काठमाण्डौं। वैज्ञानिकहरुले गुरुत्वआकर्षण तरङ्ग विश्वमै पहिलो पटक अवलोकन गरेका छन्। यसले भौतिकशास्त्री अल्वर्ट आइस्टाइनले सन् १९१६ मा प्रतिपादन गरेको ‘सामान्य सापेक्षवादको सिद्धान्त’को अन्तिम प्रक्षेपणले पूर्णता पाएको छ।
अन्तरिक्ष खुम्चाई र तन्काइबाट प्रसारित हुने गुरुत्वआर्कषण तरङ्ग मापन गर्न सफल भएको घोषणा अमेरिकास्थित लेजर इन्टरफेरोमेट्री ग्राभिटेशनल वेब अब्जभेटरी, लाइगोका वैज्ञानिकहरुले गत हप्ता सार्वजनिक गरेका हुन । लाइगोका वैज्ञानिकहरुले आफ्नो सम्पूर्ण परिक्षण गत सेप्टेम्बर १५मा सकेको भएपनि अनुसन्धानको नतिजा फेब्रुअरीमा फिजिकल रिभ्यू लेटर जर्नलमा प्रकाशन गरेपछि पूर्णता पाएका हो ।
१०० वर्ष अघि अल्वर्ट आइसटाइनले प्रक्षेपण गरेको सिद्धान्तको आधारमा लाइगोका वैज्ञानिकहरुले अनन्त ब्रहमाण्डबाट पृथ्वीमा आएका गुरुत्वआर्कषण तरङ्ग अवलोकन गर्न सफल भएको जनाएका थिए । योसँगै वैज्ञानिकहरुले १३ करोड प्रकाशवर्ष पहिले दुई ब्लाक होल अर्थात कृष्ण छिद्र भनिने पिण्डहरुको संयोजनबाट एउटा वा धेरै विशाल घुम्र कृष्ण छिद्र बन्दा आएका तरङ्ग पत्ता लगाउन सफल भएको जनाउ दिएका थिए । यो नतिजाका आधारमा नाप्न सक्ने गुरुत्वाकर्षण तरंग पैदा गर्न सूर्य भन्दा २९ वा ३६ ठूला आकारका दुई ‘ब्ल्याक होल’ एक आपसमा जुध्नु पर्छ।
सन् १९१६ मा भौतिकशास्त्री अल्वर्ट आइस्टाइनले सैद्धान्तिक रुपमा प्रक्षेपण गरेको ‘अति कम शक्तिको रुपमा चित्रण गरेका गुरुत्वआकर्षण तरङ्ग मापन गर्न निकै कठिन हुने उनैले भनेका थिए, त्यो नै अहिले प्रमाणित भएको’ भन्छन् त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्र विभागका प्राध्यापक डाक्टर उदयराज खनाल । उनका अनुसार १०० वर्ष अगाडि आइस्टाइनले प्रक्षेपण गरेको गुरुत्वआर्कषण तरङ्ग त्यतिखेर न्यूटनको सिद्धान्त प्रतिस्थापन गर्न वा त्योभन्दा अगाडि जान आइस्टाइनले सामान्य सापेक्षवादको सिद्धान्त प्रतिपादन गरेको हो । त्यसले नै अवको नयाँ खोजमा प्रयोग गर्न सके ब्रहमाण्डका धेरै नयाँ सूचनाहरु थाहापाउन सकिने छ ।
‘गुरुत्वआकर्कषण तरङ्ग धेरै प्रयत्नका बावजुत पनि त्यसको संकेत थाहा पाउन वा त्यसलाइ डिटेक्ट गर्न सकिएको थिएन। तर आइस्टाइनले गुरुत्वआकर्कषण तरङ्ग हुनपर्छ भनेको १०० वर्षपछि डिटेक्ट गर्न सकिएको हो’ उदयराज खनाल बताउँछन्। यो सफल कार्यले अनन्त बम्ह्यमाण्डमा भएका गुरुत्वआकर्षण तरङ्ग सहायताले थप खोज गर्न सजिलो हुने तथा ब्रहमाण्डको उत्पति बेलामा विग ब्याङगमा ब्रहमाण्डको अवस्था कस्तो थियो भनेर हेर्न निकै महत्वपूर्ण भएको उल्लेख गरे।
त्यसोत, गुरुत्वआकर्षण तरङ्ग जताततै प्रवाहित भइरहेका छँदैछ, त्यो भन्दा पनि सय वर्षदेखि खोजिरहेको कुरा अहिले आएर सिद्धहुँदा ब्रहमाण्ड हेर्न तेस्रो आँखा नै खोलिदिएको प्राध्यापक खनालको बुझाइ छ । विद्युत चुम्बकीय तरङ्ग, प्रकाश, एक्स रे र रेडियो तरङ्गको सहायताले दुरबिनबाट ब्रहमाण्डमा अवलोकन गर्दा निश्चित दुरीसम्ममात्र अवलोकन गर्न सकिने भन्दै उनले भने,‘ गुरुत्वआकर्षण तरङ्ग सामान्य रुपमा मानिसले हात हल्लाउँदा पनि प्रवाहित हुन्छ । प्राध्यापक खनालले उदारण दिदै ‘विद्युत चुम्बकीय तरङ्ग, एक्स रे र रेडियो तरङ्ग उत्पन्न हुनकालागि विद्युत चार्ज भएको इलेक्ट्रोन, प्रोटोन हलचल भएको अवस्थामा विद्युतीय चुम्बक प्रभावित भएको जनाए ।
स्पेश टाइम अर्थात अन्तरिक्ष वा दीककालमा भएको घुमराहु वा वक्रताको कारणले गुरुत्वआकर्षण हुने र त्यो आइस्टाइनको सामान्य सापेक्षवाद सिद्धान्तको सुरुको विन्दू हो’ भन्छन प्राध्यापक खनाल । सामान्य रुपमा गुरुत्व आकर्षण तरङ्गलाई बुझ्नको लागि हामीले एउटा स्थिर तलाउको पानीमा ढुङ्गा फ्याक्दा देख्न सकिने तरङ्गलाई मान्न सकिन्छ । पानीको सतह स्थिर भएमा स्थिर देखिन्छ तर त्यहाँ एउटा ढुङ्गा फ्यालेमा तरङ्ग प्रभावित भएको देख्न सकिन्छ । त्यही किसिमले यो स्पेशलाई पानीको सतह जस्तै मान्न सकिन्छ । र त्यहाँ एउटा ढुङ्गा फ्याक्दा तरड् प्रवाहित भएको जस्तै ग्राभिटेशनल वेब पनि प्रवाहित हुनेछ।
यो भन्दा अगाडि अल्वर्ट आइस्टाइनले भविष्यवाणीमा गरेको, ‘बढि गुरुत्वार्कषण भएको स्थानमा समय ढिलो चल्छ’ त्यसको २५ र ३० वर्षपछि प्रयोगात्मक विधिबाट प्रमाणित भएको बताउँछन् प्राध्यापक खनाल। त्यस्तै सामान्य सापेक्षवादको विभिन्न नतिजाहरु मध्य प्रकाश पनि गुरुत्वआकर्षित हुन्छ भन्ने कुरा, त्यसको दुई वर्षपछि प्रमाणित भएको प्राध्यापक खनाल बताउँछन् ।
तर आइस्टाइनले भविष्यवाणी गरेको झण्डै ६० को दशकदेखि वैज्ञानिकहरु लागिरहेको भए पनि अहिले आएर प्रमाणित गरेर बाटो खोलिएको भएपनि त्यस किसिमको तरङ्ग हेर्ने खालको सरलीकृत प्रविधि टेलिस्कोप वा दुरविन बनाउँन समय लाग्ने प्राध्यापक खनालको भनाइ रहेको छ ।
बम्ह्माण्डको उत्पति र विस्तृत जानकारी थाहापाउन बाहेक मानव जीवनमा के उपयोग गर्न सकिन्छ भन्ने प्रश्नमा उनले भने, ‘विद्युत चुम्बकीय तरङ्ग पत्ता लगाएको झण्डै ५०र६० वर्षपछि रेडियो कम्यूनिकेशनहरु, मार्कोनीले रेडियो बनाए । त्यसपछि आएर १०० वर्ष पछि हरेकको खल्तीमा मोबाइल, जुन सबैसँग हामी कुरा गर्छौ, त्यति ब्यापक हुन त समय लाग्छ ।’
गुरुत्आकर्षण तरङ्ग पत्ता लगाउन के गरे ?
लाइगोका अनुसार आइस्टाइन आफैले विश्वास नगरेको यो अभियान सम्भव हुनेमा वैज्ञानिकहरु सुरुमा त्यति आशावादी देखिएका थिएनन् । पछि सन् १९६०मा जोसेप वेबरले १५३ सेन्टिमिटर लामा अल्मुनियम बार प्राकृतिक रुपमै १०० हर्ज फ्रिक्वन्सीमा बज्न थालेपछि उत्साहित भएका थिए। उत्साहित हुनुमा सुपरनोभा समाप्त हुँदा प्रशारित फ्रिक्वेन्सी बराबरको तरङ्गग उत्पन्न भएपछि गुरुत्व आकर्षण तरङ्ग मापन गर्न सकिनेमा वैज्ञानिकहरु विश्वस्त थिए ।
लाइगो एक महत्वाकांक्षी योजना हो, जुन नेशनल साइन्स फाउण्डेसनले सहयोग सम्पन्न गरेका थिए। वैज्ञानिकहरुले अंग्रेजी एल अक्षर आकारको दुईवटा इन्टरफेरोमिटरहरु जसको ४ किलो मिटर लामा ‘आर्म’ थिए, यसलाई लाइगो नाम दिएका थिए। तिनीहरुको दुई छेउमा ऐना राखिएको थियो जसको चलायमान प्रति हजार प्रोटोनका ब्यास बराबर मानेका थिए।
सन् २००१मा वैज्ञानिकहरुले लाइगो प्रथम सरुवात गरेका भएतापनि, यो अभियानलाई सफल बनाउनका लागि क्याल्टेक र एमआइटीका दितृय लिगो अपरेसन भने २०१५ मे १९ मा थालेका थिए। नियमित कडा मिहिनेत पछि सेप्टेम्बर २०१५ दुई बजेर ५१ मिनेट विहान हानफर्ड, अमेरिका र लिभिङ्स्टन लाउजीआनामा एकै साथ ब्याक होलहरु फ्यूजन गराएका थिए। उनीहरुले यसरी दुइ ठाँउमा एकैसाथ फ्यूजन गर्दा अन्य तरङ्ग पैदा भई गुरुत्वआकर्षण तरङ्गगलाई अवरोध नहोस भनि दुवै ठाँउमा उस्तै सामान प्रयोग गरि प्रक्षेपण गरिएका थिए।
यो नयाँ अनुसन्धानको मुख्य उपलब्धी भनेको ब्ल्याक होलका विषयमा रहेका दुविधाहरु हटेको र बम्ह्माण्डीय खोजकालागि ढोका खोलिएको वैज्ञानिहरुले बताएका छन् । विश्वभरबाट १ हजार वैज्ञानिक र २ सय ५० जना विद्यार्थीका दशकौं वर्षको मिहिनेतबाट महत्वकांक्षी योजना साकार भएपछि भौतिकशास्त्रीहरु ब्रहमाण्डीय थप हौसिएको पाइन्छ ।
Leave a Reply