‘सिक्कल सेल एनिमिया’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् NHRC को पछिल्लो एक अध्ययनले मध्यपश्चिम तराईका दाङ बाँके र बर्दियाका थारु तथा चौधरी समुदायका प्रजनन् उमेर पुगेका महिलाहरुमा ‘सिक्कल सेल एनिमिया’ पाइएकोमा ति रोगका बैशाणुगत रुपमै निराकरण गर्न सकिने जनाएको छ। 

अनुसन्धानकर्ताहरुले प्रजनन् उमेर पुगेका ८४९ महिलाहरुमा गरेको अनुसन्धानका नमुनामा शतप्रतिशतको ९४ प्रतिशत सिक्कल कोषिका बाहक र २ दशमलव ४३ मा सिक्कल कोषिका रक्तअल्पता पाएका थिए।

बैशाणुगत रुपमै सिक्कल सेल एनिमिया रक्तअल्पता भएको र नभएको छुट्याएर समाधान गर्नकालागि सो समुदायका मानिससँग सरकारले अविलम्ब परामर्श गर्नुपर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डाक्टर खेमबहादुर कार्कीले बताउँछन् ।

रक्तअल्पताको स्थिति थाहा पाउन आफूहरुले अनुसन्धान गर्दा एक तिहाइ गर्भाधान भएका महिलामा सिक्कल सेल एनिमिया पाइएको थियो। बंशाणुगत रुपमै चौधरी समुदायका महिलाहरुमा पाइने रक्तअल्पता मध्य सिक्कल सेल एनिमिया प्रमुख भएको निर्देशक कार्कीले उल्लेख गरे।

सिक्कल सेल एनिमिया भएका मानिसका बच्चाहरुमा यो रोग लाग्ने संभावना प्रचुर हुने र रोगको उपचारमा दुखाई कम गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ। त्यसकारण दीर्घकालिन समाधानको लागि सिक्कल कोषिका बाहक मानिस र नभएका मानिस पत्ता लगाउनु पर्दछ । त्यसपछि बंशाणुगत गुण रुपमा रोग भएका र नभएका मानिसको बीचमा विवाह गराउँदा २५ प्रतिशत कम गराउन सकियो भने केहि पुस्तामा नै त्यसको निराकरण गर्ने सकिने अनुसन्धानकर्ताको छ। यदि यो विधि अपनाइएन भने ५० प्रतिशतका दरले वृद्धि हुने खेमबहादुर कार्कीले बताउँछन्।

प्रजनन समुहका १५ देखि ४९ वर्ष उमेर समुहका अनुसन्धानमा सहभागी समग्र महिलाहरुमा २ दशमलव ४३ प्रतिशत र ७ प्रतिशतको हाराहारीमा एनिमिया रोग लगेको पाइएको कार्कीले बताए। यदि साच्चै नै निराकरण गर्ने हो भने बंशानुगत जीन ट्री बनाएर बच्चा वृद्धालगायतमा अनुसन्धान गरि रोगको किटान गर्नु पर्दछ।

एक बंशबाट अर्को बंशमा सर्दै जाने सिक्कल सेल रक्तअल्पता निर्मुल पार्न सरकारले प्रभावित भएका समुदायमा बंशानुगत ट्री र निरन्तर परामर्श गर्नु पर्ने अनुसन्धानकर्ताले सुझाएका छन् ।