2025-07-01

नास्ट र एशियन ब्याट्रीद्धारा इलेक्ट्रीक फ्यूलमा अनुसन्धान गर्ने

nast asian

सन् २०१२ देखि नेपालमा ब्याट्री उत्पादन गर्न थालिएको एशियन ब्याट्री प्राइभेट लिमिटेडले नेपालमा इलेक्ट्रिक फ्यूलमा अनुसन्धान गर्नकालागि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान, नास्टसँग सहकार्य गरेको छ । इन्धन अभाव भइरहेको बेला विद्युतीय इन्धन विकासमा नास्टले निजि क्षेत्रको सहकार्य गरि ब्याट्रीको क्षमता बढाउने अनुसन्धानले देशलाई नै फाइदा हुने एशियन ब्याट्रीका प्रवन्ध निर्देशक सुरेश लोहनी बताउँछन् ।

नेपालमा सौर्य उर्जाबाट उत्पादीत शक्ति तथा विद्युतिय सवारी साधनमा प्रयोगहुँदै आएको व्याट्रीको विद्युत सञ्चित गर्ने क्षमता बढाउन उनीहरुले विशेष अनुसन्धान हुने ‘एशियन ब्याट्री उत्पादन कम्पनीका प्रवन्ध निर्देशक लोहनीले बताए। नास्ट नेपालको वैज्ञानिकहरुको प्रमुख केन्द्र भएकाले विद्युतिय इन्धनको क्षेत्रमा अनुसन्धान गर्न सुरुमा आफूहरुले प्रस्ताव गरेको बताउँछन, प्रवन्ध निर्देशक सुरेश लोहनी । भन्छन् ‘नेपालको वैज्ञानिक अनुसन्धान गर्ने निकाए भनेको नास्ट हो, यसले नै हाम्रो अभियानलाई सफल पार्न सक्छ ।’

यस अनुसन्धानबाट अबको एक वर्षमा ब्याट्री छिटो चार्ज गर्ने र लामो समयसम्म टिकाउ बनाउन मद्दत मिल्ने प्रविधिको विकास गर्ने नास्टले लक्ष्य अनुरुप कार्य गर्ने नास्टका प्रविधि महाशाखाका प्रमुख डा. सुरेशकुमार ढुंगेल बताउँछन् । ‘नेपालमा उत्पादीत तथा विद्युतीय सवारी साधनमा प्रयोग भइरहेको ब्याट्रीको कार्यक्षमतामा कमीले समस्या उत्पन्न भनिदै आएको छ। जुन कारणले गर्दा सौर्य उर्जा वा अन्य प्रयोगमा रहने व्याट्रीको मूल्य त्यसको प्रयोगबाट हुने फाईदाको दांजोमा बढी हुने गर्छ। नास्टका वैज्ञानिकहरुले ब्याट्रीको किफायती उपयोगका लागि, त्यस्ता ब्याट्रीको क्षमता बढाउन विशेष खालको अनुसन्धान गर्न लागेको छ। नेपाली व्यवसायीले उत्पादन गर्दै आएका व्याट्रीको कार्य क्षमता वृद्धि गर्न आफूहरुले विश्वका अन्य मुलुकमा विकास भइरहेको तिब्र चार्जिङ तथा लामो समयसम्म टिकाउ हुने प्रविधिमा काम गर्न लागेको’, सुरेशकुमार ढुंगेलले बताए ।

त्यस्तै, नेपालमा प्रयोग भइसकेका ब्याट्रीको रिसाइकल गर्ने प्रविधिमा पनि नास्टसँग सहकार्य गरि अनुसन्धान गर्ने एशियन ब्याट्रीका सुरेश लोहनीले उल्लेख गरे । विदेशी प्राविधिकको भर पर्नुपरेपछि आफूहरुले स्वदेशी प्रावधिकको उत्पादन अभियानमा लागि परेको पनि प्रवन्ध निर्देशक लोहनी बताउँछन् । त्यस्तै नेपालमा सफा टेम्पु वा घरमा इन्भटरमा प्रयोग भैसकेका ब्याट्रीलाई पुन प्रयोग गर्ने विधि पनि निकालिन लागेको जनाए। यसले प्रत्यक्ष रुपमा नेपाली उत्पादनको प्रमोट तथा वातावरण विग्रनबाट जोगाउन मद्दत गर्न सकिने लोहनीले उल्लेख गरे। ‘ब्याट्रीलाई पुन प्रयोग गर्ने सके विदेशबाट कच्चा पदार्थ ल्याउन नपर्ने पनि लोहनीले बताए ।

नास्ट अन्र्तगतको नविकरणीय उर्जा परिक्षण केन्द्रले स्वदेशमा उत्पादन गर्दै आएका ब्याट्री प्रमाणीकरण गर्ने काम गर्दै आएको छ । यसैक्रममा एशियन ब्याट्रीले उत्पादन गर्दै आएको व्याट्रीलाई बिद्युतीय तथा सौर्य उर्जाबाट चल्ने सवारी साधनमा त्यसको कार्यक्षमता, प्रयोग भैसकेका र काम नलाग्ने ब्याट्री तह लगाउने डिस्पोजल प्रविधि, विद्युतीय सवारीका लागि ब्याट्री चार्जिङ स्टेशन तथा तिब्र चार्जिङ विधिमा अनुसन्धान गर्न लागिएको नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेल बताउँछन् । एशियन ब्याट्रीका निर्देशक शैलेश लोहनीका अनुसार, ‘ब्याट्रीले इन्भरटर वा सौर्य उर्जाबाट उत्पादन हुने विद्युतलाई संञ्चित गरेर राख्ने गर्छ, त्यसैले यसको क्षमता अनुसारको लोड अर्थात बत्ति बाल्नु पर्ने वा अन्य विद्युतिय सामग्रीको प्रयोग गर्नुपर्नेहुन्छ। तर ब्याट्रीका घरेलु उपभोक्ताहरुले, इन्भरटरले लोड बढी भएको जनाउदिंदा पनि त्यसलाई संचालनमा राख्ने, ब्याट्रीमा पानी सुकेको विचार नगर्ने गर्दा त्यसमा हुने प्लेटले काम गर्दैन र ब्याट्रीमा विभिन्न समस्या आउँने उनले जानकारी दिए ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×