शिर्षकलाई पहिलो प्राथमिकता राख्नु बौद्धिक व्यक्तित्व योजना आयोगमा प्रवेशसँगै आँकलन गरेको पाइन्छ ।

विगतमा ठूला आयोजनामात्र प्राथमिकतामा पर्दथ्यो । योजना आयोगले कूल ग्राहस्थ उत्पादनको दुई प्रतिशत विज्ञान प्रविधिमा छुट्याउने तयारी गर्दै थियो । यहि अवस्थामा यस वर्ष भूकम्पले योजना आयोगको प्लानिङलाई ठूलै झट्का लाग्यो । तैपनि, उसले आफ्नो वौद्धिकता विज्ञान तथा प्रविधिलाई पहिलो प्राथमिकतामा राखेर देशैकै भलो चितायो । यसले आम वैज्ञानिक जगत खुसी भएको हुनुपर्छ ।

कुनै पनि योजनाले मात्र राष्ट्रले सफलता पाउन सक्दैन । त्यसकालागि साहसी कारीन्दाको जरुरत पर्दछ । त्यो नेपाली हस्तीहरुको पछौटेपनका कारण असम्भव छ । यसका लागि सरकारले आफ्ना मातहतका निकायलाई लङ्गडो होइन सशक्त बनाउनु जरुरत छ । खाली बैशाकीको भरमा विज्ञान प्रविधिको लगानी बालुवामा पानी सरह हुने देखिन्छ ।

संविधान निर्माणकालागि ८ वर्ष खर्चेका नेपाली राजनीतिज्ञसँग विज्ञान प्रविधिको विकास गर्ने कुनै प्रस्ट योजना पाइदैन । तैपनि उर्जा विज्ञ कहलिएका प्राडा गोविन्द प्रोखरेले ठूलै हिम्मत राखेर विज्ञानको क्षेत्रमा बजेट उकासेको पाइन्छ । तर मतमतान्तरमा चलिरहेको विज्ञान मन्त्रालयको भगिनी संस्थाहरुले सहि कार्यान्वयन गर्नेमा शंकाको दृस्ट्रीले हेरेको पाइन्छ । यसरी सधै विगतको झै अनुसन्धानको बजेट विना उत्पादन बालुवामा पानी खनाए सरह भएमा आगामी वर्ष बजेट नबढ्न सक्छ । विना योजना खुद्रा काममा नास्ट, रिकास्ट र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लागेमा नेपालमा विज्ञान प्रविधिको विकास धिमा गतिमा चल्ने देखिन्छ । यसर्थ, युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने कार्यक्रम र विभिन्न विश्वविद्यालयमा रहेका दक्ष प्राज्ञलाई अनुसन्धानको दायरा फराकिलो गर्ने कामको सुरुवात गर्न सके नेपालमा ‘विज्ञान प्रविधि’को भविष्य उज्जल देखिन्छ । नत्र मेरै गोरुको बाह्रै टक्का भनेझै भाषणमा ‘विज्ञान प्रविधि’ भन्ने काममा ‘सिन्को नभाच्न’े हो भने जति बजेट छुट्याएपनि विकास हुन सक्दैन ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *